२०७६ मंसिर ६ गते

समाचार

  • Home
  • समाचार

All News

चिकित्सा शिक्षा शुल्क पुनरावलोकन सिफारिस
२०७६ असार ३१ गते ०९:०५

चिकित्सा शिक्षा शुल्क पुनरावलोकन सिफारिस

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क निर्धारण सुझाव उपसमितिले मेडिकल शिक्षाको शुल्क पुनरावलोकन गर्न सिफारिस गरेको छ  । शैक्षिक गुणस्तर, सिट संख्या, पूर्वाधार, अस्पतालको अवस्था, शिक्षण संस्थाको प्रकृति, भौगोलिक अवस्थिति, लगानी आदिलाई मूल्यांकन गरेर चिकित्सा शिक्षामा वर्गीकृत शुल्क ...

वीपी प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०७६ असार ३१ गते ०९:०२

वीपी प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको आरोपमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दासलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार ...

विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद
२०७६ असार ३१ गते ०८:५९

विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद

गण्डकी  ।  विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका-७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ । सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स ...

शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा,  १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन
२०७६ असार ३० गते २०:५८

शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन

शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स)को विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् । फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या ...

अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका !
२०७६ असार ३० गते ०९:३७

अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका !

भक्तपुर  । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुविधा लिनका लागि आवेदन दिन अस्थायी शिक्षकहरुलाई अन्तिम पटक ताकेता गरेको छ । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि ...

इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माईखोलामा बेपत्ता
२०७६ असार २९ गते ०८:५८

इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माईखोलामा बेपत्ता

इलाम  । इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्।  माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।  माई नगरपालिका-६ को भगवती माविमा अध्ययनरत् छात्राहरु आकृति लिम्बू (१५), निशा सुनुवार (१४) र ...

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति
२०७६ असार २८ गते १९:५१

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति

  हुम्ला । शिक्षक सरुवाको बिषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्र ...

१८ सय बालबालिका हराएको हरायै
२०७६ असार २८ गते ०९:५३

१८ सय बालबालिका हराएको हरायै

काठमाडौँ । बाजुराको बडिमालिका ९ मार्तडीका १४ वर्षीय श्याम रावल हराएको चार वर्ष भयो । उनी कहाँ, कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन । हराएलगत्तै आफन्तले जिल्ला प्रहरी कार्यालय बाजुराको महिला तथा बालबालिका सेवा केन्द्रमा बालक खोजिदिन आग्रह गर्दै निवेदन दिएका थिए । ‘उनका बाआमाले बाहिरी जिल्ल ...

प्राविधिक धारमा विद्यार्थी बढ्न सकेन
२०७६ असार २७ गते १६:१८

प्राविधिक धारमा विद्यार्थी बढ्न सकेन

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी मैदानमा उत्रँदा हाल कायम रहेको ८६ प्रतिशत साधारण र १४ प्रतिशत प्राविधक उच्च शिक्षाको संरचनालाई परिवर्तन गरी ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत साधारण शिक्षा उपलब्ध गराउने व्यवस्था गरिने अजेन्डालाई अघि सारेका थिए। ओली प्रधानमन्त्री बनेको १७ ...

विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख, दुई घाइते
२०७६ असार २७ गते १६:०७

विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख, दुई घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ । ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी घाइते भएका छन् । विद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् । ...

अविरल वर्षपछिको बाढीले विद्यालय जाँदै गरेका बालक बगायो
२०७६ असार २७ गते १५:४९

अविरल वर्षपछिको बाढीले विद्यालय जाँदै गरेका बालक बगायो

फिदिम । विद्यालय जाँदै गरेका एक बालकलाई खोलाले बगाएर बेपत्ता पारेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिका १० वर्षीय दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन् । दाइसँगै विद्यालय आउने क्रममा खोलाले बगाएका बेपत्ता बनाएको बालकको ...

 भलिवलमा महाबौद्ध मावि प्रथम
२०७६ असार २६ गते १०:२५

भलिवलमा महाबौद्ध मावि प्रथम

नाम्खा गाउँपालिकाका  भित्रका  आधारभुत विद्यालयस्तरीय भलिवल प्रतियोगितामा महाबौद्ध माध्यामिक विद्यालय याल्बाङको टिम प्रथम भएको छ । ६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा महाबौद्ध मावि प्रथम भएको हो । प्रतियोगितामा द्धितीय कर्णाली मावि चौगानफया र तृतीया खासापानी आधारभुत विद्यालय भएका छन ...

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु
२०७६ असार २६ गते ०८:४६

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ ।गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले ज ...

अविरल वर्षाले म्याग्‍दीमा विद्यालय भवन भत्कियो
२०७६ असार २६ गते ०८:४४

अविरल वर्षाले म्याग्‍दीमा विद्यालय भवन भत्कियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलमा रहेको मण्डली आधारभूत विद्यालयको कक्षा कोठा भवन भत्किएको छ ।केही दिनदेखिको वर्षाले विद्यालयका दुई वटा कोठाको पर्खाल भत्किएको हो। कक्षा १ र २ का विद्यार्थी राखेर पढाउने कक्षा कोठा भवनको बाहिरतर्फको पर्खाल भत्किएको शिक्षक शान्ति गर्बुजाले बताइन्।कच् ...

छापिएनन् मातृभाषाका पुस्तक
२०७६ असार २६ गते ०८:३९

छापिएनन् मातृभाषाका पुस्तक

काठमाडौँ । बजेट ढिलो निकासा हुँदा मातृभाषाका पुस्तक छपाइ स्थगित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक वर्ष ०७५/७६ मा प्रकाशन गर्न स्वीकृत गरेको पुस्तक छपाउन नसकेको हो । प्रतिष्ठानले हरेक वर्ष विभिन्न मातृभाषाका साहित्य र अ ...

राष्ट्रिय परीक्षा बोर्डलाई अंकुश
२०७६ असार २५ गते १०:४०

राष्ट्रिय परीक्षा बोर्डलाई अंकुश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव)सरह मात्र सुविधा पाउनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली जारी गरी आफूखुसी निर्णयमा रोक लगाएको छ ।बोर्डल ...

शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी
२०७६ असार २५ गते ०९:३४

शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् ।विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या, उत्तीर्ण प्रतिशत लगायतका विषयमा मूल्याङकन गरी उत्कृष्ट नम्बर पाएका ...

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न  माग
२०७६ असार २५ गते ०१:३३

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियुले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल ...

 कलेजसँग ५० हजार घुस लिने त्रिविका सहायक डीन पटेल विरुद्ध विशेष अदालतमा मुद्दा
२०७६ असार २४ गते २२:५१

कलेजसँग ५० हजार घुस लिने त्रिविका सहायक डीन पटेल विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । ५० हजार घुससहित पक्राउ परेका त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका  सहायक डिन प्राडा शम्भुप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीको कलेज संचालन अनुमति रद ...

पाठ्यपुस्तकका शब्दमा मारवाडी समुदायको आपत्ति
२०७६ असार २४ गते २२:०८

पाठ्यपुस्तकका शब्दमा मारवाडी समुदायको आपत्ति

विराटनगर । मारवाडी समुदायका अगुवाले पाठ्यपुस्तकमा जातीय अपमान गर्ने, होच्याउने र गाली बेइज्जती हुने शब्द प्रयोग गरिएको भन्दै तत्काल हटाउन माग गरेका छन् ।निजी विद्यालयमा पठनपाठन हुने पुस्तकमा निन्दनीय अपशब्द प्रयोग गरिएको भन्दै मारवाडी समाजले आपत्ति जनाएको छ। समाजले जातीय अपमान गर्ने ‘माडे&rsq ...

शिक्षा बजेट अपुग भएपछि अन्य शिर्षकको बजेटबाट शिक्षकलाई तलब !
२०७६ असार २४ गते २१:४१

शिक्षा बजेट अपुग भएपछि अन्य शिर्षकको बजेटबाट शिक्षकलाई तलब !

चालु आर्थिक वर्षमा शिक्षा बजेट अपुग भएपछि एउटा गाउँपालिकाले अन्य शिर्षकबाट शिक्षकलाई तलब खुवाएको छ ।हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षा बजेटमा शिक्षक तलब र छात्रवृत्तिको रकम अपुग भएपछि अन्य शिर्षकबाट रकम झिकेर विद्यालयलाई निकासा दिएको छ । केन्द्रबाट उक्त शिर्षकमा आउनु पर्ने अपुग बजेट नआए पछि गाउँपा ...

शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने : मन्त्री पोखरेल
२०७६ असार २४ गते ०८:५५

शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले विद्यालय जाने उमेरका सबै ...

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?
२०७६ असार २४ गते ०८:४५

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?

काठमाडौँ । तुलसीराम चापागाईं कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय (तत्कालीन उच्च मावि) मा पढाउँदै आएका छन् ।उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म मा ...

घूस लिँदै, प्रमाणपत्र दिँदै !
२०७६ असार २४ गते ०८:४१

घूस लिँदै, प्रमाणपत्र दिँदै !

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार् ...

एसइइमा कम ग्रेड पाएका लाखौँ विद्यार्थीले थाहै नपाइ पाए राहत
२०७६ असार २३ गते २०:३८

एसइइमा कम ग्रेड पाएका लाखौँ विद्यार्थीले थाहै नपाइ पाए राहत

भक्तपुर  । माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी सूचनामा संशोधन गरिएको छ । नियम कानुनको धज्जी उड़ाउने गरि सूचना प्रकाशित भएपछि उक्त सूचना विवादित बनेको थियो । लाखौ विद्यार्थीलाई प्रभावित पार्ने सूचना संशोधन भएको हो ।अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित गत बुधवार राष्ट् ...

नमुना बनाइँदै बहिरा मावि
२०७६ असार २३ गते ०९:४९

नमुना बनाइँदै बहिरा मावि

गोरखा  । गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासीय माविलाई गण्डकी प्रदेशकै नमुना विद्यालयका रूपमा विकास गरिने भएको छ । त्यसका लागि प्रक्रिया थालिएको छ । कान नसुन्ने विद्यार्थी मात्र अध्ययन गर्ने उक्त विद्यालयमा सबै प्रकारका अपांगता भएकालाई समेट्ने योजना ल्याइएको छ । ‘नमुना बनाउने निर्णय ...

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क
२०७६ असार २२ गते २१:१३

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क

पाल्पा । रामपुर नगरपालिकाले अब जन्मिने छोरीलाई स्नातकोत्तर तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ । नगरसभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख रमणबहादुर थापाले यस्तो घोषणा गरेका हुन् । यसलाई पाँचौं नगरसभाले पारित गरेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन प्रे ...

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी
२०७६ असार २२ गते २०:२९

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी

विराटनगर  । विद्यार्थी संगठनहरुले प्राध्यापक भर्नाको विरोधमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालय तोडफोड गरी तालाबन्दी गरेका छन् । छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक, उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्ववियु, अखिल क्रान्तिकारी, ...

बुधबारबाट दुईदिने इन्जिनियरिङ मेला हुने
२०७६ असार २२ गते २०:१०

बुधबारबाट दुईदिने इन्जिनियरिङ मेला हुने

काठमाडौं । निजी कलेजहरूको संस्था एकान र पीईए एसोसिएसनको संयुक्त आयोजनामा ‘एकोन इन्जिनियरिङ एजुकेसन फेयर’ हुने भएको छ । ‘समृद्ध नेपालको आवश्यकता, स्वदेशमै इन्जिनियरिङ शिक्षा’ नारा सहित हुनलागेको एजुकेशन फेयर दुईदिन सम्म सञ्चानलन हुने छ । कक्षा १२, ए लेभल र इन्जिनियरिङमा डिप्ल ...

एसइइमा उत्तरपुस्तिका साटेको शंका
२०७६ असार २२ गते १०:००

एसइइमा उत्तरपुस्तिका साटेको शंका

काठमाडौं  । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ ।जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबा ...

एसइइ पूरक परीक्षाको समय तालिका परिवर्तन, परीक्षा भदौ १ मा हुने(समय तालिका सहित)
२०७६ असार २२ गते ०९:३३

एसइइ पूरक परीक्षाको समय तालिका परिवर्तन, परीक्षा भदौ १ मा हुने(समय तालिका सहित)

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन गरेको छ । यस अघि साउन २६ र २७ लाई तय गरिएको पुरक परीक्षा सरेर अब भदौ १ मा हुने भएको छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भद ...

स्थानीय तहले शिक्षक सरुवा गर्न मिल्दैन– शिक्षामन्त्री
२०७६ असार २१ गते २२:३२

स्थानीय तहले शिक्षक सरुवा गर्न मिल्दैन– शिक्षामन्त्री

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गर्न नमिल्ने बताएका छन् । स्थानीय तहलाई शिक्षामा हस्तक्षेप नगर्न आग्रह गर्दै मन्त्री पोखरेलले भौतिक संरचना लगायतको अभावबीच पठनपाठन सञ्चालन गरिरहेका शिक्षकलाई निरुत्साही गर्न नहुने स्पष्ट प ...

मोरङ बन्यो ५१ औँ साक्षर जिल्ला
२०७६ असार २१ गते २२:१६

मोरङ बन्यो ५१ औँ साक्षर जिल्ला

मोरङ  । मोरङ साक्षर जिल्ला बनेको छ । शनिवार मोरङलाई मुलुकको ५१ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । शनिवार भव्य समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले मोरङलाइ साक्षर जिल्ला घोषणा गरेका हुन् । २०६७ सालदेखि जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा, राष्ट्रिय साक्षरता अभियान ...

 वडाध्यक्षद्वारा आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई पोशाक
२०७६ असार २१ गते २०:५२

वडाध्यक्षद्वारा आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई पोशाक

सर्केगार्ड गाउँपालिकाका वडा ५ का वडाध्यक्ष कर्णजंग शाहीले आफ्नो पारिश्रमिकबाट वडा भित्रका विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरेका छन् । थोरै भएपनि  विद्यार्थीलाई पठन–पाठनमा सहयोग पुगोस भनेर गतवर्ष देखि यो अभियान शुरु गरेको शाहीले जानकारी दिए । वडा नम्बर पाँचका वडाध्यक्ष र पालिकाका प्रवक्ता ...

गाउँपालिकाको शिक्षा बजेटः शिक्षकको तलब नै अपुग, सिकाइ सुधार कसरी ?
२०७६ असार २१ गते २०:०८

गाउँपालिकाको शिक्षा बजेटः शिक्षकको तलब नै अपुग, सिकाइ सुधार कसरी ?

चालु आर्थिक वर्षका लागि सिमकोट गाउँपालिकाले छुट्याएको शिक्षा बजेटले शिक्षकको तलब नै खुवाउन मुस्किल पर्ने देखिएको छ ।गाउँपालिकाको लेखा शाखाको अनुसार बजेटमा  नगरभित्रका शिक्षकहरुको तलब तथा छात्रवृत्तिको लागि एक करोड २६ लाख रकम अपुग हुने देखिएको छ ।तेस्रो चौमासिक निकासा दिनु अगाडि  गाउँपालिका ...

कुन नेताको योग्यता कति ?
२०७६ असार २१ गते १०:४०

कुन नेताको योग्यता कति ?

काठमाडौं  । वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन्। बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट उनले ‘तेस्रो पेपर’ को परीक्षा सकाए। अझै दुइटा विषयको परीक् ...

 निजी क्याम्पसका विद्यार्थीको रजिस्ट्रेसन गरियो
२०७६ असार २१ गते १०:२१

निजी क्याम्पसका विद्यार्थीको रजिस्ट्रेसन गरियो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले निजी क्याम्पसमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन गरेको छ। निजी क्याम्पसको सम्बन्धनबारे उत्पन्न विवादका कारण रजिस्ट्रेसनबारे अन्योल पैदा भएको थियो। विश्वविद्यालयले १ सय ३५ जना विद्यार्थीको रजिस्ट्रेशन गरेको रजिस्ट्रार मनराज कोलाक्षपतिले जा ...

नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना गर्नेको ओइरो,  विद्यार्थीको चाप थेग्नै मुस्किल !
२०७६ असार २० गते ०८:१३

नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना गर्नेको ओइरो, विद्यार्थीको चाप थेग्नै मुस्किल !

  बुटवल । वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना  गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थी  ओइरो लागेका हुन् । न ...

त्रिवि सेवा आयोग अनियमितता : ‘कापी बुझाएपछि अंक थप्न लगाए’
२०७६ असार १९ गते ०८:२१

त्रिवि सेवा आयोग अनियमितता : ‘कापी बुझाएपछि अंक थप्न लगाए’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ । संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्यसचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन ...

संवैधानिक इजलाशमा बुधवारको फैसला अब साउन १५ मा हुने, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !
२०७६ असार १८ गते २२:०८

संवैधानिक इजलाशमा बुधवारको फैसला अब साउन १५ मा हुने, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार हुने भनिएको फैसला पुन साउन १५ का लागि सरेको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला  मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । बुधवार सर्वोच्च अद ...

एसइइ ग्रेडवृद्धिको परीक्षा साउन २६ र २७ मा
२०७६ असार १८ गते १३:०४

एसइइ ग्रेडवृद्धिको परीक्षा साउन २६ र २७ मा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसइइ पूरक (ग्रेडवृद्धि)परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसइइ परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका ल ...

लाइसेन्स परीक्षामा ६५५ नर्स फेल
२०७६ असार १८ गते ०८:०९

लाइसेन्स परीक्षामा ६५५ नर्स फेल

  काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् । ‘नर् ...

१२ विषयमा नम्बर थपेर ३ डिग्री
२०७६ असार १८ गते ०८:०६

१२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभा ...

घूस रकमको भौचरसहित शिक्षाका २ सवइञ्जिनियर  पक्राउ
२०७६ असार १८ गते ०७:५४

घूस रकमको भौचरसहित शिक्षाका २ सवइञ्जिनियर पक्राउ

काठमाडौं ।  शिक्षा समन्वय इकाई काभ्रेका सवइञ्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाई भोजपुरका तत्कालीन सवइञ्जिनियर नीरजकुमार चौधरीलाई घूस रकम जम्मा गरेको भौचरसहित मंगलबार अख्तियार टोलीले पक्राउ गरेको छ । भगत र चौधरीले काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग लिएक ...

छात्रालाई विद्यालय जान साइकल वितरण
२०७६ असार १७ गते ०८:२०

छात्रालाई विद्यालय जान साइकल वितरण

जनकपुर । प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई वितरणका लागि जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा साइकलको ताँती लागेको छ ।मुख्यमन्त्री कार्यालय परिसर साइकलले भरिभरा ...

त्रिविमा बीडीएस पढाइ सुरु
२०७६ असार १७ गते ०८:१७

त्रिविमा बीडीएस पढाइ सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दन्त चिकित्सातर्फ स्नातक तह (बीडीएस) को पठनपाठन सुरु गरेको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानस्थित महाराजगन्ज चिकित्सा क्याम्पसमा उपकुलपति तीर्थराज खनियाँले सोमबार दन्त चिकित्सा कलेज र मातहतको दन्त चिकित्सक शिक्षण अस्पतालको उद्घाटन गरे ।त्रिविअन्तर्गत ...

सीपयुक्त शिक्षा भए मात्रै समृद्धि
२०७६ असार १७ गते ०८:१२

सीपयुक्त शिक्षा भए मात्रै समृद्धि

काठमाडौँ । २५ वर्षभित्र कृषि क्षेत्रको जनशक्ति ३२ प्रतिशतमा सीमित हुने आकलन गरिएको छ । सरकारले गठन गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनले कृषि क्षेत्रको जनशक्ति क्रमशः घटदै जाने र उद्योग/सेवा क्षेत्रमा दक्ष जनशक्ति बढदै जाने अनुमान गरेको छ । २०७४/७५ को अध्ययनअनुसार कृषिक् ...

बाजुरामा शिक्षक संघ र संगठनद्वारा सुटुक्क महासंघ गठन, युएण्टोद्वारा खारेजीको माग
२०७६ असार १६ गते २२:०३

बाजुरामा शिक्षक संघ र संगठनद्वारा सुटुक्क महासंघ गठन, युएण्टोद्वारा खारेजीको माग

बाजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले सुटुक्क शिक्षक महासंघ गठन गरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले बिरोध जनाएको छ । संघ र संगठनले युएण्टोलाई वाइपास गरेर यही  असार १३ गते जिल्ला र स्थानीयतहहरुमा एकलौटीरुपमा  शिक्षक महासंघ घोषणा गरेका थिए । युएण्टोले एक वि ...

जनशक्ति प्रक्षेपण कार्यदलले प्रधानमन्त्रीलाई  प्रतिवेदन बुझायो
२०७६ असार १६ गते २१:१४

जनशक्ति प्रक्षेपण कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं । मानव संसाधन प्रक्षेपण कार्यदलले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि  पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमवार साँझ बालुवाटरमा प्रतिवेदन बुझाएका हुन् ।  सरकारले गत असोज २८ ...

शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप !
२०७६ असार १६ गते २१:००

शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप !

भक्तपुर ।  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाईसेन्स)को विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन् ...