२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

इच्छा एउटा, पढाइ अर्कै
२०७६ जेष्ठ २२ गते १२:०१

इच्छा एउटा, पढाइ अर्कै

बाँके । सरासर पढदा ६ वर्षमा ‘एमबीबीएस’ अध्ययन सकिन्छ । कैलालीका एक युवक साढे नौ वर्षदेखि डाक्टरी पढिरहेका छन् । पढ्दै फेल हुनु उनको जीवनशैली बनेको छ । डाक्टर बन्नु उनको रोजाइ पनि होइन । धनाढ्य परिवारका उनलाई जसरी पनि चिकित्सक बन्न दबाब छ । यस्तो दबाब थेग्न नसकेर उनी लागूऔषध दुर्व्य ...

त्रिवि प्रश्नपत्रमा लापराबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु
२०७६ जेष्ठ २२ गते ०९:१३

त्रिवि प्रश्नपत्रमा लापराबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ। विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा विश्वविद्यालयकै एक सोही विषयका एक शिक्षकले लेखेको किताबको हुबहु प्रश्न समावेस गरी शिक्षाशास्त् ...

संस्कृत विद्याप्रति विद्यार्थीको आकर्षण बढ्दै
२०७६ जेष्ठ २२ गते ०९:०६

संस्कृत विद्याप्रति विद्यार्थीको आकर्षण बढ्दै

म्याग्दी । विगत केही समयदेखि हराउँदै गएको संस्कृत विद्याप्रति पछिल्लो समयमा भने यसको अध्ययनतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । समाजमा हुने विभिन्न किसिमका धार्मिक कार्यहरु खासगरी पुजापाठमा ब्राह्मण र पुरेतहरुको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो ...

प्रधानाध्यापकले गरे लाखौं रकम अनियमितता
२०७६ जेष्ठ २२ गते ०९:०२

प्रधानाध्यापकले गरे लाखौं रकम अनियमितता

काठमाडौं । कालिकोटका एक विद्यालयका प्रधानाध्यापकले लाखौं रकम हिनामिना गरेको पाइएको छ ।कालिकोटको जनता माध्यमिक विद्यथालय रामाकोट, खार्दुमा कार्यरत प्रधानाध्यापक जयलाल न्यौपानेले विद्यालयका हरेक कामकार्यमा रकम हिनामिना गरेको खुलेको हो । मिति २०७० देखि ०७२ सम्म आफ्नो दुई वर्षे कार्यकालमा उनले १७ लाख ६ ...

पाठ्यक्रम विकास केन्द्रको कर्तुत प्रति शिक्षाका कर्मचारी आगो, शिक्षा सचिवलाई ज्ञापनपत्र  !
२०७६ जेष्ठ २१ गते १५:१५

पाठ्यक्रम विकास केन्द्रको कर्तुत प्रति शिक्षाका कर्मचारी आगो, शिक्षा सचिवलाई ज्ञापनपत्र !

काठमाडौं । शिक्षा मन्त्रालय अन्तर्गतको निजामति कर्मचारीहरुको आधिकारीक ट्रेडयुनियनले पाठ्यक्रम विकास केन्द्रको गैरकानूनी हर्कत विरुद्ध शिक्षा सचिवलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पारित भइसकेको भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको साथै वि ...

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
२०७६ जेष्ठ २० गते २२:१६

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रौतहट । आफ्नै स्कुलकी चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा रौतहटमा एक निजी स्कुलका शिक्षक पक्राउ परेका छन्। रौतहटको बौधीमाई नपा ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।जेठ १७ गते दिउँसो करिब १ बजे शिक्षक राय य ...

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर
२०७६ जेष्ठ २० गते २२:१०

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चक ...

 बालमन्दिर माविमा खो–खो
२०७६ जेष्ठ २० गते ०९:५५

बालमन्दिर माविमा खो–खो

  चर्चाबाट हराउन थालेको खो–खो खेलको प्रतियोगिता विद्यालयमा सञ्चालन गरिएको छ । खेललाई बचाइ राख्न बालमन्दिर माविले सदनात्मक प्रतिस्पर्धात्मक रुपमा उक्त खेल आयोजना गरेको हो । विद्यालयका पाँच वटा सदनका बीचमा प्रतिस्पर्धा  गरिएको खो–खो खेलमा जुपिटर पहिलो भएको थियो भने द अर्थ द्वितीय ...

पूर्वाञ्चलमा पढाइ ठप्प
२०७६ जेष्ठ २० गते ०९:४६

पूर्वाञ्चलमा पढाइ ठप्प

विराटनगर । सरकारी हस्तक्षेपका कारण पूर्वाञ्चल विश्वविद्यालय तीन महिनादेखि ठप्प छ । कर्मचारीलाई तलब खुवाउने, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन पालना गर्नेबाहेक अन्य सबै गतिविधि ठप्प रहेको पदाधिकारीहरूले बताएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय कार्यकारी परिष ...

'स्मार्ट’ छोरीहरू
२०७६ जेष्ठ २० गते ०९:४३

'स्मार्ट’ छोरीहरू

दाङ । बसाइ सँगै । पढाइ सँगै । सबैका कथा–व्यथा उस्तै । ‘स्मार्ट छोरी’ भनेर चिनिने उनीहरूको घर भने १६ वटा जिल्लामा पर्छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीस्थित सहिद स्मृति आवासीय माविको छाक्रावासमा १ सय ८९ जना ‘स्मार्ट छोरी’ छन् । सबैले सशस्त्र द्वन्द्वका त ...

त्रिवि सेवा आयोगमा अनशन, परीक्षा खारेजीको माग
२०७६ जेष्ठ २० गते ०९:३८

त्रिवि सेवा आयोगमा अनशन, परीक्षा खारेजीको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमित ढंगले सञ्चालन गरेको परीक्षा खारेजीको माग गर्दै विद्यार्थीले थालेको रिले अनशन दुई साता पुगेको छ । त्रिविस्थित आयोग परिसरमा दुई सातादेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले गुनासो गरेका छन् । ‘आयोगकै पदाधिकारी दोषी हुन्, उनीहर ...

विपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग
२०७६ जेष्ठ १८ गते १०:०८

विपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग

रोल्पाको त्रिवेणी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय जना गरिब तथा जेहेन्दार बालबालिकालाई शुक्रवार शैक्षिक सहयोग गरिएको छ । विभिन्न कारणले पठन–पाठनमा समस्या भोगिरहेका ती बालबालिकाको पढाइमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त शैक्षिक सहयोग गरिएको हो ।  गाउँपालिका भित्रका सात ...

त्रिवि र ‘विवादित’ काङनाङ विश्वविद्यालयबीच शैक्षिक सम्झौता
२०७६ जेष्ठ १८ गते ०९:२८

त्रिवि र ‘विवादित’ काङनाङ विश्वविद्यालयबीच शैक्षिक सम्झौता

काठमाडौं । दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिएको भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ। सो विश्वविद्यालयका प्रेसिडेन्ट ...

बालबालिकाको खाजामा घोटाला
२०७६ जेष्ठ १८ गते ०९:२३

बालबालिकाको खाजामा घोटाला

जनकपुर  । धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो। सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष ...

विद्यालयले दिएको सीपको सदुपयोग, सेनेटरी प्याड बनाउँदै छात्रा
२०७६ जेष्ठ १८ गते ०९:१९

विद्यालयले दिएको सीपको सदुपयोग, सेनेटरी प्याड बनाउँदै छात्रा

बैतडी । जिल्लाको पाटन नगरपालिका– ८ स्थित ज्ञानेश्वर माविकी कक्षा १० की छात्रा हजारी भण्डारी सेनेटरी प्याड बनाउन व्यस्त छिन् । विद्यालयले दिएको तालिममा सहभागी भएर उनी सेनेटरी प्याड बनाउन सिक्दै छिन् ।उनी सेनटरी प्याड अभावमा महिनावारीको समयमा विद्यालय जाँदैन थिइन्। अहिले आफैं सेनेटरी प्याड बनाउन ...

नयाँ विद्यालय भवन पाउँदा फुरुंग
२०७६ जेष्ठ १७ गते ०९:३३

नयाँ विद्यालय भवन पाउँदा फुरुंग

सिन्धुपाल्चोक । पुनर्निर्माणपछि नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुंग परेका छन्। साढे दुई वर्ष लगाएर बनाइएको भवन बिहीबार आफ्नै संरक्षणमा आएपछि उनीहरू अझ उत्साही देखिए। ‘भूकम्पपछि भवन अभावमा ठूलो कष्ट सहेर पठनपाठन सञ्चालन गरेका थियौं,’ विद्यालय समुदा ...

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित
२०७६ जेष्ठ १७ गते ०९:३१

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित

खोटाङ  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।दायित् ...

किताब–कापी बिर्से हुन्छ, पानीका बोतल नबिर्सनू
२०७६ जेष्ठ १७ गते ०९:२५

किताब–कापी बिर्से हुन्छ, पानीका बोतल नबिर्सनू

बागलुङ । करिश्मा श्रीष । हरेक दिन विहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छिन् । सबेरै उठेर उनलाई पढ्नु मात्र छैन विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो पनि गर्नुछ । विद्यालयबाट पाँच मिनेटको दुरीमा एउटा धारो त छ तर धारामा पानी वर्षको ६ महिना आउँछ । माघदेखि अस ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १६ गते २१:२०

पाँचै विकास क्षेत्रको माध्यमिक तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । विहिबार शिक्षक सेवा आयोगले माध्यमिक तहको ५ वटै विकास क्षेत्रको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।  पूर्वाञ्चलको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्पश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको अंग्रे ...

शिक्षक अभाव टार्न स्वयंसेवक
२०७६ जेष्ठ १६ गते ०९:१९

शिक्षक अभाव टार्न स्वयंसेवक

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७६/२०७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रूपमा खटाइने जनाए । यसका लागि १ अर्ब ५० करोड बजेट विनिय ...

शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट बिनियोजित, यस्ता छन् नयाँ कार्यक्रम
२०७६ जेष्ठ १५ गते २०:२२

शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट बिनियोजित, यस्ता छन् नयाँ कार्यक्रम

काठमाडौं । सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँको बजेट बिनियोजित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण  मार्फत अर्थमन्त्री युवराज खतिवडाले  शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा ...

पूर्व र मध्यामाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १५ गते २०:०८

पूर्व र मध्यामाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । बुधवार शिक्षक सेवा आयोगले माध्यमिक तहको २ विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।बुधवार पूर्वाञ्चल र मध्यामाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।   पूर्वाञ्चलको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको सामाजिक ...

पश्चिम, म.प. र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १४ गते २१:४१

पश्चिम, म.प. र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको ३ विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मंगलवार पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १४ गते १९:५९

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको अन्तिम नतिजा सार्वजनिक

  भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको ५ वटै विकास क्षेत्रको गणित विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   पूर्वाञ्चलको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्पश्चिमाञ्चल क्षेत्रको गणित विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको गणित विषयको अन्त ...

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमा
२०७६ जेष्ठ १४ गते ०९:१४

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमा

  पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’   शिक्षा मन्त्रालय भन्छः नेपाली विषयको नाम परिवर्तन गर्न पाइदैनभाषाविद् भन्छन्ः यस्तो पुस्तक चल्न दिँदैनौंपाठ्यक्रम विकास केन्द्र भन्छः केही अलग नाम राखौं भनेर गरिएको हो   रोशन क्षेत्री गाउँले/काठमाडौं पाठ्यक्रम विक ...

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइँदै
२०७६ जेष्ठ १४ गते ०८:४३

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइँदै

दुर्गमको विद्यालयमा सरसफाइ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई हात मुख धुने तरिका सिकाइएको छ । हातको सरसफाइ गर्दा त्यसबाट हुने फाईदा र महत्व दर्साउन यो तरिका आधारभूत तहका विद्यार्थीहरुलाई सिकाइएको हो । हात धुने तरिका थाहा पाए पछि त्यसलाई कार्यान्वयन गरेको यस अघि मुख धुँदा मात्र हात धुने गर्दै आ ...

सिसिटिभि क्यामेरा जडान पछि पठन–पाठनमा सुधार
२०७६ जेष्ठ १३ गते ०९:१७

सिसिटिभि क्यामेरा जडान पछि पठन–पाठनमा सुधार

दुर्गमको खार्पुनाथ गाउँपालिकाको सीता माध्यामिक विद्यालयले सम्पूर्ण कक्षाहरुको पठन–पाठनको अनुगमन सिसिटिभि क्यामेराबाट सुरु गरेको छ । यसो गर्दा पठन–पाठनमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको विद्यालयले जनाएको छ । कक्षा कोठामा हुने प्रत्येक गतिविधि प्रत्यक्ष रुपमा प्रधानाध्यापकको कक्षबाट अ ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १३ गते ०८:०९

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । सोमबार शिक्षक सेवा आयोगले ५ वटै विकास क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । पूर्वाञ्चलको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा हेर्न यहाँ ...

खुलातर्फ माध्यमिक तहको  लेखा र विज्ञान  विषयको  अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)
२०७६ जेष्ठ १३ गते ०८:०३

खुलातर्फ माध्यमिक तहको लेखा र विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ लेखा र विज्ञान  विषयको  अन्तिम नतिजा सार्वजनिक गरेको छ ।आयोगले शनिवार  माध्यमिक तहको २ विषयको लिखित र अन्तर्वार्ता पछिको अन्तिम नतिजा  सार्वजनिक गरेको हो । ...

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक
२०७६ जेष्ठ १३ गते ०७:१६

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

काठमाडौँ । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ ।  उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो । स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परी ...

खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक
२०७६ जेष्ठ १२ गते १०:१२

खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ विभिन्न ५ विषयको  नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार माध्यविक तहको स्वास्थ्य तथा जनसंख्या, अर्थशास्त्र, कृषि, शिक्षा र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको हो । ...

पालिकास्तरीय बाल सञ्जाल गठन
२०७६ जेष्ठ १२ गते ०९:५९

पालिकास्तरीय बाल सञ्जाल गठन

          सिमकोट गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । बाल बालिकाका समस्याहरु पहिचान र त्यसको समाधान गर्नका बालबालिका स्तरबाटै पैरवी गर्न  गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो । सिमकोट गाउँपालिकाका कार्यवाह अध्यक्ष कृष्ण बहादुर बोहराको अध्य ...

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक
२०७६ जेष्ठ १२ गते ०९:०१

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

बनेपा । पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पन ...

मन जित्दै सामुदायिक विद्यालय
२०७६ जेष्ठ १२ गते ०८:५१

मन जित्दै सामुदायिक विद्यालय

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब ...

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब
२०७६ जेष्ठ १२ गते ०८:३७

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडौं । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ ।अर्थ मन्त्रालयले तयार गरेको बजेटमा हालसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिलिङबाह ...

विद्यार्थीलाई सफा र सुन्दर बनाउने काइदा !
२०७६ जेष्ठ ११ गते १२:२३

विद्यार्थीलाई सफा र सुन्दर बनाउने काइदा !

विद्यार्थीहरुले हप्ताभर एउटै विद्यालय पोशाक लगाउँदा फोहर हुने भएपछि उनीहरुको सफाइका लागि नयाँ जुक्ति निकालिएको छ । सिमकोट स्थित बालमन्दिर माविले विद्यार्थीहरुको सफाइ र सुन्दरताको लागि हप्ताको दुई दिन नयाँ पोशाकको व्यवस्था गरेको हो । अब विद्यार्थीहरुले हप्ताको दुईदिन अनिवार्य रुपमा ट्रयाक सुट लगाउनै ...

विद्यार्थी निको पार्न भन्दै कक्षाकोठामा पूजा
२०७६ जेष्ठ ११ गते ११:५८

विद्यार्थी निको पार्न भन्दै कक्षाकोठामा पूजा

बारा । कन्भर्सनल डिसअर्डरबाट प्रभावित भएका विद्यार्थीलाई निको पार्न भन्दै बाराको निजगढ नगरपालिका वडा नम्बर– ११ लालस्थित नेरामाविमा बिहीबार ग्रहशान्ति र चण्डी पूजा गरिएको छ।स्थानीय धामीले ग्रहदशा बिग्रेर विद्यार्थी बिरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षाकोठामा नै पूजा गरेको हो। प् ...

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !
२०७६ जेष्ठ ११ गते ११:५५

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको जलकन्या माविका प्रद्यानध्यापक (प्रअ) कृष्णप्रसाद चौलागाँईले छात्रवृत्ति रकममा कमीसन खाँदै आएको पाइएको छ। उक्त विद्यालयका विद्यार्थीहरुको भनाइ अनुसार प्रअ चौलागाँईले कक्षा १० र ११ का ६३ जना विद्यार्थीसँग ३ लाख २७ हजार रुपैयाँ कमिसन लिएका ह ...

अंग्रेजीले तान्यो विद्यार्थी
२०७६ जेष्ठ ११ गते ११:५०

अंग्रेजीले तान्यो विद्यार्थी

महोत्तरी । बर्दिवास नगरपालिका–३, गौरीडाँडाका बाबुराम श्रेष्ठका दुवै छोरा निजी विद्यालयमा अध्ययन गर्थे। सरकारी विद्यालयको पढाइ गुणस्तर हुन नसकेको भन्दै उनले निजी स्कुल रोजे। तर, यसपटक भने उनले त्यसो गरेनन्। छोरा विक्रम र विवेकलाई निजीबाट छुटाएर सरकारी स्कुल भर्ना गरे।रामगोपालपुरका रामबाबु ...

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो
२०७६ जेष्ठ ११ गते ११:४५

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो

काठमाडौँ । नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ । संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्त ...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन
२०७६ जेष्ठ १० गते १०:२६

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन

तनहुँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्य ...

