कक्षा १२ को नतिजा सार्वजनिक

Avatar photo

Byएजुकेशन पाटी

२५ जेष्ठ २०७७, आईतवार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको बोर्डले जनाएको छ । ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ ।

यस्तै २ दशमलब  ८१ देखि ३ दशमलब २ शुन्य  ल्याउने २७ हजार ६ सय ४३ छ ।  ५८ हजार ३ सय ४५ ले २ दशमलब  ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब  ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।

यसैगरी आंशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अंककै आधारमा सार्वजनिक गरिएको हो । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशन विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकमा २० जनाको रद्ध र २ जनाको स्थगित भएको बोर्डले जनाएको छ ।

पहिले बुधवार नतिजा सार्वजनिक गर्ने बताएपनि पछि बोर्डले बिहीवार मात्रै नतिजा सार्वजनिक गर्ने जनाएको थियो । विहिवार विहानै नतिजाका लागि बोर्डको बैठक बसेको थियो ।

२०७५ साउन १७ गते १०:३३मा प्रकाशित

प्रतिकृया दिनुहोस्