२०७७ जेष्ठ २१ गते

समाचार

  • Home
  • समाचार

All News

विद्युतीय माध्यमबाट अध्यापन
२०७७ बैशाख ४ गते १६:२७

विद्युतीय माध्यमबाट अध्यापन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तरता दिन विद्युतीय माध्यम उपयोग गर्ने गृहकार्य ...

विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी
२०७७ बैशाख ४ गते १६:१८

विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी

कोहलपुर । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ ।कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका (एसईई), कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । तल्लो तहमा सञ्चालन गरिएको परीक्षाको नतिजा आउन ...

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
२०७७ बैशाख ४ गते १६:११

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फ ...

लकडाउनकै बिच डेनमार्कमा विद्यालयहरु खुल्न थाले
२०७७ बैशाख ३ गते १४:५६

लकडाउनकै बिच डेनमार्कमा विद्यालयहरु खुल्न थाले

एजेन्सी ।  नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । प्रतिबन्धहरू खुकुलो गर्ने प्रयासको पहिलो पाइलाका रूपमा डेनमार्कले बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्न सुरु गर ...

हाम्रो विद्यालयसँग प्रतिस्पर्धा गर्ने अन्य विद्यालय नै छैनन्
२०७७ बैशाख ३ गते १४:२९

हाम्रो विद्यालयसँग प्रतिस्पर्धा गर्ने अन्य विद्यालय नै छैनन्

घनश्याम पाठकप्रधानाध्यापक कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवल विद्यालयको समग्र अवस्था कस्तो छ ?समग्रमा भन्नुपर्दा अहिले विद्यालय भौतिक रुपमा सम्पन्न, शैक्षिक उपलब्धिमा अब्बल तथा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सिकाइ गतिविधिमा अग्रसर भई अघि बढिरहेको छ । दुई सेक्टरमा विद्यालय सञ्चालन छ र १३२ व ...

 त्रिवेणी गाउँपालिकाका सबै माविमा नर्सिङ  सेवा
२०७७ बैशाख ३ गते १३:४७

त्रिवेणी गाउँपालिकाका सबै माविमा नर्सिङ सेवा

रोल्पाको त्रिवेणी गाउँपालिकाका १२ विद्यालयमा  नर्सिङ सेवा  सुरु गरिएको छ । नेपाल सरकार र  स्थानीय सरकारको सहयोगमा गाउँपालिकाका ती विद्यालयले नसिङ सेवा  सुरु  गरेका हुन  । विद्यालय नर्सिङ सेवाका लागी  गाउँपालिकाले  खुल्ला प्रतिस्पर्धाको आधारमा १२  जना नर्स ...

पढ्न स्कुलै जानुपर्छ भन्ने छैन
२०७७ बैशाख ३ गते १२:२०

पढ्न स्कुलै जानुपर्छ भन्ने छैन

लकडाउनले असर पुर्‍याएको एउटा महत्त्वपूर्ण क्षेत्र हो, शिक्षा। शिक्षाक्षेत्रमा अबका दिनमा हामीसँग दुई वटा उपाय छन्। पहिलो, आक्रामक ढंगले काम गर्ने।दोस्रो, यस्तै भयो भनेर बिजोग हेरेर बस्ने। अहिले यो क्षेत्रमा यिनै दुइटा कुराको लडाइँ चलिरहेको छ।तत्काल शिक्षा क्षेत्रमा छ वटा काम एकसाथ गर्नु अत्यावश् ...

कोठाबाटै कक्षा
२०७७ बैशाख ३ गते १२:११

कोठाबाटै कक्षा

काठमाडौँ । पाटन बाहुमुखी क्याम्पसका एसोसिएटेट प्राध्यापक देवनारायण यादवको मोबाइलमा आइतबार बिहान साढे ११ बजे आफन्तको फोन आयो । उनले आफू कक्षामा भएकाले पछि गर्छु भन्दै फोन काटे ।उनी ब्यालचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) पहिलो सेमेस्टरका विद्यार्थीलाई कक्षा लिइरहेका थिए। ३६ मध्ये उनको कक्षामा ...

अनलाइनबाटै उच्च शिक्षा
२०७७ बैशाख ३ गते १२:०८

अनलाइनबाटै उच्च शिक्षा

काठमाडौँ । कोभिड–१९ को जोखिमले मुलुक लकडाउनमा रहेका बेला विश्वविद्यालयहरूले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । विश्वविद्यालयले चैत, वैशाख र जेठका पूर्वनिर्धारित परीक्षा तालिका भने स्थगित गरेका छन् ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका इन्जिनिरिङ संकाय र सिभिल इन्जिनिरिङ विभागले आइतबारब ...

डेरामा बस्ने विद्यार्थीलाई राहत : कतै छ, कतै छैन
२०७७ बैशाख २ गते १९:५७

डेरामा बस्ने विद्यार्थीलाई राहत : कतै छ, कतै छैन

काठमाडौँ । चैत्र २७ गते बिहान आरआर क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले लकडाउनका बेला स्थानीय सरकारले वितरण गर्दै आएको प्याकेजमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई पनि समेट्नुपर्ने फेसबुकमा स्ट्याटस अपडेट गरे ।‘उच्चशिक्षा अध्ययन गर्न हरिवनमा अस्थायी रुपमा बसोबास गरिरहेका विद्यार्थ ...

 पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि
२०७७ बैशाख २ गते १३:२४

पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्र ...

खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकलाई शिवपुरी माविले राहत दिने
२०७७ बैशाख २ गते १३:०९

खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकलाई शिवपुरी माविले राहत दिने

काठमाडौं । शिवपुरी मावि महाराजगञ्जले खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकहरुलाई राहत वितरण गर्ने भएको छ । विद्यालयले आफ्नै कोष, दाता र भूपू विद्यार्थीहरुको सहयोगमा आपत् विपत्मा परेका अभिभावकहरुलाई खाद्यान्न वितरण गर्ने भएको हो । कोरोना भाइरस(कोभिड–१९)को त्रासले मुलुक लामो समय ...

बच्चालाई विद्यालय पठाउने कि खेदाउने ?
२०७७ बैशाख २ गते १२:३९

बच्चालाई विद्यालय पठाउने कि खेदाउने ?

हामी अभिभावक, चलाख बनाउने होडबाजीमा बच्चालाई अस्वस्थ र अप्राकृतिक बनाईरहेका छौं ।  ब्रह्माण्डमा हरेक कुराको आफ्नै नियम हुन्छ स्वभाविक प्रक्रिया हुन्छ । बच्चालाई स्वभाविक वृद्धि  र विकासको साटो उनीहरुलाई जबर्जस्ती किताब घोकाईरहेका छौं । हामी सबैमा आफ्नो बच्चालाई बाठो, सिपालु अनि चतुर बनाउने ...

एउटा शिक्षककको कविता :  म पर्खिरहनेछु !
२०७७ बैशाख २ गते १२:११

एउटा शिक्षककको कविता : म पर्खिरहनेछु !

  म पर्खिरहनेछु ! मलाई थाहा छमेरो सपनासँगै जोडिएको थियो आमा बुवाको सपना !त्यति मात्रै हैन,यसै साथ जोडिएका थिए उनीहरूकाकथा र ब्यथा पनि ! छोरोलाई डाक्टर बनाउने उर्जा उनीहरुले गर्ने परिश्रम अनि पसिना घर बारी बन्दकी राखेर लिएको कर्जा !यही सपनामा अडिएको थियोमेरो अनि उनीहरुको भविष्य !यही सपना बिपनामा ...

वैकल्पिक विधिको अध्ययन सुरु
२०७७ बैशाख २ गते ११:०६

वैकल्पिक विधिको अध्ययन सुरु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको ...

फेसबुक लाइभमार्फत परीक्षाफल प्रकाशन
२०७७ बैशाख २ गते १०:५७

फेसबुक लाइभमार्फत परीक्षाफल प्रकाशन

पाल्पा । तानसेन नगरपालिका–९, दमकडा माध्यमिक विद्यालयले लकडाउनका कारण वेबसाइट र फेसबुक लाइभमार्फत् आइतबार वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै सूचना प्रविधिको प्रयोग गरेर २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेको हो । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापक ...

कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
२०७७ बैशाख १ गते १८:४१

कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अ ...

शिक्षण स्वयंसेवक व्यवस्थापन प्रक्रिया स्थगित
२०७७ बैशाख १ गते १०:१८

शिक्षण स्वयंसेवक व्यवस्थापन प्रक्रिया स्थगित

काठमाडौं । विषयगत शिक्षक अभाव टार्न माध्यमिक तहमा शिक्षण स्वयसेवक व्यवस्थापन गर्ने प्रक्रिया सुदूरपश्चिम प्रदेशमा बिथोलिएको छ । कोरोना भाइरस(कोभिड–१९)को महामारीको कारण देखाउँदै सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयले प्रक्रिया अवरुद्ध भएको जनाएको हो ।  शिक्षण स्वयंसेवक व्यवस्थापनका लागि छन ...

थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते १७:५२

थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनामध्ये ३७,४४ र ५५ बर्षका पुरुषमा क ...

विश्‍वविद्यालयमा अनलाइन कक्षा
२०७६ चैत्र ३० गते १७:५०

विश्‍वविद्यालयमा अनलाइन कक्षा

काठमाडौँ । कोभिड–१९ को कारण देश लकडाउनमा रहेको बेला मुलुकका विश्‍वविद्यालयले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । ती विश्‍वविद्यालयले कोरोना भाइरसकै कारण चैत, वैशाख र जेठसम्मका पूर्वनिधारित परीक्षा तालिका भने तत्कालका निम्ति स्थगित गरेका छन् । ‘देश पूर्णरुपमा लकडाउन भएक ...

रोल्पाको विद्यालयमा टर्की पालन
२०७६ चैत्र २९ गते १५:२९

रोल्पाको विद्यालयमा टर्की पालन

रोल्पाको एक माध्यमिक  विद्यालयले टर्कीपालन गरेको छ । प्राविधिक शिक्षालाई बढी   भन्दा बढी प्रयोगात्मक वनाउन तथा विद्यार्थीलाई व्यवसाय उन्मुख गराउदै अर्गानिक उत्पादनमा जोड  दिन विद्यालयले यस्तो कार्यको थालनी गरेको हो ।‘पशु विज्ञान विषयमा  डिप्लोमा दोश्रो वर्षमा अध्ययन गर ...

सामुदायिक विद्यालय निर्विकल्प हुने दिन टाढा छैन
२०७६ चैत्र २९ गते १३:२९

सामुदायिक विद्यालय निर्विकल्प हुने दिन टाढा छैन

प्रेमबहादुर बस्नेतप्रधानाध्यापकनवीन औधोगिक कदर बहादुर रीता मा.वि.देवीनगर, बुटवल–११, रूपन्देही विद्यालयको समग्र अवस्था कस्तो छ ?विद्यालयको समग्र अवस्था राम्रो छ । विद्यालयमा विद्यार्थीहरूको चाप बढ्दो छ । विद्यार्थीहरूको चापको आधारमा भौतिक पुर्वाधारको अभाव छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १ ...

लकडाउनमा अनलाइन कक्षा
२०७६ चैत्र २९ गते १०:०२

लकडाउनमा अनलाइन कक्षा

वीरेन्द्रनगर । दैलेखका भरत थापा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माविमा कक्षा ९ मा पढ्छन् । कोरोना भाइरसको संभावित सक्रमणबाट बच्न नेपालमा ‘लकडाउन’ भएपछि उनी परीक्षा सकेर घर गए । लामो समय विद्यालय बन्द हुने भएपछि उनलाई घर बसिरहन पट्यार लागिरह ...

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील– शिक्षा मन्त्री
२०७६ चैत्र २९ गते ०९:५०

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील– शिक्षा मन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् ।         उनले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क ...

निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने
२०७६ चैत्र २८ गते २०:५९

निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं । निजी विद्यालयहरुले अभिभावकहरुसँग भए महिनाको शुल्क लिन नपाउने भएका छन् । आवास शुल्क बाहेकका सबै शुल्क नलिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको हो ।चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठकले राहतका कार्यक्रम अन्तर्गत यस विषयलाई पनि समेटेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्व ...

सामुदायिक विद्यालयहरुको सही मूल्याङ्कन हुन नसकेकै हो
२०७६ चैत्र २८ गते १७:०३

सामुदायिक विद्यालयहरुको सही मूल्याङ्कन हुन नसकेकै हो

दिवाकर दूरदर्शीप्रधानाध्यापकशिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज विद्यालयको समग्र अवस्था कस्तो छ ?समग्रमा भन्नुपर्दा विद्यालयको अवस्था राम्रो छ । यस विद्यालयको शैक्षिक पक्ष राम्रो छ । गुणस्तरीय शिक्षाका लागि हामी कटिबद्ध छौं । विद्यालयको भौतिक पक्ष सुदृढ छ ।  विद्यालयमा विज्ञान प्रयोगशाला, गण ...

हेर्नुहोस् थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना
२०७६ चैत्र २८ गते १३:४८

हेर्नुहोस् थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

  काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तह ...

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !
२०७६ चैत्र २८ गते १३:२७

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !

जाजरकोट  । 'केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन' भनेर पन्छिनेहरु आजभोलि  कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्ण रूपमा बन्द भएको छ। कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सर ...

त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित
२०७६ चैत्र २८ गते १३:२३

त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स ...

मन्त्रालयद्वारा शैक्षिक क्यालेण्डर र अनलाइन कक्षा सञ्चालनमा सुझाब दिन विज्ञ समिति गठन
२०७६ चैत्र २७ गते २३:४४

मन्त्रालयद्वारा शैक्षिक क्यालेण्डर र अनलाइन कक्षा सञ्चालनमा सुझाब दिन विज्ञ समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन विज्ञहरुको समिति बनाएर अध्ययन–अनुसन्धान थालेको छ । पूर्व विज्ञान मन्त्री गणेश साह संयोजकत्वमा गठित २८ सदस्यीय  समितिमा विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको शिक्षाम ...

रोल्पाका युवाको अगुवाइमा दूरशिक्षा कार्यक्रम
२०७६ चैत्र २७ गते २३:१९

रोल्पाका युवाको अगुवाइमा दूरशिक्षा कार्यक्रम

एसईई दिने  विद्यार्थीलाई लक्षित गरि रोल्पामा  दूरशिक्षा कार्यक्रम सुरु गरिँदैछ । कोरोना भाईरसको महामारीका कारण  लकडाउनको अवधि थपिदै गएपछि रोल्पाका युवाहरुको अगुवाईमा यस्तो कार्यक्रमको थालनी गरिएको हो ।सत्प्रयास समूहको आयोजनामा उक्त कक्षा सञ्चालन गरिने छ । अंग्रेजी, गणित र विज्ञान विष ...

विश्वविद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने
२०७६ चैत्र २७ गते २२:३९

विश्वविद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने

काठमाडौं । विश्वविद्यालयहरुले अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने भएका छन् । कोरोना भाइरसको त्रासले मुलुक लकडाउनमा गएको र स्थिति सामान्य हुन समयलाग्ने भएकाले  उनीहरुले अनलाइनमार्फत् नै कक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँगको अनलाइन बैठकमा व ...

उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
२०७६ चैत्र २७ गते १८:३४

उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौं  ।  काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा  टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिए ...

लकडाउनका बेला दूरशिक्षा ब्यूँताउने सरकारको तयारी
२०७६ चैत्र २७ गते १७:२६

लकडाउनका बेला दूरशिक्षा ब्यूँताउने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिने संकेत देखिएपछि सरकारले दूरशिक्षा ब्यूँताउने तयारी गरेको छ ।अनलाइन, टेलिभिजन र रेडियो आदिमार्फत् पढाउने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।‘संकटका बेला पनि ...

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने
२०७६ चैत्र २७ गते १६:५२

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने

काठमाडौँ । सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ ।कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सि गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय भएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श ...

कोरोना नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयको छुट्टै समिति
२०७६ चैत्र २७ गते १६:४६

कोरोना नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयको छुट्टै समिति

काठमाडौँ । कोरोना भाइरस राेग (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि छुट्टै तयारी अघि बढाएको छ । मन्त्रालयले दुई दिनअघि विज्ञहरूसहितको समिति नै बनाएर अध्ययन–अनुसन्धान थालेको हो । पूर्वविज्ञानमन्त्री गणेश साह संयोजक रहेको उक्त समिति २८ सदस्यी ...

कोरोना जितेका रञ्‍जित भन्छन्  : आत्मबल बढाउनुस्, हेलचक्र्याई नगर्नुस्
२०७६ चैत्र २७ गते १३:३८

कोरोना जितेका रञ्‍जित भन्छन् : आत्मबल बढाउनुस्, हेलचक्र्याई नगर्नुस्

अमेरिका । धादिङका रञ्जित गौली कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन्। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर निको भएका छन्। पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी स ...

आगलागीबाट ४ वर्षीया बालिकाको मृत्यु
२०७६ चैत्र २७ गते १३:३६

आगलागीबाट ४ वर्षीया बालिकाको मृत्यु

बाजुरा । बुढिनन्दा नगरपालिका ९ अगाउपानीस्थित स्थानीयको घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दलबहादुर बोगटीकी ४ वर्षीया छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त दानबहादुर रोकायाले जनकारी दिए।बुधबार दिउँसो बालिका घरमा खेलिरहेको समयमा गोठमा राखिएको परालमा आगलागी ह ...

विदेशमा पढ्ने विद्यार्थीको खोजी
२०७६ चैत्र २७ गते १३:३४

विदेशमा पढ्ने विद्यार्थीको खोजी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको तथ्यांक संकलन सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण उनीहरू प्रभावित हुन सक्ने खतराको विश्लेषण गर्दै मन्त्रालयले तथ्यांक संकलन थालेको हो ।अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीलाई ६ ...

आदर्शले  पनि सुरु गर्‍यो अनलाइन कक्षा
२०७६ चैत्र २७ गते १३:३२

आदर्शले पनि सुरु गर्‍यो अनलाइन कक्षा

स्याङ्जा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अनिश्चित बनेको एसईई (माध्यमिक शिक्षा परीक्षा) ध्यान दिँदै नेपाल आदर्श माध्यमिक विद्यालयले अनलाइनबाट अध्यापन सुरु गरेको  छ। वालिङ नगरपालिका ८ भिमटारीमा रहेको विद्यालयले लकडाउनमा पनि विद्यार्थीले आ-आफ्नै घरमा बसेर पढाइलाई निर ...

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने
२०७६ चैत्र २७ गते १३:०६

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै ...

 अनलाइनबाटै नतिजा प्रकाशन
२०७६ चैत्र २७ गते १२:३६

अनलाइनबाटै नतिजा प्रकाशन

भक्तपुर । चाँगुनारायण नगरपालिकाको एक विद्यालयले भने अनलाइनबाटै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।कतिपय विद्यालय र विद्यालयहरुका छाता संगठनहरुले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका बेला चाँगु ...

 अहिलेसम्म कुनकुन देश र भूभागमा कोरोनाभाइरस भेटिएको छैन ?
२०७६ चैत्र २६ गते २०:३२

अहिलेसम्म कुनकुन देश र भूभागमा कोरोनाभाइरस भेटिएको छैन ?

प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ ? यी दुवै गत सातासम्म कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन् । जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ ।बुधवारसम्म विश्वभरि १ ...

निजी विद्यालय भन्दा कुनैपनि कुरामा कम छैनौं
२०७६ चैत्र २६ गते १८:०८

निजी विद्यालय भन्दा कुनैपनि कुरामा कम छैनौं

बिनिता रंजितप्रधानाध्यापकपञ्चकन्या आधारभूत विद्यालय, काठमाडौं विद्यालयको समग्र अवस्था कस्तो छ ?२०१७ सालमा वैष्णवी टुँडालदेवि मन्दिरको पाटीबाट शुरु भएको यस विद्यालय तत्कालीन वडा अध्यक्ष स्व. भक्त बहादुर खड्काले समुदायका बालबालिकाको पहुँचको लागि स्थापना गर्नुभएको थियो ।  सुकुलको बसाई र १ जना शिक ...

बन्दा बन्दी :  सिक्ने के सिकाउने कसरी ? चाइनामा के गरिदैछ ?
२०७६ चैत्र २६ गते १०:११

बन्दा बन्दी : सिक्ने के सिकाउने कसरी ? चाइनामा के गरिदैछ ?

 बाबुआमा सबै भन्दा पहिलो शिक्षक हुन, घर पहिलो विद्यालय हो । यो सबैले स्वीकार गरेको मान्यता हो । विद्यालयका पर्खाल भत्काउ,  किताव च्यातिदेउ, कलम भाँचिदेउ र प्रकृतिमा जाउ र सिक । विद्यालय चाहिदैन जसले जहाँपनि सिक्न सक्छ । यी प्रकृतिवादी दार्शनिक मान्यता र निर्विद्यालयीय मान्यता सबैले स्वीकार ...

 सामुदायिक विद्यालयका कुरा
२०७६ चैत्र २६ गते ०९:२७

सामुदायिक विद्यालयका कुरा

                               नेपालमा सञ्चालित सामुदायिक विद्यालयहरुमा पछिल्ला दिनहरुमा सरोकारवालाहरुको आकर्षण बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । अ ...

युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको   चिन्ता
२०७६ चैत्र २५ गते २२:०८

युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ ।लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले  मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको ...

युएण्टोको अनलाइन बैठक : शिक्षक महासंघको अपिल हुबहु कार्यान्वयन गर्न निर्देशन
२०७६ चैत्र २५ गते १९:४८

युएण्टोको अनलाइन बैठक : शिक्षक महासंघको अपिल हुबहु कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको छ ।कोरोना भाइरसको त्रासका कारण मुलुक लकडाउनमा जाँदा सांगठनिक गतिविधि ठप्प नहोस् भन्नका लागि अनलाइन बैठक बस्न शुरु गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।यसै ...

लकडाउनमा शिक्षक संघको ‘घरघरमा विद्यालय’ अभियान
२०७६ चैत्र २५ गते १८:५२

लकडाउनमा शिक्षक संघको ‘घरघरमा विद्यालय’ अभियान

काठमाडौं । नेपाल शिक्षक संघले लकडाउनको अवस्थामा ‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गर्ने भएको हो । अभियानमा संघका   संघीय, प्रदेश, जिल्ला र स्थानीय समितिहरु क्रियाशील हुने जनाइएको छ ।संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको ...

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित
२०७६ चैत्र २५ गते १३:५५

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ र क ...