२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षा ऐन संशोधनको बिरोध गर्ने ९ पक्राउ
२०७४ असोज ७ गते २३:०१

शिक्षा ऐन संशोधनको बिरोध गर्ने ९ पक्राउ

काठमाडौं । शिक्षा ऐन नवौ संशोधनको बिरोध गर्दै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा ९ बिद्यार्थी पक्राउ परेका छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक कार्यक्रममा जान लागेका बेला संशोधन खारेज हुनुपर्ने भन्दै ब्यानर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले ...

अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा
२०७४ असोज ७ गते २२:५१

अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा

काठमाडौं ।  अस्थायी शिक्षकले आन्दोलनमा माग नै नगरेको विषयमा संसदले शिक्षा ऐन संशोधन गरेर थप सुविधा दिएको पाइएको छ । अस्थायी शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा फेल भए पनि आठौ संशोधन अनुसार सुविधा दिनुपर्ने, परीक्षा सहज बनाउनु पर्ने, आन्तरिकतर्फको लुकाइएको विज्ञापन पदसंख्या समायोजन गर्नुप ...

सञ्चालकको स्वार्थमा कानुन ?
२०७४ असोज ६ गते २३:२३

सञ्चालकको स्वार्थमा कानुन ?

काठमाडौं । मेडिकल कलेजका सञ्चालकहरूको प्रभाव र दबाबमा प्रस्तावित चिकित्सा शिक्षा विधेयकलाई झनै कमजोर बनाउने गरी संसद्मा प्रतिवेदन पेस भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले तयार पारेको प्रतिवेदनमा विधेयकका राम्रा व्यवस्थासमेत हटाएर कलेज सञ्चालकलाई सहज हुने गरी ...

शिक्षा संशोधन ऐन फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग
२०७४ असोज ६ गते २३:१९

शिक्षा संशोधन ऐन फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै कावा प्रधानमन्त्री विजयकुमार गच्छदारलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।  विद्यार्थी संगठनले कावा प्रधानमन्त्री गच्छदारलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै संघीय माम ...

शिक्षा ऐन संशोधनको विरोध गर्ने माननीय सांसदहरुलाई खुला पत्र
२०७४ असोज ६ गते ११:३१

शिक्षा ऐन संशोधनको विरोध गर्ने माननीय सांसदहरुलाई खुला पत्र

  विष्णुमनी लामिछाने शिक्षकशान्तिउदय मावि, भरतपोखरी, कास्की २०७४ आश्विन ३ गते संसद बैठकमा शिक्षा ऐन नवौं संशोधन माथि छलफलको क्रममा तपार्इंहरुले भाग लिँदै दिनु भएको अभिव्यक्ति प्रति आश्चर्य लागि यो खुला पत्र लेख्दै छु । माननीय सांसद गगन कुमार थापा ज्यू,संसदमा भाग लिँदै तपाईले ८२ प्रतिशत सरकारी ...

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?
२०७४ असोज ५ गते २३:०३

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?

तिलक कुँवर व्यवस्थापिका संसदको यहि हसोज ३ गते बसेको बैठकले शिक्षा ऐन २०२८ को नवौं संशोधन गरेको छ । यो नवौं संशोधनको प्रस्ताव मन्त्रालयबाट प्रक्रियामा अगाडि बढाउदा देखि नै विभिन्न शंका–उपशंका र आलोचनाको घेरामा परिरह्यो । नेपाल शिक्षक महासंघले ऐन संशोधन गर्नुको साटो खोलिएको विज्ञापनलाई सम्पन्न ...

ऐन संशोधन विरुद्ध विद्यार्थी संगठन आन्दोलित, कार्यान्वयन हुनै नदिने चेतावनी
२०७४ असोज ५ गते ०५:४३

ऐन संशोधन विरुद्ध विद्यार्थी संगठन आन्दोलित, कार्यान्वयन हुनै नदिने चेतावनी

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । संशोधन विद्यार्थी मारा भएको आरोप लगाउँदै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिवार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले संशोधन तत्काल फिर्ता नलिए कडा ...

केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क
२०७४ असोज ५ गते ०२:२२

केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क

काठमाडौं । सरकारले एक वर्षअघि तोकेको सीमा लत्याउँदै काठमाडौं विश्वविद्यालय (केयू) ले एमबिबिएस तहका लागि कलेजपिच्छे फरकफरक हुनेगरी ५० लाख रुपैयाँसम्म शुल्क तोकेको छ । गत वर्ष मंसिर १९ गते मन्त्रिपरिषद्ले प्रत्येक दुई वर्षमा पुनरवलोकन गर्नेगरी काठमाडौंभित्र ३५ लाख र काठमाडौंबाहिर ३८ लाख शुल ...

‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’
२०७४ असोज ४ गते २३:२५

‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’

काठमाडौं ।  सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउँदै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयोगबाट बाहिरिएका छन् । सरकारले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मकै समग्र नीति निर्माण, कार्यक्रम कार्यान्वयन तहक ...

शिवपुरी माविको ६९ औं वार्षिकोत्सव सम्पन्न
२०७४ असोज ४ गते १२:५४

शिवपुरी माविको ६९ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले ६९ औं वार्षिकोत्सव मनाएको छ । बुधवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्सत्तरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयको प्रगतिमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिकाका ...

'शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्छ'–राष्ट्रपति भण्डारी
२०७४ असोज ४ गते १२:०९

'शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्छ'–राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्ने बताएकी छिन् । सरकारी विद्यालयहरुको स्तर सुर्धानुपर्नेमा जोड दिँदै उनले विद्यालयहरुले विद्यार्थीलाई प्रमाणपत्रसँगै सीप दिनुपर्ने बताइन् । कालिमाटी, टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा ...

एउटै जिल्लामा २ शिक्षा अधिकारी
२०७४ असोज ३ गते २३:१७

एउटै जिल्लामा २ शिक्षा अधिकारी

मनाङ । हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त शर्माको सरुवापत्र नपठाई विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् । गत भदौ ५ गतेको सविचस्तरीय बैठकको निर्णयले सरुवा गरेको भनिए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेक ...

घाँस बेचेर शिक्षकलाई तलब
२०७४ असोज ३ गते २२:३८

घाँस बेचेर शिक्षकलाई तलब

पर्वत । करिब २० रोपनी समथर जमिनको बीचमा विद्यालय भवन छ । भौतिक संरचना र जमिनको बनावट हेर्दा सुविधासम्पन्न देखिए पनि यहाँको माझीगाउँ आधारभूत विद्यालयको अवस्था भने समस्याग्रस्त छ । २०५३ सालमा स्थानीय अगुवाले स्थापना गरेको विद्यालयमा शैक्षिक गुणस्तर बाहेकका पूर्वाधारमा साढे दुई दशकसम्म सुधार आउन स ...

सामुदायिक विद्यालय धराशायी हुने गरी ऐन संशोधन
२०७४ असोज ३ गते २२:३१

सामुदायिक विद्यालय धराशायी हुने गरी ऐन संशोधन

  काठमाडौं । सामुदायिक विद्यालय थप दुई दशकसम्म धराशायी बनाउने गरी संसद्को बहुमतले मंगलबार शिक्षा ऐन नवौं संशोधन विधेयक पारित गरेको छ । ०६१ साउन २२ देखि असार १५ सम्म नियुक्ति लिएका अस्थायी शिक्षकको दरबन्दीमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा गर्न पाउने गरी संसद्ले शिक्षा ऐन ...

सदन, गगन र रोदन
२०७४ असोज ३ गते २१:५८

सदन, गगन र रोदन

  तिलक कुँवर   २०७४ साल असोज ३ गते संविधान दिवसका दिन व्यवस्थापिका संसद बैठक राति अवेर सम्म चल्यो । पहिलो चरणमा बैठकले लामो समयसम्म पारित गर्न बांकी करिब आधा दर्जन विधेयक माथि छलफल र टुङ्गो लगाउने काम गर्यो । दोस्रो चररणको बैठक रातिको समयमा शिक्षा ऐन २०२८ नवौं संशोधन गर्न बनेको विधेयक माथि ...

शिक्षा ऐनको संशोधन विधेयक संसदबाट पारित, अस्थायीले परीक्षापछिको सुविधा पाउने
२०७४ असोज ३ गते २१:२६

शिक्षा ऐनको संशोधन विधेयक संसदबाट पारित, अस्थायीले परीक्षापछिको सुविधा पाउने

काठमाडौं । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । विधेयक पारित भएसँगै अव अस्थायी शिक्षकहरुले परीक्षा पछिको सुविधा पाउने भएका छन् । विधेयक पास भए सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै सत्तारुढ दलकै सांसदहरुको विरोधका बीच बहुमतका आधारमा सभा ...

अनसनकारीको ज्यान बचाउन मात्रै अस्थायी शिक्षकसँग सहमति गरिएको खुलासा
२०७४ असोज ३ गते ११:४९

अनसनकारीको ज्यान बचाउन मात्रै अस्थायी शिक्षकसँग सहमति गरिएको खुलासा

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकहरुसँग गरिएको चारबुंदे सहमतिलाई बाध्यताको उपज भएको बताएको छ । अनसनरत अस्थायी शिक्षकहरुको ज्यान बचाउनका लागि मात्रै सहमति गरिएको मन्त्रालयले खुलासा गरेको हो । शिक्षा पत्रकार समुहले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. हरि ...

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा
२०७४ असोज २ गते २२:१८

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

काठमाडौँ । साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट तीन जनाले राजीनामा दिएका छन् । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएकाहुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिर ...

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो
२०७४ असोज २ गते १२:०९

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो

तिलक कुँवर २०४९ साल पहिलेदेखि २०७२ साल असोज २ गतेसम्म अस्थायी कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ साल असार १५ गते सम्पन्न भयो । सोहि संशोधित ऐन अनुसार शिक्षक सेवा आयोगले २०४९ पुष १० अगाडि दरबन्दिमा नियुक्ति भएका अस्थायी शिक्षकले आफ्नो पदमा, २०६१ साउन २१ सम्मका श ...

शिक्षा ऐन संशोधन :  सार्वजनिक विद्यालय डुबाउने खेल
२०७४ असोज २ गते १०:०५

शिक्षा ऐन संशोधन : सार्वजनिक विद्यालय डुबाउने खेल

काठमाडौं । प्रमुख तीन दल अस्थायी शिक्षकको दरबन्दीको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने गरी शिक्षा ऐन अघि बढाउन सहमत देखिएका छन् । शिक्षाविदहरुले भने यसलाई ‘सार्वजनिक स्कुल डुबाउने खेल’ भनेका छन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक द ...

ऐन संशोधन प्रक्रिया शुरु गर्नु नै शिक्षामन्त्रीको एकसय दिनको मुख्य उपलब्धि
२०७४ असोज २ गते ०९:४३

ऐन संशोधन प्रक्रिया शुरु गर्नु नै शिक्षामन्त्रीको एकसय दिनको मुख्य उपलब्धि

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गर्नु नै मुख्य उपलब्धि मान्दै आफ्नो एकसय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले पद सम्हालेपछि एक सय दिनमा आफुले गरेका राम्रा कामहरुको फेरिहस्त सार्वजनिक गरेका छन् । मन्त्री श्रेष ...

छाउगोठमा राख्नेलाई सेवा रोक्का
२०७४ असोज २ गते ०१:१३

छाउगोठमा राख्नेलाई सेवा रोक्का

जुम्ला । छाउपडी प्रथा उन्मुलनका लागि गोठमा बस्नेलाई स्थानीय तहबाट पाउने सेवा सुविधा रोक्का गर्ने तयारी भइरहेको छ । जतिसुकै जनचेतनामुलक कार्यक्रमहरु सञ्चलन गरेपनि महिलाहरु गोठमा जोखिमपूर्ण तरिकाले बस्न नछोडेकाले जिल्लाको तिला गाउँपालिमा छाउगोठमा बसाउने परिवारलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविध ...

आमा–छोरी एउटै कक्षामा
२०७४ असोज २ गते ०१:०५

आमा–छोरी एउटै कक्षामा

जाजरकोट । भेरी नगरपालिका ४, बोहराकी ४३ वर्षीय पूर्णिमा मल्ल चन्द १८ वर्षीय छोरी अमृतासँगै दैनिक १ घण्टा हिँडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्रायस् कक्षा कोठाको पहिलो बेन्चमा बस्छन् । पूर्णिमा र उनकी छोरी अमृता त्रिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् । पूर्णिमाले त्रिभुवन माव ...

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो
२०७४ भदौ ३१ गते २२:४६

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति व ...

शिक्षामा अर्को खेल
२०७४ भदौ ३० गते २१:५७

शिक्षामा अर्को खेल

काठमाडौं । सामुदायिक विद्यालयको स्वीकृत १ लाख ७ हजार दरबन्दीमा प्रतिस्पर्धाबाट शिक्षक छनोट भइदिएको भए गुणस्तरको प्रश्न सायदै उठ्थ्यो । किनभने शिक्षक सेवा आयोगको लिखित र मौखिक परीक्षा पास नभई शिक्षक हुनै पाइँदैनथ्यो । प्रतिस्पर्धाका आधारमा जसको बढी नम्बर आयो, उसैलाई सिफारिस गरिन्थ्यो । १ लाख ७ ...

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु
२०७४ भदौ ३० गते ११:५७

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज ...

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण
२०७४ भदौ २९ गते २३:५७

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

बाजुरा । अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि गौमूल गाउँपालिकाको गाउँसभाले विभिन्न आकर्षक निर्णय गर्दै चालु वर्षको बजेट विनियोजन गरेको छ । स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगार युवालाई ऋण दिने गाउँसभाको निर्णय छ । हरेक परिवारलाई ‘एक हल गोरु र दुहुनु भै ...

नियमविपरीत सरुवा गर्दै मन्त्री
२०७४ भदौ २८ गते २२:३७

नियमविपरीत सरुवा गर्दै मन्त्री

काठमाडौं ।  शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियमविपरीत सरुवा गरेको पाइएको छ । दुई वर्ष नपुग्दै कार्यालय प्रमुखलाई काजमा सरुवा गरेपछि उपसचिवहरू न्याय खोज्दै अदालत जान थालेका हुन् । पछिल्लो साता मन्त्रीले सरुवा गरेका आठ जना जिल्ला शिक्षा अधिकारीको सरुवा कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश ...

मन्टेश्वरीलाई लगाम लगाइँदै
२०७४ भदौ २८ गते २२:३२

मन्टेश्वरीलाई लगाम लगाइँदै

काठमाडौं । सहर तथा ग्रामीण भेगमा खुलेका मन्टेश्वरी (पूर्वप्राथमिक विद्यालय) सञ्चालकले विद्यालय रहेको स्थानबाट अधिकतम ३० मिनेटसम्मको पैदल दूरीभन्दा टाढाबाट विद्यार्थी ओसारपसार गर्न नपाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको पूर्वप्राथमिक विद्यालय सञ्चालनसम्बन्धी निर् ...

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै
२०७४ भदौ २८ गते २२:२१

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा स्थापनाको लामो समयपछि स्नातकोत्तर तह सञ्चालन गरेको विश्वविद्यालयले बुटवलमा नयाँ कोर्स पढाउने भएको हो । बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिजम, ट्राभल एन्ड टुरिजम म ...

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया
२०७४ भदौ २८ गते २२:१७

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया

काठमाडौं । ०६२ सालका गणितका ‘गोल्ड मेडलिस्ट’ नवराज अधिकारीले ०६९ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा आवेदन भरे । ०७२ सालमा लिखित परीक्षा भयो । उनी उत्तीर्ण पनि भए । तर, अहिलेसम्म अन्तर्वार्ता नहुँदा छटपटिएका छन् । लामो समय आंशिक शिक्षकका रूपमा काम गरेका अधिकारी त्रिविम ...

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका
२०७४ भदौ २८ गते ००:३०

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका

काठमाडौं  । लामो कसरतपश्चात शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय शिक्षा आयोग प्रभावकारी हुनेमा आशंका व्यक्त गरिएको छ । गठित आयोगमा स्वार्थकेन्द्रित व्यक्तिहरूको बोलबाला रहेको र सदस्य संख्या आवश्यकताभन्दा बढी रहेको भन्दै मन्त्रालयका अधिकारी तथा शिक्षाविद्ले आयोगको प्रभावकारीतामाथि आशंका ...

बहिरा छात्रावास निर्माण
२०७४ भदौ २८ गते ००:१६

बहिरा छात्रावास निर्माण

बागलुङ । यहाँको एकमात्र बहिरा विद्यालयको छात्रावास निर्माण भएको छ । १ करोड ३३ लाख २७ हजार रुपैयाँ लागतमा बागलुङ बजारस्थित धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण गरिएको हो । कादुरी च्यारिटेवल फाउन्डेशन हङकङको करिब ८६ प्रतिशतले हुन आउने १ करोड १४ लाख सात सय रुपैयाँ र ...

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार
२०७४ भदौ २८ गते ००:१०

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार

काठमाडौं ।  एमाले नेता एवं पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले भदौ १२ मा संसद्मा शिक्षा ऐन नवौं संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा संशोधनको खुलेर विरोध गरे । शिक्षामन्त्री गोपालमान श्रेष्ठले चक्रब्यूहमा फसेर ऐन संशोधनको नाटक मञ्चन गरेको आरोप पनि उनले लगाए । संसद्मा उनले ...

को सक्षम ? को असक्षम ?
२०७४ भदौ २७ गते १२:३१

को सक्षम ? को असक्षम ?

(मनोवाद) भुवन सुवेदी (रातको ११ बजेको समय ,बिस्तारामा पल्टदै गरेको अवस्था ) ओहो ..... सुतेको पनि आधा घण्टा भैसक्यो, किन निद्रा पर्दैन । दिनभरि पढाउँदा थकाइ पनि बेस्सरी लागेकै छ । पढाउन पनि थोरै परे पो हुन्छ, बिहान ६ बजे देखि पढाउन थालेको दिउँसो ४ बजेसम्म निरन्तर पढाएको पढाई गर्नुपर्ने मेरो दैनिकी नै ...

स्नातकमा कुन विषय पढ्ने ?
२०७४ भदौ २६ गते २३:५०

स्नातकमा कुन विषय पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साता सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशतमात्र अंक ल्याएकी ईश्वरी त्रिपाठीले दुई वर्षअघिको एसएलसीमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसएलसीमा राम्रो अंक ल्याए पनि सुरुका दिनहरूमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै ...

एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा
२०७४ भदौ २६ गते २३:२५

एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा

तेह्रथुम  । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै &lsqu ...

एमबीबीएसको रहर मेट्ने कृषि र भेटनरी
२०७४ भदौ २६ गते २३:२३

एमबीबीएसको रहर मेट्ने कृषि र भेटनरी

भरतपुर । उच्च शिक्षामा एमबीबीएसको झल्को दिने विषयको रूपमा लिइन्छ, कृषि र भेटनरीलाई । एमबीबीएसपछि विद्यार्थीको भीड कृषि तथा वनविज्ञानको अध्ययनमा पर्ने गरेको छ। थोरै सिट संख्यामा हजारौं विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुनुले पनि यसलाई पुष्टि गर्दछ। पढाइ सकिनेबित्तिकै रोजगारीमा लाग्न पाउनु र आक ...

सम्बन्धन नलिई विद्यार्थी भर्ना
२०७४ भदौ २६ गते २३:१२

सम्बन्धन नलिई विद्यार्थी भर्ना

भक्तपुर ।  चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिले शैक्षिक सत्र २०७४/०७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग सम्बन्धन, स्वीकृति नै नलिई विद्यार्थी भर्ना गरेको छ । चक्रवर्तीले अवैधानिक रूपमा ए ...

'ढुक्क हुनुहोस्, शिक्षा ऐन संशोधन प्रस्ताव पारित हुँदैन'– पूर्व शिक्षामन्त्री तुलाधर
२०७४ भदौ २६ गते ०१:४२

'ढुक्क हुनुहोस्, शिक्षा ऐन संशोधन प्रस्ताव पारित हुँदैन'– पूर्व शिक्षामन्त्री तुलाधर

काठमाडौं । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले अस्थायी शिक्षकहरु माथि विभेद हुनेगरी ऐन संशोधन प्रस्ताव संसदबाट कुनैहालतमा पारित नहुने बताएका छन् । संशोधन प्रस्ताव अस्थायी शिक्षकको समस्या समाधान भन्दा बढी राजनीतिकरण गर्ने हेतुले आएको तुलाधरको जिकिर छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले राष्ट्रि ...

सन्तानलाई निशुल्क पढाइदिनेलाई मुसहरको भोट
२०७४ भदौ २६ गते ००:१५

सन्तानलाई निशुल्क पढाइदिनेलाई मुसहरको भोट

बर्दिबास । ‘साँझ बिहान त जसरी पनि छाँक टारिहाल्छौं, हामी मुर्ख हुँदा सबैले दबाए। छोराछोरीलाई पढाएर मिस र इन्स्पेक्टर बनाइदिनेलाई भोट दिन्छु,’ बर्दिबासकी २८ बर्षीया सुनिता मुसरहले भनिन्, ‘अब हामीसंग पक्की घर छ। बसेको जग्गाको लालपुर्जा छ। बिजुली बत्तिले बस्ती झलमल छ। घरमा रेडिय ...

विद्यार्थी संगठनद्वारा ऐेन संशोधन प्रक्रियाको विरोध, स्थगित नगरिए आन्दोलन गर्ने
२०७४ भदौ २५ गते २३:२९

विद्यार्थी संगठनद्वारा ऐेन संशोधन प्रक्रियाको विरोध, स्थगित नगरिए आन्दोलन गर्ने

काठमाडौं । विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकलाई परीक्षा पछिको सुविधाका लागि गरिन लागिएको ऐन संशोधनको विरोध गरेका छन् । आइतबार अखिल क्रान्तिकारीको केन्द्रिय कर्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले ऐन संशोधनको बिरोध गर्ने निर्णय गरेको हो । ऐन संशोधन प्रक्रिया तत्काल फिर्ता नगरिए आन्दोलन ...

शिक्षा दिवसका अवसरमा शिक्षा पत्रकारहरु सम्मानित
२०७४ भदौ २५ गते ११:५९

शिक्षा दिवसका अवसरमा शिक्षा पत्रकारहरु सम्मानित

भक्तपुर । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार  शिक्षा पत्रकारहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले शिक्षा पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।  भक्तपुरको जिल्ला विकास समितिको सभाहलमा आयोजित सम्मान कार्यक्रममा आजक ...

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो
२०७४ भदौ २५ गते ०९:४८

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो

भक्तपुर । शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटाएको छ । स्थानीय सरकार गठन भएको ३ महिना पछि बल्ल शिक्षा विभागले ७ सय ५३ स्थानीय तह मध्ये ३ सय ९१ मा कर्मचारी खटाएको हो । यसरी खटाईएका कर्मचारीलाई नौं बुदें निर्देशन पनि दिइएको छ । गत शुक्रबारको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मलाई पदाधिकार रहेको नि ...

५५ वर्षमा १२ कक्षा पास
२०७४ भदौ २५ गते ००:२२

५५ वर्षमा १२ कक्षा पास

काठमाडौं । अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु (झुमा सुब्बा) । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ वर्षमा आएर पूरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परी ...

नेशनल सम्बन्धनका २४ ‘खलपात्र’
२०७४ भदौ २४ गते २३:४८

नेशनल सम्बन्धनका २४ ‘खलपात्र’

काठमाडौं ।   गत साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ठाडो प्रस्ताव गरिन् । परिषदा ६ सदस्यलाई गोप्य रुपमा पहिल्यै एजेन्डा जानकारी गराएर बैठक डाकिएकाले अधिकांश सदस्यले सहमति जनाए । सम्बन्धनको निर ...

शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या
२०७४ भदौ २४ गते ००:३२

शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या

भारत ।  भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।   नोटमा बालिकाले मासिक ...

अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी
२०७४ भदौ २३ गते २३:५६

अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

जाजरकोट । स्कटल्यान्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन् । यी दुई स्वयंसेवकलाई सोमबार प्रधानाध्यापक हेरम्बबहादुर शाहले स्वागत गरे । ‘प्रोजेक्ट ट्र्रस्ट युके’ बाट स्वयंसेविकाका रूपमा उनीहरू एक व ...

शिक्षकसहित दुई बेपत्ता
२०७४ भदौ २३ गते २३:५२

शिक्षकसहित दुई बेपत्ता

नवलपरासी । विद्यालय गएका कावासोतीका एक शिक्षक एक सातादेखि बेपत्ता छन् । खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएका छन् । कावासोतीका २६ वर्षीय रामप्रसाद चापागाईं बेपत्ता भएका हुन् । उनी विश्वज्योति आवासीय विद्यालयमा पढाउँथे । शुक्रबार विद्यालय बिदा भएदेखि उनको मोबाइल बन्द छ । छोरा आउने आशामा ६५ ...

शिक्षामन्त्रीको चकचकी
२०७४ भदौ २३ गते २३:४७

शिक्षामन्त्रीको चकचकी

काठमाडौं । गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको शुक्रबार तीन महिना पुग्यो । यस अवधिमा उनी शिक्षामा सुधार होइन, वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त रहे । मन्त्री भएलगत्तै उनले अस्थायी शिक्षकसँग उनीहरूले माग्दै नमागेका सुविधासहित सम्झौता गरे । गत असार १५ मा पारित शिक ...