२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

 सर्वोच्चमा आजको अस्थायी शिक्षकको मुद्दाको पेशी दोस्रो नम्बरमै
२०७४ फागुन २३ गते १०:२२

सर्वोच्चमा आजको अस्थायी शिक्षकको मुद्दाको पेशी दोस्रो नम्बरमै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज अस्थायी शिक्षकको मुद्दाको पेसी दोस्रो नम्बरमै परेको छ । पछि पेसी पर्ने गरेका कारण बहस स्थगित हुँदै आएकामा आजको बहस भने दोस्रो नम्बरमै हुने भएको हो । आज संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसल ...

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि
२०७४ फागुन २३ गते १०:०८

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सापास गरेको छैन। नक्सापास नगरी धमाधम भवन ...

केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द
२०७४ फागुन २३ गते ०९:५४

केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द

डोल्पा । डोल्पाको सदरमुकाम दुुनैका पाँच विद्यालय पाँच दिनदेखि बन्द हुँदा बालबालिका शिक्षा लिनबाट बन्चित भएका छन्। डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसातादेखि सदरमुकाम दुनैमा ओन्दोलन जारी छ । साना बालबालिकाको भविष्य नै अन्धाकारमा पारेको भन्दै विद्यालय खोल्न अभि ...

शैक्षिक सामग्रीको कमिसन चक्करमा बोर्डिङ स्कुल
२०७४ फागुन २३ गते ०९:४८

शैक्षिक सामग्रीको कमिसन चक्करमा बोर्डिङ स्कुल

नेपालगन्ज । संस्थागत विद्यालयका पोसाक खरिदको विषयलाई लिएर नेपालगन्जका व्यवसायी र विद्यालयबीच आरोप/प्रत्यारोप चर्किएको छ। नयाँ शैक्षिक सत्र सुरु हुन एक महिना बाँकी रहँदा निजी विद्यालयले नेपालगन्जकै व्यवसायीबाट पोसाक खरिद गर्नुपर्ने व्यवसायीको माग छ भने उनीहरूबाट गुणस्तरीय र सहुलियत पोसाक नपाइने ...

क्रान्तिकारीको चन्दा आतंक
२०७४ फागुन २३ गते ०९:३४

क्रान्तिकारीको चन्दा आतंक

काठमाडौँ  । विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ । उसले कतिपय विद्यालयमा पत्राचार गरी अधिकतम चन्दा दिन टेलिफोनमार्फत् दबाब दिने गरेको नीजि विद्यालयका सञ्चालकले बताएका छन् । ‘व ...

शिक्षा मन्त्रालयले सर्वोच्चलाई ढाँट्यो, सवै अस्थायी शिक्षकले सुविधा पाइसकेको दाबी
२०७४ फागुन २२ गते २१:५४

शिक्षा मन्त्रालयले सर्वोच्चलाई ढाँट्यो, सवै अस्थायी शिक्षकले सुविधा पाइसकेको दाबी

काठमाडौं । शिक्षा मन्त्रालयले नेपालका सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुने मौका र अवकाशित सुविधा पाइसकेको भन्दै सर्वोच्च अदालतलाई दोस्रो पटक ढाँटेको छ । मन्त्रालयले सर्वोच्चको २०६६ माघ २४ को फैसला अनुसार सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुनका लागि परीक्षा दिने मौका र असफल हुनेहरुले सुविधा पाइस ...

स्रोतव्यक्तिलाई चलाउने दुस्साहस नगर्न चेतावनी
२०७४ फागुन २२ गते १६:२७

स्रोतव्यक्तिलाई चलाउने दुस्साहस नगर्न चेतावनी

काठमाडौं । स्रोतव्यक्तिहरुले आफुहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्रोतव्यक्तिका रुपमा काजमा खटेका शिक्षकहरुलाई १५ दिनभित्र काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्र काटे पछि आन्दोलित भएका उनीहरुले राजधानीमा भेला गर ...

शिक्षक अधिवेशनले पठनपाठन ठप्प
२०७४ फागुन २२ गते ०९:३७

शिक्षक अधिवेशनले पठनपाठन ठप्प

सिरहा । नवराजपुर गाउँपालिका-१ स्थित जनता आधारभूत विद्यालय आइतबार दिनभर सुनसान रह्यो। स्थानीयका अनुसार आइतबार विद्यालय बन्द रहने सूचना शिक्षकले होली बिदाअघि नै दिएका थिए। सोही सूचनालाई आधार मानेर आइतबार न विद्यार्थी पढ्न आए, न शिक्षक नै । नवराजपुर गाउँपालिकाकै वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालय ...

२९ लोपोन्मुख भाषाको शब्दकोश बन्दै
२०७४ फागुन २२ गते ०९:३३

२९ लोपोन्मुख भाषाको शब्दकोश बन्दै

  काठमाडौं । भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने भएको छ। यसका लागि आयोगले अनुसन्धान सुरु गरिसकेको छ।शब्दकोश निर्माणका लागि बोलचाल र लेखाइ केही पनि नभएको, समुदायमा बोलिने तर लेख्य परम्परा नभएको भाषाबारे अध्ययन सुरु गरिएको हो। यी विषयमा अध्ययन सकिएपछि शब्दकोश निर्माण कार्य सुरु गरि ...

मिडवाइफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रममै
२०७४ फागुन २२ गते ०९:२७

मिडवाइफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रममै

काठमाडौं । मिडवाइफ्रीसम्बन्धी शैक्षिक कार्यक्रमलाई सरकारले पाठ्यक्रममा समावेश गर्ने भएको छ । ब्याचलर लेभलमा मिडवाइफ्री पढाइ सुरु गरेको दोस्रो वर्षमा सरकारले प्रवीणता प्रमाणपत्र तहदेखि मिडवाइफ्री शैक्षिक कार्यक्रमसम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार गर्न लागेको हो ।   मिडवाइफ्रीसम्बन्धी राष ...

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार
२०७४ फागुन २२ गते ०९:२३

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार

बाजुरा । शिक्षक र कर्मचारीले पढाइदिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५का १४ वर्षमुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु काममा लगाएको खुलेको हो । जागिर खान बाजुरा आएका शिक्षक तथा कर्मचारीले पढाइदिने आश्वासन दिएर बालबालिकालाई आफूसँगै लग्ने गर ...

श्रीलंकामा पनि खुल्यो समता स्कुल
२०७४ फागुन २२ गते ०९:२१

श्रीलंकामा पनि खुल्यो समता स्कुल

काठमाडौँ  । सबै सार्क मुलुकमा स्कुल सञ्चालन गर्ने उद्देश्यका साथ श्रीलंकामा पनि समता स्कुल खोलिएको छ । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले सोमबार स्कुलको उद्घाटन गरेको समता स्कुलका संस्थापक उत्तम सञ्जेलले जानकारी दिए ।   समता स्कुलले मासिक १ सय रुपैयाँ शुल्क लिएर विद्यार्थ ...

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?
२०७४ फागुन २२ गते ०९:१७

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?

  काठमाडौँ  । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदै आएको छ । शिक्षा विभागले उपलब्ध गराएको विद्यार्थी भर्ना तथ्यांकका आधारमा हरेक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ । हरेक वर्ष करोडौं रुपैयाँको पाठ्यपुस्तक छपाइ हुन्छ । त्यस ...

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए
२०७४ फागुन २१ गते २२:२३

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए

काठमाडौं । शिक्षा मन्त्रालयको नाम परिवर्तन भएको छ । सरकारले शिक्षा मन्त्रालयमा अन्य मन्त्रालयसमेत गाभेर शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाएको हो । संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ३१ बाट घटाएर १८ ...

शैक्षिक संस्था सधैं आन्दोलनको तारो
२०७४ फागुन २१ गते २१:०३

शैक्षिक संस्था सधैं आन्दोलनको तारो

काठमाडौं ।राजनीतिक माग पूरा गराउन सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ। यो शृंखला आइतबार पनि दोहोरियो।आफ्ना कार्यकर्तालाई राज्यले पक्राउ गरेर थुनामा राखेको रिस पोख्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठनले आइतबार शैक्षिक संस्था बन्द गराएको हो । बन्दकर ...

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने
२०७४ फागुन २१ गते १०:४७

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने

काठमाडौं । काजमा खटिएका शिक्षक कर्मचारीहरुलाई फिर्ता गर्ने विषयमा शिक्षा मन्त्रालय छलफलमा जुटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काजमा खटिएका शिक्षक–कर्मचारीलाई १५ दिन भित्र फिर्ता गर्न भन्दै पत्र काटेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । यदि काजमा खटिएका शिक्षक–क ...

सामुदायिक क्याम्पसलाई ६५ करोड
२०७४ फागुन २१ गते १०:११

सामुदायिक क्याम्पसलाई ६५ करोड

काठमाडौं ।  सरकारले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसलाई दिँदै आएको अनुदान वृद्धि गरी चालू आवमा ६५ करोड पुर्याएको छ । अघिल्लो वर्षभन्दा करिब ७५ प्रतिशतले वृद्धि गर्दै यो सामुदायिक क्याम्पसको गुणस्तर वृद्धिका लागि प्रयत्नशील रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । आयोगका अनुसार गत आर्थ ...

गुणस्तरका लागि विद्यालय गाभिँदै
२०७४ फागुन २१ गते १०:०७

गुणस्तरका लागि विद्यालय गाभिँदै

बुटवल ।  सरकारी विद्यालय एकआपसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन् । बुटवलका कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन् । गाभिएर विद्यालय बनाउनको लागि दुवै विद्यालयका व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच छलफल र सहमतिमा बुटवल उपमहानगरपालिकाम ...

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता
२०७४ फागुन २१ गते १०:०१

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता

नेपालगन्ज । कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ । कार्यक्षेत्रमा खटिनुअघि प्रत्येक बिहान कार्ययोजना तयार पार्नु उनको दैनिकी हो ...

अन्योलमै बित्यो शैक्षिक सत्र
२०७४ फागुन २१ गते ०९:५६

अन्योलमै बित्यो शैक्षिक सत्र

दमक ।चालु शैक्षिक सत्र अन्तिम भइसकेको छ । विद्यालयहरू वार्षिक परीक्षाको तयारीमा व्यस्त छन् । यो वर्ष जिल्लाका विद्यालयमा नियमित पठनपाठनबाहेक गतिविधि ठप्प रहे । स्थानीय तह कार्यान्वयनमा आएपछि शैक्षिक गतिविधिलाई कसरी अघि बढाउनेबारे अझै अन्योल हट्न सकेको छैन । शैक्षिक सत्र सकिँदासम्म जिल्लाका केही स्थ ...

दुर्गम् पुगेनन् शिक्षक र पाठ्यपुस्तक
२०७४ फागुन २१ गते ०९:५१

दुर्गम् पुगेनन् शिक्षक र पाठ्यपुस्तक

  हुम्ला  । फागुनबाट शैक्षिक सत्र सुरु हुने हुम्लामा अहिलेसम्म अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । नाम्खा गाउ‘पालिकाको लिमीस्थित तिल, हल्जी र जाङका तीन विद्यालय पनि अझै खुलेका छैनन् । केही समयअघि भएको हिमपातका कारण लिमी आउजाउ गर्ने बाटो बन्द भएपछि शिक्षक जान नसक्दा विद्यालय ब ...

शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा
२०७४ फागुन २० गते २०:५९

शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा

काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षाको मिति तय गरेको छ । परीक्षाकेन्द्र पछि नै तोक्नेगरी आयोगले विज्ञापन गरेको छ महिनापश्चात् परीक्षा मिति तय गरेको भएपनि यसको विरुद्ध त्रिपक्षीय अवरोध शुरु भएको छ । परीक्षा स्थगित हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा पर्ने र विद्यार ...

विद्यार्थी संगठनकै  हड्तालका कारण लाखौं विद्यार्थी पढाइबाट बञ्चित
२०७४ फागुन २० गते ११:३६

विद्यार्थी संगठनकै हड्तालका कारण लाखौं विद्यार्थी पढाइबाट बञ्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अनेरास्ववियु(क्रान्तिकारी)ले घोषणा गरेको शैक्षिक आम हड्तालका कारण मुलुकभरका लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । क्रान्तिकारीको हड्तालका कारण देशभरका शैक्षिक संस्था ठप्प भएका हुन् । संगठनका महासचिव दिपेन्द्र चलाउने सहितका नेताहरुको गिरफ्तारीको वि ...

शिक्षाका संयन्त्र शून्य हुँदै
२०७४ फागुन २० गते ०९:४३

शिक्षाका संयन्त्र शून्य हुँदै

काठमाडौँ  । स्थानीय विकास मन्त्रालयले शिक्षकबाट स्रोत व्यक्ति भएकाहरूलाई १५ दिनभित्र कक्षाकोठामा काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीयको यो आग्रह कार्यान्वयन गर्दा ३ सय ६१ स्थानीय तहमा शिक्षामा काम गर्ने कर्मचारी शून्य हुनेछन् । शिक्षा मन्त्रालयका अनुुसार ७ सय ५३ स्थान ...

'फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने'
२०७४ फागुन १९ गते २१:१६

'फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने'

काठमाडौं । आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २३ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनक ...

सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह
२०७४ फागुन १९ गते १९:५४

सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह

जुम्ला ।  पछिल्लो समय सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह बढ्दै गएको छ । अहिले चलेको भर्ना अभियानका क्रममा सरकारी विद्यालयले अंग्रेजी शिक्षालाई बढी प्राथमिकता दिँदै प्रचार गरिरहेका छन् । प्रायः अंग्रेजी माध्यममा निजी विद्यालयले मात्रै पढाउने गरेका छन् । पछिल्लो समयमा प्रतिस्पर्धाका रूपमा आध ...

विद्यालय जान चार घण्टा हिँडनुपर्ने बाध्यता
२०७४ फागुन १९ गते १९:४६

विद्यालय जान चार घण्टा हिँडनुपर्ने बाध्यता

रोल्पा । अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर ...

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास
२०७४ फागुन १९ गते १९:४३

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्। यस शैक्षिक शत्रको जेठ महिनादेखि हालसम्म ५३ वटा पुस्तक घरमै लगेर उनले पढिसकेकी छन्। ‘हप्तामा एक घण्टासम्म स् ...

विद्यालय जाँदैनन् बादी बालबालिका
२०७४ फागुन १८ गते १७:०४

विद्यालय जाँदैनन् बादी बालबालिका

रुकुम (पश्चिम) । आठबीसकोट नगरपालिका–९, राडी बजारको छेउ तथा ठूलीभेरी नदी किनारमै छ बादी बस्ती । बस्तीकी १३ वर्षीया सुशीला बादीले हालसम्म कुनै विद्यालयको प्राङ्गण टेक्ने अवसर पाएकी छैनन् । आफ्नै उमेरका साथी ६, ७ कक्षामा पढ्दै गर्दा उनलाई पनि पढ्नुपर्छ भन्ने नलागेको होइन तर उनले चाहेर पनि प ...

तलब माग्दै शिक्षक आन्दोलनमा
२०७४ फागुन १८ गते १६:५७

तलब माग्दै शिक्षक आन्दोलनमा

म्याग्दी । शिक्षकहरु दोस्रो चौमासिकको तलब नपाएको भन्दै अध्यापन छोडेर आन्दोलनमा उत्रेका छन् । बेनी नगरपालिका क्षेत्रका शिक्षकले तलब नभएको भन्दै शुक्रबार अध्यापन छोडेर नगरपालिका कार्यालयमा धर्ना बसेका हुन् । तलब नपाए चैत ८ बाट सुरु हुने एसईई र कक्षा ८ को परीक्षा नलिने शिक्षकले चेतावनी दिएका छन् ...

अस्थायी शिक्षक मुद्दाको शुक्रवार हुने भनिएको फैसला स्थगित, चैतको परीक्षा अन्योलमा
२०७४ फागुन १८ गते १४:२०

अस्थायी शिक्षक मुद्दाको शुक्रवार हुने भनिएको फैसला स्थगित, चैतको परीक्षा अन्योलमा

काठमाडौं । शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर मुद्दाको शुक्रवार हुने भनिएको बहस स्थगित भएको छ । शुक्रवार नै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस र फैसला हुने तय भएको थियो । शुक्रवारको बहस स्थगित भएसँगै आगामी चैत २३  गते हुने भनिएको अस्थायी शिक् ...

विद्यालय पुनर्निर्माण: बजेट अभावले काम सुस्त
२०७४ फागुन १८ गते १०:०९

विद्यालय पुनर्निर्माण: बजेट अभावले काम सुस्त

  काठमाडौँ  । आवश्यक बजेट नहुँदा भूकम्पले क्षति पुगेका विद्यालय भवन पुनर्निर्माण रोकिएको छ । ३ हजार २ सय ४ विद्यालयको निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन । रकम अभावमा काम अघि बढाउन नसकिएपछि पुनर्निर्माण प्राधिकरणसँग बजेट माग गरिएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान् ...

चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय : ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक
२०७४ फागुन १८ गते ०९:३९

चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय : ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक

बारा । राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।   विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउ ...

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानूनको तयारी
२०७४ फागुन १८ गते ०९:३३

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानूनको तयारी

काठमाडौं । नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ। विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म निःशुल्क ...

शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने मुद्दाको फैसला आज
२०७४ फागुन १७ गते १९:४८

शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने मुद्दाको फैसला आज

काठमाडौं । शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आज हुने भएको छ । अस्थायी शिक्षकहरुको शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने, औषधिउपचार खर्च दिनुपर्ने साथै, पेन्सन उपदानका लागि शतप्रतिशत सेवा अवधि गणना हुनुपर्ने माग गर्दै सर्वोच्च अ ...

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून
२०७४ फागुन १७ गते १०:३०

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

काठमाडौं । विगत चार वर्ष अवधिमा सरकारले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन १ अर्ब ६७ करोड खर्च गरेको छ । शिक्षकले तालिम पाए पनि विद्यार्थीको सिकाइ उपलब्धि भने ५० प्रतिशतभन्दा कम देखिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार शिक्षक तालिमका लागि चार वर्षमा १ अर्ब ६६ करोड ८६ ला ...

विद्यालय विद्यार्थीविहीन
२०७४ फागुन १७ गते १०:२५

विद्यालय विद्यार्थीविहीन

सल्यान । शारदा नगरपालिका ९, मधनास्थित कालिका प्राथमिक विद्यालय विद्यार्थीविहीन भएको छ । विद्यार्थी नभएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । कक्षा ३ सम्म सञ्चालित विद्यालयमा १८ बालबालिका अध्ययनरत थिए । तर, अभिभावकले निजी विद्यालयमा भर्ना गरेपछि विद्यार्थीविहीन भएको हो । प्रधानाध्यापक दीपक ...

विद्यालयको कम्प्युटर चोर्ने पक्राउ
२०७४ फागुन १७ गते १०:२१

विद्यालयको कम्प्युटर चोर्ने पक्राउ

सर्लाही । हरिवनको चतुर्भुजेश्वर उच्च माविको ५ थान कम्प्युटर चोरी गर्ने गिरोहलाई बुधबार प्रहरीले सामान सहित पक्राउ गरेको छ ।   चोरी आरोपमा विद्यालयका कार्यालय सहायोगी, एक विद्यार्थीसहित तीनजना पक्राउ परेका छन् । विद्यालयको लेखा शाखा र प्रधानाध्यापकको कोठाको ताला फुटाएर चोरी भएको थियो । हरि ...

सामुदायिक स्कुलको बिजोग
२०७४ फागुन १७ गते १०:१७

सामुदायिक स्कुलको बिजोग

धनुषा । कन्कपट्टीका ६० वर्षीय मनिर अन्सारीले दुबै छोरालाई आफैं स्कुलसम्म पुर्‍याइदिए । जनकपुर–१७ स्थित सरस्वती स्कुलमा पढ्ने उनका दुबै छोरा अख्तर र असरत स्कुलबाट तुरुन्तै घर फर्किएको देखेपछि उनी रिसाए । पढाइ छोडेर किन आएको भन्दै अन्सारीले दुबै छोरालाई लिएर फेरि स्कुल पुगे । पढाइ ...

शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने
२०७४ फागुन १६ गते २२:४७

शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरि प्रतिबद्धता जारी गरेको छ। राज्यद्धारा विभिन्न समयमा गराइने चुनावमा यो गाउँपालिकाका शिक्षकहरु विद्यालयनै बन्द गरेर राजनीति कार्यक्रममा सक्रिय हुने गरेकोले पूर्वीचौकी गाउँपालि ...

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?
२०७४ फागुन १६ गते २२:१९

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

 हेमराज कोइराला हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति, समृद्घि र स्वास्थ्यको शुभकामना आदान–प्रदान गरी वा ...

शिक्षक संघको १ नम्बर प्रदेश अध्यक्षमा गौतम र महासचिवमा कोइराला निर्वाचित
२०७४ फागुन १६ गते १०:५३

शिक्षक संघको १ नम्बर प्रदेश अध्यक्षमा गौतम र महासचिवमा कोइराला निर्वाचित

मोरङ । नेपाल शिक्षक संघ १ नम्बर प्रदेशको अध्यक्षमा पूर्ण गौतम निर्वाचित हुनुभएको छ । संघको प्रथम प्रदेश सम्मेलनले गौतमको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा तिलकसिंह पाण्डे(झापा), महिला उपाध्यक्षमा निर्मला कोइराला(मोरङ) तथा अन्य उपाध्यक्षहरुमा हेमराज खतिवडा( ...

साक्षर जिल्ला घोषणाको सान्दर्भिकता
२०७४ फागुन १६ गते १०:०१

साक्षर जिल्ला घोषणाको सान्दर्भिकता

सुनसरी । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहुँदै देशको विकासका लागि शिक्षाको ठूलो ...

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी
२०७४ फागुन १६ गते ०९:५४

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी

जाजरकोट । जुनिचाँदे गाउँपालिका– ७ निपानेस्थित पुतली आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला आकाशमुनि पढ्न बाध्य छन् । विद्यार्थी अनुपातमा कक्षाकोठा नहुँदा खुला आकाशमुनि पढाउन बाध्य भएको विद्यालयले बताएको छ ।  सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभ ...

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक
२०७४ फागुन १६ गते ०९:४५

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक

चौथो औद्योगिक क्रान्ति अघिल्ला क्रान्तिहरूभन्दा निकै भिन्न छ । वर्तमान समयमा (डिजिटल युगमा) प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुको सट्टा मानिसको रोजगारी खोसिरहेको छ । यसरी हेर्दा प्रविधिबाट कसले फाइदा लिने त भन्ने प्रश्न अहिले हाम्रा सामु तेर्सिएको छ । स्वचालित तथा प्रविधि सक्रिय सेवाको प्रयोगले ...

कृषि एवं आयुर्वेद क्षेत्रमा छात्रा बढी
२०७४ फागुन १६ गते ०९:३१

कृषि एवं आयुर्वेद क्षेत्रमा छात्रा बढी

मोरङ । भर्खरै १८ वर्षमा पाइला टेकेकी पूर्वी हिमाली जिल्ला संखुवासभा खाँदबारी नयाँबजारकी अञ्जना पराजुलीले एक कुशल किसान बन्ने लक्ष्य राखेकी छन् । उनी भन्छिन्, ‘मूल्यवृद्धि घटाउन कृषि उत्पादन बढाउनै पर्छ ।’   चाँडै सम्पन्न बन्नकै लागि खेतीपाती छाडेर सबै जना अन्य व्यवसायतिर लागेक ...

 १ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै
२०७४ फागुन १५ गते २१:५५

१ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै

काठमाडौं । शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् । विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहि ...

 नयाँ पाठ्यक्रम पढेका साढे ४ लाखले एसईई दिँदै
२०७४ फागुन १५ गते २१:५२

नयाँ पाठ्यक्रम पढेका साढे ४ लाखले एसईई दिँदै

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले चैत दोस्रो सातादेखि लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रम पढेका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।  गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतव ...

विश्वविद्यालयको आन्दोलन फिर्ता
२०७४ फागुन १५ गते २१:४३

विश्वविद्यालयको आन्दोलन फिर्ता

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयविरुद्ध विद्यार्थी र प्राध्यापकले गरेको आन्दोलन फिर्ता लिएका छन्। विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र प्राध्यापकबीच आइतबार र सोमबार छुट्टाछुट्टै सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। विद्यार्थी र पदाधिकारीबीच १० बुँदे र विश्वविद्यालय सुधार समितिबीच ...

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग
२०७४ फागुन १५ गते २१:४०

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

सिन्धुपाल्चोक । भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्। टहरोभित्रै चुहिने हिउँदे शीत र बर्खे झरीमा रुझ्दै पढ्न बाध्य विद्यार्थी चिटिक्क भवन पाउँदा मख्ख छन्। घामपानीबाट, शीत र झरीबाट छुटकारा पाउँदा उनीहरु त ...