२०७६ भदौ २९ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

बालबालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द
२०७४ माघ १८ गते १६:५९

बालबालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द

बुटवल । तिलोत्तमा नगरपालिकाले ५ वर्ष पुरा भएका वालवालिकालाई अनिवार्य रुपमा आधारभूत शिक्षाका लागि विद्यालय पठाउनु पर्ने नपठाए स्थानिय तहवाट उपलब्ध गराउने सवै सेवा सुविधावाट त्यस्ता अभिभावकलाई बञ्चित गराउने गरि शिक्षा नियमावली २०७४ पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाले स्थानिय तहको कानुन निर्म ...

शिक्षक काजमा मन्त्रालयको मनोमानी
२०७४ माघ १७ गते २१:४७

शिक्षक काजमा मन्त्रालयको मनोमानी

रोशन क्षेत्री 'गाउँले' काठमाडौं ।  शिक्षा मन्त्रालयले शिक्षकहरुको काजको सम्बन्धमा मनलाग्दी गर्ने गरेको पाइएको छ । मन्त्रालयले केही पहुँचवाला शिक्षकहरुलाई निरन्तर कानूनविपरीत काज स्वीकृति दिने तर केही शिक्षकहरुले कानूनतः पाएको काज पनि खोस्ने गरेको देखिन्छ । शिक्षा मन्त्रालयले यस अघि शिक्षक युनि ...

विद्यालय क्षेत्र विकास कार्यक्रमको अनुगमन केन्द्रले गर्ने
२०७४ माघ १७ गते ११:१९

विद्यालय क्षेत्र विकास कार्यक्रमको अनुगमन केन्द्रले गर्ने

काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमा गए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन गरिएको ११ खर्ब रुपैयाँभन्दा बढीको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यसम्पादनको अनुगमन केन्द्रीय तहले नै गर्ने भएको छ । कार्यसम्पादनका आधारमा बर्सेनि विकास साझेदारद्वारा ...

संशोधित शिक्षा ऐन खारेजीको मुद्दामा संवैधानिक इजलाशमा आज पुन: बहस हुँदै
२०७४ माघ १६ गते २०:२९

संशोधित शिक्षा ऐन खारेजीको मुद्दामा संवैधानिक इजलाशमा आज पुन: बहस हुँदै

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दामा माघ १७ गते दोस्रोपटक बहस हुने भएको छ । यसअघि पौष १४ गते पनि संवैधानिक इजलाशमा बहस भएको थियो । त्यसबला इजलाशले प्रमाण पेश गर्न आदेश दिएको थियो । अस्थायी शिक्षकहरुको तर्फबाट बहस गरेका अधिवक ...

नियुक्ति स्थायी, पेन्सन खोइ ?
२०७४ माघ १६ गते १४:१०

नियुक्ति स्थायी, पेन्सन खोइ ?

अदालतभन्दा शिक्षा मन्त्रालय ठूलो हो ? रोशन क्षेत्री 'गाउँले' काठमाडौं । कपाल र दाह्री हिमाल झैँ सेतै फुलेका छन् । हिँड्डुल गर्न लौरोको सहारा छ । आँखाले पनि ठम्याउन मुस्किल पर्न थालेको छ । उमेरले ६ दशक नाघेको धेरै भइसक्यो । तर, जागिरबाट अवकाश छैन । स्थायी नियुक्ति र सरकारी जागिरबाट उहाँले ६० वर्ष कटे ...

झमेलै झमेला
२०७४ माघ १६ गते १०:१९

झमेलै झमेला

काठमाडौं ।  स्थानीय सरकार सञ्चालन ऐनमा चैत २८ गतेभित्र देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने उल्लेख गरिएको छ। तर, कसरी खारेज गर्ने त ? भन्ने विषयमा कुनै कानुन बनेको छैन। ऐनले जारी गरेको २३ वटा कामबाहेक सम्पूर्ण काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ। विशेष गरी विद्यालय क्षेत्र विकास का ...

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि
२०७४ माघ १५ गते १२:४८

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि

काठमाडौँ । प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो । यसअघि अनुसन्धान नटुंगिएका ...

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी
२०७४ माघ १४ गते ०८:०१

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

काठमाडौं  । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ। मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो। ‘नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका ...

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु
२०७४ माघ १४ गते ०७:४४

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन ...

गणितीय उपकरणलाई चुनौती दिने युवा
२०७४ माघ १३ गते २२:०९

गणितीय उपकरणलाई चुनौती दिने युवा

कालिकोट । जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन् । गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन् । गणित विषयका ऐकिक नियम, साधारण ...

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?
२०७४ माघ १३ गते २१:५८

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?

करिब ३५ सय नेपालीले विद्यावारिधि गरेका छन् । तर, सबैको विज्ञता देश सेवामा प्रयोग हुन सकेको छैन । आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएक ...

सर्वोच्चको विद्यालय कर्मचारीको मुद्दाको बहस सर्यो, बुधवार पालो नै आएन
२०७४ माघ ११ गते २२:१२

सर्वोच्चको विद्यालय कर्मचारीको मुद्दाको बहस सर्यो, बुधवार पालो नै आएन

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश बमोजिम विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियामा गरेको ढिलाई बिरुद्धको मुद्दाको बहस सरेको छ ।बुधवार बहस हुने भनिएपनि सर्वोच्चमा सो दिन मुद्दाको पालो नै आएन । अब अर्को नयाँ बहसको मिति तय हुने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । सरकारले विद्यालय कर्मचारीहरु ...

अब्बललाई अवसर, कमजोर वञ्चित
२०७४ माघ ११ गते ११:५७

अब्बललाई अवसर, कमजोर वञ्चित

-कक्षा ११ का डेढ लाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित-सी ग्रेडभन्दा माथि ल्याउने विद्यार्थीले मौका परीक्षा दिनुपर्दैन -एउटा विषयको परीक्षामा अनुपस्थित हुनेले पनि मौका पाउने    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब ...

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग
२०७४ माघ ९ गते ०८:३२

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग

काठमाडौं । सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।' सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सर ...

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’
२०७४ माघ ६ गते १०:४५

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’

रुकुम  । बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को कक्षा २ मा पढ्ने यामराज ओली पनि ...

शिक्षक सेवा आयोग अलमलमा
२०७४ माघ ६ गते १०:३०

शिक्षक सेवा आयोग अलमलमा

काठमाडौँ  । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ । आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ ।  ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने
२०७४ माघ ५ गते २१:३१

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा पुनः शिक्षा ऐन संशोधन गर्न पाउने भएको छ । शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका सम्बन्धमा कुनै ऐन नियम बनाउन नपाउने भएपनि शिक्षककर्मचारी पदपुर्ती र दरवन्दी थप सम्बन्धमा भने ऐन संशोधन गर्न वा नयाँ ऐन बनाउन पाउने भएको हो । संघीय माम ...

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै
२०७४ माघ ५ गते १०:५७

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै

बुटवल । विकास, पूर्वाधार र उद्योग व्यापारमा फड्को मारेको रुपन्देही जिल्ला शिक्षामा पनि राजधानीसँग प्रतिस्पर्धामा उत्रन थालेको छ । शिक्षालयको संख्यासँगै गुणस्तरले धेरै विद्यार्थीलाई तानेको छ । लगातार एसईईमा उत्कृष्ट विद्यार्थी बनाएर विद्यालय शिक्षामा राजधानीका नाम चलेका विद्यालयलाई टक्कर दिएको छ । प ...

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’
२०७४ माघ ४ गते २२:२४

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाविपरीत सामुदायिक विद्यालयहरुले आन्तरिक सहमतिमा शुल्क असुल गर्ने कार्य नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक संवैधानिक रुपमा सुनिश्चितता भएको अवस्थामा विद्यालय व्यवस्थापन समितिलेहरुले शुल्क लिइरहेको भन्दै दायर रिटम ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग
२०७४ माघ ४ गते १०:१५

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग

काठमाडौं ।  व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि इभेन्टको दोस्रो परिय ...

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने
२०७४ माघ ४ गते १०:११

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने

  काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमार्पmत गर्नेगरी संरचना तयार गरिए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको छ । खासगरी १० अर्ब रुपैयाँ बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनमा चुनौती देखि ...

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने
२०७४ माघ ४ गते ०९:४५

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने

काठमाडौं । शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने भएको छ । स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले शिक्षा मन्त्रालयले अब विद्यालय तहका लागि कुनैपनि ऐन, नियमावली बनाउन नपाउने बताएका हुन् । संविधानले विद्यालय तह सम्मका शिक्षाको सम्पूर्ण जिम्मेवारी स ...

 जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने
२०७४ माघ ४ गते ०९:१०

जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने भएका छन् । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । अहिले ती कार्या ...

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे
२०७४ माघ ३ गते १२:५५

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे

    आफ्नै मन्त्रीबाट गरिएको मन्त्रिस्तरीय निर्णयलाई शिक्षा मन्त्रालयका सहसचिवले काटेको पाइएको छ । तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले १६ चैत २०६८ मा गरेको शिक्षक काज स्वीकृतिसम्बन्धी मन्त्रिस्तरीय निर्णयलाई मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ‘शिक्षा नियमावलीमा काज स्वीकृत गर्ने ...

भाषा आयोगले पूर्णता पाएन
२०७४ माघ २ गते १०:२३

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ  । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसार गाउँ/नगरसभाबाट सरकारी कामकाजको भाषा तोक्न थालेका छ ...

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे
२०७४ माघ २ गते १०:१९

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

धादिङ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको ...

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती
२०७४ माघ १ गते १०:२५

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती

काठमाडौँ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन् ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)
२०७४ पुस २९ गते १८:५४

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार बेलुकी ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ। बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर ...

'हरेक बार खाना चार'
२०७४ पुस २९ गते ११:४३

'हरेक बार खाना चार'

तुलसीपुर । दाङमा ५ वर्षमुनिका १२ सय बालबालिकालाई कुपोषणबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले स्वास्थ्यकर्मीलाई गाउँगाउँमा खटाउँदै अभियानलाई प्रभावकारी बनाउने जनाएको छ। गाउँमा खटाइने स्वास्थ्यकर्मीलाई कुपोषणबाट पीडित बालबालिकाको लक्षण र तत्काल ...

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम
२०७४ पुस २९ गते ११:३३

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए कार्यक्रम सुरु गरेको छ । कलेजले चीन र थाइल्याण्डमासमेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु भएको जानकारी गराएको छ । वेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटिको सम्बन्धनमा यसै शैक्षिक सत्रदेखि एमबिए कार्यक ...

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षिक परीक्षा !
२०७४ पुस २९ गते ११:२२

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षिक परीक्षा !

हेटौंडा । हेटौंडाका सामुदायिक विद्यालयमा अध्ययनरत १३ प्रतिशत विद्यार्थी वार्षिक परीक्षा अनुपस्थित हुने गरेका छन् । जिल्ला शिक्षा कार्यालय मकवानपुरमा आयोजित ‘विद्यालयको स्तर सुधारमा हाम्रो भुमिका’ विषयक अन्तक्र्रियामा प्रस्तुत तथ्यांक अनुसार आधारभूत र मावि तहमा २२ हजार ३ सय जना विद् ...

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द
२०७४ पुस २७ गते २१:५१

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सोमवार भित्रै सार्वजनिक गरिने जनाएको छ । बोर्डले पौषभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गर्ने ७३ विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको ब ...

कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक, ३.२ प्रतिशतको नतिजामा सुधार
२०७४ पुस २७ गते १९:३८

कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक, ३.२ प्रतिशतको नतिजामा सुधार

भक्तपुर । कक्षा १२ को पुनर्याेगकोे नतिजा सार्वजनिक भएको छ । पुनर्याेगका लागि आवेदन दिएका मध्ये ३ दशमलव २ प्रतिशतको नतिजामा सुधार आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष ...

