२०७६ मंसिर २६ गते

आगामी २ वर्षभित्र नेपाल साक्षर बनेर छाड्नेछ–शिक्षा सचिव

ईपाटी संवाददाता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका महेशप्रसाद दाहालले  सार्वजनिक शिक्षा प्रणालीमा रहेका  कमी कमजोरीको पहिचान  गरी शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सचिव दाहालले पछिल्ला वर्षहरूमा गरबीनिवारण, शिक्षा, स्वास्थ्य रलैङ्गिक समानता लगायतका सामाजिक क्षेत्रमा नेपालले प्राप्त गरेको उपलिब्ध उल्लेख्य रहेको बताएका छन् ।


शुभकामना सन्देशमा सचिव दाहालले आगामी वर्षभित्र साक्षर नेपाल घोषणा हुने स्थिती बनेको भन्दै यसले समृद्ध नेपाल र सुखी नेपालीको साझा चाहना परिपूर्ती गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

 

Comments: