२०७६ माघ १५ गते

समाचार

  • Home
  • समाचार

All News

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द
२०७६ पुस ६ गते ०९:३६

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द

जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था गत मंसिर मसान्तदेखि बन्द भएका छन्। चिसो र हिमपातले विद्यालयको पठन–पाठन प्रभावित गर्ने भएकाले ३६ शैक्षिक संस्थालाई हिउँदे बिदा दिनु परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए।शिक्षा नियमावली अनुसार मुलुकका शैक् ...

हिउँमाथि पढाइ
२०७६ पुस ६ गते ०९:३३

हिउँमाथि पढाइ

बाजुरा  ।   मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको पढाई प्रभावित बनेको छ।   हिमपातका कारण जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांस ...

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी
२०७६ पुस ६ गते ०९:३१

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी

बाँके । सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन्। उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन्।डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव द ...

माविका प्रअमाथि अनियमितताको आरोप
२०७६ पुस ५ गते ११:१६

माविका प्रअमाथि अनियमितताको आरोप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविका प्रअमाथि अनियमितताको आरोप लागेको छ। स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै कालिका माविका प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन्।विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा ...

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्
२०७६ पुस ५ गते ११:०८

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्

बझाङ । हिमपातपछि चिसो बढेको कारण देखाउँदै बन्द गरीएका यहाँका लेकाली भेगका ४० भन्दा बढी विद्यालय एक साता बितिसक्दा पनि अझै खुलेका छैनन्। विद्यालय नखुलेकाले पठनपाठनमा समस्या आउने भन्दै विद्यार्थी तथा अभिभावकहरूले गुनासो गरे।‘विभिन्न कारणले विद्यालय बन्द हुँदा तीन महिनाभन्दा बढी पढाइ हुन्न,& ...

सिकाइसँगै कमाइ
२०७६ पुस ५ गते ११:००

सिकाइसँगै कमाइ

डोटी । सुरुमा कलेजी रङको गलबन्दी देखेर डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही लोभिए । नजिकै टोकरी ढाक्ने रुमालले उनको कौतुहलता थप्यो । लहरै राखेका आकर्षक टोपी, स्वीटर, सल र मोजालगायत जाडोमा चाहिने हातेबुनाई लुगाकपडा देख्दा अध्यक्ष शाहीले मन थाम्नै सकेनन् । उनले ३ हजार मूल्यबराबरका सामग् ...

विद्यार्थीको पैंचो विद्यार्थीलाई
२०७६ पुस ५ गते १०:५७

विद्यार्थीको पैंचो विद्यार्थीलाई

रुकुम पश्चिम । राजापानी आधारभूत विद्यालय, साजेतराका ४ विद्यार्थीले गत बुधबार बाख्रा पाए । २ कक्षाका सन्दीप रोका, ३ का पुरुषोत्तम देवकोटा, ४ की भावना वादी र ५ कक्षाकी विमला खत्रीलाई विद्यालय प्रांगणमा बाख्रा दिइयो । ती बाख्रा अनुदानमा दिइएको भने होइन । मुसीकोट नगरपालिका–१, को सानीभेरी नदी छेवैक ...

संविधानविपरीत शिक्षा नीति
२०७६ पुस ५ गते १०:४८

संविधानविपरीत शिक्षा नीति

काठमाडौँ  । सरकारले संवैधानिक व्यवस्थाविपरीत शिक्षा नीति जारी गरेको छ । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क र आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने भनिएको छ तर सरकारले जारी गरेको शिक्षा नीतिमा आधारभूत तह (कक्षा ८) सम्मका विद्यार्थीलाई मात्रै नि:श ...

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी
२०७६ पुस ४ गते १०:३३

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी

खोटाङ । शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।याङसोला मावि याङसोला छोरम्बु, शान्ती मा ...

एसईईमा प्रदेशलाई अधिकार दिइएन
२०७६ पुस ४ गते १०:३०

एसईईमा प्रदेशलाई अधिकार दिइएन

काठमाडौं । चार वर्षअघि संशोधन गरिएको शिक्षा ऐनले कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, सरकारले भने अझैं केन्द्रीकृत रूपमा एसईई सञ्चालन गरिरहेको छ।सरकारले अधिकार प्रदेशलाई हस्तान्तरण नगरेको भन्दै आलोचनासमेत भएको छ। सधैँ केन्द्रबाट परीक्षा सञ्चालन गरि ...

