मध्यपश्चिमाञ्च विश्वविद्यालय सुर्खेतमा अध्ययनरत इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।

विश्वविद्यालयले आफुहरुका मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले आइतवार पत्रकार सम्मेलन गरेर सोमवारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आमरण अनसन बस्ने जानकारी दिएका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरुले आफ्ना मागहरुलाई वेवास्ता गरेको भन्दै उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म आज अपरान्ह ४ बजेदेखि आमरण अनसन बस्ने जनाएका हुन् ।

इञ्जिनियरिङ संघर्ष समितिले आज मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने, २० गते विश्वविद्यालयको नाममा रहेका सवारी साधन ठप्प पार्ने र विश्वविद्यालयको सम्पूर्ण प्रशासन बन्द गर्ने संघर्ष समितीका सदस्य रोशन बस्नेतले जानकारी दिए ।

विद्यार्थीहरुले स्वायत्त इञ्जिनियरिङ संकाय गराउनुपर्ने र पठनपाठनका आधारभूत आवश्यक मागहरु राख्दै १५ दिनदेखि आन्दोलनमा रहेका थिए ।
विश्वविद्यालयका पदाधिकारीहरुले वार्ता र संवादबाट निकास खोज्न नचाहेर गैरजिम्मेवारी पूर्ण भूमिका खेलेको विद्यार्थी मिलन बुढाथोकीले आरोप लगाए ।

उनले विद्यार्थीका जायज मागहरुलाई बेवास्ता गरे भइपरि आउने क्षतिको जिम्मेवारी विश्वविद्यालयका पदाधिकारीहरुले लिनुपर्ने धम्कि दिए ।

२०७५ असार १९ गते ०८:५२मा प्रकाशित

प्रतिकृया दिनुहोस्