२०७६ भदौ ३१ गते

तीनैतहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण– महानिर्देशक पौडेल

ईपाटी संवाददाता


काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले  संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण गरिने बताएका छन् ।


राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै महानिर्देशक पौडेलले शिक्षा अरु सबै पूर्वाधारहरुको पनि पूर्वाधार भएकाले शिक्षाको विकास राष्ट्रको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।


 शिक्षा क्षेत्रका समग्र नीति, योजना तथा कार्यक्रमहरु, शिक्षामा सबै नागरिकको समतामूलक पहुँच,  गुणस्तरको सुनिश्चितता र शैक्षिक सुशासन कायम  गर्ने  तर्फ केन्द्रित रहेकासमेत पौडेलले स्पष्ट पारेका छन् ।


अपिलमा परम्परागत शिक्षा प्रणालीबाट अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षा पद्दतिको कार्यान्वयन गर्ने कुरामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिवद्द रहेको जनाइएको छ ।

Comments: