काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीहरुले न्यायको माग गर्दै आजदेखि भद्रकालीमा रिले अनशन शुरु गर्ने भएका छन् ।

शुक्रवार ११ बजे बसन्तरपुर क्षेत्रबाट नाराजुलुस गर्दै शान्तिवाटीका हुँदै भद्रकालीमा कोण सभा गरेर अनशन शुरु गर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका नेता शंकर ढकालले जानकारी दिए ।

आन्दोलन समितिले असोज २ गते देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसै क्रममा समितिले बिहिवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका थिए ।

सर्वोच्च अदालतको फैसला अनुसार सर्भिस ल कार्यान्वयन हुनुपर्ने, शिक्षा ऐनको आठौं संशोधन अनुसार विद्यालय कर्मचारीको व्यवस्थापन हुनुपर्ने साथै, बन्दै गरेको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका मुद्दा समेट्नुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् ।

२०७५ असोज ५ गते १०:०८मा प्रकाशित

प्रतिकृया दिनुहोस्