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने
२०७६ पुस ४ गते १०:२७

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने

सुर्खेत/कालिकोट । कर्णालीका अधिकांश किशोरी उमेर नपुग्दै विवाह गर्छन्। कलिलैमा विवाह गर्ने किशोरी १४-१५ वर्षमा आमा नै बनिसकेका हुन्छन्। सरकारले विवाहका लागि तोकेको उमेरसम्म उनीहरूको सम्बन्ध विच्छेद् नै हुन्छ। यस्तै बढ्दो छोरा मोहका कारण गर्भमै छोरीको हत्या पनि हुने गरेको छ।छोरीहरू असुरक्षित बन्द ...

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह
२०७६ पुस ४ गते १०:२४

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह

कालिकोट ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिंसाको प्रतिकार गर्न बालबालिकालाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, लैंगिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध माध्यामिक विद्यालयमा अध्ययनरत बालबालि ...

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द
२०७६ पुस ४ गते १०:२२

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द

राजविराज । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेपछि सोमबारसम्मका लागि बिद्यालय बन्द गरिएको सप्तकोशी नगरपालिकाले जनाए ...

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो
२०७६ पुस ४ गते १०:१७

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो

काठमाडौँ  । प्रधानाध्यापकले नै नियुक्तिपत्र नस्विकारेपछि २८ वर्षीय सन्तोष तिमल्सिना एक महिनादेखि अन्योलमा छन् । शिक्षक महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका ललितपुरको खोकनास्थित रुद्रायणी माविका प्रअ बाबुराम थापाले दृष्टिविहीन तिमल्सिनालाई एक महिनादेखि हाजिर गर्न दिएका छैनन् । उनले हालैमात्र प्र ...

किशोरीको संस्कृत मोह
२०७६ पुस ४ गते १०:१५

किशोरीको संस्कृत मोह

भरतपुर । १२ वर्षीया एन्जिला बराल दसैं–तिहारको लामो बिदाबाहेक घर जान पाउँदिनन् । देवघाटमा संस्कृत अध्ययन गरिरहेकी उनलाई घर गएर पढाइ बिगार्नु उचित पनि लाग्दैन । सानी छँदा आमाको पछि लाग्दै गाउँमा आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा गएको स्मृति उनलाई अझै ताजा छ ।महायज्ञमा कथा वाचन गर्ने विदूषीको ...

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित
२०७६ पुस ३ गते २१:५८

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको दीक्षान्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति ...

मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै
२०७६ पुस ३ गते २१:३३

मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै

चितवन । भीमोदय नमूना माविले बहुवर्षे गुरुयोजना निर्माणको लागि सरोकारहरू बीच बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । कालिका नगरपालिका– ५ चितवनस्थित विद्यालयलाई सरकारले यसैवर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । शैक्षिक र भौतिक दुबै क्षेत्रमा अब्बल विद्यालयले प्रदेशसभा सदस्य घनश्याम दाहालको प्र ...

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी
२०७६ पुस ३ गते ११:२३

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी

हुम्ला । सरकारले उमेर नपुगी बिहे गरेको उजुरी परे कारबाही गर्छ । सरकारले कारबाही गरोस् नगरोस् उमेर नपुगी हुने बिहेले महिलाको स्वास्थ्य समस्याका बारेका पढेलेखेकालाई थाहा छ । तर, सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायमा परम्परादेखि बालविवाह व्याप्त छ । सानै उमेरमा घर व्यवहार सम्हाल्नुपर्ने बाध्यताका ...

पढ्न जाँदैनन् बालबालिका
२०७६ पुस ३ गते ११:२१

पढ्न जाँदैनन् बालबालिका

काठमाडौँ । बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् । आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।जिल्लाभरि डोम समुदायका झन्डै ४ सयभन ...

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता
२०७६ पुस ३ गते ११:१६

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

काठमाडौं । अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या ...

गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित
२०७६ पुस ३ गते ११:११

गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित

वीरेन्द्रनगर । सल्यानकी रीता ओलीलाई कृषि स्नातक तह पढ्ने सानैदेखिको रहर। घर नजिकै उक्त तहमा पढाइ नहुँदा अरुनै विषय पढ्ने उनको मनसाय बन्दै थियो। तर उनले उक्त मनसाय फेर्नु परेन। उनको जिल्लासँगै जोडिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा कृषि स्नातक तहको पढाइ सुरु भएपछि उनी काठमाडौं ज ...

विद्यालय व्यवस्थापन अध्यक्षले दिए विद्यालयलाई जग्गा
२०७६ पुस ३ गते ११:०९

विद्यालय व्यवस्थापन अध्यक्षले दिए विद्यालयलाई जग्गा

खोटाङ । खोटाङमा व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई निशुल्क जग्गा दान गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका भोगजीत राईले आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको स्थानीय बालबालिका प्राविलाई दुई रोपनी सात आना जग्गा प्रदान गरेका हुन् ।विद्यालयको भौतिक तथा शैक्ष ...

शिक्षा मन्त्रालयको जरुरी सूचना
२०७६ पुस २ गते १३:४७

शिक्षा मन्त्रालयको जरुरी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस १ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको शिक्षा सम्बन्त्री जरुरी सूचना ...

रोकिएको करारमा शिक्षक नियुक्ति र  सरुवा फुकुवा
२०७६ पुस २ गते १३:२४

रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र  सरुवा फुकुवा गरेको छ । कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो । सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले य ...

शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन
२०७६ पुस २ गते ०९:१२

शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन

सुर्खेत । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार र विद्यालय प्रशासनको भूमिका प्रभावकारी बनाउन वीरेन्द्रनगरमा तीन प्रदेशका प्रधानाध्यापकको सम्मेलन आयोजना गरिएको छ । भेलामार्फत शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकले आवश्यक कार्ययोजना निर्माण गरेका छन् । विद्यालय प्रशासनको नेतृत्व थप प्रभावका ...

चेपाङ विद्यार्थीको बाध्यता : दोहोर्‍याएर पढ्नु कि छाड्नु
२०७६ पुस २ गते ०९:०२

चेपाङ विद्यार्थीको बाध्यता : दोहोर्‍याएर पढ्नु कि छाड्नु

हेटौंडा, चितवन । शक्ति चेपाङ १० वर्षका भए । उनी चितवनको चेपाङ बहुल पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ को विकट गाउँ थन्द्राङमा बस्छन् । नजिकैको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयमा उनी तीन कक्षामा पढ्छन् । दुई वर्षदेखि उनी सोही कक्षामा छन् । तर, उत्तीर्ण नभएर होइन । चार कक्षा पढ्ने चाहना हुँदाह ...

“बेटी बचाऊ बेटी पढाऊ” : साइकल वितरणमा भेदभाव
२०७६ पुस २ गते ०८:५८

“बेटी बचाऊ बेटी पढाऊ” : साइकल वितरणमा भेदभाव

पर्सा । ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ जिल्लाका छात्रालाई साइकल वितरणमा भेदभाव भएको सरोकारवालाको गुनासो छ । प्रदेश– २ सरकारको यो लोकप्रिय कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षदेखि ८ जिल्लाका माध्यमिक विद्यालयमा गरी १५ हजार साइकल वितरण गरिसकिएको छ । राष्ट्रपति विद्याद ...

शिक्षकको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न शिक्षक महासंघको माग
२०७६ पुस १ गते २२:३२

शिक्षकको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न सरकारसँग माग गरेको हो । मंगलवार शिक्षा सचिव महेश दाहाललाई ज्ञापन पत्र बुझाउदै  महासंघले शिक्षकको सेवाअवधिको उमेर हद बढाउन माग गरेको हो । शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको महासंघको पदाधिकारीको समूह मन्त्री उ ...

एसइइ परीक्षा चैत ६ गतेदेखि, हेर्नुहोस् परीक्षा तालिका
२०७६ पुस १ गते ११:४९

एसइइ परीक्षा चैत ६ गतेदेखि, हेर्नुहोस् परीक्षा तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले एसइइको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गरेको हो ।  बोर्डका अनुसार पह ...

अब सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय
२०७६ पुस १ गते ११:३२

अब सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय

काठमाडौं । सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने भएको छ। यस्ता पुस्तकालयलाई आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त बनाइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शिक्षा नीतिमा उल्लेख छ। नीतिमा पुस्तकालयलाई जनोपयोगी, सेवामुखी र आत्मनिर्भर बनाउ ...

छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक
२०७६ पुस १ गते ११:२७

छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक

डोटी ।  केआईसिंह गाउँपालिका ५ स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म पढ्ने ३३ छात्रा छन् । तीमध्ये २७ छात्रा महिनाको ३ दिन विद्यालय जाँदैनन् । १० अध्ययनरत १६ वर्षीया इन्दिरा जोशी महिनावारी भएका बेला विद्यालय जान घरबाट निषेध गरेको बताउँछिन् । दिनहुँ विद्यालय जाने रहर हुँदा–हुँदै पनि ...

विद्यार्थी बेगरका ५ शिक्षक
२०७६ पुस १ गते ११:२३

विद्यार्थी बेगरका ५ शिक्षक

विराटनगर  । यहाँको स्नातकोत्तर क्याम्पसमा इतिहास विषय पढ्न सात वर्षयता एकैजना विद्यार्थी छैनन् । पढाउन भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकसहित पाँच जना छन् । पढाउनै नपरी उनीहरू मासिक तलब र भत्ता थाप्दै आएका छन् । पढाउनु पर्दैन, हाजिर भए पुग्छ । प्राध्यापकको मासिक तलब स्केल ६० हजार, सहप् ...

‘प्याड नहुँदा पढाइ छुट्छ’
२०७६ पुस १ गते ११:१६

‘प्याड नहुँदा पढाइ छुट्छ’

भरतपुर । १४ वर्षकी सविता सुनार चितवनको दिवानगर माडीस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पाँच कक्षामा पढ्छिन् । अघिल्लो महिना उनी कक्षाकोठामै छँदा महिनावारी भइन् । उनको पोसाकमा रगत देखेपछि शिक्षिकाले खुसुक्क बोलाइन् र घर जान भनिन् । करिब २० मिनेटको बाटो हिँडेर जान गाह्रो मानेपछि उनै शिक्षिकाले ...

सरकारी विद्यालयमा बेथिति, शिक्षक गफमा मस्त
२०७६ पुस १ गते ११:१४

सरकारी विद्यालयमा बेथिति, शिक्षक गफमा मस्त

महोत्तरी । बिहानको पौने १० बजे विद्यालय पुग्दा सुनासान थियो । कक्षा सुरु हुनुपर्ने समयमा विद्यालयमा न विद्यार्थी थिए, न शिक्षक । सवा १० बजेपछि बल्ल एक/दुई विद्यार्थी आउन थाले । ११ बजेबाट विद्यालय लाग्ने हुँदा उनीहरू ढिला आएका रहेछन् । १० बजेर ३० मिनेट पुग्दासम्म विद्यालयमा पाले दाइले घण्टीचाहिं ३ पट ...

हेर्नुहोस् दरबन्दी पुनर्वितरणका लागि किटान भएका पालिकागत दरबन्दी विवरण
२०७६ मंसिर ३० गते १०:५०

हेर्नुहोस् दरबन्दी पुनर्वितरणका लागि किटान भएका पालिकागत दरबन्दी विवरण

काठमाडौं । सरकारले शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरेको छ । सरकारले शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई लत्याएर शिक्षक दरबन्दी मिलान र पुनर्वितरण शुरु गरेको छ । विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका ...

शिक्षक महासंघको विधान संशोधन प्रस्ताव अवैध भएको शिक्षक संघको ठहर
२०७६ मंसिर ३० गते १०:३६

शिक्षक महासंघको विधान संशोधन प्रस्ताव अवैध भएको शिक्षक संघको ठहर

काठमाडौं । नेपाल शिक्षक संघले शिक्षक महासंघको विधान संशोधन प्रक्रिया अवैध भएको ठहर गरेको छ ।महासंघको विधान संशोधनको प्रस्तावले महासंघलाई कमजोर बनाउने निष्कर्ष संघको छैठौं पूर्ण बैठकले निकालेको हो । यही मंसिर २७ र २८ गते सम्पन्न संघको छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ...

शिक्षा नीति : विश्वविद्यालयको सम्बन्धनमा अंकुश
२०७६ मंसिर ३० गते १०:२५

शिक्षा नीति : विश्वविद्यालयको सम्बन्धनमा अंकुश

काठमाडौं । सरकारले विश्वविद्यालयको सम्बन्धन प्रक्रियालाई कसिलो बनाउने भएको छ। हालै सार्वजनिक भएको शिक्षा नीतिले विश्वविद्यालय एक्लैले निर्णय गरेर निजी तथा समुदायलाई सम्बन्धन दिन पाउने व्यवस्था अन्त्य गर्ने बताएको छ।नीतिमा उल्लेख भएअनुसार सामान्यतया विश्वविद्यालयलाई सम्बन्धन नदिने संस्थाको रूपमा ...

शिक्षा नीति ‘निजी विद्यालयको स्वार्थमा’
२०७६ मंसिर ३० गते १०:१०

शिक्षा नीति ‘निजी विद्यालयको स्वार्थमा’

काठमाडौँ । दस वर्षभित्र सबै निजी शिक्षालयलाई मुनाफारहित सार्वजनिक शैक्षिक संस्था (गुठी) मा परिणत गर्ने आफ्नै घोषणाबाट सरकार पछि हटेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव र सिफारिसविपरीत सरकारले सबै निजी शिक्षालयप्रति झन् खुकुलो नीति सार्वजनिक गरेको छ । संघीय संरचनाअनुसार समग्र शिक्षा नीति ...

गुणस्तर दिन नसक्ने शिक्षकलाई पेसा फेर्न मन्त्रीको आग्रह
२०७६ मंसिर २९ गते ०८:४८

गुणस्तर दिन नसक्ने शिक्षकलाई पेसा फेर्न मन्त्रीको आग्रह

मोरङ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने शिक्षकलाई पेसा परिवर्तन गर्न आग्रह गरेका छन् । प्रेस संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिक्षक आफै अद्याबधिक भएर गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने हैसियतमा बस्नुपर ...

पहिलो कानूनी शिक्षा महोत्सव सम्पन्न
२०७६ मंसिर २८ गते २२:१०

पहिलो कानूनी शिक्षा महोत्सव सम्पन्न

बुटवल । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कानूनप्रतिको अनविज्ञता राष्ट्रका लागि क्षम्य नहुनेमा जोड दिएका छन् । कानून भएर पनि राम्रोसँग पालना भएन भने राष्ट्रले समृद्धि हासिल गर्न नसक्ने बताउँदै घर्तीले हरेक नागरिकले कानूनी ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औंल्याए । रुपन्देहीको बुटवल उप–महान ...

आगो ताप्दै परीक्षा
२०७६ मंसिर २८ गते १९:०७

आगो ताप्दै परीक्षा

जुम्ला । जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातले वार्षिक परीक्षामा सहभागी विद्यार्थीलाई सास्ती भएको छ । चन्दननाथ नगरपालिकाभित्रका १९ विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ । हिमपातसँगै बढेको चिसोले परीक्षामा लेख्न गाह्रो भएको रत्नचुडेश्वर माविकी कक्षा ९ मा अध्ययनरत विपना न्यौपा ...

अध्यक्षसँग विद्यार्थीका गुनासा
२०७६ मंसिर २८ गते १९:०३

अध्यक्षसँग विद्यार्थीका गुनासा

गण्डकी  । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको अभियान चलाउँदै आएको छ । उक्त अभियानअन्तर्गत वडा ३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा पुगेका अध्यक्ष घनश्याम सुवेदीसँग विद्यार्थीले गुनासैगुनासा गरेका छन् । विद्यार्थीले विद्यालयभित्रको चमेना गृहको खाजा र दूषित खानेपानी पि ...

सामुदायिक विद्यालय  रुग्ण उद्योग  जस्ता
२०७६ मंसिर २८ गते १९:०१

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्ता

बिराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयहरु रुग्ण उद्योग जस्ता भएको बताएका छन् ।  शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उनले बताए ।  उत्पादनमा जोडिए विद्यालययहरुको सवलीकरणको पक्रिया अघि बढ्ने उनको भना ...

हेर्नुहोस् राष्ट्रिय शिक्षा नीतिको पूर्ण पाठ
२०७६ मंसिर २८ गते १७:४०

हेर्नुहोस् राष्ट्रिय शिक्षा नीतिको पूर्ण पाठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भएसंगै २०७२ सालमा जारी गरिएको शिक्षा नीति खारेज भएको छ। नीति सार्वजनिक भएसंगै सरकारलाई नीति सार्वजनिक भएपछि सरकारले राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज भएको छ।नयाँ शिक्षा न ...

डेढ लाख शिक्षकको दरबन्दी मिलान
२०७६ मंसिर २८ गते १७:३०

डेढ लाख शिक्षकको दरबन्दी मिलान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (बालकक्षादेखि कक्षा १२ सम्म) का १ लाख ५२ हजार ५ सय २३ शिक्षकको दरबन्दी मिलान गरेको बताएको छ । नयाँ शैक्षिक सत्र ०७७ सुरु हुनुअघि नै दरबन्दी मिलान सकिने मन्त्रालयले जानकारी दिएको छ । सरकारले ०७५ असारमा पूर्वसचिव महाश्रम शर्माको संयोज ...

मासिक शुल्कको सट्टा विद्यार्थीसँग प्लास्टिकको फोहर लिने विद्यालय
२०७६ मंसिर २५ गते ०५:४८

मासिक शुल्कको सट्टा विद्यार्थीसँग प्लास्टिकको फोहर लिने विद्यालय

एजेन्सी । भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरम विद्यालयले विद्यार्थीहरूबाट पृथव्m शैलीमा मासिक शुल्क उठाउँदै आएको छ । विद्यार्थीले मासिक शुल्कको सट्टा घरमा हुने प्लास्टिजन्य फोहर विद्यालयमा लग्नुपर्ने हुन्छ । मासिक शुल्कका लागि विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ ओटा प्लास्टिक वि ...

एक स्थायी शिक्षकका भरमा मावि
२०७६ मंसिर २५ गते ०५:४५

एक स्थायी शिक्षकका भरमा मावि

सल्यान । जिल्लाका अधिकांश माध्यमिक विद्यालयमा न्यूनतम ८ शिक्षकको दरबन्दी छ । तर बन्गाडकुपिन्डे नगरपालिकाको जयतपानीस्थित प्रतिभा माध्यमिक विद्यालय एक दरबन्दीका शिक्षककै भरमा चलिरहेको छ । ती पनि प्राथमिक तहका हुन् । दरबन्दी अभावका कारण विद्यालयको पठनपाठन वर्षौ‌‌देखि प्रभावित बनेको हो । ...

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी
२०७६ मंसिर २५ गते ०५:४२

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका छात्र सुनील ढुंगानालाई नयाँ विषय पढ्दा अनौठो लागेको थियो । बगनासकालीबाट पढ्न आएका उनले केही महिनापछि भने हातमा औजार बोकेर गाडी मर्मत गर्न सक्ने हुनेछन् । यसै विद्यालयमा अध्ययन गर्ने नवलपरासीका मीनकुमार चौधरी पनि अहिले सैद्धान ...

सहाराविहीन विद्यार्थीलाई सहयोग
२०७६ मंसिर २५ गते ०५:४१

सहाराविहीन विद्यार्थीलाई सहयोग

रुकुम पूर्व  । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माध्यमिक विद्यालयका २५ विद्यार्थीका लागि सहयोग प्राप्त भएको छ । विद्यालयमा बसेर पढ्ने १८ र घरबाट आउजाउ गर्ने ७ असहाय विद्यार्थीका लागि ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सहयोग रकम ...

स्‍नातकोत्तर तहमा नाप नक्सा सम्बन्धी पढाइ हुने
२०७६ मंसिर २५ गते ०५:३८

स्‍नातकोत्तर तहमा नाप नक्सा सम्बन्धी पढाइ हुने

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्‍नातकोत्तर तहमा गरिने बताएकी छन् । भूमि प्रशिक्षण केन्द्रले 'नापनक्सा सम्वन्धि आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन' विषयमा मंगलबार क ...