२०७७ जेष्ठ १८ गते

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति

राजन रावत/हुम्ला



 

अदानचुली गाँउपालिकाका दुई वटा विद्यालयहरुले कक्षा १० सम्म अध्ययनका लागि अनुमति प्राप्त गरेका छन ।


कक्षा १० को अध्ययन गर्नका लागि निर्धारित सुचक पुरा गरेपछि ती विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले कक्षा सञ्चालन अनुमति दिएको हो ।


यस अघि कक्षा ९ सम्म अध्ययन भइ रहेका र शैक्षिक सत्र २०७५ बाट कक्षा १० को अनुमति पाउने विद्यालयहरुमा अदानचुली गाउँपालिका वडा नम्बर ५ को ज्ञानोदय मावि र वडा नम्बर ६ को कैशाल पुरी मावि रहेको ज्ञानोदय माविका प्रधानाध्यापक हरि प्रसाद जैसीले बताए ।


 हाल ज्ञानोदयमा ३ सय ५ जना र कैलाशपुरी माविमा ३ सय ५० जना विद्याथीहरुले अध्ययन गरि रहेको प्रअ जैसीले बताए ।


 उक्त गाउँपालिकामा मावि विद्यालयको संख्या चार पुगेका छन । भने २ घण्टा पैदल हिडेर विद्यालय जानु पर्ने बाध्यता विद्यार्थीलाई हटेको छ ।

                               



Comments: