२०७६ फागुन ११ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय
२०७६ साउन २५ गते ०८:१५

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो सुविधा लिने निर्णय गराएका छन्।  त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० (२०७३/९/२० सम्मको संशोधनसहित)मा भएको व्यवस्थालाई लत्याउँदै उपकुलपति खन ...

उच्चशिक्षाको लोभ देखाएर वैदेशिक रोजगारीमा
२०७६ साउन २५ गते ०८:१२

उच्चशिक्षाको लोभ देखाएर वैदेशिक रोजगारीमा

काठमाडौँ । १२ कक्षा उत्तीर्ण सञ्जीव बराल अस्ट्रेलिया पढ्न जाने तयारीमा छन् । उनी काठमाडौंको एक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा अंग्रेजी भाषा सिकिरहेका छन् । त्यही संस्थाले उनलाई अस्ट्रेलियाको युनिभर्सिटी पुग्ने प्रबन्ध मिलाइदिँदै छ । उनले प्रक्रियाका निम्ति एक लाख रुपैयाँभन्दा बढी खर्च ...

विद्यार्थी आकर्षित गर्न विदेशी नाम !
२०७६ साउन २४ गते १०:२५

विद्यार्थी आकर्षित गर्न विदेशी नाम !

काठमाडौँ ।  पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन्– अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा म ...

परीक्षार्थी ओसार्दै एम्बुलेन्स
२०७६ साउन २४ गते १०:२१

परीक्षार्थी ओसार्दै एम्बुलेन्स

राजविराज  । विरामीलाई अस्पताल पुर्‍याउने राजस्व छुटमा ल्याइएका एम्बुलेन्सको सप्तरीमा दुरुपयोग भएको छ । विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुर्‍याउन एम्बुलेन्स प्रयोग भइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको परीक्षामा परीक्षार्थीलाई परीक्षा केन्द्रसम ...

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस
२०७६ साउन २४ गते १०:१७

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस

रोल्पा  । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको छ।  सुन्दा पत्याउनै नसकिने रहे पनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्व ...

सिफारिस थन्क्याएर विश्वविद्यालयमा भागबन्डा
२०७६ साउन २४ गते १०:१५

सिफारिस थन्क्याएर विश्वविद्यालयमा भागबन्डा

काठमाडौँ  । सरकार आफैंले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसविपरीत विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया थालेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सुझाव दिएको थियो । सरकारले भने पुरानै तरिकाअनुसार ...

विद्यालय शिक्षा विकास कार्यक्रम: पौन चार खर्ब ‘बालुवामा पानी’
२०७६ साउन २२ गते ०८:२४

विद्यालय शिक्षा विकास कार्यक्रम: पौन चार खर्ब ‘बालुवामा पानी’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको छ।सरकारले अध्ययन गरेक ...

कार्यालय सहयोगीले पढाउँछन्
२०७६ साउन २२ गते ०८:२२

कार्यालय सहयोगीले पढाउँछन्

सिन्धुली  । सुगमका विद्यालयमा विद्यार्थी संख्या न्यून भए पनि शिक्षकका लागि सधैं आकर्षणमा रहँदै आएको छ । दुर्गमका सामुदायिक विद्यालयमा भने विद्यार्थी धेरै भए पनि शिक्षक अभाव छ । गोलान्जोर–४ स्थित एक सामुदायिक विद्यालयमा शिक्षक अभावले विद्यार्थीहरू एउटै कक्षाकोठामा कोचिएर पढ्न बाध्य छन् । ब ...

टेकामुनि पठनपाठन
२०७६ साउन २२ गते ०८:१८

टेकामुनि पठनपाठन

भरतपुर । चितवनको रत्ननगरस्थित एक विद्यालयमा भूकम्प गएको ४ वर्षपछि पनि टेकाकै भरमा अडिएको भवनमा पठनपाठन भईरहेको छ । जोखिम मोलेरै शिक्षकले विद्यार्थीलाई पढाईरहेका छन् । स्थानीय जनजागृति माध्यमिक विद्यालयको भवनमा भूकम्पले क्षति पुर्‍याएको थियो । दुईतले भवनको बीच भागमा लगाइएको टेकोले पूरै विद्यालयला ...

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग
२०७६ साउन २१ गते २१:५१

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग

काठमाडौँ  । चिकित्सा शिक्षा र सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिवि सेवा आयोगमा भागबन्डाका आधारमा गरिएको नियुक्ति सच्याउन माग गरेका छन् । उनले आयोगमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेमा जोड दिएका छन् । केसीले मंगलबार विज्ञप्ति जारी गरी विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति दलीय ...

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३
२०७६ साउन २१ गते ०८:०६

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

बुटवल । केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढमा रहेको नमुना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खाली भयो। दरबन्दी खालीभएसंगै नयाँ शिक्षक सरुवाका खेल भए। दुई/चार शिक्षकका आवेदन पनि परे। त्यहा सरुवाका लागि कम्तिमा दुई लाख बुझाउनै पर्ने भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक् ...

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर
२०७६ साउन २० गते २२:१०

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर

काठमाडौं  । विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको प्रतिवेदनमा गणित र नेपालीको सिकाई कमजोर रहेको छ। प्रतिवेदन अनुसार गणित भन्दा नेपालीमा कम सिकाई भएको देखिएको छ। जसमा गणितमा ३२ ...

शिक्षक दरबन्दी मिलान गर्दै घोराही उपमहानगर
२०७६ साउन २० गते ०८:३९

शिक्षक दरबन्दी मिलान गर्दै घोराही उपमहानगर

दाङ । घोराही उप महानगरपालिकाले शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु गरेको छ । उप महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु भएको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । जनप्रतिनिधि आएको लामो समय भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरब ...

विद्यार्थी तान्न ‘ग्रिन स्कुल’ कार्यक्रम
२०७६ साउन २० गते ०८:३६

विद्यार्थी तान्न ‘ग्रिन स्कुल’ कार्यक्रम

जुम्ला । सरकारले अनिवार्य र निशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउन सरकारले अनिवार्य र निशुल्क शिक्षाको नाममा अर्बौं बजेट खर्च गरेको छ । जुम्लाका आठै स्थानीय तहले पनि शिक्षा क्षेत्रमा करोडौं बजेट छुटाएका छन् भने दलित छात्र तथा छात्राहरूक ...

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन
२०७६ साउन २० गते ०८:३३

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौं । विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ ...

ईसीडीएफ तालिममा आकर्षण
२०७६ साउन २० गते ०८:२९

ईसीडीएफ तालिममा आकर्षण

काठमाडौं । उच्च शिक्षा हासिल गरेका युवतीको रोजाइमा ईसीडीएफ (प्रारम्भिक वाल्यावस्था विकास सहजकर्ता)को तालिम परेको छ । शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका युवतीहरू ईसीडीएफको तालिममा सहभागी भइ सीप प्रमाणिकरण गरिरहेका छन् । विज्ञान संकायमा स्नातक पुरा गरेका र दुई विधामा स्नातक ...

एमयूका विद्यार्थी आन्दोलित
२०७६ साउन २० गते ०८:२०

एमयूका विद्यार्थी आन्दोलित

वीरेन्द्रनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सहित संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिठ्ठी जुुलुस प्रदर्शन गरेका छन्। उनीहरू ११ बुँदे माग राख्दै एकसातादेखि आन्दोलित भएका छन् ।विश्वविद्यालयका रजिस्ट्रारलाई हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खार ...

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर
२०७६ साउन २० गते ०८:१५

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

धरान । घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार उपकुलपति प्राडा राजकुमार रौनियार र उनका भतिजा डा.रामहरि रौनियारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गर ...

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’
२०७६ साउन २० गते ०८:०९

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी भएको विद्यार्थी र अभिभावकले आरोप लगाएका छन् । विश्वविद्यालयअन्तर्गत मोरङको गोठगाउँमा रहेको जीपी कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर (जीपीसीआर) मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका ...

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार
२०७६ साउन १९ गते ०८:४६

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार

पोखरा  । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिप ...

संकटमा धार्मिक विद्यालय
२०७६ साउन १९ गते ०८:३४

संकटमा धार्मिक विद्यालय

पाँचथर । नेपाली र अंग्रेजीसहितका शिक्षा प्रदान गर्ने विद्यालयबाहेकका विद्यालय पनि खुल्ने क्रम जारी छ । पाँचथर जिल्लामा मात्रै सरकारी मान्यता सहितका त्यस्ता विद्यालय सञ्चालनमा छन् । त,र त्यस्ता विद्यालयमा अरु विद्यालय सरहको सेवा सुविधा राज्यले पु¥याउन नसक्दा संकटमा पर्दै गएका छन् । जिल्लाको जोरपो ...

शिक्षामा करोडौंको बेरुजु
२०७६ साउन १९ गते ०८:२८

शिक्षामा करोडौंको बेरुजु

बारा । बाराका विद्यालयहरूमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय तह बेखबर हुँदा आर्थिक वर्ष २०६५-६६ देखि बाराका विद्यालयको ठूलो रकम बेरुजु देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइले असार १ गते एकाएक बेरुजु रहेका सबै विद्यालयलाई पत्राचार गरी करोडौं बेरुजु रकम फछ्र्योट गर्न ताकेता गरेप ...

गुरुकुलमा नैतिक शिक्षा र संस्कृत पढ्दै बालबालिका
२०७६ साउन १९ गते ०८:०१

गुरुकुलमा नैतिक शिक्षा र संस्कृत पढ्दै बालबालिका

झापा । कमल गाउँपालिका वडा नं.३ की १२ वर्षीया आकृति अधिकारी र ११ वर्षीया प्रकृति अधिकारी स्थानीय एक बोर्डिङ विद्यालयमा पढ्छन् । तर उनीहरु एकाबिहानै घर नजिकै रहेको मुक्तिश्वर शिवालय मन्दिरले सञ्चालन गरेको गुरुकुलमा धार्मिक ग्रन्थ गीता बोकेर पढ्न आउने गर्छन् ।बिहान एकदेखि डेढघण्टा यहाँ पढेपछि बोर्डिङ ज ...

मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु
२०७६ साउन १९ गते ०७:५०

मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु

मुस्ताङ । मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले चालु शैक्षिक सत्रबाट भोट भाषा शिक्षण सुरु गरेको छ। विद्यालयमा स्थानीय भाषा नहुँदा सरकारी स्कुलमा वर्षेनी विद्यार्थी संख्या खस्कँदै गएकाले गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक बजेटमै भाषिक शिक्षा उ ...

२ सय स्थानीय तहमा अझै पुगेन प्राविधिक शिक्षा
२०७६ साउन १९ गते ०७:४५

२ सय स्थानीय तहमा अझै पुगेन प्राविधिक शिक्षा

काठमाडौँ । दुई सय स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच अझै पुगेको छैन । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको थियो । लक्ष्य हासिल गर्न ६ महिनाभित्र नगरपालिका र गाउँपालिका गरी २ सय ६ स्थानीय तहमा प्राविधिक शिक्षासम्बन्धी शै ...

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल
२०७६ साउन १९ गते ०७:४२

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्ति गरेका हुन् । आयोगका सदस्यमा प्राध्यापक हेमराज ढकाललाई नियुक्त गरिएको छ । उनी श ...

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन
२०७६ साउन १८ गते ०९:१९

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले गत मंगलबार सिफारिस समिति गठन गरेका हुन् । समितिमा प्राध्यापक डा. विनिल अर्याल र डिल्लीराज शर् ...

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
२०७६ साउन १८ गते ०९:१२

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

काठमाडौँ  । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर ...

मदरसामै विद्यालय शिक्षा
२०७६ साउन १६ गते १०:२३

मदरसामै विद्यालय शिक्षा

बिर्तामोड । मोहम्मद सावी अन्सारीका ५ छोराछोरी । चार छोराछोरीले उर्दू भाषा पढ्न पाएनन् । यसबाट खिन्न भएका उनले यो वर्ष कान्छा छोरा मोहम्मद समिरलाई बोर्डिङ स्कुलबाट छुटाएर मदरसामा भर्ना गरिदिएका छन् । समिरले मदरसामा उर्दूसँगै बोर्डिङ स्कुलमा जस्तै अंग्रेजी माध्यमबाट सबै विषय पढ्न पाएका छन् । बिर् ...

विद्यालयबाटै प्रहरीको काम
२०७६ साउन १६ गते १०:२१

विद्यालयबाटै प्रहरीको काम

सल्यान । दार्मा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, फारुलाको कामकाज जनज्योति प्राथमिक विद्यालयको भवनबाट भइरहेको छ । भाडामा बस्दै आएको भवन जीर्ण र साघुँरो भएपछि इलाका प्रहरीले विद्यालय भवन प्रयोग गरिरहेको हो । स्थानीय तह गठन हुनु अघिसम्म अस्थायी प्रहरी पोस्ट रहेको कार्यालयलाई इलाकामा रूपान्तर ...

घस्रिएरै १० कक्षा
२०७६ साउन १६ गते १०:१२

घस्रिएरै १० कक्षा

सल्यान  । छत्रेश्वरी गाउँपालिका ६, छाया क्षेत्रका नोखबहादुर सुनारको जन्मँदै कम्मरदेखि मुनिको भाग चल्दैन । २४ वर्षीय सुनारले घस्रिँदै भए पनि शारदा मावि शंखमूलबाट १० कक्षा पास गरे । उनी भन्छन्, ‘म एसईई गरी क्याम्पस पढ्न चाहन्छु, तर पढ्ने वातावरण छैन ।’ विद्यालय जाने क्रममा उनी थुप्रै ...

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास
२०७६ साउन १६ गते ०९:५१

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

भक्तपुर । लाखौं रुपैयाँ पर्ने ईसिजी मेसिन दुईतीनहजार रूपैयाँमा पाइन्छ भन्दा सुन्नेलाई अचम्म लाग्ला।  तर नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीले किफायती मूल्यमा बन्नसक्ने ईसिजी उपकरणको विकास गरेका हुन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ...

नर्सिङ भर्ना कोटामा भागबन्डा
२०७६ साउन १६ गते ०९:३२

नर्सिङ भर्ना कोटामा भागबन्डा

ओखलढुंगा । ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका सञ्चालकले भर्ना कोटामा भागबन्डा गरेका छन्।  सञ्चालकहरूले ६० प्रतिशत कोटा छुट्टाएर बाँकी प्रतिस्पर्धाका लागि राखेको पाइएको छ।  यो संस्थामा नर्सिङ अध्ययनका लागि २० जनाको कोटा छ।  जसमध्ये १२ कोटा बिनाप्रतिस्पर्धा भर्ना गर्न छुट्टाइएको छ।  ...

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा
२०७६ साउन १६ गते ०९:०२

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग रिक्त हुँदा ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको परीक्षा अन्योल भएको छ। विश्वविद्यालयका लागि चहिने विभिन्न विषयका उपप्राध्यापकका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ।विभिन्न कारण देखाउँदै उक्त परीक्षा यसअघि एकपट ...

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति
२०७६ साउन १६ गते ०८:५९

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले अस्वीकृत गरेको छ । विधेयक संसद्मा लैजानुअघि अर्थ र कानुन मन्त्रालयको राय लिनुपर्ने प्रावधान छ । अर्थबाट सहमति लिएर कानुन मन्त्रालय पठाइएको शिक्षा विधेयक अस ...

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा
२०७६ साउन १४ गते २०:१३

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा

बैतडी । समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । विद्यालय किताबखानाको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार ज ...

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?
२०७६ साउन १४ गते २०:०९

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?

बागलुङ । शिक्षा विभागले तीन वर्षअघि दिवा समयमा कक्षा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरे पनि जिल्ला तहको कार्यन्वयनमा शिक्षक बाधक देखिएका छन् । जिल्लामा सञ्चालित १ देखि १२ कक्षासम्मको पढाइ बिहान १० बजेदेखि ४ बजेसम्म पढाउन निर्देश गरे पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षक र भवन ...

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी
२०७६ साउन १४ गते ०७:३६

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी

कञ्चनपुर  ।  केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द् ...

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४
२०७६ साउन १४ गते ०७:३३

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

काठमाडौँ । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परी ...

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो
२०७६ साउन १४ गते ०७:२७

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ। कर्मचारी भर्तीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचारसम्बन्धी मुद्दाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो।विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीले आफूअनु ...

पुरानै ढर्रामा शिक्षक तालिम
२०७६ साउन १३ गते ०८:३०

पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक (सरकारी) विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। ...

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका
२०७६ साउन १२ गते २२:४६

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

लिस्बन ।  पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र ...

प्राविधिक शिक्षालयमा दुई विषय थपिने
२०७६ साउन १२ गते ०८:५२

प्राविधिक शिक्षालयमा दुई विषय थपिने

खोटाङ । जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिए ...

विद्यार्थीहरुको एकराते क्याम्प राखियो
२०७६ साउन ९ गते २२:४९

विद्यार्थीहरुको एकराते क्याम्प राखियो

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल अन्तर्गत सञ्चालित एभरेस्ट स्काउट ग्रुपका ७७ जना स्काउटहरूलाई एक राते २ दिने क्याम्प राखिएको छ ।  क्याम्प चिफ स्काउटर पवन कुमार बल्लको नेतृत्वमा बसेको क्याम्पमा स्काउटहरूले आपैm चुल्हो बनाइ आगो बालेर खाना पकाएका थिए भने क्याम्पफायर, धर्मसाभाका साथै विभिन्न खेलहरू ख ...

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै
२०७६ साउन ९ गते ०९:१६

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै

काठमाडौं । युवाहरुको प्रतिभा प्रस्फुटन गर्न भन्दै युवा मेला आयोजना हुने भएको छ । इन्टरनेशल युथ सोसाइटीको आयोजनामा साउन १० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा  युथ मेला गर्न लागिएको हो । । मेलामा  विद्यार्थीहरुको विभिन्न प्रस्तुतिहरु रहने जनाइएको छ । बुधवार राजधानीमा एक पत्रक ...

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत
२०७६ साउन ९ गते ०९:०६

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

काठमाडौं  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सिनेट बैठकमा प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले राखेका तीनवटै अजेन्डा अस्वीकृत भएको छ । प्रतिष्ठानका रेक्टर विश्वनाथ यादवले उपकुलपति भण्डारीले प्रस्तुत गरेको अजेन्डालाई सिनेटले अस्वीकृत गरेको बताए ।भण्डारी सिनेटमा आर्थिक वर्ष २ ...

नम्बर बढाइएका प्रमाणपत्र रद्द
२०७६ साउन ९ गते ०९:०३

नम्बर बढाइएका प्रमाणपत्र रद्द

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाएर नम्बर बढाएका सुरेन्द्रप्रसाद कोइरालाका शैक्षिक प्रमाणपत्रहरू रद्द गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारको छानबिनबाट अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको पुष्टि भएकाले त्रिवि ...

प्राध्यापक महाधिवेशन अनिश्चित
२०७६ साउन ९ गते ०९:००

प्राध्यापक महाधिवेशन अनिश्चित

काठमाडौँ । विवादबीच तीन साताअघि सुरु नेपाल प्राध्यापक संघको महाधिवेशन नेतृत्व चयन गर्न नसकेर अनिश्चित बनेको छ । वैचारिक संघ/संगठनबीचको भागबन्डा नमिल्दा १६औं महाधिवेशन अस्तव्यस्त बनेको हो । असार १९ गते काठमाडौंमा सुरु महाधिवेशनको उद्घाटन सत्तारूढ र वामपन्थी निकट प्राध्यापकले बहिष्कार गरेका थिए  ...

विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै
२०७६ साउन ८ गते २१:३०

विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै

काठमाडौँ  । विदेश पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्याले पुष्टि गरेको हो । विगत आठ आर्थिक वर्षमा एनओसी लिनेको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ...

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि
२०७६ साउन ८ गते २०:१८

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि

कैलाली । बिहानै नौ बजे। झोला भिरेर विद्यालय जान तयार भए कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ रागामलेखाका दिपेन्द्र आले। कक्षा आठमा पढ्ने आले घरबाट केही मिनेट हिँडेपछि कर्णाली किनारमा पुगेर रोकिए। उनी पुगेको केहीसमयपछि आइपुगिन् सोही ठाउँकी कक्षा १० मा पढ्ने भृकुटी सलामी। सलामीपछि केही बेरमै आइपु ...