आयोगले परीक्षामा दरखास्त दिनका लागि निर्धारण गरेको योग्यता यस प्रकारको रहेको छ ।

प्राथमिक तहको लागि

क) वि.नं. १०१ : सम्वत्२०६१/०४/२१सम्म रिक्त रहेको पदमा २०४९/०९/२० गते भन्दाअघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेकोहुनुपर्ने ।

ख) वि.नं. १०२ : सम्बत् २०६१/०४/२१ गतेसम्म रिक्त रहेको अस्थायी, लियन वा आधारभूत तथा प्राथमिक शिक्षा परियोजना अन्तर्गतको पदमा २०४९/०९/२१ गते पश्चात्नियुक्ति लिई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत रहेको हुनुपर्ने ।

ग) वि.नं. १०३ : सम्बत् २०६१/०४/२२ गतेदेखि २०७२/०६/०२ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन/अस्थायी/करार/सट्टा शिक्षकको पदमा नियुक्ति भई सोही अवधिसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेको हुनुपर्ने ।

निम्न माध्यमिक तहको तहको लागि

क) वि.नं. २०१ : सम्वत् २०६१/०४/२१ सम्म रिक्त रहेको पदमा २०४९/०९/२० गते भन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेको हुनुपर्ने ।

ख) वि.नं. २०२ : सम्बत् २०६१/०४/२१ गतेसम्म रिक्त रहेको अस्थायी वा लियन पदमा २०४९/०९/२१ गते पश्चात्नियुक्ति लिई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत रहेको हुनुपर्ने ।

ग) वि.नं. २०३ : सम्बत् २०६१/०४/२२ गतेदेखि २०७२/०६/०२ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन/अस्थायी/करार/सट्टा शिक्षकको पदमा नियुक्ति भई सोही अवधिसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेको हुनुपर्ने ।

माध्यमिक तहको तहको लागि

क) वि.नं. ३०१ : सम्वत् २०६१/०४/२१ सम्म रिक्त रहेको पदमा २०४९/०९/२० गते भन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेको हुनुपर्ने ।

ख) वि.नं. ३०२ : सम्बत् २०६१/०४/२१ गतेसम्म रिक्त रहेको अस्थायी वा लियन पद अन्तर्गत २०४९/०९/२१ गते पश्चात्नियुक्ति लिई २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत रहेको हुनुपर्ने ।

ग) वि.नं. ३०३ : सम्बत २०६१/०४/२२ गतेदेखि २०७२/०६/०२ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन/अस्थायी/करार/सट्टा शिक्षकको पदमा नियुक्ति भई सोही अवधिसम्म अविच्छिन्न रुपमा अस्थायी कार्यरत रहेको हुनुपर्ने ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता र तालिम

प्राथमिक तहको लागि

–२०६८ साल साउन १ गतेभन्दा अघि नियुक्ति हुनेको हकमा माध्यमिक शिक्षा (एसएलसी) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा माध्यमिक शिक्षा (एसएलसी) मा ४०० पूर्णाङ्कको शिक्षा विषय लिई सो परीक्षा उत्तीर्ण गरेको ।

–२०६८ साल साउन १ गतेदेखि अस्थायी नियुक्ति हुनेको हकमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको ।

निम्नमाध्यमिक तहको लागि

–परीक्षा दिन चाहेको विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको ।

– गणित/विज्ञान विषयमा उम्मेदवार हुनको लागि गणित र विज्ञान दुवै विषय लिई प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको ।

– सामाजिक अध्ययन विषयको हकमा प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको ।

– दुईसय पूर्णाङ्कको शिक्षा विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त मानिनेछ । त्यस्तै, कक्षा १२ को विशेष शिक्षाको परीक्षा उत्तीर्ण गरेको योग्यतालाई प्रमाणपत्र तह वा सो सरह र तालिम दुबैमानिनेछ । तर, निम्नमाध्यमिक तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वा माथिल्लो तहको शैक्षिक योग्यता वा सो सरहको अन्य शैक्षिक योग्यतामा मूल विषय फरक भए त्यसमध्ये कुनै एक मूल विषयमा दरखास्त दिन पाइनेछ ।

माध्यमिक तहको लागि

– परीक्षा दिन चाहेको विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको ।

– सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको ।

– स्वास्थ्य, जनसंख्या तथा बातावरण विषयमा उम्मेदवार बन्नको लागि स्वास्थ्य, स्वास्थ्य र शारीरिक, जनसंख्या, वातावरण विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको ।

– विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन र वाली विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी अध्यापन अनुमतिपत्र लिएको व्यक्ति तालिम नलिएको भए तापनि विज्ञापन नं. ३०३÷०७३ मा उम्मेदवार हुन सक्नेछ ।

– शिक्षा शास्त्र सङ्कायतर्फ स्नातक तह उत्तीर्ण गरेको भए यस प्रयोजनको लागि तालिम प्राप्त गरेको मानिने छ । साथै निम्नमाध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत अस्थायी शिक्षकले माध्यमिक तह तृतीय श्रेणीमा दरखास्त फाराम भर्न सक्ेनछन् । तर, माध्यमिक तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वा माथिल्लो तहको शैक्षिक योग्यता वा सो सरहको अन्य शैक्षिक योग्यतामा मूल विषय फरक फरक लिएको भए त्यसमध्ये कुनै एक मूल विषयमा दरखास्त दिन पाइनेछ ।

२०७४ कार्त्तिक २१ गते ०९:०८मा प्रकाशित

प्रतिकृया दिनुहोस्