२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित
२०७३ मंसिर १९ गते २३:१०

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

पाल्पा । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् ।कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अहिले अध्ययन गर्नेहरु बढ्दैछन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय पढ्न जिल्ल ...

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने
२०७३ मंसिर १९ गते २३:००

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

महेन्द्रनगर । माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार ...

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ
२०७३ मंसिर १८ गते २१:४२

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ

काठमाडौं । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको स्वास्थ्य उपसमितिले स्वदेशी लगानीकर्ताले सञ्चालन गरेका मेडिकल कलेजले १५ प्रतिशत छात्रवृत्तिको नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । अहिले कलेजहरूले १० प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने गरेका छन् । उपसमितिले विदेशी ...

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला
२०७३ मंसिर १८ गते ०१:४६

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

उदयपुर । जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला ...

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री
२०७३ मंसिर १८ गते ०१:३७

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री

सिमरा । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरूको समस्या समाधान गर्न सरकारले कसरत गरिरहेको बताएका छन् । शिक्षण पेसामा जीवन बिताउने शिक्षकहरूलाई विगतका सरकारले उपेक्षा गरे पनि शिक्षकले अब समस्या भोग्न नपर्ने गरी नियमावलीबाट नै समाधानको गृहकार्य भइरहेको उनले बताए ।बाराका दुई नगरलाई पूर्ण साक्ष ...

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह
२०७३ मंसिर १८ गते ०१:२४

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह

कपिलवस्तु ।  नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले अपिल गरेका छन् । रूपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका अन्य संवेदनशील समस्याबारे अवगत गराउँदै मदरसा संघ ...

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय
२०७३ मंसिर १८ गते ००:१५

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय

    सानोठिमीस्थित महेन्द्र आधारभूत विद्यालयमा ३ सय २ जना विद्यार्थी छन् । यी विद्यार्थी ३९ जिल्लाबाट राजधानी उपत्यका आएका हुन् । स्थानीय विद्यार्थी भने कोही छैनन् । काभ्रेपलाञ्चोकका सबैभन्दा बढी ३५ विद्यार्थी छन् । सिन्धुपाल्चोकका ३३ र सिन्धुलीका ३१ जना छन् । नजिकैको अर्को विद्यालय जन ...

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड
२०७३ मंसिर १६ गते २२:३४

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालय मातहतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी नयाँ मापदण्ड तयार पारेको छ। स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयसम्बद्ध अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद्लगायतमा नियुक्ति तथा मनोनयन पारदर्शी बनाउन मन्त्रिपरिषद् बैठकमा पेस गरेको म ...

विद्यार्थी भएतिरै स्कुल
२०७३ मंसिर १६ गते २२:१३

विद्यार्थी भएतिरै स्कुल

ताप्लेजुङ । फुरुम्बु गाविस ९ को गौरीशंकर आधारभूत विद्यालय बालबालिकाको पहुँच भएको क्षेत्रमा सारिएको छ । गाउँको बस्ती सडकको पहुँच भए क्षेत्रमा सर्न थालेपछि र विद्यार्थी संख्या घट्दा विद्यालय पनि उतै सारिएको अभिभावकले बताएका छन् ।प्रधानाध्यापक पृथ्वीनारायण गौतमका अनुसार फुरुम्बु ९ को फुकान्देनस्थित वि ...

डा. केसीसँग आज पुनः वार्ता हुने
२०७३ मंसिर १६ गते २२:०८

डा. केसीसँग आज पुनः वार्ता हुने

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबार शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुक्रबार पुनः बस्ने गरी बिहीबार राति स्थगन भएको छ ।   सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान ...

एउटै विद्यालयमा ३३ विवाहित
२०७३ मंसिर १६ गते २२:०४

एउटै विद्यालयमा ३३ विवाहित

कालीकोट । रकु ४ सेरिज्युलाका १८ वर्षीय नयाँ सार्की र १६ वर्षीया सुशीला स्थानीय शंकर उमाविमा पढ्छन् । उनीहरू पतिपत्नी हुन् । कक्षा १० अध्ययनरत सार्की दम्पतीले छोरी पनि जन्माइसक्यो । १० महिने छोरी घर छाडेर विद्यालय आउँछिन् सुशीला । अनि दिउँसो उनलाई दूध खुवाउन एक छिन घर फर्किन्छिन् । एउटै विद्यालय भए ...

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा
२०७३ मंसिर १५ गते २२:५९

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

काठमाडौं ।  देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विन ...

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन
२०७३ मंसिर १५ गते २२:५७

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन

म्याग्दी । जिल्ला शिक्षा समिति म्याग्दीले करिब चारदेखि पूर्णता पाउन सकेको छैन । शिक्षक सङ्गठन बीचको विवादका कारण शिक्षा समितिले पूर्णता नसकेको हो ।समितिले गर्ने निर्णयलाई समावेशी प्रतिनिधित्व र सहभागितामूलक बनाउन नसकिँदा समितिको कामकाज प्रभावित बनेको छ । विसं २०६९ फागुनमा पदावधि सकिएका सदस्यको ठाउँम ...

त्रिविद्वारा कार्यदल गठन
२०७३ मंसिर १५ गते २२:५४

त्रिविद्वारा कार्यदल गठन

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयको डिन तथा अन्य पदाधिकारीको नियुक्तिमा बारम्बार देखिएको अवरोधलाई स्थायी रूपमा समाधान गर्ने प्रयास गरिने भएको छ ।   ती पदमा नियुक्तिका विषयमा स्पष्ट आधार र मापदण्ड नहुँदा नियुक्तिलगत्तै अवरोध सिर्जना हुने गरेपछि विश्वविद्यालयले स्थायी रूपमा नै समाधान ...

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं
२०७३ मंसिर १४ गते २२:२५

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं

काठमाडौं ।  राज्यले उच्च शिक्षामा गरेको लगानीमध्ये अधिकांश शिक्षक–कर्मचारीको तलब र भत्तामा सकिने गरेको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत हुने अर्बौं लगानीको ७० प्रतिशत रकम तलब, भत्तालगायत शीर्षकमा सकिँदा विद्यार्थीको नतिजा भने खस्कँदै गएको छ ।विश्वविद्यालयलाई दिइएको रकममध्ये गुणस्तर उक ...

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !
२०७३ मंसिर १३ गते २३:१७

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !

काठमाडौं । विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।प्रज्ञा प्रतिष्ठानले आफैंले प्रकाशन गरेको नेपाली ...

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण
२०७३ मंसिर १३ गते २२:५९

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण

काठमाडौं । मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको प ...

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना
२०७३ मंसिर १३ गते २२:४९

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना

रोल्पा  । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा बीचमै पढाइ छोडेर इँटाभट्टामा कामगरेपछि फर्किएका सात गाविसका ३५१ जना ...

तीनमहिने डिनका भरमा त्रिवि
२०७३ मंसिर १३ गते २२:३१

तीनमहिने डिनका भरमा त्रिवि

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको नीति निर्माणको तहमा मुख्य भूमिका निर्वाह गर्ने डिन पद निमित्तका भरमा सञ्चालन भइरहेको छ ।  विश्वविद्यालयमा डिन नियुक्तिमा समझदारी जुट्न नसक्दा प्रायः सबैजसो सङ्काय तथा अध्ययन संस्थानमा यतिखेर निमित्तले डिनको जिम्मेवारी पाएका छन् ।  सङ्क्रमणकालीन अव ...

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो
२०७३ मंसिर १२ गते २१:५४

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौं । सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज बिहानदेखि भइरहेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिए । तर वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन । अरु विषयमा सहमति नजिक रहे ...

साक्षर महिलाको उजुरी बढी
२०७३ मंसिर १२ गते २१:४०

साक्षर महिलाको उजुरी बढी

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा महिला पुनःस्र्थापना केन्द्र (ओरेक नेपाल) ले सार्वजनिक गरेको एक अध्ययनमा ‘लैङ्गिक हिंसामा परेको भन्दै उजुरी गर्ने अधिकांश शिक्षित महिला नै भएको’ पाइएको छ । ओरेक नेपालले सार्वजनिक गरेको वर्ष पुस्तक ‘अन्वेषी’ मा यस्तो तथ्य ...

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु
२०७३ मंसिर १२ गते ०९:५०

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया सुरु भएको बताएका छन् ।शिक्षाा पत्रकार समूहले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो विगतको निर्णय सच्याएकाले त्यसलाई विद्यालय तहमा कार्यान् ...

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा
२०७३ मंसिर १२ गते ०१:३३

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

काठमाडौं । सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव ...

एमबीबीएस शुल्क पोहोरकै
२०७३ मंसिर १२ गते ०१:२६

एमबीबीएस शुल्क पोहोरकै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएसको शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिए ...

गाविसका सबै विद्यालयमा एकैपटक छड्के
२०७३ मंसिर १२ गते ०१:१८

गाविसका सबै विद्यालयमा एकैपटक छड्के

प्यूठान ।  जिल्ला शिक्षा कार्यालयले एकै समयमा गाविसभरका सबै विद्यालयमा छड्के अनुगमन थालेको छ । जिशिअ, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सञ्चारकर्मीसहितको टोलीले सोमबार मरन्ठानामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अनुगमन गरे । विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएकाले अनुगमनलाई तीव्र ...

पाँच कक्षा, दुई शिक्षक
२०७३ मंसिर १२ गते ०१:१४

पाँच कक्षा, दुई शिक्षक

प्यूठान । गणेश प्रावि तिराम १ मा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । दरबन्दीका दुई शिक्षकको अवकाशपछि विद्यालयमा पठनपाठनमा समस्या भएको हो । पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय दुई जना शिक्षकले धानेका छन् । वासुदेव अधिकारी र रामप्रसाद भट्टराईको अवकाशपछि समस्या भएको विद्यालय व्यवस्थापन समिति ...

ऋण खोजेर शिक्षकलाई तलब
२०७३ मंसिर १२ गते ०१:१०

ऋण खोजेर शिक्षकलाई तलब

बझाङ । काँडाका स्थानीय ऋण काढेरै बर्सेनि १८ शिक्षकलाई तलब खुवाउन बाध्य छन् । शिक्षक तलबकै लागि प्रतिवर्ष ३६ लाखभन्दा बढी चन्दा उठाउने गरिएको छ । काँडा १ मा विद्यालय खुलेको ५ वर्ष भयो । यस अवधिमा प्रतिघरले ३५ हजारभन्दा बढी चन्दा दिइसकेको जोधन बोहराले बताए । ‘चन्दा नदिए स्कुलले केटाकेटीको भर्ना ...

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका
२०७३ मंसिर ११ गते ००:१२

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका

काठमाडौं । सरस्वती श्रेष्ठले आफ्ना तीन छोरीलाई गोठाटारको गान्धी आदर्श माविमा पढाइरहेकी छन् । तिनीहरू कक्षा १०, ९ र २ कक्षामा पढ्छन् । सरस्वतीका श्रीमान् कृष्णलाल दमको रोगले थलिएका छन् । खर्च जुटाउन उनी अरूको घर बनाउने इँटा र ढलानको मसला बोक्छिन् । ०००रौतहटकी निर्मला मुखियाले छोरालाई पशुपति मित्र माध ...

शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव
२०७३ मंसिर १० गते २३:१९

शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव

धनकुटा । शिक्षा नियमावली संशोधनका लागि २३ बुँदे प्रस्ताव गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को पूर्वाञ्चल क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले आवासीय विद्यालय खोल्न कम्तीमा १० प्रतिशत विद्यार्थी आवासीय हुनुपर्ने व्यवस्था हटाएर निश्चित समयमा विद् ...

स्कुले कर्मचारीको तलब रु दुई हजार !
२०७३ मंसिर १० गते २३:१३

स्कुले कर्मचारीको तलब रु दुई हजार !

काठमाडौँ । के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ? ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा ३३ हजा ...

लगानी बढ्दै, सिकाइ खस्किँदै
२०७३ मंसिर १० गते ०७:१६

लगानी बढ्दै, सिकाइ खस्किँदै

सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीको चार वर्षअघि नेपाली विषयको सिकाइ उपलब्धि ५७ प्रतिशत थियो । गत वर्षको मूल्यांकनमा ४६ मा झरेको छ । गणितमा चार वर्षअघिको उपलब्धि ५४ थियो । गत वर्ष ४१ मा सीमित भएको छ ।  काठमाडौं । माथिको तथ्य शिक्षा मन्त्रालयकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र ( ...

शैक्षिक सामग्री बोकेर दलित बस्ती पुगे सांसद् उमेश यादव
२०७३ मंसिर १० गते ०६:४०

शैक्षिक सामग्री बोकेर दलित बस्ती पुगे सांसद् उमेश यादव

लहान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले आज सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान सुरु गरेका छन् । विद्यालय बाहिर रहेका दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याई विद्यालय जाने वातावर ...

एक शिक्षकको भरमा विद्यालय सञ्चालन
२०७३ मंसिर १० गते ०६:३२

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

बैतडी । आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ । विसं २०५० मा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रध ...

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा
२०७३ मंसिर ९ गते २१:२१

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।विद्यार्थी संगठनका प्रमुख र पत्रकारको टोली लिएर छ ...

सरकारी सहयोगबिना गोरखामा ६६ विद्यालयमा भवन निर्माण
२०७३ मंसिर ९ गते ०७:०९

सरकारी सहयोगबिना गोरखामा ६६ विद्यालयमा भवन निर्माण

  गोरखा । बारपाकलाई केन्द्र बनाएर भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । चारवटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, पाँचभन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका छन् । श्रीनाथक ...

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी १
२०७३ मंसिर ९ गते ०२:४९

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी १

पाल्पा । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढा ...

विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री
२०७३ मंसिर ८ गते २३:१६

विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री

दाङ । जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जनता माध्यमिक विद्यालयलाई बुधबार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर र इसिडीका सामग्री हस्तान्तरण गर्नुभएको छ । विद्यालयलाई १० थान डेस्कटप कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर र विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि ...

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह
२०७३ मंसिर ७ गते २३:२५

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह

बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापर ...

शैक्षिक संरचनामा निजी क्षेत्र विभाजित
२०७३ मंसिर ७ गते २३:१९

शैक्षिक संरचनामा निजी क्षेत्र विभाजित

प्याब्सन, एनप्याब्सन र हिसानको फरक धारणा काठमाडौं । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबका विद्यालय आधारभूतदेखि नै सञ्चालन गर्नुपर्ने वा माध्यमिक तह मात्रै पनि सञ्चालन गर्न पाउने भन्नेमा निजी विद्यालय सञ्चालकका छाता संगठन विभाजित भएका छन् । शिक्षा मन्त्रालय ...

सांसदले तलब बढाएकोमा विद्यार्थी संगठनले आन्दोलन गर्ने
२०७३ मंसिर ७ गते २२:५८

सांसदले तलब बढाएकोमा विद्यार्थी संगठनले आन्दोलन गर्ने

  काठमाडौँ । सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) वि ...

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित
२०७३ मंसिर ७ गते २२:३९

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित

गोरखा । शिक्षकले कक्षामा जाँदा पूर्वतयारी गर्नु उनीहरुको नियमित दायित्व भएपनि मुलुकका अधिकांश विद्यालयमा त्यस अभ्यासको निरन्तरता छैन ।खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषयकेन्द्रित नहुन सक्छ ।शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सही ...

भाषा भाँडभैलोको भित्री पाटो
२०७३ मंसिर ६ गते २२:२६

भाषा भाँडभैलोको भित्री पाटो

काठमाडौं । नेपाली भाषाको वर्णविन्याससम्बन्धी विवाद टुंग्याउन नेपाल प्रज्ञा प्रतिष्ठानले पुरानो निर्णय फिर्ता लिएपछि पनि यसका तरंगहरू हटिसकेका छैनन् । प्राज्ञिक, बौद्धिक र भाषिक क्षेत्रमा प्रश्न उब्जिइरहेका छन्—–    यसले पुर्‍याएको बृहत्तर क्षतिको पूर्ति कहाँबाट गर्ने ...

दुई अर्ब बचाउन अशुद्ध किताब !
२०७३ मंसिर ५ गते २३:००

दुई अर्ब बचाउन अशुद्ध किताब !

काठमाडौं । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँ ...

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका
२०७३ मंसिर ५ गते २२:४८

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका

काठमाडौं ।सार्वजनिक भएका जबरजस्ती करणीका अधिकांश घटनामा बालिका पीडित हुने गरेको तथ्यांकले देखाएको छ । केन्द्रीय बालकल्याण समितिले विश्व बालअधिकार दिवसका अवसरमा आइतबार जारी गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।गएको आव ०७२/७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकोमा ६ सय ८१ बालिका रहेको पाइएको छ ...

बल्ल रंगीन पाठ्यपुस्तक
२०७३ मंसिर ५ गते २२:३५

बल्ल रंगीन पाठ्यपुस्तक

काठमाडौं  । एक सार्वजनिक विद्यालयका शिक्षकले ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई लालिगुराँसको रंग कस्तो हुन्छ भनेर सोध्दा विद्यार्थीले ‘कालो हुन्छ’ भनेर उत्तर दिए । ती विद्यार्थीले पुस्तकमा जे देखे, त्यही भने । किनभने श्यामश्वेत पुस्तकमा उनले लालिगुराँस कालै देखेका थिए । सानो कक्ष ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:३२

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:२७

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

फैलिँदै कुपोषण
२०७३ मंसिर ४ गते ००:०९

फैलिँदै कुपोषण

सप्तरी– डाढा गाविस–७ का शम्भु राम हिँड्डुल गर्न सक्दैनन् । १७ वर्षका उनी आमा शान्तिदेवीको सहाराले २–३ मिनेट मात्र बस्न सक्छन् । जीउमा हाडैहाड देखिन्छ । ‘चार वर्षअघि समस्या देखिन थालेको थियो,’ आमा शान्तिदेवीले भनिन्, ‘हेर्दाहेर्दै छोरो डरलाग्दो स्थितिमा पुग्यो ।&r ...

दाताकै भरमा संस्कृत शिक्षा
२०७३ मंसिर ३ गते २३:५९

दाताकै भरमा संस्कृत शिक्षा

तनहूँ । यहाँस्थित चार धार्मिक आश्रमले पाँच सयभन्दा बढी विद्यार्थीलाई संस्कृत शिक्षा पढाउँदै आएकामा सरकारी दरबन्दीका शिक्षक र प्राध्यापक नहुँदा समस्या निम्तिएको छ । हालसम्म आश्रमले दान–मुठीकै भरमा पढाइ चलाउँदै आएका छन् । महेश, गलेश्वर र हरिहर आश्रमका संस्कृत वेद विद्याश्रम र पाठशालामा संस्कृत श ...

शिक्षा नियमावली संशोधन अझै अनिश्चित
२०७३ मंसिर ३ गते २३:४४

शिक्षा नियमावली संशोधन अझै अनिश्चित

काठमाडौँ ।  शिक्षा नियमावली संशोधन मस्यौदालाई अन्तिम रूप दिन अझै केही साता लाग्ने भएको छ ।   शिक्षा मन्त्रालयले मस्यौदामा सुझाव लिइरहेको र सरोकारवाला निकायसमेत सुझाव बुझाउने र आफ्ना पक्षमा लबिङ गर्न व्यस्त रहेका कारण नियमावली संशोधनले मूर्तरूप लिन अझै केही साता लाग्ने स्थिति देखिएको ...