२०७७ जेष्ठ २१ गते

सबै अस्थायी शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने


सूर्यकुमारी सुवेदी


काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी दरवन्दीमा कार्यरत सवै अस्थायी शिक्षकहले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । अस्थायी शिक्षकका लागि मात्रै खुलाइएको भएपनि विज्ञापनमा सवैखाले अस्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।


असार १५ अघि विस्थापित
आयोगले ऐन संशोधन भएको मिति असार १५ अघि विविध कारणले विस्थापित भएका अस्थायी शिक्षकहरुले यो आयोगमा प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । लामो समय देखि अस्थायी रुपमा पढाउँदै आएपनि उमेरहद वा अन्य कारणले हजारौं शिक्षकहरु विस्थापित भएका थिए । उनीहरुले सुविधा र परीक्षाको दुवै प्रक्रियामा सहभागिता जनउन नपाउने आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।


तल्लो तहमा झरेकाले माथिल्लो तहमा
केहि अस्थायी शिक्षकहरु बीसौं वर्ष मावि तहमा पढाएर असार १५ पछि तल्लो तहमा झरेका थिए । योग्यता र अनुभव भएका भएपनि हाल तल्लोतहमा कार्यरत अस्थायी शिक्षकहरुले पहिले पढाउँदै आएको माथिल्लो पदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । पहिले जहाँ पढाएपनि ऐन संशोधन पछि जुन  पदमा कार्यरत छन् त्यहाँमात्रै प्रतिस्पर्धा गर्न पाउने आयोगमा प्रशासकिय प्रमुख पौडेलले जानकारी दिए । यसले गर्दा लामो समय मावि तहमा कार्यरत रहि पछिल्लो समय तल्लो तहमा झारिएका शिक्षकहरु माथिल्लो तहमा पुग्ने ढोका सधैंका लागि बन्द भएको छ ।


असार १५ पछि स्वेच्छिक अवकाश लिएका
लामो समय अस्थायी शिक्षकका रुपमा पढाउँदै आएर ऐन संशोधन भएको मिति असार १५ यता  विविध करणले स्वेच्छिक अवकाश लिएका अस्थायी शिक्षकहरुले पनि यो आयोग लड्न पाउने छैनन् । ऐन जारी भएपछि पनि केही अस्थायी शिक्षकहरुले स्वेच्छिक अवकाश लिएका थिए । उनीहरु सुविधा र परीक्षाको प्रक्रियामा सहभागी हुन नपाउने अयोगका प्रशासकिय प्रमुख पौडेलले जानकारी दिए ।


तल्लो तहमा स्थायी तर माथिल्लोमा अस्थायी
शिक्षक सेवा आयोगले तल्लो तहमा स्थायी भई उक्त पदमा लियन राखी माथिल्लो अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षकहरुले विज्ञापनमा प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । प्रावि तहमा स्थायी भई योग्यता पुगेका शिक्षकहरुलाई जिल्ला शिक्षाकार्यालयहरुले निमावि र मावि तहमा अस्थायी दरवन्दीमा नियुक्ति दिई लामो समय देखि काम गराउँदै आएको थियो ।  त्यस्ता शिक्षकहरुले अब यस आयोगमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले कुनै एक तहमा स्थायी रहेका अस्थायी शिक्षकले प्रतिस्पर्धामा भाग लिन नपाउने स्पष्ट पारे । यसअघि अस्थायी शिक्षकका लागि खुलाइएको विज्ञापनमा उनीहरुलाई प्रतिस्पर्धा गर्न दिइएपनि यसपटक भने बन्देज लगाइएको पौडेलले जानकारी दिए ।

किन पाएनन्
शिक्षा सेवा आयोगले अस्थायी शिक्षकहरुलाई खुलाएको विज्ञापनमा अस्थायी शिक्षकको नयाँ परिभाषा गरेको छ । आयोगको विज्ञापनमा स्पष्टिकरण दिँदै भनिएको छ– ‘ ”अस्थायी शिक्षक” भन्नाले कुनैपनि तहको स्वीकृत दरवन्दीमा स्थायी नियुक्ति नलिएका शिक्षक सम्झनु पर्नेछ ।’ यसले तल्लो तहमा स्थायी दरवन्दी लियन राखि माथिल्लो तहमा अस्थायी दरवन्दमिा कार्यरत अस्थायी शिक्षकलाई अस्थायी शिक्षक नै मानेको छैन । तर यसअधि २०६१ मंसिर १५ गते अस्थायी शिक्षकका लागि खुलाइएको विज्ञापनमा भने अस्थायी शिक्षक भन्नाले शुद्ध रिक्क्त दरवन्दीमा कार्यरत अस्थायी शिक्षकहरु, परियेजना तर्फका महिला शिक्षिका दरवन्दीमा कार्यरत अस्थायी महिला शिक्षिकाहरु, कुनै एक पदमा स्थायी भइ उक्त पदमा लियन राखी अन्य तहमा कार्यरत अस्थायी शिक्षकहरु, स्थायी शिक्षकको लियन पदमा कार्यरत अस्थायी शिक्षकहरु भनेको छ । विज्ञापनमा अस्थायी शिक्षकको परिभाषाको सम्बन्धि चौंथो बुंदामा कुनै एक तहमा स्थायी भइ उक्त पद लियन राखी अर्को तहमा कार्यरत अस्थायी शिक्षकले प्रतिस्पर्धा गर्न पाउने तर माथिल्लो तहमा अध्यापन गर्न उनीहरुले जिल्ला शिक्षा कार्यालय वा विद्यालय व्यवस्थापन समितिबाट नियुक्ति पाएको हुनुपर्ने उल्लेख छ ।


आयोगका यस नयाँ नियमबाट  धादिङ जिल्लाका दलबहादुर थापा, समी भज्याङ माविका प्रधानाध्यपक बसन्कुमार श्रेष्ठ, मकवानपुर जिल्लाको जनजागृति मावि रातामाटेका प्रधनाध्यपक दिपकलाल खतिवडा, सोही विदालयका मावि शिक्ष्कहरु राजेन्द्र कुमार ठकुरी, कल्पना इटनी, रोशन कुमार पराजुली, चेतनाथ खतिवडा पनि यसपटकके आयोग लड्न नपाउने भएका छन् । काठमाडौंका मावि तहका अस्थायी शिक्षकहरु प्राथना खनाल र यदव प्रसाद पौडेलपनि जीवनभर तल्लै तहमा मात्रै पढाउनुपर्ने भएको छ । कार्भेका चक्रेश्वर माविका प्रअ हरि प्रसाद घिमिरे, शिक्षक युवराज दाहाल, कालिका माविका शिक्ष्क सुन्दर श्रेष्ठ बार जिल्लाका शिक्षकहरु कृष्ण मोहन प्रसाद सिंह, पारशप्रसाद पण्डित, गोपाल ठाकुर लोहारले पनि यसपटकको आयोग भिड्न नपउने भएका छन् । त्यस्तै, बाँकेका दीर्घ वजगाइ, सोलुखुम्बुका षडानन्द बास्तोला, भक्तपुरका टेक बहादुर खड्का, ललितपुरका शिक्षकहरु लक्ष्मण बजगाइ, हरि प्रसाद भूषाल र ठाकुर लामा पनि अस्थायी दरवन्दीमा कार्यरत हुँदाहुदैपनि अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । देशभर यस्ता शिक्षकको संख्या ठूलो रहेको छ ।


जीवनभर तल्लै तहमा
तल्लो एक तहमा स्थायी भई उक्त पदमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा लामो समय देखि पढाउँदै आएका शिक्षकहरु आयोगको पछिल्लो व्यवस्थाले गर्दा योग्यता र अनुभवका बावजुद जीवनभर तल्लै तहमा पढाउनुपर्ने बाध्यता बनेको । किन भने  उनीहरुले माथिल्लो तहमा बीसौंवर्ष अस्थायी दरवन्दीमा पढाएका कारण उनीहरुको उमेरले खुला प्रस्पिर्धा गर्न पाउदैन । अस्थायीका लागि खुलाएको यस विज्ञापनमा उमेरहद नलाग्ने व्यवस्था छ । यदी उनीहरुले यो विज्ञापनमा प्रतिस्पर्धा गर्न नपाए उनीहरु माथिल्लो तहमा स्थायी हुने मौका त गुमाउनेछन नै माथिल्लो अस्थायी दरन्दीमा पनि पढाउन पाउने छैनन् । किनभने आयोगको नियमावलीमा शिक्षकहरुको श्रेणीगत बढुवाको मात्र व्यवस्था छ । तहगत छैन ।

Comments: