२०७६ भदौ २९ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

अस्थायी शिक्षकका कक्षाकोठाबाटै बिदा हुने इच्छा अधुरै
२०७४ फागुन १४ गते ०९:४८

अस्थायी शिक्षकका कक्षाकोठाबाटै बिदा हुने इच्छा अधुरै

काठमाडौँ  । सुविधा लिएर कक्षाकोठाबाट बिदा हुन चाहने सामुदायिक विद्यालयका ३ हजार अस्थायी शिक्षकको इच्छा शिक्षा मन्त्रालयको बेवास्ताका कारण अधुरै हुने भएको छ । उनीहरू एक वर्षदेखि बाहिरिन चाहे पनि सरकारले जबर्जस्ती परीक्षामा सहभागी हुने गरी ऐन संशोधन गराएर रोकेको छ ।  खुला प्रतिस्पर्धाबाट छा ...

परीक्षा स्थगित गर्न माग गर्दै आयोगमा अस्थायी शिक्षकको धर्ना
२०७४ फागुन १३ गते १७:२३

परीक्षा स्थगित गर्न माग गर्दै आयोगमा अस्थायी शिक्षकको धर्ना

भक्तपुर । शिक्षक परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगमा धर्ना दिएका छन् । आइतवार आयोग पुगेर छुट अस्थायी करार शिक्षक संघर्ष समितिले प्लेकार्ड सहित दुईघण्टा धर्ना दिएको हो । समितिले परीक्षा तत्काल स्थगित गर्न माग गर्दै आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र समेत बुझाएका ...

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय
२०७४ फागुन १३ गते ०७:२१

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय

पोखरा । यहाँको बालमन्दिर माध्यमिक विद्यालय यो वर्ष प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यसबापत सरकारले ३८ औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार १ लाख रुपैयाँ दिएको छ । चार नम्बर प्रदेशमा नै उत्कृष्ट भएर उक्त विद्यालयले सामुदायिक विद्यालयको गरिमा बढाउने काम गरेको जिल ...

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने  !
२०७४ फागुन १३ गते ०७:०९

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र्नुभयो र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन् । कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठा ...

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार
२०७४ फागुन १२ गते १८:४८

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको परीक्षा समितिको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ३० हजार ७ सय ५५ विद्यार्थीको ग्रेड वृद्धि भएको छ ...

इसिसि ललितपुरको अध्यक्षमा महर्जन
२०७४ फागुन १२ गते १८:१७

इसिसि ललितपुरको अध्यक्षमा महर्जन

ललितपुर । जिल्लाको शैक्षिक विकासमा निरन्तर क्रियाशिल रहँदै आएको शैक्षिक समन्वय केन्द्र(इसिसि) को अध्यक्षमा गम्भिर समुन्द्र सेतु माविका शिक्षक देवेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिवार बगैँचा पार्टी प्लालेसमा सम्पन्न केन्द्रको १६ औं वार्षिक साधारण सभा एवं अधिवेशनले महर्जनको नेतृत्वमा ११ सदस्यीय न ...

औषधिउपचार र शतप्रतिशत सेवाअवधि गणनाको मुद्दाको फैसला फागुन १८ मा हुने
२०७४ फागुन ११ गते २२:३०

औषधिउपचार र शतप्रतिशत सेवाअवधि गणनाको मुद्दाको फैसला फागुन १८ मा हुने

काठमाडौं । अस्थायी शिक्षकहरुलाई औषधिउपचार खर्च दिनुपर्ने साथै, पेन्सन उपदानका लागि शतप्रतिशत सेवा अवधि गणना हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आगामी फागुन १८ गते हुने भएको छ । उमेर पुगेर अनिवार्य अवकाश भएका तथा अन्य अस्थायी शिक्षकहरुलाई औषधिउपचार तथा पेन्सन उपदानका लागि शतप्रत ...

विद्यार्थी घटे, बजेट बढ्यो
२०७४ फागुन ११ गते २१:३४

विद्यार्थी घटे, बजेट बढ्यो

काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब ...

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग
२०७४ फागुन ११ गते २१:१९

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग

ललितपुर । प्राथमिक विद्यालय संचालन गर्नका लागी न्युनतम आठ वटा कक्षा कोठा आवश्यक हुन्छन्। एउटा कोठामा सामान्यत ४५ जना विद्यार्थी राखिन्छ। त्यो भन्दा बढी संख्या हुन गएमा अर्को ‘सेक्सन’ मा राख्नुपर्ने मापदण्ड छ। जसका लागी थप अर्को कक्षा कोठा चाहिन्छ। प्राविधिक दृष्टीले ललितपुरमा अझै त ...

भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी
२०७४ फागुन ११ गते २१:०५

भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी

काठमाडौँ । प्रहरीले भारतको बनारसमा एमबिबिएस कक्षामा भर्ना गरिदिने भन्दै लाखौ ठगि गर्दै हिड्ने एक नेपालीलाई पक्राउ गएको छ । विस्तृत घटना विवरण यस्तो छ जिल्ला पर्सा विन्दबासिनी गाउँपालिका बअरुवाभाटा घर भई हाल ललितपुर धोविघाट स्थित डेरा गरी बस्ने वर्ष २९ को रमेश प्रसाद चौहानले भारतको बनारस स्थित बनारस ...

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली
२०७४ फागुन ११ गते २०:४२

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले भने, 'शिक्षा क्षेत्रमा नीतिगत स ...

विज्ञान/गणित शिक्षकविहीन विद्यालय
२०७४ फागुन १० गते १०:०५

विज्ञान/गणित शिक्षकविहीन विद्यालय

काठमाडौँ । सामुदायिक विद्यालयको आधारभूत तथा माध्यमिक तहमा गणित, विज्ञान विषयगत शिक्षकको अभाव धेरैतिर देखिएको छ । पूर्वी पहाडी एक जिल्लाका १ सय ५२ वटा सामुदायिक विद्यालयमध्ये माध्यमिक तहका ५ र आधारभूत तहका १८ वटा विद्यालयमा गणित, विज्ञानको दरबन्दी खाली छ, जसका कारण करिब ७ सय विद्यार्थी कम्तीमा ...

सामुदायिक विद्यालयमा छात्रा बढी
२०७४ फागुन ९ गते १०:१८

सामुदायिक विद्यालयमा छात्रा बढी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि ...

तत्काल संघीय शिक्षा ऐन जारी गर्न युएण्टोको माग
२०७४ फागुन ८ गते २०:०३

तत्काल संघीय शिक्षा ऐन जारी गर्न युएण्टोको माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । संगठनले स्थानीय तहहरुले आफुखुसी बनाउँदै आएको शिक्षा ऐनको बिरोध गरेको हो । मंगलवार पाँचौ राष्ट्रिय सम्मेलनको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै संगठनले पहिले संघीय शिक्षा ऐन बन्नुप ...

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै
२०७४ फागुन ८ गते ०९:०५

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै

काठमाडौं ।  आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय ...

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा
२०७४ फागुन ७ गते १९:३५

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा

काठमाडौं । अस्थायी शिक्षकहरु नै आन्दोलनमा उत्रिपछि शिक्षक सेवा आयोगले आगामी चैत २३ गते निर्धारण गरेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नहुने सम्भावना बढेको छ । अस्थायी शिक्षकहरुको एउटा समूह परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि परीक्षा अन्यौलमा परेको हो ।  सबै अस्थायी शिक्षकहरुल ...

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित
२०७४ फागुन ७ गते १७:२२

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा  उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन),   नानुमाया पराज ...

समग्र पाठ्यक्रम फेर्ने तयारी
२०७४ फागुन ७ गते ११:०३

समग्र पाठ्यक्रम फेर्ने तयारी

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउनेगरी मस्यौदा तयार पारेको छ । केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारेको हो । सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्नेगरी प्रारूप मस्यौद ...

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष
२०७४ फागुन ७ गते १०:२८

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष

बागलुङ  । जिल्लाको निसीखोला–२ स्थित रत्नराज्य माविमा चार दशकयता थुप्रै विद्यार्थी फेरिए । शिक्षकको पनि एउटा पुस्तै फेरिइसक्यो । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने ४३ वर्षदेखि एकै व्यक्ति छन् । अभिभावक नै हरेकपटक उनैलाई निर्विरोध अध्यक्ष चुन्छन् । २०३१ सालमा पहिलोचोटि अध्यक्ष बने ...

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक
२०७४ फागुन ६ गते ०७:३३

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक

काठमाडौँ । प्राज्ञिक र साहित्यिक सत्संगमा देखा परिरहने लेखक डा.बानिरा गिरी झन्डै ६ महिनायता बानेश्वरको आफ्नै घरमा ‘गृहबन्दी’ झैं बनेकी छन् । नारी लेखन र हस्ताक्षरमा सशक्त नाम बनाएकी गिरीमा एकाएक कामकुरा भुल्दै जाने लक्षण (एप्रेक्सिया) देखा परेपछि उनी घरेलु रेखदेखमा कोठैभित्र बसिरहन ...

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?
२०७४ फागुन ६ गते ०७:२६

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगद्वारा पदअनकूल आचरण नगरेको र अनियमितता गरेको आरोपमा कारबाही सिफारिस गरिएका ४३ जनालाई कुन कानुनअनुसार कारबाही गर्ने भन्दै शिक्षा मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ । महान्यायाधिवक्ताको रायका आधारमा मात्रै कारबाहीको प्रक्रिया अघ ...

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट
२०७४ फागुन ६ गते ०७:१७

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

गोरखा  । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक् ...

‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड
२०७४ फागुन ४ गते २२:२२

‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्ने बताएका छन् । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा क्षेत्रबाटै गरिने उनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्षक ...

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने
२०७४ फागुन ३ गते २२:३२

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हु ...

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ
२०७४ फागुन ३ गते १०:३२

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ

  मृतक सिचुडोमा लामा   हुम्ला । एसइई परीक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या अाराेपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युस ...

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने
२०७४ फागुन २ गते २२:२५

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले बुधवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यम ...

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी
२०७४ फागुन १ गते १७:४६

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौं । अब नेपालमा पनि आधारभूत तह कक्षा (१–८) मा बालबालिका नपठाउने अभिभावकलाई सुविधाबाट वञ्चित गर्ने गरी कानुन बन्दै छ । नेपालमा शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विद्यालयमा बालबालिकालाई विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधा रोक्ने प्रस्ताव गरेको छ । ...

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा
२०७४ फागुन १ गते १७:२४

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा

नवलपरासी । स्थायी नियुक्ति लिएर पेन्सन खाने बलिराम सरको इच्छा अधुरै रहने भएको छ । कावासोती–१६, डण्डा, टाँडी स्थित दीपेन्द्र आधारभूत विद्यालय नवलपुमा लामोसमय देखि विद्यालय कर्मचारी(पियन)का रुपमा कार्यरत उनको ५९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । उनको मंगलबारै अन्टेष्टि गरिएको प ...

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने
२०७४ फागुन १ गते १५:५१

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो समयदेखि अधिकारमुखी बन्दै आएको शिक्षक आन्दोलनलाई अब ‘कर्तव्यमुखी’ बनाउने भएको छ । संगठनले कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर ‘नेतागिरी’ गर्ने शिक्षकलाई कार्बाही गर्ने निर्णय गर ...

बाग्लुङमा ५०० शिक्षक अपुग
२०७४ माघ २९ गते २२:४०

बाग्लुङमा ५०० शिक्षक अपुग

बागलुङ । सबै सामुदायिक विद्यालयका कक्षा नियमित सञ्चालन हुनका लागि यहाँ पाँच सयजनाको संख्यामा शिक्षक अभाव भएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम ३ जना, कक्षा ६ देखि ८ कक्षा चल्नेमा ४ र ८ देखि १० कक्षा पढाइ हुनेमा कम्तीमा ५ जनाका दरले शिक्षक दरबन्दी पुर्‍याउन उक्त संख्या ...

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका
२०७४ माघ २८ गते १६:३२

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका

काठमाडौँ  । शिक्षा मन्त्रालयले यसवर्षको उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने पुरस्कार आइतबार वितरण गरेको छ । ३५ हजार विद्यालयमध्येबाट सामुदायिक र निजी गरी २० वटा विद्यालयलाई नतिजाको आधारमा उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ को नतिजाको आधारमा सामुदायिकतर्फ काठम ...

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी
२०७४ माघ २७ गते ११:३९

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी

ललितपुर । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले सम ...

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो
२०७४ माघ २७ गते १०:२२

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

बैतडी ।  नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो ...

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
२०७४ माघ २६ गते २०:३८

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले ...

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा
२०७४ माघ २५ गते २१:४१

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा

रोशन क्षेत्री गाउँले/काठमाडौं अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न भनेर दुईपटक शिक्षा ऐन संशोधन भएपनि यस प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुले न परीक्षा दिएर स्थायी हुन पाएका छन् न त सुविधा लिएर विदा नै । उनीहरुलार्ई व्यवस्थापन गर्न भनेर पटक–पटक ऐन संश ...

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी
२०७४ माघ २५ गते २०:५०

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी हुने सपना नदेख्न चेतावनी दिएका छन् ।अस्थायी शिक्षकलाई प्रतिष्पर्धाबाटै स्थायी प्रक्रियामा लगिने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले प्रतिस्पर्धामा असफल हुने अस्थायी शिक्षकहरु स्थायी बन्नै नसक्ने बताए । शिक ...

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती
२०७४ माघ २५ गते १०:३५

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं । सरकारले उच्च शिक्षामा लगानी बढाउन नसक्दा नेपाललाई सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तोरन्नती गर्ने तथा २०३० सम्म मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सरकारले उच्च शिक्षाको विकास र गुणस्तर सुधारका लागि छुट्याइएको विगत २ वर्षको बजेटले लक् ...

मेडिकल शिक्षामा अनियमितता  - के–के गरे नीलमणिले ?
२०७४ माघ २५ गते १०:०३

मेडिकल शिक्षामा अनियमितता - के–के गरे नीलमणिले ?

काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ । पहिलो कार्यकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानबिन ग ...

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’
२०७४ माघ २४ गते २१:३२

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’

काठमाडौँ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकले नयाँ जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएको छ । राजनीतिक भनसुन र तोक आदेशबाट अस्थायी शिक्षक भएकालाई सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने शिक्षा ऐन आठौं, नवौं संशोधन संविधान र अदालतबाट प् ...

एसईई तयारीमा चिसो बाधक
२०७४ माघ २४ गते १०:५४

एसईई तयारीमा चिसो बाधक

दुनै  । बर्सेनि हिउँ पर्ने र अत्यधिक जाडो हुने भएकाले डोल्पामा कक्षा १० का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा तयारीमा समस्या हुने गरेको छ। हिमपातपछि चिसो धेरै बढेकाले तयारीमा बाधा पुगेको जनप्र्रभा माध्यमिक विद्यालयकी छात्रा रञ्जना केसीले बताइन् । जिल्लाका आधा दर्जनजति माविका विद्यार्थीले एस ...

अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे
२०७४ माघ २३ गते २१:४१

अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे

भक्तपुर । शिक्षक सेवा आयोगले आउँदो चैत अघि नै शिक्षक परीक्षाको मिति तय गर्ने जनाएको छ । आयोगले सर्वोच्च अदालतमा परेको मुद्दा र चलिरहेको विद्यार्थी आन्दोलनको अवरोधका बीच परीक्षाको मिति तय गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख तुलसी थपलियाले परीक्षाको मिति चैत अगाडी नै तय गर्ने तयारीमा आयोग जुटेको ...

जुम्लामा विद्यालय भर्ना अभियान शुरु
२०७४ माघ २३ गते १०:२६

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

जुम्ला । विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ । गुणस्तरीय, समावेशी र समतामुलक शिक्षा समृ ...

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट
२०७४ माघ २३ गते १०:१४

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट

-आव ०७४-७५ मा शिक्षामा कुल बजेट : १ खर्ब २६ अर्ब– विद्यालय तहमा खर्च हुने बजेट : ८६% अर्थात् १ खर्ब ८ करोड– विद्यालय तहमा कुल विद्यार्थी संख्या (कक्षा १–१२) : ७४ लाख १९ हजार -एक विद्यार्थीका नाममा राज्यबाट खर्च हुने रकम : १३ हजार ४८९ रुपैयाँ तर, अनिवार्य कक्षाका साढे चार लाख बालबाल ...

एक्काइसौँ शताब्दीको विद्यालय
२०७४ माघ २३ गते १०:०३

एक्काइसौँ शताब्दीको विद्यालय

सिन्धुली । टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा ...

१५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन
२०७४ माघ २१ गते २०:०६

१५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन

काठमाडौँ  । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पढाई हुने १५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन गरेको छ । केन्द्रका अनुसार १५ वर्षदेखि पुरानो पाठ्यक्रम पढाई भइरहेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पत्रकारिता, इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, व ...

कसरी भयो विद्यालयको जमिन कब्जा ?
२०७४ माघ २१ गते ०८:३९

कसरी भयो विद्यालयको जमिन कब्जा ?

बाँके । आदर्श माध्यमिक विद्यालय राँझासँग नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा रहेको तीन बिघा सात कट्ठा जमिनको लालपुर्जा छ । तर, तीन बिघा जग्गा सुकुमबासीका घर र टहराले भरिएका छन् । उनीहरूले जग्गा छाड्न नमानेपछि विवाद बढेको छ । आफूहरू बस्दै आएको जमिन जबर्जस्ती विद्यालयले आफ्नो नाममा गराएर ...

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने
२०७४ माघ १९ गते २०:४३

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने

भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना ...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा
२०७४ माघ १९ गते १९:०६

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म ...

विद्यालयमै दालभात !
२०७४ माघ १९ गते १०:२४

विद्यालयमै दालभात !

जाजरकोट । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजनाअन्तर्गत अबदेखि विद्यार्थीलाई दिवा खाजास्वरूप दालभात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो । २०५७ सालदे ...

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित
२०७४ माघ १८ गते २२:३७

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दाको माघ १७ गतकोे बहस स्थगित भएको छ । प्रधानन्यायधिश गोपाल प्रसाद पराजुली उपत्यका बाहिर रहेकाले बहस स्थगित भएको हो । संवैधानिक इजलाशमा प्रधानन्यायधिश अनिवार्य उपस्थित हुनुपर्ने भएपनि उनी जिल्ल ...