२०७६ भदौ ३१ गते

वातावरण सिक्दै बालबालिका

वातावरण भन्नाले के बुझ्नु भएको छ रु यसलाई चित्रमा उतार्नुहोस् । यो प्रश्न केही दिन पहिले गौशालास्थित स्पाउक स्कुलका विद्यार्थीलाई अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्राध्यापक डा। रेन्डल सी काई र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका डा। मुकेशकुमार चालिसेका टोलीले सोधेका थिए। सबैभन्दा राम्रो चित्र कोर्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो। तर चित्र कोर्नेमध्ये कोही पनि निराश नबनुन् भन्दै डा.काईले सबैका लागि उपहारको चाँजोपाँजो मिलाएका थिए।
 
बालबालिकाले निकै उत्साहका साथ चित्र बनाए । सबैभन्दा राम्रो चित्र बनाएर कञ्चन चौधरी पहिलो भइन्। उनी सोही विद्यालयकी कक्षा ५ की विद्यार्थी हुन्। पहिलो भएकोमा खुसी हुदै कञ्चनले आफ्नो चित्रको भाव यसरी व्यक्त गरिन्, 'वातावरण स्वच्छ बनाउन सबैको उत्तिकै भूमिका हुन्छ। जथाभावी रूपमा कलकारखाना र उद्योगहरू खोल्नु हुदैन । खोले पनि सहरभन्दा धेरै टाढा खोलेर व्यवस्थित बनाउनुपर्छ।'

त्यस्तै ४ कक्षाकी अस्मिता खतिवडा प्रतियोगितामा दोस्रो भइन् । वातावरण सधैं स्वच्छ र सफा हुनुपर्छ। अन्यथा मानिसमा नकारात्मक प्रभाव पर्न सक्ने उनले चित्रमा उतारेकी थिइन्। सवारीसाधनको चाप बढ्दा पनि वातावरण प्रदूषण हुन सक्ने उनको बुझाइ थियो।
 
विशेषगरी फोहोरबस्तीमा बस्ने बालबालिकालाई लक्षित गरी खोलिएको यस विद्यालय हाल कक्षा ५ सम्ममात्रै सञ्चालनमा रहेको छ । विद्यालयमा ५ कक्षामा पढ्ने विमला लामाले जताततै फोहोर फाल्न नहुने बताइन्। उनले भनिन्,'प्लास्टिक नकुहिने हुदा यसलाई जलाउँदा वा जताततै फाल्दा वातावरण बिग्रिन्छ। नचाहिँदो रूपमा सवारी र कारखानाहरू चलाउँदा वातावरण झनै बिग्रिन्छ। यसले हामीलाई आँखाको समस्या, छालाको समस्या हुन सक्छ।' भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी उनले वातावरणबारे सबैले समयमै सोच्नु आवश्यक रहेको औंल्याइन्।
 
उनकै कक्षामा पढ्ने राजीव तामाङको बुझाइमा वातावरण जोगाइराख्नको लागि इकोसिस्टम सन्तुलनमा राख्नुपर्छ।ुयसका लागि कीराफट्यांग्रा, चराचुरुंगी, बोटबिरुवा, जंगली जनावर, वनजंगल सबै चाहिन्छ। पृथ्वीमा सबै प्राणीको महत्वपूर्ण भूमिका हुन्छ।
 
उनीहरूको बासस्थान अतिक्रमण भएपछि मानिसको बासस्थानतिर आउँछन्। सहरतिर पस्छन्। हात्तीले मान्छेलाई दुःख दिन्छ । त्यसैले वातावरण जोगाउन आवश्यक हुन्छु उनले भने।
 
बानेश्वर बस्दै आएकी अनु सरदारले पनि वातावरण जोगाउनुपर्छ भन्ने कुरा थाहा पाएकी छिन्। तर थाहा भएर पनि व्यवहारमा लागू गर्न नसकेकोमा दुःखेसो पोख्दै उनले भनिन्,'पशुपतिमा मान्छे जलाउँदा पनि त प्रदूषण बढ्छ नि।'

बालबालिकाको कलिलो दिमागमा वातावरण सचेतनासम्बन्धी ज्ञान भरिदिँदा पक्कै पनि उनीहरूले भोलि केही गर्ने आशा डा। काईको छ। उनले भने, 'बालबालिकालाई के ठीक र के बेठीक समयमा नै सिकाउनुपर्छ। उनीहरूलाई वातावरण, ग्लोबल हेल्थ तथा मानिसको स्वास्थ्यको बारेमा प्राथमिक तहमा नै सिकाउनुपर्छ।'
 
विद्यालयमा जम्मा एक सय ८० जना बालबालिका अध्ययन गरिरहेका विद्यालयकी संयोजक प्रज्ञा पराजुलीले बताइन्। यो विद्यालय जर्मनीस्थित 'केटाकेटी'नामको संस्थाको सहयोगमा चल्दै आएको हो। यसलाई 'स्पाउक' नामले चिनिन्छ।
 
यसको अर्थ सोसाइटी फर वुमन एन्ड चिल्ड्रेनु हो। निःशुल्क अध्ययन गराउँदै आएको यस विद्यालयमा विद्यार्थीको लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ।

Comments: