२०७६ मंसिर २३ गते

वर्णविन्यास सम्बन्धी नयाँ नियम खारेज, कक्षा ८ र ११ मा पनि अक्षराङ्कन लागु गर्ने निर्णय

 


काठमाडौं  । शिक्षा मन्त्रालयले विद्यालय तह र आफूमातहत् निकायका लागि चार वर्ष अघि निर्णय गरी लागू गरेको नेपाली वर्णविन्यासम्बन्धी नयाँ नियम खारेज भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को ६४ औँ बैठकले २२ साउन २०६९ मा मन्त्रीस्तरमा गरिएको नेपाली वर्णविन्यासम्बन्धी नियम खारेज गर्ने निर्णय गरेको हो ।


बैठकले यसै शैक्षिक सत्रदेखि कक्षा ८ र ११ मा पनि लेटरग्रेडिङ(अक्षरांकन) कार्यान्वयन गर्ने निर्णय शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।  


माध्यमिक शिक्षा पाठ्यक्रम  (कक्षा ९ र १०), २०७१ मा ऐच्छिक विज्ञान विषयलाई ऐच्छिक दोस्रो विषयका रूपमा कार्यान्वयन गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा विभिन्न विषयहरुलाई  स्वीकृति दिने लगायतका निर्णय बैठकले गरेको  छ ।


मन्त्रालयले नेपाली भाषाका मानक निकाय मानिएका नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको सहमतिमा चार वर्ष अघि वर्णविन्यास फेरबदल गरेको थियो । तर, नेपाली भाषा बचाऊ अभियानमा लागेकाहरुले मन्त्रालयको निर्णय ठीक नभएको भन्दै चर्काे विरोध गरेपछि प्रज्ञा प्रतिष्ठान र त्रिविले तत्कालीन आफ्नो सहमति फिर्ता लिँदै पूर्ववत् वर्णविन्यासको नियमलाई नै मान्ने भनेपछि परिषद्ले पनि सोही अनुसार मन्त्रालयको विगतको निर्णय उल्ट्याएको हो ।


गत साता मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल, नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघका प्रतिनिधिहरुले शिक्षामन्त्रीलाई भेटी वर्णविन्याससम्बन्धी २०६९ को निर्णय खारेज गर्न ज्ञापन पत्र दिएका थिए । यो काम तत्काल नगरे यसै नयाँ शैक्षिक सत्रबाट पाठ्यपुस्तक बहिष्कार गर्न शिक्षकहरुलाई आह्वान गरिने चेतावनीसमेत प्रतिनिधि मण्डलले दिएको थियो ।


परिषद्को बैठकमा पाठ्यक्रम  विकास केन्द्रको नेपाली भाषा विषय समितिका अध्यक्ष लगायत सदस्यहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, त्रिभुवन विश्वविद्यालय, केन्द्रका कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रका पाठ्यव्रmम प्रमुख, नेपाल शिक्षक महासंघका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समिति तथा नेपाल संस्कृत विश्वविद्यालयको नेपाली विषय समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।


हेर्नुहोस् मिति २०७३।१२।२९ को राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ६५ औँ बैठककानिर्णयहरू

१. मिति २०७३।१२।२७ को राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ६४ औँ बैठकको निर्देशनबमोजिम पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित प्रकाशन शैली, २०७० मा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्को मिति २०७३।०७।३० गते बसेको बैठक नं. २६।०७३ ले नेपाली भाषाको वर्ण विन्यास सम्बन्धमा गरेको निर्णयबमोजिम परिमार्जन गर्नुपर्ने क्षेत्र पहिचान गर्न पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको नेपाली भाषा विषय समितिका अध्यक्षलगायत सदस्यहरू,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम प्रमुख, त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समिति तथा नेपाल संस्कृत विश्वविद्यालयको नेपाली विषय समितिका अध्यक्षलगायतका महानुभावहरूको मिति २०७३।१२।२९ गते बिहान ८ः०० बजे बसेको बैठकले सिफारिस गरेअनुसार निम्नानुसारका क्षेत्रमा सुधार गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने ।
                                                         

सुधार भएका क्षेत्रहरू


१.१.३(ख)     फुल, फूल, पुरा, पूरा, जुन, जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको हिज्जे नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशमा प्रविष्टि भएअनुसार लेख्ने ।
१.१.२१     जात, थर बुझाउने पहिचानस“ग जोडिएका शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने जस्तै :- अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाई“, पुजारी, डकर्मी, धोबी, तेली, हिन्दू, लिम्बू, थारू, ज्यापू आदि । तर, जातले प्रचलनमा ल्याएका सायमि जस्ता प्रयोगलाई यथावत् रूपमा लेख्ने ।
 
१.६.१६ एकार्थी स्थान, नाम दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने । साथै एकार्थी लघु रूपमा रहेका समस्त शब्दलाई पदयोग गरेर लेख्ने, जस्तै :- भक्तपुर, ललितपुर, विश्वविद्यालय । दुई शब्दबाट बनेका एकार्थी शब्दलाई पदयोग गरेर लेख्ने, जस्तै :- शुभकामना, प्रधानमन्त्री, शुभयात्रा आदि ।

५.२  'द' वर्णसंग जोडिएर आउने शब्दलाई संयुक्त व्यञ्जनअनुसार र अन्य संयुक्त व्यञ्जनलाई नेपाली बृहत् शब्दकोश, २०६७ अनुसार लेख्ने ।

२.निर्णय नं १ मा नसमेटिएका विषय क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोशअनुसार गर्ने ।

३.उपर्युक्त निर्णयको जानकारी सम्बद्ध सरोकारवालाहरूलाई उपलब्ध गराउने र कार्यान्वयनका लागि नेपाल राज्यभरका विद्यालयहरूलाई निर्देशन जारी गर्ने ।

Comments: