२०७६ चैत्र २५ गते

आन्दोलन स्थगित गर्दै शिक्षक महासंघ वार्तामा

ईपाटी संवाददाता


काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको नेपाल शिक्षक महासंघ र सरकार बीच वार्ता शुरु भएको छ ।


तत्कालका लागि आन्दोलन स्थगित गर्दै महासंघ सरकारसँगको वार्तामा जुटेको हो । यसअघिको शिक्षा मन्त्रालयको वार्ता प्रस्ताव अस्वीकार गरेको महासंघले वार्तामा अन्य मन्त्रालयका प्रतिनिधि पनि सामेल हुनेभएपछि वार्ताका लागि तयार भएको हो ।


मंगलवार शिक्षामन्त्रालयमा महासंघ र सरकारबीच वार्ता शूरु भएको हो । वार्तामा सरकारका तर्फबाट  शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वर्ता टोलिका संयोजक शिक्षा सचिव खगराज बराल, शैक्षिक सम्वाद समिति संयोजक सुर्य गौतम, मन्त्रालयका प्रवक्ता वैैकुण्ठ अर्याल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, कानुन मन्त्रालयका प्रतिनिधि सहसचिव लिला देवि गड्तौला, अर्थ मन्त्रालयका प्रतिनिधि थान प्रशाद पंगेनी सहभागी थिए ।


यसैगरी शिक्षक महासंघका तर्फबाट शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, सह–अध्यक्ष पुर्ण दुवाडी, महासचिव  लक्ष्मी किशोर सुवेदी, उपाध्यक्ष तिलक कुवर, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र राज पौडेल सहभागी थिए । यसैगरी, वार्तामा नेपाल राष्ट्रिय शिक्षक संगठनका  अध्यक्ष लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, अखिल नेपाल शिक्षक संगठनका  लछिराम ढकाल, रमेश रुपाखेती, सहभागी थिए ।


यस्तै वार्तामा शिक्षककर्मचारीका नेताहरु कुल प्रसाद खतिवडा, हंस ब शाही ,शेर ब. अधिकारी, हेम चन्द्र महतो, बहादुर खड्का, प्रदिप श्रेष्ठ, विष्णु भण्डारी लगायतका सहभागीता रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।


शिक्षक महासंघले १ सदस्य पछि थप हुनेगरी १३ सदस्य समावेशी वार्ता टोली निर्माण गरी वर्तामा गएको हो । पहिलो दिनको वार्तामा सामान्य छलफल भएपनि बुधवार देखिको वर्तामा भने महासंघका  ३२ बुंदे मागमा बुंदागत छलफल हुने अधिकारीले  जानकारी दिए ।


वार्ताको पहिलो दिन शिक्षामन्त्री पोखरेलले वार्तालाइ तार्किक निस्कर्षमा पुर्याउन आफू र मन्त्रालय प्रतिबद्ध रहेको बताएका थिए । शिक्षामन्त्री पोखरेलले आवश्यकता अनुसार अन्य मन्त्रीहरुसँग पनि महासंघका माग बारे  छलफल गराउने प्रतिबद्धता जनाएका थिए ।

Comments: