२०७७ जेष्ठ १९ गते

सीटीईभीटी निर्देशकलाई कालोमोसो

काठमाडौं । सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेलाई मोसो दलेका छन् ।

आफ्नै मातृ पार्टीका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठअन्तर्गतको सीटीईभीटीले सम्बन्धन दिएको विरोधमा नेविसंघले काफ्लेलाई कालोमोसो दलेको हो । नेविसंघले शुक्रबारदेखि सीटीईभीटीको प्रशासन प्रमुख, सदस्य सचिव, उपाध्यक्ष, स्तर निर्धारण महाशाखाका निर्देशकको कक्षमा ताला लगाएको छ ।

नेविसंघका कार्यकर्ताले निर्देशक काफ्लेलाई फोन गरी भेट्नुपर्‍यो भन्दै कार्यालयको बैठक कक्षमा मोसो लगाएको प्रहरीले जनाएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

Comments: