२०७६ मंसिर ६ गते

लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा

ईपाटी संवाददाता

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ ।

लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १०३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ५९ जना उत्तीर्ण भई दोस्रो चरणका लागि छनौट भएका हुन् ।

Comments: