२०७६ साउन ३२ गते

कक्षा १२ को विज्ञान विषयको नतिजा शुक्रबार सार्वजनिक हुने

काठमाडौं ।  कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको जनाएको छ ।

परीक्षा नियन्त्रक डम्बर बतासले शुक्रवार  नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।   कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरिएको थियो । बतासका अनुसार विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो ।

Comments: