२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

त्रिविको फारम अब अनलाइनबाट
२०७३ चैत्र ७ गते ००:२५

त्रिविको फारम अब अनलाइनबाट

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ...

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा
२०७३ चैत्र ६ गते २३:५७

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा

महोत्तरी । कक्षा १ मा पढ्ने ६ बर्षीया रोशनी माझी सधैं विद्यालय आउछिन्। तर, उनी विद्यालयमा दुई हप्तादेखि रमाएर पढ्न पाएकी छैनन्। फाल्गुण २२ गते राति रोशनी पढ्ने जनजागृत उच्च माध्यमिक विद्यालय गौरीबास (पाटु) बर्दिबासको कार्यालयमा आगलागी भयो।आगलागीले विद्यालयको अभिलेख, कागजपत्र, सरसमान, विज्ञान प्रयोगश ...

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’
२०७३ चैत्र ६ गते २३:५०

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’

लहान । मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक् ...

उपत्यकामा सेमेस्टर प्रणाली
२०७३ चैत्र ६ गते २३:४७

उपत्यकामा सेमेस्टर प्रणाली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसपटकदेखि उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ । त्रिविले दुई वर्षअघि ३९ वटा केन्द्रीय विभागबाट सेमेस्टर सुरु गरेको थियो । त्रिविले यस वर्षदेखि उपत्यकाका २२ आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर सुरु गर्न ल ...

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’
२०७३ चैत्र ६ गते ०९:३६

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’

 स्याङ्जा । आठ महिनाअघि जारी भएको नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई मध्यामिक तह मानेको छ । ऐन जारीसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेको छ । तर, यसअघि कक्षा १२ सम्म सञ्चालन गरिँदै आएका शिक्षालयले अझैसम्म आफ्ना साइनबोर्डबाट ‘उच्च मावि’ हटाएका छैनन् ।उमाविकै लेटर प्याड र छाप प ...

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...
२०७३ चैत्र ६ गते ०९:२९

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...

 दैलेख । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक परीक्षार्थीले छोरा जन्माएकी छिन् । सदरमुकामको त्रिभुवन मावि केन्द्रमा जनता मावि कोटथाप्लाकी १७ वर्षीया पूजा नेपालीले परीक्षा दिइरहेका बेला सुत्केरी भएकी हुन् । बेथा सुरु भएलगत्तै उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।अस्पतालका अनुसार आमाक ...

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै
२०७३ चैत्र ५ गते २१:३७

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका-२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा-१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश ...

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?
२०७३ चैत्र ५ गते ००:२८

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?

बुटवल । रूपन्देही मणिग्रामस्थित गिर्वाण माविको एउटा कक्षामा विद्यार्थी नारायण थारू अंग्रेजी विषयको प्रश्न सुनेर उत्तर बताउँदै थिए। छेउमै बसेकी एउटी छात्राले उनको उत्तरपुस्तिकामा सरसर्ती लेखिरहेकी थिइन्।बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोकेन्द्र रहेको गिर्वाणका अन्य कोठमा भइरहेको ...

ब्रेल लिपिमा लेख्न पाएनन्
२०७३ चैत्र ५ गते ००:०७

ब्रेल लिपिमा लेख्न पाएनन्

पाल्पा ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भने दमकडा माविका सबै दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् । कक्षा, १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरेका थिए । एसईईमा परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीका भरमा देवनागरी लिपिमा ...

केन्द्राध्यक्ष निलम्बित
२०७३ चैत्र ४ गते २३:५७

केन्द्राध्यक्ष निलम्बित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गरेको आरोपमा गौशाला केन्द्रका केन्द्राध्यक्ष आमोद साह निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको टोलीले सिट प्लानविपरीत बोर्डिङ स्कुलका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा दिलाएको पाइएपछि उनलाई निलम्बन गरेको हो ।केन्द् ...

विवादपछि नयाँ क्याम्पस प्रमुख
२०७३ चैत्र ४ गते ११:०७

विवादपछि नयाँ क्याम्पस प्रमुख

रोल्पा । लिबाङस्थित जलजला बहुमुखी क्याम्पस प्रमुखमा विष्णु आचार्य नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको निर्णयअनुसार जनसंख्या विषय पढाउँदै आएका आचार्यलाई नयाँ प्रमुखमा नियुक्त गरिएको हो ।क्याम्पस सहायक प्रमुखमा जनसंख्या विषयकै उपप्राध्यपक गोकर्णप्रसाद पुन नियुक्त हुने भएका छन् । समितिको बैठकबा ...

महिलाले हाँकेका अब्बल स्कुल
२०७३ चैत्र ४ गते ०१:०६

महिलाले हाँकेका अब्बल स्कुल

काठमाडौं । पुरुषभन्दा महिला के कम ? महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।राजधानीको सार्वजनिक विद्यालय एउटा यस ...

बच्चालाई दुध चुसाउँदै, परीक्षा दिँदै छात्रा
२०७३ चैत्र ४ गते ००:१५

बच्चालाई दुध चुसाउँदै, परीक्षा दिँदै छात्रा

जाजरकोट । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउछिन् ।जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ ...

माध्यमिक शिक्षा परीक्षामा ४ हजार अनुपस्थित
२०७३ चैत्र ४ गते ००:०७

माध्यमिक शिक्षा परीक्षामा ४ हजार अनुपस्थित

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको अंग्रेजी विषय परीक्षामा पूर्वबाट करिब चार हजार परीक्षार्थी अनुपस्थित भए । कुल परीक्षार्थी मध्ये छात्रा १ हजार ८ सय ९९ र छात्रतर्फ १ हजार २ सय ९० परीक्षार्थी अनुपस्थित रहेको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।नियमिततर्फ ५ सय ८९ छात्रा र ...

फेसबुकबाट प्रश्नपत्र बाहिरियो : चिट चोर्ने ४४ विद्यार्थीको परीक्षा रद्ध
२०७३ चैत्र ३ गते ११:३७

फेसबुकबाट प्रश्नपत्र बाहिरियो : चिट चोर्ने ४४ विद्यार्थीको परीक्षा रद्ध

महोत्तरी । चैत्र ३ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा चिट चोरी गरेको र परीक्षाको अचारसंहिता विपरित परीक्षा हलमा मोबाइल ल्याएको भन्दै बिहीबार महोत्तरीको विभिन्न परीक्षा केन्द्रबाट ४४ परिक्षार्थी निष्कासित भएका छन् । निष्कासनमा परेका विद ...

चार कैदीबन्दीले दिए माध्यमिक शिक्षा परीक्षा
२०७३ चैत्र ३ गते ११:२९

चार कैदीबन्दीले दिए माध्यमिक शिक्षा परीक्षा

काभ्रे । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ८ हजार ४ सय ४६ परिक्षार्थी सहभागी भएका छन् । जसमा कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका सुरेश श्रेष्ठ र पेमा लामा, सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ कारागारमा नै परीक्षामा सहभागी छन् । ...

सहरकै बालबालिका विद्यालय छाड्छन्
२०७३ चैत्र ३ गते ११:१७

सहरकै बालबालिका विद्यालय छाड्छन्

बाँके । नेपालगन्ज उपमहानगरपालिकास्थित लग्दहवाकी रेणुका खटिक १६ वर्षकी भइन् । दुई वर्षअघि भारतको बाबापुरुवामा बिहे गरेपछि ५ कक्षाभन्दा माथि पढ्न सकिनन् । बिहेपछि कहिले माइती र कहिले घर बस्नुपर्ने र काममा जानुपर्ने हुँदा पढ्न समस्या भएको उनको भनाइ छ । उनकी १५ वर्षीया बहिनी सुधाले पनि बालविवाहका कारण क ...

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित
२०७३ चैत्र ३ गते १०:५०

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

कास्की । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिए । परीक्षामा नियमिततर्फ १० हजार चार सय ६३ र पुनःपरीक्षातर ...

एसईई परीक्षाको पहिलो दिन : नौ बोरा चिट बरामद
२०७३ चैत्र ३ गते ०१:४५

एसईई परीक्षाको पहिलो दिन : नौ बोरा चिट बरामद

महोत्तरी । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच ...

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै
२०७३ चैत्र २ गते २३:२९

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन् । गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन् ।खोल्सा र वनजङ्गलको बाटो ...

प्रश्नपत्र निजी विद्यालयले खोसेर लगे
२०७३ चैत्र २ गते २२:२०

प्रश्नपत्र निजी विद्यालयले खोसेर लगे

ललितपुर ।  परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न नपाइने भन्दै १५ वटा निजी विद्यालयका सञ्चालकहरूले कक्षा ८ को वार्षिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका खोसेर लगेका छन् ।  पाटनढोकास्थित पाटन माध्यमिक विद्यालय स्रोतकेन्द्रमा राखिएका प्रश्नपत्र र उत्तरपुस्तिका उनीहरूले खोसेर लग्नुका ...

परीक्षा केन्द्र फेर्ने निर्णयले परीक्षार्थी चिन्तित
२०७३ चैत्र १ गते २३:३०

परीक्षा केन्द्र फेर्ने निर्णयले परीक्षार्थी चिन्तित

जाजरकोट । गत वर्ष जाजरकोटमा एसएलसीको दशेरा, खुर्पा र झाप्रा परीक्षा केन्द्रमा झाडापखालाको प्रकोप फैलियो । दर्जनौं विद्यार्थी बिरामी परे । उपचारपछि रोग नियन्त्रणमा आयो । दुई वर्षअघि पनि एसएलसी परीक्षा केन्द्र टालेगाउँबाट फैलिएको स्वाइन फ्लु जिल्लाका दर्जन गाउँ विकास समितिमा फैलियो । २७ जनाको ज्यान ग ...

परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड'
२०७३ चैत्र १ गते २३:२५

परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड'

सुर्खेत ।  माध्यमिक शिक्षा परीक्षाअन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिकामैत्री हुने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलोपटक बिहीबारदेखि सुरु हुन लागेको कक्षा १० को परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था हुने भएको हो ...

दशवर्षमा एसइई परीक्षा दिनु अगाडी झन्डै ८ लाख विद्यार्थी हराए
२०७३ चैत्र १ गते २३:१३

दशवर्षमा एसइई परीक्षा दिनु अगाडी झन्डै ८ लाख विद्यार्थी हराए

काठमाडौं । दस वर्षअघि (विसं २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सहभागिता जनाउँदै छन् ।एक दशकको दौरानमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी ब ...

त्रिविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन
२०७३ चैत्र १ गते २३:०७

त्रिविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा  भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एव्म न्यूनीकरण गर्नका लागि व्यवस्थ ...

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण
२०७३ चैत्र १ गते ००:२८

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण

म्याग्दी । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ । एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट ( ...

होली खेलेको रकमबाट शिक्षकलाई तलब
२०७३ चैत्र १ गते ००:२५

होली खेलेको रकमबाट शिक्षकलाई तलब

बैतडीे । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् ।सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्ध ...

चुनाव लड्न शिक्षकले दिए राजीनामा
२०७३ फागुन ३० गते ०७:३३

चुनाव लड्न शिक्षकले दिए राजीनामा

कालिकोट । १८ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जिल्लाका चर्चित तीन शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । बेलाबेला विद्यालय बन्द गर्दै राजनीतिक वृत्तमा देखापर्ने जिल्लाका शिक्षकमध्ये तीनजनाले गत १६ फागुनमा जिल्ला शिक्षा कार्यालय कालिकोटमा आफ्नो राजीनामा पत्र बुझाएका थिए ...

दैलेख साक्षर जिल्ला घोषणा
२०७३ फागुन ३० गते ००:२५

दैलेख साक्षर जिल्ला घोषणा

दैलेख । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनता लेखपढ गर्न जान्ने भएको भन्दै दैलेख जिल्लालाई  साक्षर जिल्ला घोषणा गरिएको छ । दैलेख २४औं साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । जिल्लालाई साक्षर तथा आधारभूत शिक्षा प्रदायक जिल्ला विद्यालय शान्ति क्षेत्र प्रतिबद्धता कार्यान्वयनको घोषणा गरिएको छ । ...

हेडसरको तालिम पाठ्यक्रम परिवर्तन
२०७३ फागुन २९ गते २३:१७

हेडसरको तालिम पाठ्यक्रम परिवर्तन

काठमाडौ । सरकारले सामुदायिक विद्यालयका प्राध्यापकलाई दिइने तालिमको पाठ्यक्रम परिवर्तन गरेको छ । नयाँ पाठ्यक्रमअनुसार एक महिनाको तालिम पूरा गर्न सम्बन्धित प्राध्यापकले एक सय दस दिन समय बिताउनुपर्ने हुन्छ ।नयाँ संरचनाअनुसार यस्ता तलिम लिन चाहने प्राध्यापकले एक महिनाको तालिममध्ये सुरुमा दस दिनको &lsquo ...

निर्देशिकाविपरीत पढाउँदै शिक्षक
२०७३ फागुन २९ गते १०:१७

निर्देशिकाविपरीत पढाउँदै शिक्षक

काठमाडौं ।  विद्यालय शिक्षाको सिकाइ उपलब्धि घट्दै गइरहेका बेला शिक्षकहरूको पढाउने शैलीमाथि विभिन्न प्रकारका टिप्पणी हुने गरेका छन् । शिक्षकहरूले पाठ्यपुस्तकमा मात्र आधारित भएर परीक्षा केन्द्रित अध्यापन गराउने गरेको अधिकांश अभिभावकहरू आरोप लगाउँछन् ।कक्षामा विद्यार्थीको सिकाइ क्रियाकलापविहीन हु ...

काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी
२०७३ फागुन २८ गते २३:१५

काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी

काठमाडौं । सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक ...

प्राविधिक र साधारण शिक्षाको समकक्षता
२०७३ फागुन २८ गते २३:०६

प्राविधिक र साधारण शिक्षाको समकक्षता

काठमाडौं ।  विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले न ...

परीक्षाको नाममा दुईथरि शुल्क
२०७३ फागुन २६ गते २३:५२

परीक्षाको नाममा दुईथरि शुल्क

काठमाडौं । कक्षा आठको परीक्षा शुल्क लिने विषयमा ललितपुरमा विवाद भएको छ । जिल्ला शिक्षा समितिबाट तोकिएको निर्णयलाई लत्याउँदै स्रोत केन्द्रहरुले थप शुल्क लिने निर्णय गरेपछि विद्यालय सञ्चालक आन्दोलित भएका छन् । जिल्ला शिक्षा कार्यालयका कर्मचारी समेत सदस्य रहने समितिले जिल्ला स्तरिय परीक्षा भएका कारण आ ...

 परम्पराको आडमा महिला हिंसा
२०७३ फागुन २६ गते २३:३७

परम्पराको आडमा महिला हिंसा

रुपन्देही । माघ अन्तिम साता बोक्सी आरोपमा रूपन्देहीको सूर्यपुरा–७ क्षेत्रपुरामा आमाछोरी कुटिए । मानसिक रोगी छिमेकी चनमती लोधलाई ‘भेदेको’ आरोपमा मालती र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । पत्रकार र अधिकारकर्मीको पहलमा घटनाको साता दिनपछि कुटपिटमा संलग्न रामवचन लोध र विनोद ...

याज्ञवल्क्यमा आचार्य तह
२०७३ फागुन २६ गते २३:१८

याज्ञवल्क्यमा आचार्य तह

महोत्तरी । स्थापनाको २ सय ७२ वर्षपछि मटिहानीस्थित प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठमा आचार्य तह (एमए) को पढाइ हुने भएको छ । विसं १८०१ मा स्थापित विद्यापीठमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले बिहीबार आचार्य तहको उद्घाटन गरे । थप गरिएको तहमा व्याकरण, साहित्य र सिद्ध ...

विश्वविद्यालय ठप्प
२०७३ फागुन २६ गते २३:०५

विश्वविद्यालय ठप्प

कञ्चनपुर । इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय तीन सातादेखि ठप्प छ । उनीहरू विश्वविद्यालयमा ताला लगाएर रिले अनशनमा छन् । कक्षाकोठा, ल्याब, विषयगत प्राध्यापक र शैक्षिक क्यालेन्डर माग्दै विद्यार्थीले फागुन पहिलो साता महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा ताला लगाएका हु ...

बचतघरदेखि सिद्धबाबासम्म
२०७३ फागुन २४ गते २३:५४

बचतघरदेखि सिद्धबाबासम्म

गुुल्मी । सामुुदायिक विद्यालय भन्नेबित्तिकै पठनपाठनदेखि भौतिक संरचनासमेत स्तरीय हुुँदैन भन्ने आम बुुझाइ छ । यो बुुझाइबाट गुुल्मी पनि अछुुतो छैन । तर यहाँका केही सामुुदायिक विद्यालयले शिक्षाको गुुणस्तरमा मारेको फड्कोले यस्ता बुुझाइलाई विस्तारै ओझेलमा पारिरहेको छ । यस्ता केही सामुुदायिक विद्यालयमध्ये ...

परीक्षा तयारीका सात टिप्स
२०७३ फागुन २४ गते २३:४५

परीक्षा तयारीका सात टिप्स

काठमाडौं । यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक् ...

तालको जानकारी अब विद्यालय शिक्षामा
२०७३ फागुन २४ गते २३:२५

तालको जानकारी अब विद्यालय शिक्षामा

काठमाडौँ । देशको राष्ट्रिय विविधता बचाउन विकास, पर्यटन र पूर्वधारको विकास गर्न विद्यालयस्तरबाटै शिक्षा दिनु पर्ने आवश्यकता भएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनबहादुर शाहीले बताए। सिमसार, रामसार क्षेत्रको विकास नगरे जलवायु संरक्षण र पर्यटन विकास अधुरो हुने भएकाले विद्यालयस्तरबाटै यसको ...

प्रादेशिक पाठ्यक्रममा जोड
२०७३ फागुन २४ गते २३:१४

प्रादेशिक पाठ्यक्रममा जोड

सुर्खेत । प्रदेश नम्बर ६ को शैक्षिक गुणस्तर सुधार र भावी शिक्षा प्रणालीबारे बहस सुरु भएको छ । गुणस्तर र भौतिक सुविधामा कमजोर मानिएको प्रदेशमा प्राकृतिक स्रोत, सामाजिक–सांस्कृतिक परिवेश र भूगोललाई मध्यनजर गरेर पाठ्यक्रम बनाउन सरोकारवालाले सुझाव दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल ...

झण्डै नौ हजार विद्यार्थी दीक्षित
२०७३ फागुन २२ गते ११:३४

झण्डै नौ हजार विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा आइतबार विभिन्न ६ संकायका ८ हजार ७ सय ६४ विद्यार्थी दीक्षित भएका छन । त्यसमध्ये स्नातक तहका ७ हजार २ सय ५८  र स्नातकोत्तर तहका १ हजार ५ सय ८ विद्यार्थी छन् ।दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै कुलपति एवं प्रधानमन्धी पुष्पकमल ...

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा
२०७३ फागुन २१ गते २१:५९

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा

काठमाडौं । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर आठ महिनाअघि विनियोजित रकम खर्च गर्नु त टाढाको कुरा ...

पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा
२०७३ फागुन २१ गते २०:३७

पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा

  तेह्रथुम । तेह्रथुमको वसन्त बहुमुखी क्याम्पस वसन्तपुरका सबै प्राध्यापकले शनिबार बिहानैबाट क्याम्पसको पठन पाठन बन्द गरी आन्दोलन सुरु गरेका छन् ।गत फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका क्रममा अभिभावक क्याम्पस हातामा प्रवेश गरी आफूहरुलाई गालीगलौज तथा अपमानपूर्ण व्यवहार गरी वि ...

शिक्षक संघ लमजुङमा पौडेल पक्षका अधिकारी पुन: निर्वाचित
२०७३ फागुन २१ गते २०:३२

शिक्षक संघ लमजुङमा पौडेल पक्षका अधिकारी पुन: निर्वाचित

लमजुङ । नेपाल शिक्षक संघको अध्यक्षमा पुन: शिवराज अधिकारी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुहरि बास्तोलालाई ९१ मतको अन्तर पार्दै ४ बर्षे कार्यकालका लागि अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।संघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित अधिकारीले ५ सय ८२ र पराजित बास्तोलाले ४ सय ९१ मत पा ...

बालश्रम मुक्त बनाउन पहल
२०७३ फागुन २१ गते ००:२७

बालश्रम मुक्त बनाउन पहल

महोत्तरी । चारकोसे झाडी नजिकको तारेचौरी गाउँलाई बालश्रम मुक्त बनाउने अभियान थालिएको छ । जनजातिका ५१ परिवार बसोवास गर्ने यस गाउँलाई बालश्रम मुक्त बनाउन बस्तीका महिला अग्रसर भएपछि अभियानले सफलता पाउनेमा गाउँले ढुक्क छन् ।बस्तीमा अहिलेसम्म विद्यालय नभए पनि सबै साक्षर रहेकाले गाउँ उदाहरणीय छ । जिल्लामै ...

बालबालिकासँग अन्तर्वार्ता लिन नपाइने
२०७३ फागुन २१ गते ००:२५

बालबालिकासँग अन्तर्वार्ता लिन नपाइने

काठमाडौ । पूर्वस्वीकृतिविना बालबालिकासँग कुनै पनि विषयमा अन्तर्वार्ता लिन नपाइने भएको छ । अभिभावक, शिक्षक वा संरक्षकको पूर्वस्वीकृति लिएर मात्र अन्तर्वार्ता वा समाचार सम्प्रेषण गर्न पाइने व्यवस्थासहित प्रेस काउन्सिल नेपालले बालमैत्री सञ्चार निर्देशिका-२०७३ जारी गरेको छ ।निर्देशिकाको बुंदा नं। ३ को & ...

मजदुरका नानीलाई मालिकको स्याहार
२०७३ फागुन १९ गते २३:२१

मजदुरका नानीलाई मालिकको स्याहार

धादिङ । रंगी-बिरंगी अक्षर र शैक्षिक सामग्री। भित्ताभरी चित्र टाँसिएका छन्। बेलुन झुन्डाइएको छ। 'क, ख, ग...' १, २, ३...' लेखिएका ठुल्ठूला अक्षरले कोठा सजिएका छन्। स–साना बच्चाहरु कोही खेलिरहेका हुन्छन् कोही सुतिरहेका।यो दृश्य एभरेस्ट इँट्टा उद्योगमा स्थापना गरिएको प्रारम्भिक बालविकास केन्द्रको ...

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा
२०७३ फागुन १९ गते २३:१४

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा

पर्वत । विद्यालयमा अध्ययनरत छात्राले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छाड्ने गरेको खबर आइरहने गरेको समयमा उनीहरूलाई गाउँघरमै तयार गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्य र ज ...

अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा
२०७३ फागुन १९ गते २३:०३

अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा

काठमाडौं । अर्काको नामको शिक्षण अनुमति पत्रका आधारमा नियुक्ती लिई जागिर खाइरहेका शिक्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका छन् ।जुम्लाको ताम्सी स्थित जनप्रिय प्राथमिक विद्यालका शिक्षक लोकबहादुर शाही अख्तियारको कारवाहीमा परेका हुन । शाहीले प्रावि दरवन्दीमा नियुक्ती लिएका थिए ।२०६५ चैत ...