२०७६ फागुन ११ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

साक्षर जिल्ला घोषणाको सान्दर्भिकता
२०७४ फागुन १६ गते १०:०१

साक्षर जिल्ला घोषणाको सान्दर्भिकता

सुनसरी । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहुँदै देशको विकासका लागि शिक्षाको ठूलो ...

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी
२०७४ फागुन १६ गते ०९:५४

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी

जाजरकोट । जुनिचाँदे गाउँपालिका– ७ निपानेस्थित पुतली आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला आकाशमुनि पढ्न बाध्य छन् । विद्यार्थी अनुपातमा कक्षाकोठा नहुँदा खुला आकाशमुनि पढाउन बाध्य भएको विद्यालयले बताएको छ ।  सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभ ...

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक
२०७४ फागुन १६ गते ०९:४५

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक

चौथो औद्योगिक क्रान्ति अघिल्ला क्रान्तिहरूभन्दा निकै भिन्न छ । वर्तमान समयमा (डिजिटल युगमा) प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुको सट्टा मानिसको रोजगारी खोसिरहेको छ । यसरी हेर्दा प्रविधिबाट कसले फाइदा लिने त भन्ने प्रश्न अहिले हाम्रा सामु तेर्सिएको छ । स्वचालित तथा प्रविधि सक्रिय सेवाको प्रयोगले ...

कृषि एवं आयुर्वेद क्षेत्रमा छात्रा बढी
२०७४ फागुन १६ गते ०९:३१

कृषि एवं आयुर्वेद क्षेत्रमा छात्रा बढी

मोरङ । भर्खरै १८ वर्षमा पाइला टेकेकी पूर्वी हिमाली जिल्ला संखुवासभा खाँदबारी नयाँबजारकी अञ्जना पराजुलीले एक कुशल किसान बन्ने लक्ष्य राखेकी छन् । उनी भन्छिन्, ‘मूल्यवृद्धि घटाउन कृषि उत्पादन बढाउनै पर्छ ।’   चाँडै सम्पन्न बन्नकै लागि खेतीपाती छाडेर सबै जना अन्य व्यवसायतिर लागेक ...

 १ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै
२०७४ फागुन १५ गते २१:५५

१ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै

काठमाडौं । शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् । विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहि ...

 नयाँ पाठ्यक्रम पढेका साढे ४ लाखले एसईई दिँदै
२०७४ फागुन १५ गते २१:५२

नयाँ पाठ्यक्रम पढेका साढे ४ लाखले एसईई दिँदै

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले चैत दोस्रो सातादेखि लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रम पढेका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।  गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतव ...

विश्वविद्यालयको आन्दोलन फिर्ता
२०७४ फागुन १५ गते २१:४३

विश्वविद्यालयको आन्दोलन फिर्ता

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयविरुद्ध विद्यार्थी र प्राध्यापकले गरेको आन्दोलन फिर्ता लिएका छन्। विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र प्राध्यापकबीच आइतबार र सोमबार छुट्टाछुट्टै सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। विद्यार्थी र पदाधिकारीबीच १० बुँदे र विश्वविद्यालय सुधार समितिबीच ...

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग
२०७४ फागुन १५ गते २१:४०

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

सिन्धुपाल्चोक । भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्। टहरोभित्रै चुहिने हिउँदे शीत र बर्खे झरीमा रुझ्दै पढ्न बाध्य विद्यार्थी चिटिक्क भवन पाउँदा मख्ख छन्। घामपानीबाट, शीत र झरीबाट छुटकारा पाउँदा उनीहरु त ...

राहत शिक्षकले आन्दोलन गर्ने
२०७४ फागुन १५ गते ०९:५६

राहत शिक्षकले आन्दोलन गर्ने

ओखलढुंगा । संघीयता कार्यान्वयनसँगै राहत शिक्षकहरूलाई स्थायीको प्रक्रियामा लानुपर्ने मागसहित देशभरिका राहत शिक्षकहरूले आन्दोलनका लागि मोर्चा निर्माणको अभियानमा जुटेका छन् । उनीहरूले संघ, प्रदेश र जिल्ला तहमा ‘नेपाल राहत शिक्षक संघ’को संरचना निर्माण गर्दै आन्दोलन थालेका हुन् । ओखलढुंग ...

निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी
२०७४ फागुन १५ गते ०९:४४

निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी

  सल्यान । जिल्लामा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेका छन् । पछिल्लो समय अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरूको संख्यामा कमी हुन थालेपछि जिल्लाका विभिन्न विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेका हुन् । सरकारी विद्यालयहरूको श ...

२२२ स्कुलको गुरुयोजना शुरू
२०७४ फागुन १५ गते ०९:३७

२२२ स्कुलको गुरुयोजना शुरू

काठमाडौं । सरकारले देशभर निर्माण हुन लागेको २ सय २२ वटा नमुना विद्यालयको गुरुयोजना तयार गर्ने भएको छ। गुरुयोजना पास भएपछि ती विद्यालयहरूको निर्माण शुरू हुनेछ। शिक्षा विभागले नमुना विद्यालय विकास विद्यालय सुधार गुरुयोजना तयार गर्न स्थानीयस्तरलाई नै जिम्मा दिएको छ। विद्यालयका तर्फबाट कन्सल् ...

कर नतिर्ने विद्यालयमा महानगरको अनुगमन
२०७४ फागुन १५ गते ०९:२७

कर नतिर्ने विद्यालयमा महानगरको अनुगमन

ललितपुर । करको दायरामा नआएका ललितपुरका विद्यालयमा महानगरपालिकाको टोलीले सोमबारदेखि अनुगमन थालेको छ। अनुगमनमा महानगरको आर्थिक समिति संयोजक, राजस्व महाशाखा प्रमुख, वडाध्यक्ष र नगर प्रहरी संलग्न टोली खटिएको छ। टोलीले झम्सीखेलस्थित द ब्रिटिस स्कुल, धोबीघाटमा रहेको डीएभी स्कुल र मानभवनमा रहेको आदर् ...

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न ५ लाख !
२०७४ फागुन १५ गते ०९:१०

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न ५ लाख !

काठमाडौं  । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर ...

काम गर्ने बेला विद्यालयहरुको भ्रमणमा
२०७४ फागुन १४ गते १०:१०

काम गर्ने बेला विद्यालयहरुको भ्रमणमा

ताप्लेजुङ । धमाधम योजना सम्झौता गरी विकास निर्माणमा लाग्ने बेला जिल्लाका जनप्रतिनिधि र कर्मचारी भने भ्रणमा निस्किएका छन्। सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने भन्दै दुईवटा गाडी लिएर ५५ जनाको जम्बो टोली भ्रमणमा निस्किएको हो। ‘देशका नाम चलेका सामुदायिक विद्यालयको अनुगमन नीति, नियम बुझ् ...

अस्थायी शिक्षकका कक्षाकोठाबाटै बिदा हुने इच्छा अधुरै
२०७४ फागुन १४ गते ०९:४८

अस्थायी शिक्षकका कक्षाकोठाबाटै बिदा हुने इच्छा अधुरै

काठमाडौँ  । सुविधा लिएर कक्षाकोठाबाट बिदा हुन चाहने सामुदायिक विद्यालयका ३ हजार अस्थायी शिक्षकको इच्छा शिक्षा मन्त्रालयको बेवास्ताका कारण अधुरै हुने भएको छ । उनीहरू एक वर्षदेखि बाहिरिन चाहे पनि सरकारले जबर्जस्ती परीक्षामा सहभागी हुने गरी ऐन संशोधन गराएर रोकेको छ ।  खुला प्रतिस्पर्धाबाट छा ...

७० हजार विद्यार्थी अझै टहरामा
२०७४ फागुन १३ गते ०७:३०

७० हजार विद्यार्थी अझै टहरामा

हेटौडा । आकाश बादलले ढाकेको छ । जाडोले कठयांग्रिँदै कक्षाकोठामा पढ्न बसिरहेकी छन् अस्मिता चेपाङ । आङमा स्वेटर, ज्याकेट केही छैन । पातलो विद्यालय पोसाकमा पढ्न आएकी उनी बाँसले निर्माण गरिएको टहराभित्रको कक्षा कोठामा छन् । टहराको बाँस मक्किएर भाँचिइसकेको छ । चिसो सिरेटो चौरतिरबाट कक्षा कोठामा छिर्छ । ...

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय
२०७४ फागुन १३ गते ०७:२१

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय

पोखरा । यहाँको बालमन्दिर माध्यमिक विद्यालय यो वर्ष प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यसबापत सरकारले ३८ औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार १ लाख रुपैयाँ दिएको छ । चार नम्बर प्रदेशमा नै उत्कृष्ट भएर उक्त विद्यालयले सामुदायिक विद्यालयको गरिमा बढाउने काम गरेको जिल ...

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने  !
२०७४ फागुन १३ गते ०७:०९

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र्नुभयो र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन् । कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठा ...

अन्तरिम व्यवस्था नहुँदा विद्यालय शिक्षा अन्योलमा
२०७४ फागुन १२ गते १०:५०

अन्तरिम व्यवस्था नहुँदा विद्यालय शिक्षा अन्योलमा

काठमाडौँ । देश संघीयतामा गएसँगै कानुनतः विद्यालय शिक्षा (प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म) स्थानीय सरकारको दायित्वमा गएको छ ।  सरकारले हालै जारी गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएसँगै चैत २८ गतेदेखि देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज हुँदैछन् । अब विद्यालय शिक्षाका सबै क ...

महायज्ञबाट प्राविधिक शिक्षा
२०७४ फागुन १२ गते ०८:०३

महायज्ञबाट प्राविधिक शिक्षा

दमौली  । तनहुँको शुक्लागण्डकी ८ स्थित गाउँफर्कोदय माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको छ । मावि र सहिद कृष्ण क्याम्पसको संयुक्त आयोजनामा महायज्ञ लगाइएको हो । महायज्ञमा संकलित रकमबाट विद्यालय र क्याम्पसको भौतिक पूर्वधार विकास तथा शैक्षिक स्तरको वृद्धि गर्ने विद्यालय व्यवस् ...

बहुभाषिक विद्यालय संकटमा
२०७४ फागुन १२ गते ०७:५७

बहुभाषिक विद्यालय संकटमा

दमक । झापा जिल्लामा सञ्चालित बहुभाषिक विद्यालयहरू संकटमा परेका छन् । आर्थिक तथा प्रशासनिक कठिनाइका कारण बहुभाषिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् ।  जिल्लामा तीनवटा बहुभाषिक विद्यालय सञ्चालित छन् । तीनवटै विद्यालय गौरीगन्ज गाउँपालिकाभित्र पर्दछन् । प्रशासनिक तथा आर्थिक अभावमा गौर ...

विद्यार्थी घटे, बजेट बढ्यो
२०७४ फागुन ११ गते २१:३४

विद्यार्थी घटे, बजेट बढ्यो

काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब ...

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग
२०७४ फागुन ११ गते २१:१९

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग

ललितपुर । प्राथमिक विद्यालय संचालन गर्नका लागी न्युनतम आठ वटा कक्षा कोठा आवश्यक हुन्छन्। एउटा कोठामा सामान्यत ४५ जना विद्यार्थी राखिन्छ। त्यो भन्दा बढी संख्या हुन गएमा अर्को ‘सेक्सन’ मा राख्नुपर्ने मापदण्ड छ। जसका लागी थप अर्को कक्षा कोठा चाहिन्छ। प्राविधिक दृष्टीले ललितपुरमा अझै त ...

भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी
२०७४ फागुन ११ गते २१:०५

भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी

काठमाडौँ । प्रहरीले भारतको बनारसमा एमबिबिएस कक्षामा भर्ना गरिदिने भन्दै लाखौ ठगि गर्दै हिड्ने एक नेपालीलाई पक्राउ गएको छ । विस्तृत घटना विवरण यस्तो छ जिल्ला पर्सा विन्दबासिनी गाउँपालिका बअरुवाभाटा घर भई हाल ललितपुर धोविघाट स्थित डेरा गरी बस्ने वर्ष २९ को रमेश प्रसाद चौहानले भारतको बनारस स्थित बनारस ...

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली
२०७४ फागुन ११ गते २०:४२

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले भने, 'शिक्षा क्षेत्रमा नीतिगत स ...

बोरामै सढे किताब, विद्यार्थी वञ्चित
२०७४ फागुन १० गते १०:३६

बोरामै सढे किताब, विद्यार्थी वञ्चित

धादिङ । कञ्चन तामाङ गणेशकुण्ड माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन्। विद्यालयमा पुस्तकालय हुँदा विद्यार्थीलाई सजिलो हुन्छ, पढ्ने बानी पनि विकास हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ। तर आफ्नो विद्यालयमा पुस्तकालय नहुँदा विभिन्न पुस्तक पढेर ज्ञानको दायरा फराकिलो बनाउने उनको सपना साकार भएको छैन। &lsquo ...

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती
२०७४ फागुन १० गते १०:२८

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

रोल्पा । बिहान ८ बजेपछि रिम्सकी भूमिसरा घर्तीलाई स्कुल हिँड्ने हतारो हुन्छ । घरमा पढ्ने कुरा त परै जाओस्, कहिलेकाहीँ त भात खान पनि भ्याउँदिनन् उनी । बिहान उठ्यो, आमाबुवालाई घरको काममा सघायो, स्कुल जान हतार भइहाल्छ । उनी भन्छिन्, ‘छिटोछिटो खाना खाएर बाटोमा हिँड्दै कपाल कोर्दै गर्नुपर्छ नत ...

सामुदायिक विद्यालयमा छात्रा बढी
२०७४ फागुन ९ गते १०:१८

सामुदायिक विद्यालयमा छात्रा बढी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि ...

विद्यार्थी झुक्याएर प्राविधिक कक्षा
२०७४ फागुन ९ गते १०:०७

विद्यार्थी झुक्याएर प्राविधिक कक्षा

मुगु । खत्याड गाउँपालिकाको श्रीकोटका सर्जन शाहीले डोटीस्थित सेती टे«निङ एन्ड रिसर्च सेन्टरको गमगढीमा शाखा खोली बिद्यार्थीलाई झुक्याएर कक्षा सञ्चालन गरेका छन् । भेटेनरी जेटीएको कक्षा सञ्चालन गर्ने भन्दै अर्कै विषयको कक्षा सञ्चालन गरेर विद्यार्थी झुक्काएका हुन् । विद्यार्थीले शुल्क फि ...

गाउँपालिकामै परीक्षा
२०७४ फागुन ९ गते १०:०४

गाउँपालिकामै परीक्षा

बझाङ । वित्थड चिर गाउँपालिकाले ८ र १० बाहेकका सबै कक्षाको परीक्षा गाउँपालिकास्तरीय गर्ने भएको छ । विद्यालयको कार्यसम्पादनको गुणस्तर मापन गर्न र शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति तर्जुमा गर्न यस्तो निर्णय गरेको हो । ‘विद्यालयले आफै‌ं परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका जाँच ...

जाँदाजाँदै शिक्षामन्त्रीको रोदन
२०७४ फागुन ८ गते ०९:१५

जाँदाजाँदै शिक्षामन्त्रीको रोदन

काठमाडौं ।  २०७४ जेष्ठ २३ गतेदेखि फागुन ३ गतेसम्म जम्मा २ सय ५५ दिन काम गरी बिदा भइसकेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कर्मचारीको बीचमा पत्रकारको खेदो खन्न छाड्नुभएन। आफू राम्रो काम गर्दा पनि पत्रकारले खेदेको खेदै गरेको आरोप लगाउनुभयो। आफू बिदा लिनु अन्तिम दिन सबैलाई धन्यवाद दि ...

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा पढेका ३६ पटकसम्म फेल
२०७४ फागुन ८ गते ०९:०८

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा पढेका ३६ पटकसम्म फेल

काठमाडौं । नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका वेला विदेशमा अध्ययन गरेका चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर आएका चिकित्सकले ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास गर्न नसकेको ...

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै
२०७४ फागुन ८ गते ०९:०५

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै

काठमाडौं ।  आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय ...

समग्र पाठ्यक्रम फेर्ने तयारी
२०७४ फागुन ७ गते ११:०३

समग्र पाठ्यक्रम फेर्ने तयारी

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउनेगरी मस्यौदा तयार पारेको छ । केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारेको हो । सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्नेगरी प्रारूप मस्यौद ...

सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तीव्र
२०७४ फागुन ७ गते १०:४५

सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तीव्र

म्याग्दी । पूर्वाधार निर्माणले तिव्रता पाएसँगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरिँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौं लगानी भइरहेको छ । शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका ...

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत
२०७४ फागुन ७ गते १०:४१

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ । विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि ...

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष
२०७४ फागुन ७ गते १०:२८

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष

बागलुङ  । जिल्लाको निसीखोला–२ स्थित रत्नराज्य माविमा चार दशकयता थुप्रै विद्यार्थी फेरिए । शिक्षकको पनि एउटा पुस्तै फेरिइसक्यो । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने ४३ वर्षदेखि एकै व्यक्ति छन् । अभिभावक नै हरेकपटक उनैलाई निर्विरोध अध्यक्ष चुन्छन् । २०३१ सालमा पहिलोचोटि अध्यक्ष बने ...

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’
२०७४ फागुन ६ गते ०७:४१

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

काठमाडौं । शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि सार्वजनिक शिक्षा भद्रगोल भएको बताएका छन्। शिक्षा पत्रकार समूहको बार्षिकोत्सवको अवसरमा शनिबार अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जबसम्म सावर्जनिक शिक्षा व्यवस्थित हुन्न तबसम्म ...

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक
२०७४ फागुन ६ गते ०७:३३

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक

काठमाडौँ । प्राज्ञिक र साहित्यिक सत्संगमा देखा परिरहने लेखक डा.बानिरा गिरी झन्डै ६ महिनायता बानेश्वरको आफ्नै घरमा ‘गृहबन्दी’ झैं बनेकी छन् । नारी लेखन र हस्ताक्षरमा सशक्त नाम बनाएकी गिरीमा एकाएक कामकुरा भुल्दै जाने लक्षण (एप्रेक्सिया) देखा परेपछि उनी घरेलु रेखदेखमा कोठैभित्र बसिरहन ...

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?
२०७४ फागुन ६ गते ०७:२६

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगद्वारा पदअनकूल आचरण नगरेको र अनियमितता गरेको आरोपमा कारबाही सिफारिस गरिएका ४३ जनालाई कुन कानुनअनुसार कारबाही गर्ने भन्दै शिक्षा मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ । महान्यायाधिवक्ताको रायका आधारमा मात्रै कारबाहीको प्रक्रिया अघ ...

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट
२०७४ फागुन ६ गते ०७:१७

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

गोरखा  । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक् ...

आकर्षण बन्दै बालमैत्री पढाइ
२०७४ फागुन ५ गते ०९:४७

आकर्षण बन्दै बालमैत्री पढाइ

प्युठान । कक्षाकोठामा थरीथरीका सामग्री। हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका छन्। यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ। जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन्। बाहिर निस्कन मान्दैनन्। कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन्। शिक्षिकाले उनीहरूलाई सघाउँछिन्। जनता प्राथम ...

स्कुल जाँदै गर्दा बलात्कृत
२०७४ फागुन ५ गते ०९:३५

स्कुल जाँदै गर्दा बलात्कृत

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मौरीफाँटा (खल्ला) मा विद्यालय जाँदै गरेकी एक किशोरी बिहीबार बीच बाटामै बलात्कृत भएकी छन् । बिहान ९ बजे कृष्ण माध्यमिक विद्यालयमा जाँदै गरेकी ८ कक्षा अध्ययनरत मौरीफाँटाकी १३ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनको घरबाट विद्यालय जाने बाटामा नवदुर्गा सा ...

त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द
२०७४ फागुन ५ गते ०९:३३

त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियुक्ति गर्न लिइसकेको परीक्षासहित विज्ञापन नै रद्द गरेको छ । आफन्तलाई जागिर खुवाउनै उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको छ । त्रिवि कार्यकारी परिषदको पुस ४ को बैठकले ड ...

झोलासँगै बोरा र चटाइ लिएर स्कुल जान्छन् विद्यार्थी
२०७४ फागुन ४ गते ०९:०८

झोलासँगै बोरा र चटाइ लिएर स्कुल जान्छन् विद्यार्थी

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका १ कन्चनपुरटोलमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विधार्थीहरु खुल्ला सडकमै बसेर पढ्न बाध्य छन्। कक्षा १ देखि ५ सम्म्को पठनपाठन हुने उक्त विद्यालयको भवनमा दुईवटा मात्र कोठा भएका कारण अधिकांश विधार्थीहरु विद्यालय अगाडिको खुल्ला सडकमै बसेर पढ्न ब ...

दर्जन विद्यालयका संस्थापक वृद्धाश्रममा
२०७४ फागुन ४ गते ०९:००

दर्जन विद्यालयका संस्थापक वृद्धाश्रममा

बेंसीसहर । टेकनारायण घिमिरे (७७) उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउने अगुवामध्ये एक हुन्। कैयौं वर्षसम्म उनको काम दूरदराजमा विद्यालय स्थापना गर्ने र बालबालिका विद्यालय ल्याएर अध्यापन गराउने थियो। लमजुङको मस्र्याङ्दी गाउँपालिका-६ बाहुनडाँडा लामपाटाका घिमिरेले त्यस क्षेत्रमा यसैगरी १२ विद्यालय ...

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’
२०७४ फागुन ४ गते ०८:५३

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’

रोल्पा । त्रिबेणी २ नुवागाउँ बेरमखोलाका १३ बर्षीय बर्तमान विकले विद्यालय छोडेको २ बर्ष भयो। ४ कक्षा पढेर स्कुल जान छोडेका उनीसंग विद्यालय छोड्नुको कारण छैन्। घर परिवारको शैक्षिक माहोलका कारण उनले बिद्यालय छोडे। सोही गाउँका १२ बर्षीय भुपेन्द्र बिकले पनि विद्यालय छोडेको धेरै भयो। ...

स्कुल नखुल्दै पुगे पाठयपुस्तक
२०७४ फागुन ४ गते ०८:४५

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

जुम्ला । बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। दुर्गम क्षेत्रमा पाठयपुस्तक समयमै नपुगेको गुनासो गर्दै आएका विद्यालयलाई समयमै पाठयप ...

दरबार हाइस्कुलको नक्सामै विवाद
२०७४ फागुन ४ गते ०८:३६

दरबार हाइस्कुलको नक्सामै विवाद

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाइस्कुलको पुनर्निर्माण गर्न चीन सरकारले ठेकेदारसमेत नियुक्त गरिसकेको छ । तर उसले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै नक्सा पासमै विवाद भएको छ । नक्सा पास गर्न बसेको जुरीका सदस्यले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिएको छैन । नक्सा ...

अमेरिकाको एक विद्यालयमा पूर्व विद्यार्थीद्वारा जथाभावी गोली हानी १७ को हत्या
२०७४ फागुन ३ गते १०:४९

अमेरिकाको एक विद्यालयमा पूर्व विद्यार्थीद्वारा जथाभावी गोली हानी १७ को हत्या

अमेरिका  । अमेरिकाको पार्कल्याण्ड, फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा १९ वर्षिय युवकले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।  निकोलस क्रुज नाम गरेका ती युवकले विद्यालयमा गोली चलाउनु पूर्व त्यहाँको ‘फायर अर्लाम’ बजाएका थिए। ती युवकलाई विद्यालयले अनुशान सम्बन्धी क ...