विचार दिवस

Avatar photo

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

सिपाही जीवनमा आफूले सिकेका उत्कृष्ठ कुराहरुलाई प्रयोग गरी सन् १९०७ मा २० जना विभिन्न वर्ग,     समूह, पृष्ठभूमि तथा सम्प्रदायका यूवाहरुलाई एक ठाउँमा जम्मा गरी क्याम्पको अनुभव गराएका वेडेन पावेल अन्ततः स्काउटि अभियानका संस्थापक बने । आफ्नो राष्ट्र प्रतिको दायित्व, अरु प्रतिको दायित्व, तथा आफ्नो आफै प्रतिको दायित्वलाई आधारभूत सिद्दान्तका रुपमा स्थापीत गरेर यूवाहरुमा विश्वास योग्यहुने, आफू भन्दा ठूलाको आदर गर्ने, सानालाई माया गर्ने, आफूमा सीपको विकास गरेर अरु माझ उपयोगी सावित हुने , सहयोगी भावनारख्ने नम्र स्वभावको विकास गर्ने, सम्पूर्ण प्राणिहरुको आ आफ्नो अस्तित्व स्वीकार गरी दयाको भावना अभिप्रेरित गर्ने, मितब्ययी हुने र मन, वचन, र कर्ममा पवित्रहुने जस्ता गुणहरुको विकास गर्न आज पनि स्काउटिङ्ग अभियानले शशक्त भूमिका निर्वाह गरेको छ । सन् १९०७ मा प्रारम्भ भएको स्काउटिङ्ग अभियान एक शताब्दी पूरा हुँदा समेत प्रारम्भ वखतकै आधारभूत सिद्दान्तमा आधारीत छ र आज पनि यूवावर्ग वीच प्रख्यात तथा प्रिय छ ।

प्रत्येक वर्ष २२ फ्रेब्रुअरीलाई विश्व भरीका स्काउट तथा स्काउट प्रेमीहरुले (World Thinking Day) विश्व विचार दिवस भनेर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने गर्छन । स्काउटिङ्ग अभियानका संस्थापक रोवर्ट स्टेफेन्स स्मीथ वेडेन पावेल सन् १८५७ फ्रेबुअरी २२ का दिन जन्मेका थिए । भने विश्व गर्ल गाइड तथा गर्ल स्काउटका चिफ गाइड ओलेभ सेन्ट क्लेयर सोम्स वेडेन पावेल को जन्म सन् १८८९ फ्रेबुअरी २२ का दिन भएको थियो । ३५ वर्षको अन्तर भएका वेडेन पावेल संग वैवाहिक सम्बन्ध स्थापीत गरी आजीवन स्काउटिङ्ग अभियानको विकास र विस्तारमा लागेका यी दुवै को जन्म जयन्तीलाई विश्व विचार दिवस भनेर मनाउँदै आएको पाइन्छ ।

विश्व विचार दिवसलाई वी.पी.डे, फाउन्डर्स डे तथा यू फाण्ड डे भनेर पनि मनाउने प्रचलन छन् । विश्व गर्ल गाईड र गर्ल स्काउट संस्थाले विगतका केही वर्षहरु देखि दिगो बिकास लक्ष्यका साथ नाराहरुलाई विश्वव्यापी रुपमा चिन्तन मनन गर्ने र प्रयोग ल्याउने विविध कार्यक्रमहरु तय गरेको छ । यस वर्ष  सन् २०१६ लाई (connect) समन्वय भन्ने नारा तय गरेको छ । आफ्नो  साथीहारसंग समन्वय , समाज, राष्ट्र र विश्वसंग  समन्वय गरी आपसी प्रेम , भातृत्व तथा वन्धुत्व लाई दिगो पना दिनु यो नाराको उदेश्य रहेको छ।

यसरी हेर्दा सन् २०१५ मा विश्व विकासका लागि अन्तराष्टिय साझेदारी  र सन् २०१४ मा आभारभुत शिक्षा सवैको आवश्यकता  भन्ने नारामा आफ्ना कृयाकलापहरु संफल संञ्चालन भैसकेका छन् । सन् २०१३ को विश्व विचार दिवसका नारा सहश्राव्दी विकास लक्ष्यका नं ४ र ५ रहेको थियो, जसको भावार्थ गर्दा यस्तो हुन्छ हामी मिलेर  वालवालिकाहरुको जीवन वचाउन सक्छौं र प्रत्येक अमाको जीवन र स्वास्थ्य अमुल्य छ त्यस्तै सन् २०१२ मा वातावरणीय दिगोपना, सन् २०११ मा लैङ्गिक समानता र महिला सशक्तिकरण, सन् २०१० मा भोकमरी तथा गरीवी निवारण, र २००९ मा एड्स, औलो र अन्यो रोगहरुको निवारण का सम्वन्धमा स्काउटिङ्ग अभियानले आफ्ना कृयाकलापहरु गरीसकेको छ ।

विचार दिवसका अवसरमा विश्वभरका स्काउटहरुले आफुले सक्दो अर्थ संकलन गरेर कुनै पनि भूभागमा भविष्यमा हुनसक्ने प्रकृतिक प्राकोपमा राहत उपलव्ध गराउने काम पनि गरेको पाईन्छ ।

नेपाल स्काउटको सन्दर्भमा पनि यस्तै कृयाकलापहरु संचालन गरिने गरेको छ । आज नेपाल स्काउटमा आवद सम्पूर्ण स्काउटर, रोभर रेञ्जर, स्काउट तथा पदाधिकारीहरुलाई यस वर्ष सकारात्मक सोच, स्काउटिङ्ग मूल्य र मान्यता प्रति कटिबदता, स्काउट नियम र प्रतिज्ञा जस्ता विषयमा गहिरो विचार गर्न र त्यसलाई प्रयोग गर्न उत्प्रेरण मिलोस् भन्ने कामना गर्दछु । जय स्काउट

प्रतिकृया दिनुहोस्