यसपालिको  एसइइ  परीक्षा कठिन बन्दै
२०७४ पुस २७ गते ११:५८

यसपालिको एसइइ परीक्षा कठिन बन्दै

काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा ( एसइइ)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको  एसइइ परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल ...

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति
२०७४ पुस २६ गते २१:४२

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

काठमाडौँ  ।  उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् । सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान) ...

‘निजी विद्यालय होइन, सरकारी विद्यालय बन्द गरौं’
२०७४ पुस २६ गते २०:२२

‘निजी विद्यालय होइन, सरकारी विद्यालय बन्द गरौं’

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट निजी विद्यालयलाई बन्द गर्ने, राष्ट्रियकरण गर्ने विषय हटाउन माग गरेका छन् । गुणस्तरकै कुरा गर्ने हो भने राष्ट्रीयकरण र बन्द निजी विद्यालय होइन सरकारी विद्यालय हुनुपर्ने उनले दाबी गरे ...

अस्थायी  लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपेश गर्न दोस्रो मौका
२०७४ पुस २६ गते १९:२७

अस्थायी लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपेश गर्न दोस्रो मौका

काठमाडौं । शिक्षक सेवा आयोगले स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) लिएका शिक्षकहरुलाई एमएड, बीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न फागुन मसान्तभित्रको समय दिएको छ । आयोगले पौष २३ गते एउटा सूचना जारी गर्दै पाँचै क्षेत्रिय शिक्षा निर्देशनालयहरुलाई यस सम्बन्धी ...

पुरातत्वले रोक्यो दरबार स्कुल निर्माण
२०७४ पुस २६ गते ०९:५२

पुरातत्वले रोक्यो दरबार स्कुल निर्माण

काठमाडौं । भूकम्पले भत्काएको पुरातात्विक महत्वको सम्पदा पुरानै शैलीमा बनाउनुपर्ने अभियानकर्मीको प्रभाव राजधानीको भानु मावि (दरबार हाइस्कुल) र सँगै जोडिएको संस्कृत माविमा परेको छ । यसअघि नै नक्सा तयार भएर निर्माणका लागि चिनियाँ सरकारलाई अन्तिम स्वीकृति दिइसकिएको यो स्कुल अहिले पुरानै शैलीमा बना ...

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा
२०७४ पुस २५ गते १९:२९

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम । रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र ...

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश
२०७४ पुस २४ गते १०:३२

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्न आदेश दिएको छ । सरकारले ८ माघ ०७० मा शर्मालाई आइओएमको डिनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा १ फागुन ०७० मा सर्वोच्च ...

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन
२०७४ पुस २४ गते १०:२९

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन

काठमाडौं । भूकम्पले भत्काएको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि)को पुनर्निर्माणमा चीनले हात झिक्ने परिस्थिति उत्पन्न भएको छ । पुरातत्व विभागले दरबार हाइस्कुल पुनर्निर्माणमा पुरानै सामग्री र पुरानै शैलीमा बनाउनुपर्ने पत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएपछि अन्योल थपिएको हो । च ...

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त
२०७४ पुस २० गते १०:४०

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

काठमाडौं । शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ। संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो। स्थानीय तहले शिक्षा मन्त्रालयब ...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल
२०७४ पुस २० गते १०:३३

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

काठमाडौँ । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।  यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमित ...

'उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कथित् शिक्षाविद्हरुले तयार पारेको  चुट्किला संग्रह'
२०७४ पुस १९ गते २२:४९

'उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कथित् शिक्षाविद्हरुले तयार पारेको चुट्किला संग्रह'

  काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले शिक्षाविद्हरुले तयार पारेको उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदन हास्यस्पद भएको टीप्पणी गरेका छन् । निजी विद्यालयको नियमन गर्ने विषय समेटिएको प्रतिवेदन तयार गर्ने शिक्षाविदहरुलाई 'कथित् प्राडा' र 'कथित् शिक्षाविद्' भन्दै निजी विद्यालयका सञ्चालक ...

