२०७६ मंसिर १ गते

जापानमा नेपाली विद्यार्थीको चापसँगै शरणार्थी आवेदन पनि बढ्दो

जापानमा नेपाली विद्यार्थीको चापसँगै

जापानमा अध्ययन वा काम गर्न आउने नेपालीले कम्तिमा तीन महिना जापानी भाषा सिकेर आउन नेपाली दूतावासले आग्रह गरेको छ । जापानमा नेपालीहरु विरामी पर्दा भाषाको कारण उपचारमा समेत समस्या परेकाले सामान्य भाषा जानेर आउँदा राम्रो हुने भन्दै दूतावासले यस्तो सुझाव दिएको हो । सबै नेपाली एक अर्कासंग मिलेर बस्दा पनि भाषा जानेकासँगै हुन्छन भन्ने नहुनाले न्यूनतम भाषा सिकेर आउन दूतावासले सुझाएको हो ।   

दूतावासमा लामो समय देखि थुप्रिएको राहादानी सर्वसाधारणलाई उपलब्ध गराउने, अन्य कन्सुलर सेवा १५ मिनेटमा उपलब्ध गराउने जस्ता कार्य अघि बढाएको भनिरहेको अवस्थामा यस्तो सुझाव दिएको हो । अध्ययनका लागि जापान पुगेका नेपालीहरुसँग अन्तरक्रिया गर्नेदेखि र जापानी नेता तथा नरेशलाई समेत भेट गरिसकेका कार्यबाहक राजदुत गेहेन्द्र राजभण्डारीले टेलिफोनमा भने, ‘जापानी भाषा जानेर आउनेको महत्व यहाँ धेरै छ । अंग्रेजी नजाने पनि भयो तर जापानीज भाषामा न्यूनतम दख्खल राख्छ भने उसले यहाँ सहज जीवन जिउन सक्छ । अन्यथा उपचारदेखि धेरै स्थानमा भाषा कै कारण असहजतामा पर्नेछ । कुनै पनि मुलुकको भाषा जान्दा सहजता यसै हुन्छ ।’

जापानमा नेपाली प्रति निकै सम्मान र सदभाव रहेको उनले बताए । जापानी नरेश अकिहितोलाई जन्मोत्सवमा भेट्न पाउँदा नेपाली भन्ने वित्तिकै उनले देखाएको सदभाव र भुकम्पको विकराल अवस्थाबारे जानकारीले निकै चकित परेका राजभण्डारी भन्छन्, ‘काम गर्ने जोस भएका राजदूत सरकारले पठाउन सके धेरै काम हुनसक्छ । सम्भावना धेरै छ ।’ भुकम्पको क्षति, संविधान जारी जस्ता विषय जिज्ञासाले जापान नेपालसँग उच्चस्तरबाट नै निकट रहेको आफूले पाएको  राजभण्डारी बताउँछन् । भर्खरै आफ्नो कार्यकाल सकेर फर्केका राजदूत डा। मदनकुमार भट्टराईले पनि जापानीहरु नेपाली प्रति सकारात्मक रहेकाले सक्षम र केही गर्छु भन्ने ब्यक्तिलाई नै त्यहाँ राजदुत बनाएर पठाउन राम्रो हुने बताए । पूर्वराजदुत भट्टराईले भूकम्प पछिको राहतमा निकै ठूलो क्याम्पियन गरेर सबै भन्दा बढि सहयोग जुटाएका थिए ।  

एक महिना अघि कार्यवाहको जिम्मेवारी बोकेर जापान गएका राजभण्डारी अहिले भेटघाटमा ब्यस्त छन् । जापानमा नेपालीलाई सहजता छ । सन् २०१० सम्म पाँच सयदेखि सात सय नेपाली जापान आउने गरेकोमा अहिले करिव १५ हजार आउन थालेका छन् । यसबाट पनि नेपालीको जापान मोह झल्किन्छ । यहाँ नेपालीहरुले वास्तविकता नबुझा समस्या आउने गरेको छ । यस्ता समस्या चिर्न दूतावासले पहल थालेको उनले बताए ।

५० हजार भन्दा बढि नेपाली यतिबेला जापानमा छन । ब्यापार ब्यवसाय, अध्ययन र रोजगारीमा नेपालीहरु रहेको उनले बताए । अल्प आयुमा नेपालीको मृत्यु समेत भएकोमा त्यसप्रति गम्भिर हुँदै उनले भने, ‘भाषाको कारण उपचारसमा समस्या छ । न्यूनतम भाषा जानेर आउन आवश्यक छ ।’ अल्प आयुमा हुने मृत्युलाई सुन्यमा झार्न, डिप्रेसन घटाउन नेपाली तथा जापानी चिकित्सकहरुको भेला गराएर विभिन्न क्षेत्रमा प्रवचन तथा नेपालीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने तयारीमा दूतावास लागि परेको छ ।

जापानमा अध्ययन गर्न आउनेले दुई बर्षमा भिसा सकिए पछि समस्या पर्नेहुनाले उनीहरुलाई दुई बर्षको अध्ययन सकेर विभिन्न प्राविधिक काम तथा अध्ययनको लागि  समेत अवसर उपलब्ध गराउन दूतावासले त्यस्ता निकाय र विद्यार्थी बीच अन्तरक्रिया समेत गराउने भएको छ । नेपालीलाई जापानीले निकै धेरै विश्वास गरेकोले पनि त्यसमा विशेष जोड दिइएको हो । जापान नेपालको विकास प्रक्रियामा सहयोगका साथै नेपालमा लगानी गर्न समेत इच्छुक छन । राजनीतिक परिवर्तन नेपालीको चाहना हो भन्दै जापानीहरु नेपालमा राजनीतिक स्थायीत्व र विकास प्रक्रिया अघि बढेको हेर्न चाहन्छन्, थोरै भेटघाटमा कार्याबाहक राजदुतले बुझेको सुनाए ।

Comments: