२०७७ जेष्ठ १७ गते

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा

राजन रावत/हुम्ला



 जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा रहेका अपांगता भएका विद्यार्थीहरुका लागि घुम्ती कक्षा सञ्चालन गरिएको छ ।


विद्यालय बाहिर र भित्र रहेका विद्यार्थीहरुलाई उनीहरुका सेवा र सुविधा तथा हक अधिकारका बिषयमा कक्षा सञ्चालनका क्रममा जानकारी गरिएको हो ।


ताँजाकोट र अदानचुली गाउँपालिकाका २ सय १९ जना १८ बर्ष मुनीका बालबालिकाहरुलाई अपांगता परिचय पत्र, राज्यबाट उपलब्ध हुने सेवा र सुविधा, परिचय पत्र लिने प्रकृयाका बारेमा पचास दिने घुम्ती कक्षा सञ्चालन गरिएको हिमाली शिक्षा र बिकास ( हेड ) नेपालका अहेब भक्तराज ऐडीले बताए ।


घुम्ती कक्षा सञ्चालन पछि सिमकोटमा अपांगता भएका बालबालिकाहरु परिचय पत्र बनाउन महिला तथा बालबालिकाको कार्यालयमा आउने संख्या बढेको उनले जानकारी दिए ।


 घुम्ती कक्षा सञ्चालनमा केही बिधार्थी विद्यालय बाहिर रहेको पाइएको र केही भने विद्यालय जाने गरेको ऐडीले बताए । अपांगता भएका बालबालिकाको अवस्था भने निक्कै दयनीय देखिएको छ ।

Comments: