२०७६ भदौ २ गते

कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक, झण्डै ८० प्रतिशत उत्तीर्ण


काठमाडौं । कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।


परीक्षामा नियमिततर्फ सहभागी भएका ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।त्यस्तै, आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना(४३.६ प्रतिशत) उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।


परीक्षा नियन्त्रक बतासका अनुसार नियमित तर्फ १७ जना र आंशिक तर्फ ३ जनाको परीक्षा रद्द गरिएको छ । गतवर्ष विज्ञान विषयमा नियमित तर्फ ७३.७७ प्रतिशत र आंशिकतर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला 

Comments: