काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ ।

शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय  परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए ।

उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा भने सहभागिता जनाएको थियो ।

मुलुकभरका ४ सय बढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको परिषद् सफलतापूर्वक सम्पन्न भएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।


थापाका अनुसार परिषद्ले विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ । यस्तै, परिषद्बाट  महासचिवको सांगठनिक प्रस्ताव, महिला उपाध्यक्षको महिला प्रतिवेदन र अर्थउपमहासचिवको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतीले पारित भएको छ ।

महासंघले जावलाखेल घोषणापत्र समेत जारी गरेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार महासंघको घोषणापत्रका विषय निम्न छन् ।

नेपाल शिक्षक महासंघ प्रथम राष्ट्रिय परिषद निम्न प्रस्तावहरु पासगरी समापन।
१) महासङको संगठानिक,आर्थिक र महिला बिभागका प्रतिवेदन सर्बसम्मत पास गरियो।
२) प्रस्तावित बिधान समसोधन प्रस्ताव हलबाट आयको सुझाव र म्यान्डेटका आधारमा अध्यक्ष मन्डलबाट सहमतिका आधारमा निर्णयमा पुग्ने ।
३)शिक्षक महासङ सङ भएको सहमति तत्काल कार्यनयन गर्न सरकार सङ माग गर्ने ।
४) बाल बिकास ,बिधालय कर्मचारीको तत्कालका लागि श्रम ऐन अनुसारको तलबमान र संघीय ऐन मार्फत उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा उल्लेखित शुझावको आधारमा दरबन्दी र आन्तरिक प्रतिस्पर्धा सहितको स्थायी प्रक्रियामा अगाडी बढाइयोस।
५) राहत ,उमबिमा कार्यरत रहेका शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गरि बिगतमा अस्थायी शिक्षक लाई दिइएको सुबिधा अनुसार स्थायी प्रक्रिया अगाडी बढाइयोस।
६) दोन्दपिडित शिक्षक कर्मचारीहरुको पुनरबहाली प्रक्रिया तत्काल गरियोस् ।
७) निजि बिधालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाइ सामाजिक सुरक्षा कोष स्थापना गरियोस् ।
८) तत्काल शिक्षक अस्पतालको निर्णय कार्यनयन प्रक्रिया अगाडि बढाइयोस।
९) सामुदायिक बिधालयमा निजिस्रोतमा कार्यरत शिक्षक कर्मचारी हरुलाइ स्थानीय सरकारले मापदण्डका आधारमा स्थायी गरियोस् ।
१०) शिक्षक एकेडेमी निर्माण गरि महासङको नेतृत्वमा शिक्षक कर्मचारीहरुको शैक्षिक दक्षता अभिबृधीका कार्यक्रमहरु सन्चलन गरियोस।
११) प्रदेश ,जिल्ला र स्थानीय तहमा शैक्षिक सम्बाद समिती तत्काल निर्माणका लागि पहल गरियोस् ।
१२) शैक्षिक बिकासकोलागी आफ्नो कर्तव्य पुरागर्न ,परिणाम ल्याउन र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापमा सरिक हुन ,आफुलाइ अपडेट गर्दै सुचाना प्रबिधिको उपयोग गर्न सक्षम हुन सम्पुर्ण शिक्षकहरुलाइ अपिल गर्ने निर्णय गरियो।
१३) तहगत बढुवा ,समयबद्द बढुवाका साथै अस्थायी सेवा जोडनेकाम तत्काल गरियोस।
१४)शिक्षक कर्मचारीहरुलाइ आस्थाका अधारमा गरिएको धरपकड,ज्यादाती तत्काल बन्द गरियोस् ।
१५)शुन्य दरबन्दी भयका आधारभुत बिधालयहरुको कटौती गरिएको अनुदान तत्काल उपलब्ध गरियोस् ।
१६) उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक ,शिक्षा नीति पास र संघीय शिक्षा ऐन तत्काल जारी गरियोस् ।
१७) शिक्षक महासङको बाकी रहेका सागठनिक सम्रचना पूरा गर्न आबद्ध / सम्बद्ध संगठनहरुलाइ अनुरोध गर्ने निर्णय गरियो।
१८) स्थानीय तहमा शिक्षक कर्मचारी माथी भएको ज्यादाती तत्काल बन्द गरियोस् ।
१९) शिक्षामा लगानी वृद्धि गरियोस् र राजनैतिक पार्टीको घोषणा पत्रमा शिक्षा क्षेत्रमा गरियको प्रतिबद्धता पूरा गरियोस् ।
२०) नमुना बिधालय र प्राबिधिक बिधालय छनौट प्रक्रिया पारदर्शी , बैज्ञानिक र ब्यबस्थित गरियोस् ।
२१) दरबन्दी मिलान तथा पुन बितरण कार्यदलले दियको सिफारिसका आधारमा तत्काल कार्य थालियोस।
२२) यी मागहरू तत्काल पूरा नगरिय आन्दोलनको घोषणा गर्ने सर्बसम्मत निर्णय गरियो।

२०७६ असोज ५ गते २२:२०मा प्रकाशित

प्रतिकृया दिनुहोस्