२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

दरबन्दी लुकाएर शिक्षक पदस्थापन
२०७३ पुस १३ गते २३:०५

दरबन्दी लुकाएर शिक्षक पदस्थापन

काठमाडौं । शिक्षा विभागले उपत्यकाका तीन जिल्लाबाहेक मुलुकका सबै जिल्लामा माध्यमिक तहका शिक्षकको पदस्थापन गर्ने भएको छ । शिक्षक सेवा आयोगले पछिल्लोपटक सञ्चालन गरेको परीक्षामा देशभरबाट सबै विषयमा ६ सय एकजना शिक्षक उत्तीर्ण भएका थिए ।काठमाडौं, ललितपुर र भक्तपुरमा २०६१ पछिका दरबन्दी रिक्त भए पनि विभागल ...

कक्षा ११ को मौका परीक्षा माघमा
२०७३ पुस १३ गते २३:०१

कक्षा ११ को मौका परीक्षा माघमा

काठमाडौँ ।  जेठ महिनामा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षामा ५८ हजार विद्यार्थी एक विषय अनुत्तीर्ण भएका छन् ।  एक विषय मात्र अनुत्तीर्ण भएका ती विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले माघमा मौका परीक्षा लिँदैछ ।  परीक्षा नियन्त्रक सन्तोष अर्यालले मौका परीक्षामा ५८ हजार ४८३ जना विद् ...

स्नातक चारवर्षे बनाउन सकस
२०७३ पुस १३ गते २२:५६

स्नातक चारवर्षे बनाउन सकस

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै विषयको पढाइ चारवर्षे बनाउने निर्णय गरे पनि मानविकी तथा सामाजिक शास्त्र संकायमा भने समस्या देखिएको छ ।तीन वर्षमा पढाइ भइरहेको विषयलाई चारवर्षे बनाउँदा थप कक्षाकोठा तथा भौतिक संरचना चाहिने र प्राध्यापकको संख्यासमेत बढाउनुपर्ने भएकाले त्रिवि अप्ठेरोमा ...

अनुसन्धानमुलक शिक्षामा जोड
२०७३ पुस १३ गते २२:५३

अनुसन्धानमुलक शिक्षामा जोड

पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा  आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ ।गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बत ...

धनुषाका जिशिअ महतो निलम्वनमा
२०७३ पुस १३ गते ०७:४१

धनुषाका जिशिअ महतो निलम्वनमा

जनकपुरधाम । विशेष अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतो निलम्वनमा परेका छन् । धनुषा आउनुअघि सिरहा जिल्लामा गरेका आर्थिक अनियमितताको आरोपमा उनी सोमबार निलम्बनमा परेका हुन् ।   शिक्षक सरुवा, दरवन्दी मिलान, प्रअ नियुक्ति लगायतमा एक करोड ५० लाख बढी भ्रष्टचार गरेको आरोप महतोमाथ ...

त्रिविमा पर्वतीय बिषयको पढाई
२०७३ पुस १२ गते २३:०७

त्रिविमा पर्वतीय बिषयको पढाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पर्वतीय विषयमा औपचारिक शिक्षा शुरु हुने भएको छ । विश्वमै पहिलो पटक नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको पहलमा त्रिविले व्यवस्थापन संकायमा स्नातक र स्नातोकोत्तर बिषयमा अध्यापन शुरु गर्ने भएको हो ।खुल्ला अध्यन गर्न पाउने गरी स्नातक तहमा आठ सेमेस्टार रहने गरी &lsquo ...

त्रिविमा भागबन्डामा ६ डिन र तीन निर्देशक नियुक्त
२०७३ पुस १२ गते २२:५४

त्रिविमा भागबन्डामा ६ डिन र तीन निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र संस्थानमा दलीय भागबन्डाका आधारमा डिन र निर्देशक नियुक्ति गरिएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले ठूला पार्टीलाई भागबन्डा गरी ६ डिन र तीन अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक नियुक्त गरेको हो । लामो समयदेखि निमित्त र तीनमहिने डिनबाट चल्दै आएको ...

त्रिविमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो
२०७३ पुस १२ गते २२:३१

त्रिविमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ। समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारी ...

विद्यालयलाई शान्ति क्षेत्र बनाउन जोड
२०७३ पुस १२ गते २२:१४

विद्यालयलाई शान्ति क्षेत्र बनाउन जोड

काठमाडौँ । सुरक्षित रूपमा विद्यालय सञ्चालन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । यसका लागि सबै राजनीतिक दल, ती दलका भ्रातृ संस्था तथा सरोकारवाला निकायको सहयोग जरुरी भएको औँल्याइएको छ । विद्यालय शान्ति क्षेत्रमा राजनीतिक दलहरूको प्रतिबद्धता कार्यान्वयन अवस्था विषयक मङ्गलबार राजधानीमा आयोजित एक ...

साङ्केतिक शिक्षक नहुँदा समस्या
२०७३ पुस १२ गते २२:०७

साङ्केतिक शिक्षक नहुँदा समस्या

काठमाडौँ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ ।  शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईमहिने आधारभूत साङ्केतिक तालिम लिएका शिक्षकबाट पढ्नुपर्ने बाध्यता छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल र रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी)ले  आय ...

अन्तिम परीक्षा आयो किताब आएन
२०७३ पुस १२ गते ०१:०२

अन्तिम परीक्षा आयो किताब आएन

जाजरकोट । करिब २० प्रतिशत विद्यालयका विद्यार्थीले अझै किताब पाउन सकेका छैनन् । शैक्षिक सत्रको ९ महिना बितिसक्दा पनि १० हजारभन्दा बढी विद्यार्थी पुस्तकबिना पढिरहेका मात्रै छैनन्, उनीहरूले परीक्षासमेत दिइसकेका छन् । निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीका अनुसार ७ र ८ कक्षालाई कम्प्युटर, ...

आकर्षण विदेशी डिग्रीको
२०७३ पुस १२ गते ००:४३

आकर्षण विदेशी डिग्रीको

काठमाडौ । पछिल्ला वर्षहरूमा एमबीएको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि रोजाइको विषय बनेको छ विदेशी डिग्री पनि । अहिले मुलुकभित्र विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका संस्थाहरू एक दर्जनभन्दा बढी छन् ।स्वदेशी विश्वविद्यालयको तुलनामा स्तरीय पाठ्यक्रम, समयमै परीक्षा ...

आईओएमको ताला २३ दिनपछि खुल्यो
२०७३ पुस १२ गते ००:३७

आईओएमको ताला २३ दिनपछि खुल्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति वरिष्ठतामात्र नभई योग्यता, कार्यदक्षता, लगावलगायत आधारमा गर्न सहमत भएको छ ।त्यसका लागि संस्थानका पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदन थप छलफलसहित सिनेट बैठकबाट पारित गरी कार्यान्वयनमा ...

पुस १४ मा त्रिविको दीक्षान्त समारोह
२०७३ पुस १२ गते ००:२३

पुस १४ मा त्रिविको दीक्षान्त समारोह

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४२औँ दीक्षान्त समारोह आगामी पुस १४ गते आयोजना गरिने भएको छ ।  त्रिवि इञ्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।  त्रिवि परीक्षा नियन्त्रक के ...

विद्यालयको सूक्ष्म अनुगमन सुरु
२०७३ पुस ११ गते २३:४८

विद्यालयको सूक्ष्म अनुगमन सुरु

काठमाडौँ ।  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन विद्यालय तहमा ‘सूक्ष्म अनुगमन’ सुरु गरिएको छ ।  विगतमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरूले सरसर्ती विद्यालय भौतिक संरचना र प्रधानाध्यापकसँग छलफल गरी अनुगमन गर्ने गरेकोमा अब ...

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै
२०७३ पुस १० गते २२:५०

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै

पाल्पा । मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् । मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी ...

शिक्षकलार्इ तलब खुवाउन माछा र कुखुरा पालन
२०७३ पुस १० गते २२:४१

शिक्षकलार्इ तलब खुवाउन माछा र कुखुरा पालन

जाजरकोट । विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन जाजरकोटको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ।जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सोे व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी ...

विद्यालयमा आगजनी
२०७३ पुस १० गते २२:३६

विद्यालयमा आगजनी

पर्वत । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् ।राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवे ...

माकाजुलाई उपकुलपति बनाउन लबिइङ
२०७३ पुस १० गते २२:२४

माकाजुलाई उपकुलपति बनाउन लबिइङ

काठमाडौं । काठमाडौं विश्वविद्यालयका निर्वतमान उपकुलपति डा. रामकण्ठ माकाजुलाई दोस्रो पटक सोही पदमा नियुक्ति दिलाउन नेताका घर–घरमा लबिइङ सुरु भएको छ । उपकुलपति छनोट समितिका सदस्यहरू सुरेशराज शर्मा र दमननाथ ढुंगाना आफ्नो पक्षमा भए पनि शिक्षामन्त्री धनीराम पौडेलले विकल्प खोजेपछि काभ्रेका राजनीतिक ...

के पढ्दै छन् नायिकाहरू ?
२०७३ पुस १० गते २२:२०

के पढ्दै छन् नायिकाहरू ?

 काठमाडौं । दिनभरिको सुटिङको व्यस्तताले थकित हुँदा नायिका केकी अधिकारी रिफ्रेस्मेन्ट खोज्न थाल्छिन् । झोलामा हमेसा कुनै न कुनै पुस्तक रहेकै हुन्छ । उनी सुटिङको ब्रेक टाइममा पनि पुस्तक निकाल्छिन् र पढ्न थाल्छिन् ।‘समय पास गर्ने गतिलो साधन पुस्तक नै लाग्छ,’ फिल्मवृत्तमा पढन्ते नायिका ...

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै: एक प्राध्यापकको भागमा १३ विद्यार्थी
२०७३ पुस ९ गते २१:२६

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै: एक प्राध्यापकको भागमा १३ विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ । विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ ।त्रिविको आंगिक क्याम्पसमा एकै वर्षमास्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन् । त्रिवि ...

पाटनको एमबीबीएस प्रवेश परिक्षाको दुवै नतिजासूची बदर गर्न निर्देशन
२०७३ पुस ९ गते २१:१९

पाटनको एमबीबीएस प्रवेश परिक्षाको दुवै नतिजासूची बदर गर्न निर्देशन

काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि गत कार्तिकमा लिएको प्रवेश परिक्षाको पहिलो र दोस्रो नतिजा सूचीलाई बदर गर्न निर्देशन दिनुका साथै त्यसका जिम्मेवार कर्मचारीहरूलाई कारवाही गर्न सिफारिस गरेको छ ।  प्रतिष्ठानले गत मंसिर १५ र १७ मा प्रका ...

प्रधानमन्त्रीले समय नदिँदा उपकुपति छान्न ढिलाइ
२०७३ पुस ९ गते २१:१२

प्रधानमन्त्रीले समय नदिँदा उपकुपति छान्न ढिलाइ

काभ्रे । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति पुष्पकमल दाहालले उपकुलपति छनोट समितिका सदस्यहरूलाई समय नदिएपछि दुई सातादेखि रिक्त रहेको उपकुलपति टुंगो लाग्न सकेको छैन । केयू सभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य रहेको छनोट समिति गठन ...

विद्यालय हातामै शवदहन !
२०७३ पुस ९ गते २१:०६

विद्यालय हातामै शवदहन !

सिन्धुपाल्चोक । हिमाली भेग मेलम्चीघ्याङस्थित जिल्लाकै नमुना विद्यालय मेलम्चीघ्याङ माविको हातामै शव दहन सुरु गरिएपछि पढाइ प्रभावित भएको छ । बालबालिकामा त्रास छाएको छ । शव देखेर विद्यार्थी डराउनुका साथै डढाएको गन्धले उनीहरू बिरामी पर्ने गरेको शिक्षक बताउँछन् । यसले विद्यार्थीमा मनोवैज्ञानिक असर गरिरह ...

नियमावली टुङ्गो नलाग्दा शैक्षिक क्षेत्र अन्योलमा
२०७३ पुस ९ गते २०:४७

नियमावली टुङ्गो नलाग्दा शैक्षिक क्षेत्र अन्योलमा

काठमाडौँ ।  सार्वजनिक विद्यालयमा आमूल सुधारको अपेक्षासहित शिक्षा ऐन २०२८ मा संशोधन भएको ६ महिना बितिसक्दा पनि शिक्षा नियमावलीले अझै पूर्णता पाउन सकेको छैन ।  विद्यालय तहको शिक्षा र खासगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकतामा राखी बनेको शिक्षा ऐन, २०२८ आठौँ संशोधन प्र ...

केयुको विद्यार्थी कल्याण परिषद्को निर्वाचन स्थगित
२०७३ पुस ९ गते ०७:२१

केयुको विद्यार्थी कल्याण परिषद्को निर्वाचन स्थगित

कार्भे । काठमाडौं विश्वविद्यालय (केयु)को विद्यार्थी कल्याण परिषद्को निर्वाचन शुक्रवार बेलुका स्थागित भएको छ । विद्यार्थी संगठन र केयु प्रशासनबीच उत्पन्न विवादका कारण कल्याण परिषद्को निर्वाचन स्थागित भएको हो । विद्यार्थीहरुको माग सम्बोधन गर्दै केयुले शुक्रबार विद्यार्थी कल्याण परिषद्को निर्वाचन गरेत ...

हिलोमा कलिला हातहरू
२०७३ पुस ९ गते ०७:११

हिलोमा कलिला हातहरू

भक्तपुर । सिन्धुलीका १२ वर्षीय कान्छामान मोक्तान भक्तपुर जगातीस्थित एक इँटाभट्टामा काम गर्छन् । सिन्धुलीकै नवज्योति उमाविमा कक्षा ४ मा अध्ययनरत कान्छामान पढाइ छाडेर डेढ महिनायता इँटा बनाउनै व्यस्त हुन्छन् । बुबाले घर छोडेर हिँडेपछि दाइको साथ लागेर इँटाभट्टामा मजदुरी गर्न आएको उनी बताउँछन् । ‘ ...

विद्यालय गाभ्न प्राथमिकता
२०७३ पुस ९ गते ०६:५७

विद्यालय गाभ्न प्राथमिकता

जुम्ला । जिल्ला शिक्षा समिति जुम्लाले सर्वसुलभ, निःशुल्क र अनिवार्य शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि शैक्षिक सुधार तथा गुणस्तर व्यवस्थापन गर्न १५ बुँदे नीतिगत निर्णय गरेको छ ।सोअनुसार विद्यालय समायोजन प्राथमिकतामा परेको छ । सो निर्णयको प्रतिवेदन तयारीका लागि जिल्लाका पार्टी प्रतिनिधि, पेस ...

विद्यालयमा राजनीतिक हस्तक्षेप
२०७३ पुस ८ गते ०९:३०

विद्यालयमा राजनीतिक हस्तक्षेप

धादिङ । शिक्षा कार्यालयले तोकेर पठाएको प्रधानाध्यापकलाई प्रावि तहका कनिष्ठ शिक्षकले नमानेर कुर्ची नछोडेपछि नीलकण्ठ नगरपालिका–६ मा रहेको भैरवी माध्यमिक  विद्यालयमा कार्यरत शिक्षकहरुले १४ महिनादेखि तलब खान पाएका छैनन् ।विगत लामो समयअघिदेखि प्रधानाध्यापक नियुक्तिको विषयमा शिक्षकहरुबीच विवाद ...

पूर्व शिक्षामन्त्रीलार्इ पिएचडीका लागि अन्तराष्ट्रिय पुरस्कार
२०७३ पुस ८ गते ०९:०२

पूर्व शिक्षामन्त्रीलार्इ पिएचडीका लागि अन्तराष्ट्रिय पुरस्कार

काठमाडौँ । पूवशिक्षा मन्त्री एवम् नेकपा (एमाले)का सांसद डा गङ्गालाल तुलाधरले उत्कृष्ट शोधबापतको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकाछन् ।जापानको सिमानी विश्वविद्यालयले डा तुलाधरले विद्यावारिधिका लागि प्रस्तुत गरेका शोध अनुसन्धानबापत उनलाई सो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारक ...

शिक्षक र मन्त्रालयबीच जुहारी,शिक्षक पदस्थापनमा ढिलाइ
२०७३ पुस ७ गते २१:५५

शिक्षक र मन्त्रालयबीच जुहारी,शिक्षक पदस्थापनमा ढिलाइ

काठमाडौं । शिक्षा मन्त्रालय र शिक्षकबीच कुरा नमिल्दा एक महिनाअघि स्थायी प्रतिस्पर्धाबाट छनोट भएका सामुदायिक विद्यालयका शिक्षकको पदस्थापनमा ढिलाइ भएको छ । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि आह्वान गरेको विज्ञापनमा मुलुकभरबाट क्षेत्रबाट ६ सय ११ जना उत्तीर्ण भएका थिए । अन्तर्वार्ताको नतिजा प्रकाशित ...

बालविकासमा विद्यार्थी बढे
२०७३ पुस ७ गते २१:०६

बालविकासमा विद्यार्थी बढे

  सल्यान । बालविकास केन्द्रमा बालमैत्री बसाइ व्यवस्थापनसँगै बालबालिका आउने क्रम बढेको छ । केन्द्रहरूले बस्ने कुसन, खेलौना, बसेरै पढ्न र लेख्न सक्ने, सुत्ने सुविधा तथा सरसफाइमा ध्यान दिँदा परिवर्तन आएको हो ।स्थानीय जनकल्याण आधारभूत विद्यालय स्यालागाउँ दार्माकोटस्थित केन्द्रमा गत वर्षसम्म २ जनामा ...

स्कुल चलाउन स्थानीयले दिए २१ लाख चन्दा
२०७३ पुस ६ गते २१:०१

स्कुल चलाउन स्थानीयले दिए २१ लाख चन्दा

बागलुङ । जिल्लाको अधिकारीचौरस्थित विद्या विकास माध्यमिक विद्यालयलाई स्थानीयवासीले २१ लाखभन्दा बढी रकम चन्दा सहयोग गरेका छन् ।चालु शैक्षिकसत्रदेखि मावि तह सुरु गरेको विद्यालय आर्थिक समस्यामा परेपछि गाउँलेले रकम जुटाएका हुन् । विद्यालय प्रभावित क्षेत्रका ५० भन्दा बढी घरधुरीबाट २१ लाख २८ हजार रुपैयाँ आ ...

चन्दा उठाएर शिक्षकलाई तलब
२०७३ पुस ६ गते २०:२८

चन्दा उठाएर शिक्षकलाई तलब

  नवलपरासी । दरबन्दी अभावको कारण जिल्लाको विकट पहाडी नरम–७ ल्हापेमा रहेको लक्ष्मी निम्न माध्यमिक विद्यालयका शिक्षकलाई स्थानीयले चन्दा उठाएर तलब खुवाउने गरेका छन् । अभिभावकले चौमासिक रकम उठाउने गरेका छन् । दरबन्दी अभावका कारण निजी स्रोतका शिक्षकलाई स्थानीयले चौमासिक रकम उठाएर तलब खुवाउने ग ...

अस्थायी शिक्षकको रुचि परीक्षाभन्दा ‘गोल्डेन ह्यान्डसेक’मा
२०७३ पुस ६ गते २०:०७

अस्थायी शिक्षकको रुचि परीक्षाभन्दा ‘गोल्डेन ह्यान्डसेक’मा

सोलुखुम्बु । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा रहेका अस्थायी शिक्षकमा स्थायी शिक्षकका लागि हुने परीक्षामा भन्दा ‘गोल्डेन ह्यान्डसेक’को सुविधामा लिने बढी देखिएका छन् ।सरकारले शिक्षा ऐनको आठौँ संशोधनमा गरेको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्उान्डसेक’मा अवकाश ...

विद्यार्थी भर्ना प्रक्रिया सरल बनाउन ध्यानाकर्षण
२०७३ पुस ५ गते २२:०४

विद्यार्थी भर्ना प्रक्रिया सरल बनाउन ध्यानाकर्षण

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्साशास्त्र शिक्षातर्फको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना प्रक्रियालाई सरल एवं सहज बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।  कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातसहित अख्तियारका सबै आयुक्तको उपस्थितिमा मङ्गलबा ...

निम्न माध्यमिकका शिक्षकको रिजल्ट माघ भित्रै
२०७३ पुस ५ गते २१:२९

निम्न माध्यमिकका शिक्षकको रिजल्ट माघ भित्रै

काठमाडौं । शिक्षक सेवा आयोगले माघ महिनाभित्र निम्न माध्यमिक तहका सबै विषयको नतिजा प्रकाशित गर्ने भएको छ । हाल परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणको कार्य सञ्चालन भइरहेकोले माघको दोस्रो साताभित्र लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा आयोग जुटेको हो ।नतिजा प्रकाशनसँगै एक हजार एक सयभन्दा बढी शिक ...

भूकम्पबाट ध्वस्त विद्यालय भवन निर्माण हुँदै
२०७३ पुस ५ गते ०२:१०

भूकम्पबाट ध्वस्त विद्यालय भवन निर्माण हुँदै

मेलम्ची । भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा अहिले जिल्लाका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् भने दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ ।जिल्लाको विकट तथा केही नजिकका गाविस ...

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप
२०७३ पुस ५ गते ००:३९

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

बनेपा ।  गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु)पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अग्रणी यो  संस्थाको भविष्य राजनीतिक भागबन्डाकै कारण अन्योलग्रस्त बन्दै छ।मंसिर २६ गते केयु उपकुलपति  ...

स्थापनाको छ महिनासम्म राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन
२०७३ पुस २ गते २२:२७

स्थापनाको छ महिनासम्म राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन

काठमाडौँ । विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट क ...

असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी
२०७३ पुस २ गते २२:२३

असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

म्याग्दी । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ ।  विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भ ...

जातीय आधारमा दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि
२०७३ पुस २ गते २१:४५

जातीय आधारमा दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि

काठमाडौं । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पु ...

इन्जिनियरिङ पढ्ने विद्यार्थी नै नक्कली नोटका कारोबारी !
२०७३ पुस २ गते २०:५९

इन्जिनियरिङ पढ्ने विद्यार्थी नै नक्कली नोटका कारोबारी !

बेसीशहर । मंसिर २४ गतेबाट शुरु भएको लमजुङको महोत्सवमा दिनहुँ एउटा नयाँ हजारको नोट फेला पथ्र्यो । सक्कली र नक्कली नोटबारे खासै जानकारी नभएका महोत्सवको टिकट काउण्टरका व्यक्ति तबमात्रै झस्कीए, जब बैंकमा जम्मा भएको रकम बैंकले फिर्ता गरीदियो ।नक्कली नोट पत्ता लागेपछि बैंकले चनाखो हुन महोत्सवको टिकट व्यवस ...

बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित
२०७३ पुस २ गते २०:५३

बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल  प्रकाशन गरिएको छ ।परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई व ...

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’
२०७३ पुस २ गते २०:४३

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

सर्लाही । सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे। गाविस कार्यालयमा आयोजित सेखौना गाविसलाई बालविवाह मुक्त गाविस घोषणाको पूर्व तयारी का ...

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको चिनियाँ पुस्तक केन्द्र स्थापना हुँदै
२०७३ पुस २ गते २०:३९

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको चिनियाँ पुस्तक केन्द्र स्थापना हुँदै

काठमाडौं । छिमेकी चीनले दक्षिण एसियामा नै पहिलो अन्तर्राष्ट्रिय स्तरको चिनियाँ पुस्तक केन्द्र स्थापना गर्ने भएको छ । चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण विभागको सहयोगमा उक्त केन्द्र काठमाडौंमा स्थापना हुने भएको हो । चिनियाँ राष्ट्रपति सि जिनपिङको चिनियाँ शासन सम्बन्धी पुस्तक समेत नेपालीमा अनुवाद गरे ...

केयु कार्यवाहक उपकुलपतिमा थापा
२०७३ पुस २ गते २०:३४

केयु कार्यवाहक उपकुलपतिमा थापा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले विश्वविद्यालयका रजिस्ट्रार भोला थापालाई कार्यवाहक उपकुलपति नियुक्त गरेका छन् । उनी साढे तीन वर्षदेखि विश्वविद्यालयका रजिस्ट्रार थिए । ०६२ मा इन्जिनियरिङ विभागको डिन भएका थिए ।थापाले ...

शिक्षकलाई रोजाइ : पार्टी कि जागिर
२०७३ पुस २ गते ०३:०३

शिक्षकलाई रोजाइ : पार्टी कि जागिर

गोरखा । गोरखामा क्रियाशिल राजनीतिक दलले शिक्षकलाई पार्टीका कार्यसमितिमा सामेल नगराउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले शिक्षकलाई कुनै पनि समितिको कुनै पनि जिम्मेवारीमा नराख्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् । अहिलेनै राजनीतिक दलका इकाईमा संगठित भएकालाई ति दलीय जिम्मेवारीबाट राजीनामा गराउन पनि उनी ...

विद्यालय शिक्षा: वातावरणले बिगार
२०७३ पुस २ गते ०१:०२

विद्यालय शिक्षा: वातावरणले बिगार

काठमाडौं । राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।'स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहुन्छ,' कुसुमले चि ...

जिशिकाद्वारा यस वर्षदेखि शैक्षिक शुल्क उठाउन पूर्ण बन्द
२०७३ पुस २ गते ००:३९

जिशिकाद्वारा यस वर्षदेखि शैक्षिक शुल्क उठाउन पूर्ण बन्द

जुम्ला । विगतका वर्षमा विभिन्न गतिविधि तथा व्यवस्थापनका लागि भन्दै जिल्लाका सबै विद्यालयबाट उठाइने शैक्षिक शुल्क यसवर्ष पूर्णरुपले बन्द गरिएको छ ।परीक्षा सञ्चालन, प्रश्नपत्र जाँचलगायतका नामले लिइने परीक्षा एवम् शैक्षिक शुल्क लिन यस वर्षदेखि बन्द गरिएको हो । विद्यार्थीबाट शुल्क उठाउने भन्ने कुरा शिक् ...