२०७६ भदौ २९ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

गाउँपालिकाद्वारा पाँच लाखको 'छात्रवृत्ति कोष' स्थापना
२०७५ साउन १५ गते ११:२६

गाउँपालिकाद्वारा पाँच लाखको 'छात्रवृत्ति कोष' स्थापना

सदरमुकाम सिमकोटबाट ४४ कोष टाढाको अदानचुली गाँउपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर पाँच लाखको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । गाउँपालिकाको सम्पन्न दोस्रो गाउँसभाद्धारा सर्वसम्बत निर्णय गर्दै सो कोष स्थापना गर्ने निर्णय गरेको हो । शिक्षा कार्यक्रमबाट आउने छात्रबृति रकम ज्यादै ...

पेट भरिँदैन खाजाले
२०७५ साउन १५ गते ११:१९

पेट भरिँदैन खाजाले

मुगु । सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा बालबालिको पेट भरिन छाडेको छ । जनज्योति मावि नार्थपुका प्रधानाध्यापक अंगबहादुर शाहीले सरकारले दिने रकमले खाजा खर्च पुर्‍याउन निकै मुस्किल हुने गरेको बताए  ...

१०२ विद्यार्थीलाई १ शिक्षक
२०७५ साउन १५ गते ११:१५

१०२ विद्यार्थीलाई १ शिक्षक

हेटौंडा । प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार, मावि तहमा उक्त गाउँपालिकामा शिक्षक विद्यार्थी अनुपात १०२ रहेको छ । माध्यमिक विद्यालयमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यद ...

सेमेस्टरपछि विद्यार्थी शून्य
२०७५ साउन १५ गते ०९:५०

सेमेस्टरपछि विद्यार्थी शून्य

  इलाम । त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्। क्याम्पसहरूमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर कक्षा नै सञ्चालन हुने या नहुने भन्ने अन्योल बढेको छ।सेमेस्टर प्रणालीमा भर्न ...

कक्षा १२ को नतिजा भोलि
२०७५ साउन १५ गते ०७:४२

कक्षा १२ को नतिजा भोलि

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।यसअघि पहिलो ...

यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार गाउँले र घिमिरेलाई
२०७५ साउन १४ गते २१:३४

यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार गाउँले र घिमिरेलाई

ललितपुर । आजको शिक्षा साप्ताहिकका रोशन क्षेत्री गाउँले र दी काठमाडौं पोष्टका विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । आजको आवाज मिडियाले १४ वर्ष देखि प्रदान गर्दै आएको नगद रु. १० हजार राशी सहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार गाउँले ...

त्रिविद्वारा परीक्षा सञ्चालकको पारिश्रमिक दोब्बरले वृद्धि
२०७५ साउन १४ गते १४:४९

त्रिविद्वारा परीक्षा सञ्चालकको पारिश्रमिक दोब्बरले वृद्धि

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालनमा संलग्न हुने शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिक दोब्बरलेवृद्धि गरेको छ ।    केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसमा त्रिवि कार्यकारी परिषद्को बैठकले ९ वर्षपछि पारिश्रमिक वृद्धि गरेको हो । यसअघि ४ स ...

शिक्षा विधेयकबारे छलफल सुरु
२०७५ साउन १४ गते १०:४६

शिक्षा विधेयकबारे छलफल सुरु

मोरङ  । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल थालेको छ । मस्यौदामा माध्यमिक तहसम्मको शिक्षाबारे मात्रै उल्लेख भएकाले उच्च शिक्षाबारे पनि थप गर्न सहभागीले सुझाव दिएका छन् ।हिसान उपाध्यक्ष भेषराज पोखरेलले मस्यौदामा माध्यमिक तहको परीक्षा सञ्चालनका ...

नगरपालिकाबाटै विद्यालय निगरानी
२०७५ साउन १४ गते ००:२९

नगरपालिकाबाटै विद्यालय निगरानी

इलाम  । सूर्योदय नगरपालिकाले विद्यालयको शैक्षिक स्तर सुधार्न प्रयोगमा ल्याएको विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रभावकारी देखिएको छ । एसईई नतिजासँगै विद्यार्थी भर्नादरसमेत घटेपछि नगरपालिकाले कार्यालयबाटै विद्यालयका गतिविधि निगरानी गर्न थालेको हो ।नगरपालिकाले पहिले प्रयासस्वरूप शिक्षकको उप ...

दोषी पदाधिकारीहरू, प्रतिरक्षामा विश्वविद्यालय
२०७५ साउन १४ गते ००:१७

दोषी पदाधिकारीहरू, प्रतिरक्षामा विश्वविद्यालय

काठमाडौँ  । चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट बर्खास्तको सिफारिसमा परेका पदाधिकारीहरूले त्रिभुवन विश्वविद्यालयको स्रोतसाधन दुरुपयोग गरी आफ्नो बचाउ गरेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका उपकुलपति तीर्थ खनियाँ, रजिस ...

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार
२०७५ साउन १४ गते ००:०८

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने ब ...

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी
२०७५ साउन १३ गते ०९:५६

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी

विराटनगर   । सीमा यादव र उनको परिवार हिन्दू हो । धार्मिक मान्यतामा कट्टर उनी धर्मकर्मका नियम कडिकडाउ साथ पालन गर्छिन् । तर, हिन्दू यादव परिवारले आफ्ना सन्तान पढाउन भने मुस्लिम धर्मावलम्बीको मदरसा रोजेको छ ।मदरसा भन्नासाथ उर्दू भाषा, कुरान र मुस्लिम धार्मिक विषय पढाइ हुने पाठशालाका रूपमा बु ...

सीटीईभीटीको प्रश्नपत्र बाहिरियो
२०७५ साउन १३ गते ०९:५०

सीटीईभीटीको प्रश्नपत्र बाहिरियो

जनकपुर । सीटीईभीटीले हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि प्रदान गर्ने छात्रवृत्तिको परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहँदा बाहिरिएको छ । जनकपुरस्थित संकटमोचन परीक्षा केन्द्रमा छात्रवृत्तिका लागि परीक्षामा सहभागी परीक्षार्थीले सामाजिक सञ्चलमार्फत प्रश्नपत्र बाहिर पठाएको खुलेको छ ।बिहान ७ बजेदेखि ...

शिक्षक संगठनको ऐतिहासिक कदम, अब सूचना प्रविधिमैत्री शिक्षण सिकाइ
२०७५ साउन ११ गते २२:५३

शिक्षक संगठनको ऐतिहासिक कदम, अब सूचना प्रविधिमैत्री शिक्षण सिकाइ

  काठमाडौं । प्रायः  आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिका ...

जहाँ विद्यार्थीले शिक्षकको हाजिर गर्छन् !
२०७५ साउन ११ गते ११:५०

जहाँ विद्यार्थीले शिक्षकको हाजिर गर्छन् !

सुन्दा पत्याउन पनि गाह्रो । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने र उपस्थिति फारम भर्छन भन्दा । तर गरेपछि हुने रैछ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविमा प्रत्येक दिन प्रत्येक कक्षामा पठन–पाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थी आफैले गर्ने गरेका छन । शुरुमा यो विधि सफल हुँदैन ...

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने
२०७५ साउन ११ गते ०९:४०

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

काठमाडौं । सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी ...

अन्ततः डा. केसी र सरकारबीच सहमति,  अब उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
२०७५ साउन १० गते २२:५६

अन्ततः डा. केसी र सरकारबीच सहमति, अब उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । अनशन बसेको २७ औं दिनमा डा. गोविन्द केसी र सरकार बीच नौं बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो अनसन पनि तोडिएको छ । डा. केसी पक्ष र सरकार बीच सहमति भएसँगै शिक्षाविद् केदारभक्त माथेमा र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर डा. केसीको अनसन तोडाएका छन् । सरका ...

सर्वोच्चद्वारा परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेललाई पुनर्वहाली गर्न आदेश
२०७५ साउन १० गते २०:४८

सर्वोच्चद्वारा परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेललाई पुनर्वहाली गर्न आदेश

काठमाडौं । केपी ओली सरकारको बर्खास्तीमा परेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विहीवार सर्वोच्च अदालतका न्यायधीश मिरा खड्काको एकल इजलाशले प्रा.डा. पौडेललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अ ...

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल
२०७५ साउन १० गते ०९:२०

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलल ...

 चोर बाटोबाट जाने बजेट रोक्न विद्यालयलाई सिधै अनुदान
२०७५ साउन ९ गते २०:४२

चोर बाटोबाट जाने बजेट रोक्न विद्यालयलाई सिधै अनुदान

कागजी योजना बनाएर गाँउमा विकास भएको देखाउँदै विद्यालयका लगानी गर्ने क्रम बढ्न थाले पछि यस आर्थिक वर्षबाट गाँउपालिकाले पुँजीगत बजेट बाटै अनुदान सहयोग कार्यक्रम तर्जुमा गरेका छन् । लगानी त सहि हुने तर कृते देखिने भएपछि गाउँपालिकाहरुले सिधै अनुदानको कार्यक्रम अगाडी ल्याएका हुन । तत्कालीन जिल्ला शिक्षा ...

