२०७६ मंसिर २३ गते

स्कुल बस दुर्घटनामा २८ घाइते

अन्तैबाट

पाल्पा । बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।


तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

चिर्तुङ्धारा माडी क्षेत्रबाट तानसेन दमकडा स्कुल जाँदै गर्दा लु १ क १५५८ नम्बरको बस पिप्लेको उकालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: