२०७६ भदौ ३१ गते

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

अन्तैबाट

रोल्पा । जिल्लाका केही विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजि विद्यालय छोडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधान गर्न थालेपछि विद्यार्थीहरु निज िछाडेर सामुदायिकमा आउन थालेका हुन् ।

स्थानीय सरकारले शैक्षिक सुधारका लागि खासै पहल गर्न नसकेको आरोप लागीरहेका बेला केहि विद्यालय भने विद्यालयमा उल्लेख्य सुधार गरेका छन्। सुधारसंगै सदरमुकाम भित्र रहेको बालकल्याण नमुना माध्यमिक विद्यालय, रोल्पा नगरपालिकाको कोटगाउमा रहेको नेपाल मावि र वीरबलभद्र माबि थबाङलाई विद्यार्थी धानिनसक्नु भएको छ।

यो वर्षमात्रै पनि बालकल्याण नमुना माध्यमिक विद्यालयमा करिब ५ दर्जन विद्यार्थी निजी छाडेर सामुदायिकमा भर्नाहुन आएका थिए। कक्षा १० सम्म १६ सय विद्यार्र्थी रहेको विद्यालयमा विद्यार्थिको स.ख्या पनि बढ्दै गएको छ। ‘हाम्रो विद्यालयको शैक्षिक अवस्था सुधाभएपछि विद्यार्थीको संख्या पनि बढेको हो।’ बालकल्याण नमुना माबिका प्रअ मधुसुदन पोख्रेलले भने ‘विद्यार्थी अभिभावकले अंग्रेजी माध्यम खोज्छन्, त्यसैले केहि वर्ष यता हामीले सुरु गरेका छौ। एसईईको नतिजा सुधार हुदै गएपछि पनि विद्यार्थीको चाप बढेको हो।’

अभावका बिचमा पनि विद्यालयको अवस्था सुधार गरेको नेपाल माबि कोटगाउँका प्रअ कृष्ण पुन शिक्षक र अभिभावकले चाहेमा शैक्षिक अबस्था राम्रो गराउन सकिने बताउँछन। ‘शिक्षक, ब्यबस्थापन समिति र अभिभाबकले पहल गरेका कारण नै हामिले सफलता पाएका हौ। हामीले यति गरिरहँदा सरकारले केहि सहयोग गरिदिने हो भने खोजे जस्तो नतिजा पनि दिन सक्छौ।’

रोल्पामा शिक्षा क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनको तथ्याङ अनुसार यस क्षेत्रका १९ वटा वडामा २ सय ७६ जना निजी विद्यालयबाट सरकारी विद्यालयमा आएका छन। सेभ द चिल्ड्रेनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सहयोग गर्दै आएको छ।

गएको एसईमा गतिलो नतिजा ल्याएका बिरबलभद्र माबि थबाङ, बालकल्याण नमुना माध्यमिक बिद्यालय लिवाङ, नेपाल माबि कोटगाउमा जस्ता बिद्यालय केन्द्र, प्रदेश र स्थानिय सरकारको सहयोग बिना पनि सुधारको बाटोमा छन। तर यस वर्ष पनि स्थानीय तहहरुले शिक्षा क्षेत्रका सुधारका लागि न्युन बजेट छुटएकोमा उनिहरु असन्तुष्ट छन।

यहाँका बिद्यालयहरुमा न दरबन्दी प्रयाप्त छ न त आर्थिक सम्पन्ता छ। गाउँ छेउँमा आएको भनिएको स्थानीय सरकारले पनि शिक्षा सुधारमा चासो नदिएपछि शिक्षामा चासो राख्नेहरु असन्तुष्ट भएका हुन। ‘कुनै पनि स्थानिय तहले शिक्षाको क्षेत्रमा एकदमै न्युन बजेट छुट्याएका छन। यो प्रयाप्त होइन। यस्तो तरिकाले परिणाम आउदैन।’ बालकल्याण नमुना माबिका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष महेश न्यौपाने भन्छन ‘कुनै जनप्रतिनिधिलाई शिक्षा सुधारमा चासो भएको देखिदैन।’

आज पनि रोल्पामा ६० प्रतिसत बढि शिक्षक दरबन्दी अपुग छ। समुदायले पैसा उठाएर शिक्षकलाई तलब खुवाउने गर्दछन। राज्यले मौलिक हकका रुपमा लिएको शिक्षा निशुल्क भनिए पनि रोल्पामा भने शसुल्क भईरहेको छ। त्यसो त रोल्पामा शिक्षा सुधारका लागि भनेर खोलिएका शिक्षक संगठन र विद्यार्थी संगठनका नेतृत्वले समेत कुनै चासो नदिएको गुनासो पनि ब्यापक रहेको छ। स्थानिय सरकारले निति तथा कार्यक्रम निर्माण गर्ने समयमा शिक्षामा बजेट छुट्याउनु पर्छ भनेर वकालत गर्न कोहि जाने गरेका छैनन्।

 दिनेश सुवेदीले नागरिकमा खबर लेखेका छन् ।

Comments: