काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल सार्वजनिक गरेको हो ।बोर्डका अनुसार नियमित तर्फ ४२.३३ प्रतिशत साथै, आंशिकतर्फ ३५ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत बैशाख १० गते सञ्चालित परीक्षामा नियमित तर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकोमा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।
यसअघि साउन २० मा प्रकाशित विज्ञान विषयको नतिजामा ७९.४४ परीक्षार्थी पास भएका थिए ।

आंशिकका ३८ र नियमिमता ७७ जना विद्यार्थीको परीक्षाफल रद्ध भएको बोर्डले जनाएको छ ।

बोर्डले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै https://www.neb.gov.np  वा https://www.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

२०७४ भदौ १५ गते १०:०४मा प्रकाशित

प्रतिकृया दिनुहोस्