काठमाडौं । एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि नेपाल शिक्षक महासंघले विषयगत शिक्षकको विशेष हेल्पडेस्क सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमणको चिन्ताले अन्तिम समयमा परीक्षा स्थगित भएपछि उनीहरुको अध्ययनलाई निरन्तरता दिनका लागि महासंघले यस्तो हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।

हेल्पडेस्कमा विषयगत शिक्षकहरु तयारीअवस्थामा रहने र विद्यार्थीहरुले कुनैपनि बेला विषयसँग सम्बन्धीत प्रश्न, जिज्ञासा सोध्न सक्ने महासंघले जनाएको छ । विषयगत शिक्षकहरुको सम्पर्क नम्बर सार्वजनिक गर्दै महासंघले उनीहरुसँग विद्यार्थीले आफ्नो जिज्ञासा राख्न सक्ने जनाएको छ ।

हेल्पडेस्कमा नेपाली विषयका ७, अङ्ग्रेजी विषयका ७, गणित विषयका ८, विज्ञान र सामाजिक विषयका ७–७ जना शिक्षकको सम्पर्कनम्बर सार्वजनिक गरिएको छ ।

२०७६ चैत्र १८ गते २२:२५मा प्रकाशित

प्रतिकृया दिनुहोस्