भक्तपुर । शिक्षा विभागले स्थानीय तहले पाएका शिक्षा व्यवस्थापन सम्बन्धी अधिकार कार्यान्वयनमा सहयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

विभागले मंगलवार मातहतका निकायलाई पत्रचार गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को उपदफा २ को खण्ड ज बमोजिम महानगरपालिका, नगरपालिका र गाउँपालिकाको कार्यक्षेत्रभित्र पर्ने आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी २३ बुंदा ऐनको दफा १२० समेत विचार गरी  कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको हो ।

विभागले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को उपदफा २ को खण्ड ज मा पर्ने १५ बुंदा यसरी सार्वजनिक गरेको छ ।

 २०७४ मंसिर २६ गते २२:४२मा प्रकाशित

प्रतिकृया दिनुहोस्