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक
२०७६ जेष्ठ १० गते ०९:५७

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

नेपालगन्ज । अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए । विद्या ...

स्कुल बसकै चालकले कुटे विद्यार्थी
२०७६ जेष्ठ १० गते ०९:५३

स्कुल बसकै चालकले कुटे विद्यार्थी

विराटनगर  । बाल कल्याण विद्या मन्दिर स्कुलका बस चालक रितबहादुर मगरले विद्यार्थीलाई बिना कारण निर्घात कुटपिट गरेका छन्। सोही स्कुलको कक्षा ७ मा अध्ययनरत आरएन झालाई बिहीबार घर फर्किरहेका बेला चाकले बसभित्रै निर्घात कुटपिट  गरेका हुन् । चालकको कुटाइबाट विद्यार्थीको पाखुरामा गम्भीर चोट लागेको ...

शिक्षक एक, विद्यार्थी शून्य
२०७६ जेष्ठ १० गते ०९:५०

शिक्षक एक, विद्यार्थी शून्य

बाँके । शिक्षक जगदीश रोका बिहानै विद्यालय आउँछन् । १० बजेसम्म बस्छन् र हाजिरी गरेर घर फर्किन्छन् । यहीँ उनको दैनिकी हो । डुडुवा गाउँपालिका–५ नुना पूर्वास्थित श्री जनता कल्याण प्राथमिक विद्यालयमा १ जना शिक्षक छन् । उनले पढाउने विद्यार्थी संख्या शून्य छ । चालु शैक्षिक सत्रमा २ दिन घरदैलो भर ...

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन
२०७६ जेष्ठ ९ गते ०९:५१

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोग बनायो। आयोगका लागि सवा दुई करोड रुपैयाँ खर्च भयो। तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ र अघिल्लो सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालामा उच्चस्तरीय शिक्षा आयोग गठन भयो। आयोगका अध्यक्ष मन्त्री नै थिए। काम सुचा ...

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन
२०७६ जेष्ठ ९ गते ०८:१०

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन

सिन्धुली ।  सिन्धुलीका एक प्राधानाध्यापकले विद्यार्थीले पाउने छात्रवृत्तिको रकममै कमिसन खाएका छन् । कमलामाई नगरपालिका– ३ स्थित श्री जलकन्या मावि चपौलीका प्रअ कृष्णप्रसाद चौलागाईले कक्षा ११ र १२ का २३ जना विद्यार्थीले पाउनुपर्ने ३६ हजार छात्रवृत्तिबाट प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले ...

विद्यालयको आँगनबाटै सडक
२०७६ जेष्ठ ९ गते ०८:०४

विद्यालयको आँगनबाटै सडक

सल्यान । तुलसीपुर-कालीमाटी हुँदै सुर्खेत जोड्ने सडक निर्माणका क्रममा विद्यालयको बीच भागबाटै खनिएको छ । योसँगै विद्यालय भवन उच्च जोखिममा परेको छ । कालीमाटी गाउँपालिका ४, धामस्थित जनसेवा माविको बीच आँगनबाटै सडक खनिएको हो । कालिका कन्स्ट्रक्सनले विद्यालय बीचबाटै सडक खनेपछि पठनपाठन प्रभावित भएको छ  ...

शिक्षकको विद्यार्थीलाई पत्र : तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन
२०७६ जेष्ठ ८ गते ०८:२७

शिक्षकको विद्यार्थीलाई पत्र : तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन

प्रिय विद्यार्थी सर्वफलताको कामना केही दिनदेखि तिमीसँग भलाकुसारी गर्न मन लागि रहेको थियो । त्यो समय आज जुराएको छु । तिमीसँग अनि तिमी जस्तै विद्यार्थीहरूसँग निकट बनेर तिम्रो मुहारमा खुसी छाउँदा आफू पनि खुसी भएको र तिम्रा चेहरामा उदासिनता देखिँदा आफू पनि उदास बनेको एक दशक वितिसकेछ । यी एक दशकका पानाह ...

शिवालय बाल क्लब पुनर्गठनसँगै तालिम सञ्चालन
२०७६ जेष्ठ ८ गते ०८:२४

शिवालय बाल क्लब पुनर्गठनसँगै तालिम सञ्चालन

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् । यसै गरी सदस्यहरुमा निश्चल ओझा, कल्पित ओझा, ...

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग
२०७६ जेष्ठ ८ गते ०८:२०

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग

काठमाडौं । आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहो¥याउँदै आयोगका पदा ...