मान्छेका पुर्खा बाँदर थिए भन्ने कुरा हामी सबैलाई थाहा छ । कुनैबेला हाम्रा पुर्खाका पुच्छर हुने गर्दथ्यो, मान्छेको क्रमागत विकास हुँदा विस्तारै विस्तारै त्यो हराउदै  गयो ।

जसरी जसरी मान्छेको शरीरको विकास हुँदै गयो, उसको रुपपनि बदलिदै गयो । शरीरमा जुन अंगको आवश्यकता थिएन, ति अंग आफै नासिदै गए । जस्तो कि मान्छेको शरीरमा एपेन्डिक्सको अब कुनै भुमिका छैन । त्यसैले यसको आकार समयको साथ कम हुँदै गइरहेको छ ।

हुनसक्छ केही शताब्दिपछि यो पुरा रुपमा खतम हुनेछ । वास्तवमा प्रकृतिको विकासको पांग्रा हर्दम घुमि नै रहन्छ । मान्छेको उत्पत्ति यसैको नतिजा हो ।

सारा जीव प्राकृतिक विकासकै नतिजामा उत्पत्ति भएका हुन् । अब यो मान्न गलत हुने छ कि क्रमिक विकासको चक्र अहिले चलिरहेको छैन । आगामि दिनमा मान्छेका रुपरंगमा हामीलाई परिवर्तन भएको देख्न मिल्नेछ ।

नयाँ अनुसन्धानले यतिसम्म भनेको छ कि आउने समयमा पुरै प्रकृतिमा यस्ता परिवर्तन आउने छ कि धर्तीमा रहने कुनैपनि जीव आजको जस्तो देखिने छैनन् । (विविसी हिन्दीबाट)

प्रतिकृया दिनुहोस्