२०७६ मंसिर ४ गते

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

अन्तैबाट

काठमाडौँ । विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्को सहकार्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कात्तिक ४ देखि ६ सम्म सम्मेलन आयोजना गर्न लागेको हो ।


१० देखि १२ वटा विभिन्न क्षेत्रका नवप्रवर्तनका विषय सम्मेलनमा प्रस्तुत हुने नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए । साथै स्वदेशी, विदेशमा रहेका नेपाली र विदेशी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसमा उनीहरूले छलफलसमेत गर्ने उनले बताए । सम्मेनलमा समाजका लागि विज्ञानलाई कसरी प्रयोग गर्ने, समृद्धि र नवप्रवर्तन, मुलुकमा नवप्रवर्तनका लागि कस्तो संस्था आवश्यक पर्छ भन्नेलगायत विषयमा छलफल हुनेछ ।

करिब ३ सय जना युवा वैज्ञानिकको सहभागिता रहने सम्मेलनबाट प्राप्त निष्कर्ष समेटी प्रतिवेदन बनाई सरकारलाई बुझाउने नास्टको तयारी छ ।

कान्तिपुरमा खबर छ ।

Comments: