राष्ट्रिय परीक्षा बोर्डले आगामी माध्यमिक शिक्षा परीक्षा(एसइइ)को समयतालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर १२ गते बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको हो ।

एसइइ परीक्षा आगामी चैत्र १० गते आइतबारबाट शुरु भएर चैत्र २१ ग्ते विहिवारसम्म सञ्चालन हुनेछ । पहिलोदिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने अन्तिम दिन प्राविधिक एसइइ तर्फको विभिन्न विषयको परीक्षा हुने छ ।

बोर्डका अनुसार साधारण एसइइ परीक्षा चैत्र १० गते देखि १८ गते सम्म र प्राविधिक तर्फ १५ गते देखि २१ गते सम्म सञ्चालन हुनेछ । नियमित तथा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुको परीक्षा एकै समयमा हुने बोर्डले स्पष्ट पारेको छ ।

नियमित तथा ग्रेडबृद्धि दुबै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार एउटै समयमा नियमितको नयाँ पाठ्यव्रmम र ग्रेडबृद्धिको नयाँ तथा पुरानो दुबै पाठ्यव्रmममा आधारित प्रश्नहरुबाट हुने बोर्डले जनाएको छ । पुरानो पाठ्यक्रमबाट ग्रेडबृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुलाई जिल्ला सदरमुकाम वा जिल्लाका सबै विद्यालयहरुलाई पाएक पर्ने गरी एउटै परीक्षा केन्द्रमा राख्नुपर्ने बोर्डले स्पष्ट पारेको छ ।

परीक्षार्थीले रजिष्ट्रेशन/आवेदन फारम भर्दा फारममा उल्लेख गरेको जन्ममिति वा नाम थरको हिज्जे बोर्डबाट उपलब्ध गराइएको कन्ट्रोल लिष्टसँग रुजु गरी फरक पाइएमा र उक्त फरक परेको विवरण संशोधन गर्नुपर्ने भएमा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०७६ साल बैशाख मसान्तभित्रमा यस बोर्डमा आइपुग्ने गरी पठाउन समेत अनुरोध गरिएको छ ।

 

२०७५ मंसिर १३ गते १५:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्