भक्तपुर । यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ८ गते देखि शुरु हुने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

साधारतर्फ चैत ८ देखि १७ गते सम्म र प्राविधिक तर्फ चैत १४ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने छ । परीक्षा विहान ८ बजे देखि ११ बजे सम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यलयका अनुसार यसअघिकै परीक्षा प्रणलीका आधारमा परीक्षा सञ्चालन हुने छ । परीक्षा नियन्त्रक रेग्मीले पोहोर कै जस्तो गरी परीक्षा हुने स्पष्ट पारे । यस वर्षको एसर्इर्इमा एक्जाम्डेडलाई पुरानो पाठ्यक्रम र नियमितलाई नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार हुने नियन्त्रक रेग्मीले बताए ।

रेग्मीका अनुसार चैत ८ गते विहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । यसै गरी सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुने छ । चैत १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन भने परीक्षा हुने छैन ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने छ । १४ गते अनिवार्य तर्फ सामाजिक अध्ययन, प्राविधिक तर्फ फार्म म्यानेजमेण्ट, मार्केटिङ, ईञ्जिनीयरिङ्, ड्रईङ्, कम्प्युटर प्रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने कार्यालयले जनाएको छ ।

यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ वेद वा नीति शास्त्र, प्राविधिक तर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुने छ भने प्राविधिक तर्फ एग्रिकल्चर, ईलेक्ट्रिकल म्यानेजमेण्ट, कम््प्युटर नेटवर्किङ्, ईञ्जिनीयरिङ सर्भेईङ्को परीक्षा हुने छ ।

यस्तै चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृत तर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रम तर्फ ऐच्छिक विषयहरु र प्राविधिक तर्फ ऐच्छिक गणितको परीक्षा हुने छ ।

चैत १७ गते शनिवार भए पनि परीक्षा हुने छ । यो दिन साधारण तथा संस्कृत तर्फ ऐच्छिक द्धितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिक तर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, ईलेक्ट्रिकल ईनर्जि, डाटावेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने छ ।

चैत १८ गते प्राविधिक विषय तर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, ईलोक्ट्रिोनिक्स डिभाईस एण्ड सर्किट, वाटर रिसोर्सेस र ईञ्जिनीयरिङ्को परीक्षा हुने छ ।

चैत १९ गते प्राविधिक विषय तर्फ नै एनिमल हेल्थ, ईलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाईवे ईञ्जिनीयरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुने छ ।

र अन्तिम दिन चैत २० गते प्राविधिक तर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ्, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यबादन र नृत्यको परीक्षा हुने कार्यालयले जनाएको छ ।

गतवर्ष भने चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

२०७४ पुस ५ गते १७:२८मा प्रकाशित

प्रतिकृया दिनुहोस्