काठमाडौं । निर्धारित समयसीमा  भन्दा तीनपल्ट पछि सरेको कक्षा ११ को परीक्षा आजबाट शुरु भएको छ । आजपहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

परीक्षामा देशभरका  ४ लाख ४९ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ परीक्षार्थी छन् । बिहान ७ बजेदेखि शुरु भएको  परीक्षा १० बजे सम्म सञ्चालन हुने भएको छ ।

परीक्षामा छात्र भन्दा छात्राको बढी सहभागिता देखिएको छ । २ लाख ११ हजार ८ सय २२ छात्र र २ लाख ३७ हजार १ सय ७२ छात्राले परीक्षामा सहभागिता जनाएका बोर्डले जनाएको छ । सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १ सय ११ र मनाङ् र मुस्ताङ्मा १– १ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा बोर्डले कक्षा ११ को  परीक्षा मर्यादित एवं अनुशासित रुपमा सम्पन्न गर्नक लागि ४१ हजार ५ सय ३२ जना जनशक्ति परिचालन गरेको जनाएको छ । परीक्षाका लागि देशभरी ९ सय ९३ परीक्षा केन्द्र निर्धारण गरिएको र हरेक केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९ सय ६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९ सय १३ जना निरीक्षक, १ हजार ५ सय ७४ जना कर्मचारी, २ हजार १ सय ७५ कार्यालय सहयोगी र ११ हजार ९ सय १६ जना सुरक्षाकर्मी गरी कूल ४१ हजार ५ सय ३२ जना जनशक्ति परिचालन भएका बोर्डले जनाएको छ ।

स्थानीय निर्वाचनका पटक–पटक सर्दै आएको परीक्षा अन्ततः आजबाट शुरु भएको हो ।  बीचमा पर्ने दुईवटा शनिवार समेत परीक्षा सञ्चालन गर्ने गरी बोर्डले नयाँ परीक्षातालिकाको टुंगो लगाएको हो । बोर्डका अनुसार असार ३ र १० गते शनिबार भए पनि परीक्षा सञ्चालन हुनेछ ।

पहिले असार १ र फेरी  असार ८ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ र पछि असार ८ गतेदेखि गर्ने निर्णय गरिएको थियो ।

तर जेठ ३१ गते निर्धारित दोस्रो चरणको निर्वाचन असार १४ गते हुने भएपछि पुनः परीक्षाको मिति सारिएको थियो ।  बोर्डले कक्षा १२ को परीक्षा भने पूर्व निर्धारित  वैशाख १० गतेदेखि  २२ गते सम्म सञ्चालन गरेको थियो ।

परीक्षामा अमर्या्दित गतिविधि गर्ने परीक्षार्थीलाई ६ महिना जेल र १ लाख रुपैंया सम्मको जरिवानाको व्यवस्था गरिएको परीक्षा नियन्त्रक डम्मर बतासले जानकारी दिए । साथै, परीक्षाहलभित्र स्मार्टघडी, मोवाइल, क्याल्कुलेटर बाहेकका उपकरण लैजान निशेध गरिएको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिवीहिन व सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि  परीक्षा दिन विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ । कारगार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

२०७४ असार १ गते बिहीवार – अनिवार्य अंग्रेजी लगायत
२०७४ असार २ गते शुक्रबार – अनिवार्य नेपाली लगायत
२०७४ असार ३ गते – फिजिक्स, राजनीतिशास्त्र, गृह विज्ञान, होटल म्यनेजमेन्ट लगायत
२०७४ असार ४ गते आइतबार– अनिवार्य अंग्रेजी
२०७४ असार ५ गते सोमबार – अर्थशास्त्र, केमेस्ट्री, जनसंख्या, साइकोलोजी लगायत
२०७४ असार ६ गते मंगलबार – ऐच्छिक नेपाली, जियाग्राफी, कम्प्युटर विज्ञान लगायत
२०७४ असार ७ गते बुधबार – शिक्षण गणित, इतिहास, ट्राभल एण्ड टुरीजम लगायत
२०७४ असार ८ गते बिहीबार– ऐच्छिक अंग्रेजी, कृषि लगायत
२०७४ असार १० गते शनिवार – गणित, बुम, संगित लगायत

२०७४ जेष्ठ ३१ गते २१:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्