खुला तर्फ शिक्षक आयोगको परीक्षा दिनेको संख्या उल्लेख्य
२०७५ साउन ९ गते १०:२५

खुला तर्फ शिक्षक आयोगको परीक्षा दिनेको संख्या उल्लेख्य

 शिक्षक सेवा आयोगले आगामी असोज  ११, १२ र १३ गते सञ्चालन गर्न गइरहेको खुला प्रतिस्पर्धाको शिक्षक परीक्षामा हुम्ला जिल्लाबाट सहभागी हुनेको संख्या उल्लेख्य पाइएको छ । लामो समय पछि आयोगले खुला तर्फ आयोग खोलेकाले परीक्षाका लागि फारम भर्नेको संख्या बढेको हो । तीनै तहमा गरेर हुम्ला जिल्लाबाट ६ सय ...

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति
२०७५ साउन ९ गते ०९:२६

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पढाउन र अध्ययन अनुसन्धान गर्न नसक्ने शिक्षकहरू नै राजनीतिक नियुक्तिको प्राथमिकतामा पर्न थालेका छन् । कतिपय प्राध्यापकले अनुसन्धान केन्द्र ओगटेका छन् भने कतिपय अनुन्धाताका रुपमा कार्यरत छन् । ‘सुरुमा शिक्षक भएर छिरेर पढाएका, तर अहिले पढाउन नसक्ने गफ चुट ...

धनुषा राजनीतिमा अगाडि शिक्षामा पछाडि, शिक्षक व्यवस्थापन समस्या
२०७५ साउन ९ गते ०८:३२

धनुषा राजनीतिमा अगाडि शिक्षामा पछाडि, शिक्षक व्यवस्थापन समस्या

प्रदेश २ को राजधानी जनकपुरधाम रहेको धनुषा जिल्ला राजनीतिक र सांस्कृतिक रुपमा आगाडि रहे पनि शैक्षिक रुपमा भने पछाडि रहेको छ । एकातर्फ विद्यालयमा विद्यार्थीहरुको विद्यालय छाड्ने प्रवृत्ति बढी छ भने अर्काेतर्फ शिक्षक व्यवस्थापन नहुँदा धनुषाको शैक्षिक सुधारमा चुनौति रहेको देखिन्छ । विद्यार्थीले बीचमै वि ...

उच्चस्तरी शिक्षा आयोगको पुनर्गठन, पाँचजना सदस्य थप
२०७५ साउन ९ गते ०८:२१

उच्चस्तरी शिक्षा आयोगको पुनर्गठन, पाँचजना सदस्य थप

काठमाडौं । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गरेको छ । आयोग गठन भएको  २९ औँ दिनमा मंगलवार सरकारले ५ सदस्य थप गरेर आयोगलाई पूर्णता दिएको हो । गएको असार ४ गतेको मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतमाा दुई सदस्य प्रधानमन्त्रीले थप्ने गरी १९ जनाको नाम सहित आ ...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर
२०७५ साउन ८ गते ११:५१

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ । महिमा माध्यमिक विद्यालय स्याङ्जाका निमावि तृतीय श्रेणीका शिक्षक मनबहादुर क्षेत्रीले परीक्षा रद्द गर्न माग गर्दै ...

विद्यालय कर्मचारी परिषदद्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र
२०७५ साउन ८ गते ११:४०

विद्यालय कर्मचारी परिषदद्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र

नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेशले विभिन्न माग राख्दै कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज परिषद्ले विद्यालयका कर्मचारीलाई उचित पारिश्रमिक दिईनुपर्ने, दरबन्दी कायम गरिनुपर्ने, विद्यालयका कर्मचारीमाथि हुने शोषण अन्त्य गर्नुपर्नेलगायतका माग राख्दै प्रदेश सरकारका प्रमुख सचिव र ...

     शिक्षकहरु सदरमुकाममा व्यापार व्यवसायमा मस्त, गाउँका विद्यालयहरु अस्तव्यस्त
२०७५ साउन ८ गते ०९:५०

शिक्षकहरु सदरमुकाममा व्यापार व्यवसायमा मस्त, गाउँका विद्यालयहरु अस्तव्यस्त

राजन रावत/हुम्ला हिमाल पारीको गाँउको रुपमा चिनीएको नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीमा रहेका  तीनवटा विद्यालयमा छ वटा दरबन्दी भए पनि हाल भने सुनखानी प्रावि हल्जीमा मात्र एक जना शिक्षकले मात्रै अध्यापन गरी रहेका छन । विद्यालयको पठन–पाठनको अवस्थाका बारेमा नियमित रुपमा नियमनकारी निकायले ...

हुम्लाको अपांगता विद्यालय अब आफ्नै भवनमा
२०७५ साउन ८ गते ०९:३५

हुम्लाको अपांगता विद्यालय अब आफ्नै भवनमा

  हुम्ला जिल्लाको एक मात्र हिमाली तथा बौद्धिक अपांगता आवासीय विद्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।निकै संघर्षका बीच भाडाको घरमा सञ्चालन हुँदै आएको  विद्यालय विभिन्न श्रोतबाट संकलित रकमले निर्माण भएको आफ्नै भवनमा सञ्चालन हुन सफल भएको हो । आवासीय सहित विद्यालय सञ्चालनका लागि निर ...

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन–प्रचण्ड
२०७५ साउन ७ गते १९:३७

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन–प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल ...

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम
२०७५ साउन ६ गते १०:००

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैश ...

नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक
२०७५ साउन ५ गते २१:५३

नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । शुक्रबार कृतिले महिला ३० केजी तौलसमूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जानकारी दिए । नेपालमा विभिन्न राष्ट्र ...

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग
२०७५ साउन ५ गते ११:०८

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

सोलुखुम्बु । दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो। भूकम्पले उनी पढ्ने विद्यालयको कक्षाकोठामात्रै भत्काएन, उनको खुट्टामा समेत चोट लाग्यो ।भूकम्पकै कारणले विक र उनका साथीहरु लामो समय विद्यालय जान सकेनन्। भूकम्पले उनी पढ्ने कोठास ...

भीसी फेरिए, भाषण फेरिएन
२०७५ साउन ५ गते १०:५२

भीसी फेरिए, भाषण फेरिएन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रम ...

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’
२०७५ साउन ५ गते १०:१२

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’

   क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ हस्तक्षेपकारी यात्रा श्रीगणेश नगरेका भए उसबेला अमेरिका पत्तै लाग्दैनथ्यो । हु एन् साङ्ले आफ्ना ती प्रथम पाइलालाई चरैवेती चरैवेती नगरेका भए संसार घुमक्कडमा उनको नाम दर्ज हुने नै थिएन ।  एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथा ...

निर्माणाधीन  होटलले छेउमै गहिरो खाल्टो खनेपछि शिक्षक महासंघको भवन भासियो
२०७५ साउन ४ गते २३:२०

निर्माणाधीन होटलले छेउमै गहिरो खाल्टो खनेपछि शिक्षक महासंघको भवन भासियो

  काठमाडौं । शुक्रवार परेको मुसलधारे वर्षाले जमिन भासिएपछि केशरमहल स्थित नेपाल शिक्षक महासंघको कार्यालय भवनमा क्षति पुगेको छ । केशरमहलको आडैमा निर्माण भइरहेको होटल शेराटनले गहिरोगरी खनेको कारण महासंघको कार्यालय भवन भासिएको हो । शुक्रवारको अविरल वर्षाका कारण आडैमा निर्माणाधीन व्यवसायी शेष घलेको ...

भाषा आयोगमा अध्यक्ष एक्लै
२०७५ साउन ४ गते ०८:५३

भाषा आयोगमा अध्यक्ष एक्लै

काठमाडौं  ।  सरकारी कामकाजको भाषाको सिफारिस गर्ने, शिक्षामा मातृ भाषाको प्रयोगका लागि सुझाव दिने तथा भाषाहरूको संरक्षण गर्ने उद्देश्यले स्थापित भाषा आयोगले दुई वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन ।अध्यक्ष एक्लैको भरमा आयोग सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ भएको छ । मन्त्रिपरिषद्को ...

शिक्षण सिकाइ सुधारका लागि आएको अनुदान बाँडफाँड
२०७५ साउन ४ गते ०८:४८

शिक्षण सिकाइ सुधारका लागि आएको अनुदान बाँडफाँड

शिक्षा विभागबाट शिक्षण सिकाइ सुधारका लागि आएको वजेट मापदण्ड पुगेका १४  वटा विद्यालयहरुलाई वितरण गरिएको छ ।विभागले निर्धारण गरेको मापदण्ड पुगेका १४ वटा विद्यालयलाई सो अनुदान रकम उपलव्ध गराउने निर्णय जिल्ला शिक्षा समन्वय समितिले गरेको हो । विभागबाट प्राप्त अनुदान रकम जिल्ला शिक्षा समन्वय समितिको ...

परीक्षा नियन्त्रकमा सापकोटा
२०७५ साउन ३ गते १६:०१

परीक्षा नियन्त्रकमा सापकोटा

काठमाडौं । शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रकमा सहसचिव रामशरण सापकोटालाई काज सरुवा गरेको छ । सापकोटा यसअघि भाषा आयोगमा कार्यरत थिए । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिपछि मन्त्रालयले यस अघिका परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीलाई कार्बाही गर्दै मन्त्रालय तानेको थि ...

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली
२०७५ साउन ३ गते १४:४३

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई विश्वकै लागि शैक्षिक गन्तव्य बनाउनुपर्ने बताएका छन् । अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ भन्दै उनले त्यसका निम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास गर्न जरुरी रहेको बताए । नेपाल परामर्श संघ(इक्यान)ले भृकुटिमण्डपमा ...

चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिएपनि फिर्ता हुँदैन–मन्त्री पोखरेल
२०७५ साउन ३ गते १४:३१

चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिएपनि फिर्ता हुँदैन–मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले विहीवार पत्रकार सम्मेन गरी व्यवस्थापिका संसदको आफ्नै विधि ...

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प
२०७५ साउन ३ गते ०८:११

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।सम्बन्धन खारेजको माग राख्दै प्राध्यापक धर्नामा छन् भने विद्यार्थीले विश्वविद्यालयका संकायहरूमा तालाबन्दी गरेका छन् ।असार २१ मा बसे ...

एसईईमा प्रश्नपत्र बैंक बनाइने
२०७५ साउन ३ गते ०८:००

एसईईमा प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।विश्वविद्यालयका विषय विज्ञहरूले ज ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने
२०७५ साउन ३ गते ०७:३४

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

    रोशन क्षेत्री गाउँले/काठमाडौं   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् ।सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पा ...

 शिक्षा सुधार्न जागे सरोकारवाला
२०७५ साउन ३ गते ०७:२९

शिक्षा सुधार्न जागे सरोकारवाला

           जिल्लाका समग्र शिक्षाका समस्या समाधान गरी सिकाइ सुधार गर्न भन्दै  एकदिने अन्तर्क्रिया सम्पन्न भएको छ ।जिल्लाको शैक्षिक अवस्था तथा सामाजिक समावेशीकरणको अनुसन्धान गर्न आएका त्रिभुवन विश्वविद्यालय मानव शास्त्र विभागको टोली र जिल्लाक ...

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ
२०७५ साउन २ गते ०९:३९

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्दा भएको त्रुटिबारे अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको दुई साता भइसक्दा पनि शिक्षा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन ।असार ९ गते सार्वजनिक भएको नतिजामा त्रुटि देखिएपछि अध्ययन गर्न मन्त्रालयले शिक्षक सेवा आय ...

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा
२०७५ साउन २ गते ०९:०७

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

दोलखा । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।दोलख ...

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम
२०७५ साउन १ गते २२:१९

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम

           हुम्ला जिल्लामा नेक्स्ट जेनेरेसन नेपाल कार्यक्रम लागु भएको छ । १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु परिवारवाट अलग्याएर अवैधानिक रुपमा बाल गृहमा ओसार पसार तथा बेचबिखन रोक्ने उद्देश्यका साथ यो कार्यक्रम जिल्लामा लागु गरिएको हो । एनजिएन प्र ...

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी
२०७५ साउन १ गते १०:१७

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी

 काठमाडौं । पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनबीच एकआपसमा सांस्कृतिक सम्बन्ध सुधार गर्न सातदिने नेपाल भ्रमणमा आएको छ ।२३ विद्यार्थी र २ शिक्षक तथा ३ टिम लिडरका साथ उनीहरु यति बेला काठमाडौंका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिन व्यस्त छन् । ११ देखि २१ वर्ष उमेर समूहका ...

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्
२०७५ साउन १ गते १०:१३

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दु ...

साउनदेखि शिक्षाका अस्थायी/करार कर्मचारीहरुको जागिर चट् !
२०७५ साउन १ गते ०९:१६

साउनदेखि शिक्षाका अस्थायी/करार कर्मचारीहरुको जागिर चट् !

काठमाडौं । यसै साउन महिना देखि अस्थायी र करार नियुक्ति पाएका शिक्षाका कर्मचारीहरुको जागिर चट् हुने भएको छ ।करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत शिक्षाका कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका हुन् । शिक्षा विभागले उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेको छ । शिक ...