२०७६ कार्त्तिक २ गते

१६ दिनमै पुस्तकालय भवन निर्माण

राजन रावत/हुम्ला

       
हुम्लामा एक विद्यालयले १६ दिनमै पुस्तकालय भवनको निर्माण कार्य सम्पन्न गरेको छ । सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा बाल मन्दिर माविले उक्त भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।


आवश्यकता र काम गर्ने इच्छा शक्तिको भए काम गर्न कुनै कठिन र धेरै समय नगाल्ने उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।
 विद्यालयलाई गाउँपालिकाले पुस्तकालय निर्माणका लागि साढे छ लाख सहयोग गरेको विद्यालय परिवार सबै मिलेर निर्माण कार्य थाल्दा १६ दिनमा काम सम्पन्न भएको उनले जानकारी दिए ।


पुस्तकालयको लागि भवनको अभाव भएको अबस्थामा एक तले भवन पहिले भए पनि गाउँपालिकाबाट सहयोग प्राप्त भएपछि त्यसैलाई दुई तले बनाइएको र निर्माण कार्य भए संगै अब भुई तलमा पुस्तकालय र माथिल्लो तलमा कार्यालयमा सञ्चालन ल्याई सकेको रोकायाले बताए ।


'हामीलाई बजेटको अभाब थियो र आवश्यकता बढी थियो, बिद्यालयमा पठन–पाठन पनि सुरु भएको हुँदा बिहान बेलुका नभनी काम गर्दा छोटो समयमा निर्माण कार्य सम्पन्न गर्न बिद्यालय सफल भयो ।'– रोकायाले भने ।


 अझै छोटो समयमा सम्पन्न हुने भए पनि हिमपातले बिचमा अबरोध सृजना गरेको प्रधानाध्यापक रोकायाले बताए।  


विकासका लागि काम गर्ने जागर भएमा गर्न सकिने कुरा बालमन्दिर माविले साबित गरेको गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए ।


 हिमपातमा हिउँ पन्छाएर पनि काम सम्पन्न गर्नु सानो कुरा नभएको र यसरी नै सबै उपभोक्ता तथा ठेकेदारहरुले काम गर्न उनले आग्रह गरे ।  चालु आर्थिक बर्षमा सिमकोट गाँउपालिकाका मात्र सत्तरी भन्दा पुर्वाधार विकास निर्माणका योजनाहरु रहेका छन् ।




Comments: