२०७६ मंसिर ४ गते

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

इपाटी संवाददाता

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


उनीरुले विद्यालयमा क्यान्टिन बनाउने क्रममा ठेकेदारसित १ लाख ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा विद्यालयका लेखापाल (मावि तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम बीसीसमेत छन् । काफ्लेसहित तीनै जनालाई डेढ लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्ष कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ ।

मुद्दा दायर भएसँगै तीनै जना सेवाबाट निलम्बित भएका छन् । यसैबीच अख्तियारले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध ५ हजार रुपैयाँ घूस लिएको अभियोगमा बुधबार नै मुद्दा दायर गरेको छ ।

Comments: