२०७६ असोज २८ गते

शिक्षकलाई अब महिनैपिच्छे तलब

 

काठमाडौं । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ ।

यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ्यांक प्रणाली विकास गरी वितरण गर्न लागिएको हो ।

सरकारले अब शिक्षकको तलबका लागि मात्र लगभग २ अर्ब ७० करोड रूपैयाँ मासिक निकासा गर्नुपर्ने भएको छ । मासिक रूपमा तलब वितरण गर्नुपर्ने बाध्यताका कारण समयमै शिक्षकको हातमा रकम पुर्याउन चुनौती देखिएपछि तथ्यांक प्रणाली विकास गर्न लागिएको शिक्षा विभागले जनाएको छ ।

सरकारले शिक्षकको मासिक रूपमा वितरण गर्नुपर्ने २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम समयमै शिक्षकको हातमा पु¥याउन कागजातको सट्टा तथ्यांक प्रणाली प्रयोग गरी वितरण गर्ने योजना बनाएको छ ।

यो प्रणाली विकासपछि प्रत्येक शिक्षकले पाउने रकम, शिक्षकको संख्या र अवस्था खोजी गर्न सजिलो हुनेछ । देशभर रहेका शिक्षकलाई चौमासिक रूपमा तलब वितरण गर्दा शिक्षण पेशाको भरमा मात्र जीवनयापन गर्ने शिक्षकलाई असजिलो भएका कारण मासिक रूपमा वितरण गर्ने योजना बनाएको शिक्षा मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले बताइन् ।

तलब मासिक रूपमा वितरण गर्ने भए पनि निकासा भने चौमासिक रूपमै हुनेछ,” उनले भनिन्, “जिल्ला शिक्षा कार्यालयले आउँदो महिनाको तलबका लागि शिक्षा विभागसँग चौमासिक भुक्तानी अग्रिम नै माग गर्नेछ ।”

यसो गर्दा चौमासिक सुरु भएको पहिलो महिना समयमा तलब ढिलो पाउने सम्भावना सम्भावना भए पनि यसलाई व्यवस्थित गदै लैजाने विभागको भनाइ छ ।

शिक्षा मन्त्रालयले गत महिना शिक्षकको तलब मासिक रूपमा दिने निर्णय गरेपछि विभागले सोहीअनुसार काम अघि बढाए पनि केही स्थानमा समयमा शिक्षकले तलब नपाएको गुनासो छ ।

विभागले भने चौमासिक शुरु भएको महिना समस्या आएपनि अर्को महिनाबाट समयमा तलब खुवाउने जनाएको छ । यही समस्यालाई हटाउन विभागले सफ्टवेयर प्रणालीको विकास गरी तथ्यांक अध्यावधि गर्ने योजना बनाएको छ ।

यसअघि चौमासिक तलब भुक्तान गर्दा वर्षमा तीनपटक मात्र तलबका लागि समय दिनुपर्ने विभाग र जिल्लाका कर्मचारीलाई सजिलोका लागि यस्तो प्रणाली विकास गर्न लागिएको हो ।

विभागले सफटवेयर विकास गर्दा मासिक रूपमा भुक्तानी गर्दा आईपर्ने बैकिङ, रकम स्थानान्तरण र शिक्षकको अवस्था लगायतका समस्या एकसाथ हल हुने दाबी गरेको छ । कारोबार दैनिकमा खबर छ ।

Comments: