२०७६ मंसिर ६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ
२०७४ असार ६ गते २३:३५

जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ

पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका सव-इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालय विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो। विद्यालयको नाम ...

शिक्षकको कुटाइले हात भाँचियो
२०७४ असार ६ गते २३:२९

शिक्षकको कुटाइले हात भाँचियो

पाल्पा । विद्यार्थीबीचको झगडालाई लिएर प्रधानाध्यापकले यातना दिँदा एक विद्यार्थीको हात भाँचिएको छ । तानसेन–११ बन्दीपोखरास्थित गार्गी माविका प्रअ यादवप्रसाद घिमिरेको कुटाइबाट कक्षा ४ मा अध्ययनरत १३ वर्षीय विक्रम बम्रेलको हात भाँचिएको हो ।शुक्रबारको घटना भए पनि सार्वजनिक भने सोमबार भएको हो । &lsq ...

के पढ्न कति जीपीए चाहिने ?
२०७४ असार ४ गते ००:०३

के पढ्न कति जीपीए चाहिने ?

काठमाडौं । रुकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे । उनले २।८ जीपीए ल्याएका रहेछन् । अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै । ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य भनेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, ...

‘सबै विद्यालयमा अंग्रेजी माध्यम’
२०७४ असार ३ गते २१:३८

‘सबै विद्यालयमा अंग्रेजी माध्यम’

कास्की । चार नम्बर प्रदेशका निर्वाचित जनप्रतिनिधि यहाँका सबै विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउन एकमत भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तह सञ्चालन एवं व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा बिहीबार उनीहरूले यस्तो घोषणा गरेका हुन् । प्रदेशका महानगरपालिका, नग ...

'ग्रेडिङ'ले अल्मलिए विद्यार्थी
२०७४ असार ३ गते २१:२९

'ग्रेडिङ'ले अल्मलिए विद्यार्थी

काठमाडौं । कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हु ...

एसईईमा सबैभन्दा कमजोर नेपाली
२०७४ असार ३ गते ११:५७

एसईईमा सबैभन्दा कमजोर नेपाली

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ । ४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परीक्षा दिएकामा अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् । नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्थात् ९० भ ...

१ लाख विद्यार्थी ११ कक्षा भर्ना हुनै मुस्किल
२०७४ असार ३ गते ११:४५

१ लाख विद्यार्थी ११ कक्षा भर्ना हुनै मुस्किल

काठमाडौं । एसईई परीक्षाको समग्र नतिजा सुधारोन्मुख देखिए पनि एक लाखभन्दा बढी विद्यार्थी ११ कक्षामा भर्ना हुन मुस्किल हुने भएको छ । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुुनसुकै विषय पढ्न पनि अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गर ...

एसईई परीक्षाको नतिजा केहिबेरमै, यसरी हेर्न सकिन्छ नतिजा
२०७४ असार १ गते २३:१७

एसईई परीक्षाको नतिजा केहिबेरमै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं ।  गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा केहीबेरमै सार्वजनिक हुने भएको छ । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।आज बिहान १० बजेभित्रै नतिजा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । त्यसक ...

प्रश्नपत्र इमेल र फ्याक्सबाट
२०७४ असार १ गते २२:५७

प्रश्नपत्र इमेल र फ्याक्सबाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले दुई महिनाअघि लिएको १२ कक्षाको प्रश्नपत्र परीक्षा केन्द्रमा अभाव भएपछि गोपनीयताको ख्याल नगरी इमेल र फोटोकपी गरेर पठाएको पाइएको छ । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रश्नपत्र अपुग भएपछि परीक्षा केन्द्रमा केन्द्राध्यक्षको इमेलमा पठाइएको पुष्टि गरेको हो । ...

रसुवामा पहिलो पटक तामाङ भाषामा पढाई शुरु
२०७४ जेष्ठ ३० गते २३:४२

रसुवामा पहिलो पटक तामाङ भाषामा पढाई शुरु

रसुवा । रसुवामा पहिलो पटक तामाङ भाषामा पढाई शुरु भएको छ । जिल्लाको साबिकका ८ वटा गाउँ विकास समितिमा रहेका सबै प्राथमिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि तामाङ भाषाको पढाई शुरु गरिएको हो । नयाँ संबिधानमा मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्था भएअनुसार तामाङ भाषामा पाठ्यपुस्तक निर्माण गरि पढ ...

शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार
२०७४ जेष्ठ ३० गते २३:३३

शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार

नगरकोट   । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताउनुभएको छ ।रफत सञ्चार क्लबमा ...

विद्यामन्दिरको सफलता: समुदायको सहयोग, कुशल नेतृत्व
२०७४ जेष्ठ ३० गते २३:१४

विद्यामन्दिरको सफलता: समुदायको सहयोग, कुशल नेतृत्व

अछाम । तीनतिर हरियाली जंगलको बीचमा प्रशस्त भवन, ठूलो मैदानको चारैतिर पर्खालले घेरिएको कम्पाउन्ड, मनमोहक वातावरण। बाहिरबाट हेर्दा झट्ट देखिने विद्यामन्दिरको दृश्य जति रमणीय छ त्यस्तै विद्यालयको भित्री अर्थात् शैक्षिक वातावरण पनि लोभलाग्दो छ।माध्यमिक तहसम्मको पढाइमा जिल्लाकै उत्कृष्ट स्थान ओगट्र्दै आए ...

कहिल्यै गयल हुँदैनन् विद्यार्थी
२०७४ जेष्ठ ३० गते २३:११

कहिल्यै गयल हुँदैनन् विद्यार्थी

अछाम ।  अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन् । छात्रछात्रा सबै नियमित पढ्न आउँछन् । उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।जिल्लाका अन्य ९६ विद्यालय र १ सय ७ बालविकास केन्द्रले पनि शिक्षामा राम्रो पहिचान बनाएका छन् । ‘पहिले त आधा दिनमै विद्यालय खाली हुन्थ्य ...

१६औं बालश्रमविरुद्ध विश्व दिवस : बालश्रम बिरुद्ध बालबालिका
२०७४ जेष्ठ २९ गते २३:३८

१६औं बालश्रमविरुद्ध विश्व दिवस : बालश्रम बिरुद्ध बालबालिका

राजविराज ।  'द्वन्द्व र विपदमा बालबालिकालाई श्रमबाट संरक्षण गरौ'भन्ने नाराका साथ सोमबार राजविराजमा बालबालिकाले प्रभात फेरी र नाटक प्रदर्शन गरेर १६औं बालश्रमविरुद्ध विश्व दिवस मनाएका छन्।राजविराज नगरपालिकाको आयोजनामा निकालिएको प्रभातफेरीले बालश्रमविरुद्ध नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । प् ...

आर्थिक अभावले पढाइ छुट्यो
२०७४ जेष्ठ २९ गते २३:३६

आर्थिक अभावले पढाइ छुट्यो

मुगु । सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन् ।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो । आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थ ...

विद्यालयलाई साढे आठ लाखका सामग्री सहयोग
२०७४ जेष्ठ २९ गते २३:३२

विद्यालयलाई साढे आठ लाखका सामग्री सहयोग

पर्वत। पर्वतमा क्रियाशील लायन्स क्लब अफ कुश्मा सिटीले जिल्लाका विभिन्न विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । विपन्न बालबालिकाले अध्ययन गर्ने जिल्लाका नौ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, बोर्ड तथा अन्य शैक्षिक सामग्री गरी रु साढे आठ लाख बराबरका सामग्री सहयोग गरेको हो । जापा ...

परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द
२०७४ जेष्ठ २९ गते २३:१९

परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द

डडेल्धुरा । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ ।असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ । क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्याप ...

अब पीएचडी र एमफिलमा अंकुश
२०७४ जेष्ठ २९ गते ००:५५

अब पीएचडी र एमफिलमा अंकुश

काठमाडौं । न्यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ ।आयोगले यी दुवै उपाधि प्राप्त गर्नुअघि सम्बन्धित व्यक्ति र उपाधि दिने संस्थाले पालना गर्नुपर्ने मापदण्डसहितको कार्यविधि बनाएको छ ...

उच्च शिक्षामा बढ्दै छोरीको पहुँच
२०७४ जेष्ठ २९ गते ००:१७

उच्च शिक्षामा बढ्दै छोरीको पहुँच

काठमाडौं ।  झापाकी संध्या भट्टराई काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेजमा पत्रकारिता विषयको स्नातकोत्तर तह तेस्रो सेमेस्टरकी विद्यार्थी हुन्। उनी गत वर्ष आफनो गृह जिल्लामै स्नातकसम्मको पठनपाठन सकाएर मास्टर्स गर्न काठमाडौं आएकी थिइन्। आमाबुबा दुवै प्राथमिक स्कुलको शिक्षक भएकाले उनलाई उच ...

बौद्धिक चोरी रोक्न नयाँ कार्यविधि
२०७४ जेष्ठ २९ गते ००:०९

बौद्धिक चोरी रोक्न नयाँ कार्यविधि

काठमाडौं । स्वदेशी विश्वविद्यालयबाट एमफिल र विद्यावारिधि (पीएचडी) गर्ने विद्यार्थीले अब बौद्धिक चोरी परीक्षण उत्तीर्ण गरेपछि मात्रै उपाधिको मान्यता पाउने भएका छन् । एउटाले तयार गरेको शोधपत्र (थेसिस) अर्कोले सार्ने प्रवृत्ति बढेपछि विश्वविद्यालय अनुदान आयोगले मुलुकका सबै विश्वविद्यालयले पालना गर्नुपर ...

नियमित पठनपाठनका लागि तालाबन्दी
२०७४ जेष्ठ २७ गते २२:२७

नियमित पठनपाठनका लागि तालाबन्दी

दैलेख । दुल्लु नगरपालिका १३ मालिकास्थित देवी माविमा शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दासमेत गणित विषयको पढाइ नभएको भन्दै विद्यार्थीले ताला लगाएका छन् । गणित विषयकी शिक्षिका पार्वती शर्मा शैक्षिक सत्र सुरु भएदेखि विद्यालयमा उपस्थित नभएको भन्दै विद्यार्थी विरोधमा उत्रेका हुन् । एकै विद्यालय दुई ठा ...

नि:शुल्क खाजाले विद्यार्थी आकर्षित
२०७४ जेष्ठ २७ गते २२:२३

नि:शुल्क खाजाले विद्यार्थी आकर्षित

धनकुटा । एक बजे घन्टी बज्नासाथ बालबालिका नजिकको चमेनागृहतर्फ दौडिन्छन् । विद्यालयले निस:शुल्क खाजा खुवाउन थालेपछि डाँडाबजारस्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको छ ।नियमित खाजा खुवाउने कोषका लागि विद्यालयले नै दैनिक १ रुपैयाँ संकलन अभियान थालेको छ । भानु माविले विशेषगरी पूर्वप्र ...

फिर्ता भएन निजी स्कूलको बढेको शुल्क
२०७४ जेष्ठ २७ गते ०७:४९

फिर्ता भएन निजी स्कूलको बढेको शुल्क

काठमाडौं  । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि निजी विद्यालय सञ्चालकले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगर्दा विद्यार्थी र अभिभावक समस्यामा परेका छन् ।विद्यालय सञ्चालकले मापदण्डविपरीत विद्यार्थीसँग शुल्क उठाएको पाइए पनि त्यस्ता विद्यालयलाई कारबाही र शुल्क फिर्ता गराउन सकिएको छै ...

विद्यार्थीलाई तनाव व्यवस्थापन तालिम
२०७४ जेष्ठ २७ गते ०७:४७

विद्यार्थीलाई तनाव व्यवस्थापन तालिम

काठमाडौं ।  लियो क्लब अफ काठमाडौं निर्बानाको आयोजनामा एक दिने तनाब ब्यबस्थापन कार्यशाला सम्पन्न भयको छ । झापा कलेज, दमक झापाका स्नातकस्तरका विद्यार्थीलाई तनाव व्यवस्थापनका मनोबैज्ञानिक तरिकाहरु बारे प्रशिक्षण दिइएको थियो । कार्यशालामा तनाव व्यवस्थापनका विभिन्न पक्षकाबारेमा जानकारी दिइएको थियो । ...

स्कूलको पर्खाल भत्किदा एकको मृत्यु, एक घाइते
२०७४ जेष्ठ २७ गते ०७:४४

स्कूलको पर्खाल भत्किदा एकको मृत्यु, एक घाइते

गोरखा ।  गोरखाको सिरानचोक ५ छोप्राकस्थित मण्डली माद्यामिक विद्यालयको पर्खाल भत्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।सो विद्यालयको कम्पाण्ड वरीपरीको पर्खाल लगाउँदै गर्दा भत्किएर नवलपरासीको गैडाकोटका २८ बर्षीय गोविन्द सुवेदीको मृत्यु भएको हो ।नवलपरासीको गैडाकोटकै १८ बर्षीय सुवास ...

पीजीको शुल्क निर्धारणमा आलटाल
२०७४ जेष्ठ २७ गते ०७:३९

पीजीको शुल्क निर्धारणमा आलटाल

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले सर्वोच्व अदालतको आदेश र मन्त्रीस्तरीय निर्णय अवज्ञा गर्दै चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को शुल्क निर्धारण गर्न चासो नदिदा भर्ना प्रक्रिया अवरुद्ध भएको छ । महाराजगन्ज चिकित्सा क्याम्पसमा नियमित पढाइ सुरु भए पनि सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी सिफा ...

प्याब्सन आन्दोलित
२०७४ जेष्ठ २७ गते ०७:३५

प्याब्सन आन्दोलित

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) ले शिक्षा नियमावलीमा गलत प्रावधान ल्याउन लागेको र निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको अवमूल्यन गरेको भन्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।धुलिखेलमा सम्पन्न केन्द्रीय समितिको बैठकले घेराउ, तालाबन्दी, तालाचाब ...

शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण  : शिक्षामन्त्री  श्रेष्ठ
२०७४ जेष्ठ २४ गते २३:४४

शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण : शिक्षामन्त्री श्रेष्ठ

प्रकाश सिलवाल काठमाडौँ । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने र नगए पनि हुने प्रवृत्तिलाई चिन्नुपर्छ । अर्कोतिर गुरुको सम्मानमा पनि ह्रास आएको छ । उस्तै परे शिक्षक र विद्यार्थी सँगै चुरोट र रक्सी खाइ ...

प्रअ हुँदा गाउँपालिका अध्यक्षले अनियमितता गरेको भन्दै विद्यालयमा तालाबन्दी
२०७४ जेष्ठ २४ गते २३:२९

प्रअ हुँदा गाउँपालिका अध्यक्षले अनियमितता गरेको भन्दै विद्यालयमा तालाबन्दी

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाही केही समय पहिले कार्यरत विद्यालयमा अनियमितता भएको भन्दै तालाबन्दी गरिएको छ।अध्यक्ष शाही इन्द्रज्योति माध्यमिक विद्यालय थालारैकरमा गत फागुन १५ अघिसम्म प्रधानाध्यापक हुनुहुन्थ्यो। विद्यालयमा भएको अनियमितता सम्बन्धी छानबिन नभएको भन्दै स्था ...

एउटै कक्षामा डेढ सय विद्यार्थी
२०७४ जेष्ठ २४ गते २३:१९

एउटै कक्षामा डेढ सय विद्यार्थी

पर्सा । एउटै कोठामा १ सय ५० विद्यार्थी कोच्चिएर पढदा कोठाको वातावरण कस्तो होला ? यहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अवस्था यस्तै छ । औसत लम्बाई चौडाईका विद्यालयका कक्षा कोठामा १ सय ३० देखि १ सय ५० विद्यार्थी कोच्चिएर पढ्न बाध्यछन् । विद्यालयमा कक्षा कोठाको मात्र नभई र डेस्क बेन्चको समेत अभ ...

कक्षाकोठामा सीसी क्यामरा
२०७४ जेष्ठ २४ गते ११:४४

कक्षाकोठामा सीसी क्यामरा

प्यूठान ।  शैक्षिक सुधारका लागि जिल्लाको एक सरकारी विद्यालयले कक्षा कोठामा सीसी क्यामरा जडान गरेको छ । नौबहिनी गाउँपालिका ८ स्थित लुप्लुङ माविमा जिल्लामै पहिलोपटक जेठ १८ देखि सीसी क्यामरा जडान गरिएको हो ।विद्यालयको शैक्षिक सुधारका लागि क्यामरा जडान गरिएको व्यवस्थापन समिति अध्यक्ष सुवास भण्डारील ...

शिक्षा बजेटको ठूलो हिस्सा पेन्सनमा
२०७४ जेष्ठ २४ गते ००:३३

शिक्षा बजेटको ठूलो हिस्सा पेन्सनमा

काठमाडौं । सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकको सुविधाका लागि विनियोजित बजेट विगत २ वर्षमा ४ अर्ब ५४ करोड रुपैयाँँले वृद्धि भएको छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक दरबन्दी थप गर्दै लैजाने नीति ल्याएसँगै शिक्षकको निवृत्तिभरण (पेन्सन) सुविधाका लागि गर्नुपर्ने लगानी ...

दुई विश्वविद्यालयको आठ वर्षदेखिकोे सम्पत्ति विवाद टुंगियो
२०७४ जेष्ठ २३ गते २३:३८

दुई विश्वविद्यालयको आठ वर्षदेखिकोे सम्पत्ति विवाद टुंगियो

काठमाडौं ।  भौतिक संरचना र जनशक्ति प्रयोगका विषयमा विगत आठ वर्षदेखि चलेको त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको सम्पत्तिको विवाद अन्त्य हुने भएको छ । चितवनको रामपुरमा भएको त्रिविको कृषि क्याम्पस अन्यत्र बनाइदिने र मकवानपुरको हेटौँडामा रहेको वन क्याम्पस त्रिवि आफैँले प्रयोग गर्न पाउ ...

संरचनामा परिवर्तनले पनि भएन सिकाइ
२०७४ जेष्ठ २३ गते २३:१२

संरचनामा परिवर्तनले पनि भएन सिकाइ

काठमाडौं । सरकारले शैक्षिक सुधार गर्ने निहुँमा पटकपटक विद्यालय संरचनामा परिवर्तन गर्दै आए पनि त्यसअनुसार शैक्षिक गुणस्तर कायम गर्न सकेको छैन। ०२८ सालयता चार पटक विद्यालय संरचनामा परिवर्तन भएको छ। तर, त्यसअनुरूप नानीहरूको सिकाइ उपलब्धिमा सकारात्मक सुधार नभएको सरोकारवालाले औंल्याएका छन्।पछिल्लो पटक ० ...

चार दिन विद्यालय बन्द
२०७४ जेष्ठ २३ गते २३:००

चार दिन विद्यालय बन्द

कञ्चनपुर । चर्को गर्मीले बालबालिकालाई आउजाउमा समस्या हुन थालेपछि मंगलबारदेखि ४ दिन विद्यालय बन्द हुने भएका छन् । सोमबार शिक्षक संघ–संगठनका प्रतिनिधिसहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टका अनुसार बर्खे बिदाबाट घटाउने गरी मंगलबारदेखि शुक्रबारसम् ...

शिक्षामन्त्रीको प्रगति विवरण झूटो
२०७४ जेष्ठ २३ गते २२:४५

शिक्षामन्त्रीको प्रगति विवरण झूटो

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले आफ्नो १० महिने कार्यकालमा ३६ वटा कामलाई उल्लेख्य औंल्याउँदै प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक विवरणको चौथो बुँदामा शुक्रबार मन्त्रिपरिषदको विधेयक समितिबाट शिक्षा नियमावली स्वीकृत भएको उल्लेख छ । तर, मन्त्रिपरिषद बैठकले नियमावली पारितको काम ...

विद्यार्थीलाई इँटा बोकाइँदै
२०७४ जेष्ठ २२ गते २३:५१

विद्यार्थीलाई इँटा बोकाइँदै

रामेछाप । बालश्रममा बालबालिकालाई काममा लगाउनु हुँदैन भनेर शिक्षा दिने गुरुहरूले नै पठनपाठनमा पुगेका बालबालिकालाई विद्यालयमा इँटा बोक्ने काम लगाएको घटना सार्वजनिक भएको छ ।वैदेशिक सहयोगमा रामेछापको भीमेश्वर रुद्र मावि चिसापानीको भवन निर्माणका लागि गैरसरकारी संस्था आरआरएनले निर्माण स्थलमा पुर्‍याएक ...

शिक्षकको नियुक्ति पत्र छ, विद्यालय छैन
२०७४ जेष्ठ २२ गते २३:४८

शिक्षकको नियुक्ति पत्र छ, विद्यालय छैन

काठमाडौं । धादिङकी सुनीता अधिकारी शिक्षा कार्यालय मोरङ धाएको तीन महिना भयो । सुरुमा उनी दुई साता विराटनगरै बसिन् । त्यसपछि घरबाट आउने–जाने गरिरहिन् । अहिले बिरामी भएर राजधानीमा उपचार गराइरहेकी छन् ।चितवनका रामचन्द्र पोखरेल पनि विराटनगर धाएको धायै छन् । उनीहरुजस्ता शिक्षा आयोगबाट माध्यमिक विद्य ...

शिक्षा नियमावली संशोधन प्रक्रियामै, पारित भएको हल्ला किन चलाइयो ?
२०७४ जेष्ठ २१ गते २३:५३

शिक्षा नियमावली संशोधन प्रक्रियामै, पारित भएको हल्ला किन चलाइयो ?

   पारित भएको हल्ला किन चलाइयो ? ‘आवश्यक संशोधन पछि मात्रै नियमावली प्रमाणित गरिने’   रोशन क्षेत्री गाउँले काठमाडौं । एकाएक सञ्चार माध्यममा शिक्षा नियमावली पारित भएको हल्ला चलाइयो । शिक्षा मन्त्री धनीराम पौडेलले समेत शिक्षा नियमावली पारित भएको बताउनुभयो । लामो समय प् ...

मेडिकलमा जथाभावी शुल्क नलिन अन्तरिम आदेश
२०७४ जेष्ठ २१ गते २२:५८

मेडिकलमा जथाभावी शुल्क नलिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा विद्यार्थी भर्ना गर्न अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चको आदेशका कारण त्रिभुवन विश्वविद्यालय र चिक ...

निमाविका शिक्षकलाई माविमा लैजाने
२०७४ जेष्ठ २० गते ००:०१

निमाविका शिक्षकलाई माविमा लैजाने

काठमाडौं । शिक्षा ऐन बनेको झन्डै एक वर्षमा शिक्षा नियमावली पारित भएको छ । मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिले शुक्रबार शिक्षा नियमावली–२०७३ पारित गरेको हो । गत १५ असारमा शिक्षा ऐन आठौँ संशोधनको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । नियमावली आउन ढिलाइ हुँदा स्थायी शिक्षकको ...

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा
२०७४ जेष्ठ १९ गते २३:५५

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

ललितपुर । राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।ललितपुर सानेपामा रहेको भारतीय जी लर्नको शाखा किडजीमा अध्ययनरत ११ जना बालबालिकालाई महानगरीय प्रहरी प्रभाग सानेपाले साढे दुई घण्टा सुरक्षित ...

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण
२०७४ जेष्ठ १७ गते २३:३८

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

नुवाकोट । त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।नुवाकोट सहित सात जिल्लामा तामाङ समुदायको भाषा र शैली एकै प्रकारको भएपनि अझै केही अष्पस्टता तथा लवजमा देखिएको असमानतालाई हटाएर एकै प्रकारको बर्ण विन्यास ब ...

नियमविपरीतका विद्यालय कार्बाहीमा
२०७४ जेष्ठ १७ गते २३:२९

नियमविपरीतका विद्यालय कार्बाहीमा

 सिरहा ।  नियमविपरीत वर्षौंदेखि सञ्चालित संस्थागत विद्यालयलाई जिल्ला शिक्षाले अनुगमन गरी कारबाही सुरु गरेको छ । बजार र ग्रामीण क्षेत्रका टोलटोलमा बग्रेल्ती अवैध रूपमा संस्थागत विद्यालय खुल्ने क्रम बढेपछि शिक्षामा विकृति रोक्न शिक्षाले कारबाही थालेको हो ।शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत ...

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द
२०७४ जेष्ठ १६ गते २३:१९

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङ । खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो। शंकास्पद आगलागीमा विद्यालयको २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बनेको छ । सव ...

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै
२०७४ जेष्ठ १६ गते २३:०५

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै

काठमाडौं ।  १० वर्षअघि ०६४/६५ मा मुलुकको कुल बजेटको १६.८ प्रतिशत शिक्षामा छुट्याइएको थियो । ०६७/०६८ मा बढेर १७.११ प्रतिशत पुग्यो । त्यसको अर्को वर्षदेखि भने शिक्षाको बजेट क्रमशस् घटदै गएको छ । चालु आर्थिक वर्षमा ११.०६ प्रतिशत भएको शिक्षाको बजेट ०७४/७५ मा त ९.९१ प्रतिशतमा झरेको छ । पछिल्लो १० व ...

शिक्षकले यातना दिएको आरोप
२०७४ जेष्ठ १६ गते २२:५५

शिक्षकले यातना दिएको आरोप

धरान । दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने मुलुककै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञानचक्षुकी प्रधानाध्यापक केशरी थापाले आर्थिक अनियमितता र शिक्षक विद्यार्थीलाई ‘शारीरिक र मानसिक यातना’ दिएको भन्दै छ शिक्षकले राजीनामा माग गरेका छन् । प्रअ थापा २४ वर्षदेखि काजमा पूर्वाञ्चल ज्ञानचक्षु विद्य ...

अपांगतामैत्री विद्यालय भवन बन्दै
२०७४ जेष्ठ १६ गते २२:५०

अपांगतामैत्री विद्यालय भवन बन्दै

काठमाडौं । जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपांगता भएका व्यक्तिमैत्री भवन बन्ने भएको छ । यस सामुदायिक विद्यालय स्थापना भएको ४८ वर्षपछि नयाँ भवन बन्न लागेको हो । गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल र नेपाल अपांग संघका अध्यक्ष मोहन ...

शिक्षक आन्दोलनले विद्यालय बन्द
२०७४ जेष्ठ १३ गते २३:३७

शिक्षक आन्दोलनले विद्यालय बन्द

लमजुङ । आन्दोलनमा शिक्षकहरू हिँडेपछि मनाङका सबै विद्यालय शुक्रबारदेखि बन्द भएका छन् । शिक्षकहरूले विद्यालय बन्द गरी शुक्रबार शिक्षा कार्यालयमा धर्ना दिए । अति दुर्गम ‘क’ वर्गमा पर्ने मनाङमा राष्ट्रसेवक र शिक्षकलाई सरकारले पोसाक भत्तामा विभेद गरेको भन्दै शिक्षकहरू विद्यालय बन्द गरी शिक्षा ...

निजी छाडेर सामुदायिक विद्यालयमा
२०७४ जेष्ठ १३ गते २१:४३

निजी छाडेर सामुदायिक विद्यालयमा

 तनहुँ । यहाँको एक सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण लोभलाग्दो छ । गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यममा पढाइने भएकाले व्यास–२ को सत्यवती माविमा यस वर्ष ३ सय विद्यार्थी भर्ना हुन आएका छन् । उनीहरू सबैजसो निजी विद्यालयबाट आएका हुन् । निवेदन दिएका झन्डै २५० विद्यार्थीलाई फिर्ता गर् ...