२०७६ साउन ३२ गते

शिक्षामन्त्री पोखरेल डिस्चार्ज

अन्तैबाट

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

उनको सचिवालयका विनोद न्यौपानेका अनुसार मन्त्री पोखरेललाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

सुगरपीडित मन्त्री पोखरेल बान्ता र पखालाको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

कान्तिपुरमा खबर छ ।

Comments: