२०७६ भदौ ३१ गते

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति

काठमाडौं । राजधानीस्थित इस्लिङ्टन कलेजले स्नातक तह उत्तीर्ण आफ्ना विद्यार्थीलाई बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ ।

कलेजले आगामी सेप्टेम्बरमा सुरु हुने सूचना प्रविधि तथा व्यवस्थापनमा (एएस सीआइटी र एमबीए) स्नातकोत्तर तहका निम्ति यो व्यवस्था गरेको जनाएको छ । उसले लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयमा एक जनालाई खान, बस्न र अध्ययनका लागि पूर्ण र दुईजनालाई इस्लिङ्टन कलेजमा अध्ययन गर्न पुर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी सुलभ बुढोथोकीले विज्ञप्तिमा जनाएका छन् । कान्तिपुर दैनिकम खबर छ ।

Comments: