भक्तपुर । कक्षा ११ आंशिकको तर्फ ३५ दशमलब ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिक तर्फको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ सहभागी मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्नेछन् ।

गत वर्ष कक्षा ११ को आंशिक तर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए । नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक गर्ने बोर्ड जनाएको छ ।

२०७४ मंसिर १८ गते १२:२५मा प्रकाशित

प्रतिकृया दिनुहोस्