शिक्षक परीक्षाको मिति तय केही दिनमै, लगत्तै खुला विज्ञापन गर्ने तयारी
२०७४ पुस १९ गते १२:२९

शिक्षक परीक्षाको मिति तय केही दिनमै, लगत्तै खुला विज्ञापन गर्ने तयारी

काठमाडौं । अस्थायी शिक्षकहरुका लागि खुलेको विज्ञापनको परीक्षा मिति तय चाँडै हुने साथै, लगत्तै खुला विज्ञापन गर्ने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । मंगलवार मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरुसँगको भेटमा शिक्षा सचिव मधुप्रसाद रेग्मीले शिक्षक परीक्षाको मिति केही दिनमै तयहुने साथै लगत्त ...

अस्थायी शिक्षकहरुको परीक्षाको मिति तत्काल नतोक्न विद्यार्थीको 'धम्की'
२०७४ पुस १७ गते २१:३८

अस्थायी शिक्षकहरुको परीक्षाको मिति तत्काल नतोक्न विद्यार्थीको 'धम्की'

काठमाडौं । अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको परीक्षा मिति तत्काल तय नगर्न विद्यार्थीहरुले शिक्षक सेवा आयोगलाई 'धम्की' दिएका छन् । आन्दोलनरत विद्यार्थीहरुले सोमबार आयोग पुगेर नयाँ सरकार नबन्दासम्म शिक्षक विज्ञापनको सम्पूर्ण प्रक्रिया रोक्न चेतावनी दिएका हुन् । आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै ...

यस्तो छ आयोगको प्रतिवेदन
२०७४ पुस १७ गते १४:०६

यस्तो छ आयोगको प्रतिवेदन

काठमाडौं । सरकार प्रारम्भिक बाल शिक्षादेखि विश्व विद्यालय शिक्षासम्मको समग्र नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन एवं विश्लेषण गरी मुलुकको संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) अनुकूल शिक्षा नीति, कार्यक्रम र सङ्गठनात्मक स्वरूपको सुधार एवं परिमार्जन गर्नका लागि ५ महिनाभित्र सुझा ...

दीक्षान्तप्रति किन भएन विद्यार्थीको आकर्षण ?
२०७४ पुस १७ गते १३:३६

दीक्षान्तप्रति किन भएन विद्यार्थीको आकर्षण ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालबाट वर्षेनी ६० हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरे पनि दीक्षान्तमा मुस्किलले १२ प्रतिशतमात्रै सहभागी हुने गरेका छन् । दीक्षित प्रमाणपत्र लिन र गाउन लगाएर फोटो खिच्न मात्रै सीमित विद्यार्थी सहभागी हुने गरेका छन् ।०७३ असार २ देखि ०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र ए ...

त्रिविले पुर्‍याएको योगदान अतुलनीय : प्रधानमन्त्री
२०७४ पुस १६ गते १८:१२

त्रिविले पुर्‍याएको योगदान अतुलनीय : प्रधानमन्त्री

ललितपुर ।  प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आइतबार यहाँ सम्बोधन गर्दै उनले भ ...

दुई पैसामा कुरो मिलेन, कर्णालीमा पाठ्यपुस्तक अभाव हुने
२०७४ पुस १६ गते १०:२६

दुई पैसामा कुरो मिलेन, कर्णालीमा पाठ्यपुस्तक अभाव हुने

काठमाडौं । यो वर्ष कर्णालीमा पाठ्यपुस्तक अभाव हुने देखिएको छ। शैक्षिक सत्र शुरू हुनु दुई महिना अघिसम्म सरकारी सुस्तताका कारण पाठ्यपुस्तक अभाव हुने देखिएको हो।पाठ्यक्रम विकास केन्द्रले निजी पुस्तक प्रकाशक र विक्रेताको सूची हालसम्म सार्वजनिक गर्न सकेको छैन। यो वर्षदेखि कक्षा ३ देखि ५ सम्म रंगीन पाठ्य ...